समाचार

    Showing 24,141-24,150 of 25,292 items.
  • भाषासाहित्य पुरस्कार बलराम पोखरेललाई

    विराटनगर / प्रदेश १ सरकारले वितरण गर्ने ‘भाषाशास्त्री बालकृष्ण पोखरेल भाषा साहित्य पुरस्कार’बाट सम्मानित गर्न पुरस्कार छनौट समितिले विराटनगरका साहित्यकार बलराम पोखरेललाई सिफारिस गरेको छ । साहित्यकार खेम नेपालीको संयोजकत्वमा ५ जनाको समिति निर्माण भएको छनौट समितिले साहित्यकार पोखरेललाई १ लाख रुपैयाँ राशीको पुरस्कारबाट पुरस्कृत गर्न लागेको हो ।समितिले ५० हजार राशीको प्रदेश प्रतिभा पुरस्कारबाट गायक सत्यकला राई, गायक टिका चाम्लिङ, साहित्यकार माधव कल्पित, पत्रकार तथा साहित्यकार शंकर खरेल, साहित्यकार भानुभक्त कुभेण्डेली, साहित्यकार लक्ष्मण नेवटिया, साहित्यकार डम्बरु बल्लभ भण्डारी, कवि तथा साहि

    • प्रकाशित मितिः साउन २५, २०७८
    • 86 पटक पढिएको
  • भिरबाट लडेर एकको मृत्यु

    सङ्खुवासभा / सङ्खुवासभाको मकालु गाउपालिका –३ नयाँ बस्तीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर नगरपालिका –२ घर भई हाल सोही स्थानमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनाको रोयल हाइड्रो कम्पनीमा काम गर्ने मजदुर ५२ वर्षीय खड्ग बहादुर गुरुङ रहेका छन् । शनिबार हेदाङना बजार गई बेलुका फर्कने क्रममा  भिरबाट अन्दाजी ६०–७० मिटर तल झरी मृत अवस्थामा गुरुङको सव आज बिहान ११ बजे फेला परेको थियो । 

    • प्रकाशित मितिः साउन २४, २०७८
    • 72 पटक पढिएको
  • ब्राउन सुगर सहित २ महिला पक्राउ

    बिर्तामोड / झापाको गौरगन्ज  गाउपालिका –४ कदमगाछीबाट ब्राउन सुगर सहित प्रहरीले २ जना महिलालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा दमक नगरपालिका –१ कि ३४ वर्षीया मञ्‍जु धिमाल र २५ वर्षीया विमला धिमाल रहेका छन् । शनिबार राती ९ बजे सिमा प्रहरी चौकी खजुरगाछीबाट खटिएको प्रहरी टोलीले पक्राउ परेकाहरूको साथबाट ब्राउन सुगर ४४ ग्राम ३०० मिलिग्राम बरामद गरेको छ । 

    • प्रकाशित मितिः साउन २४, २०७८
    • 782 पटक पढिएको
  • गीत गजलमा प्रहरीले छापा मार्दा सञ्चालक सहित १२ जुवाडे पक्राउ

    विराटनगर / विराटनगरको संगम गीत गजल हाेटलमा प्रहरीले छापा मार्दा होटल सञ्चालक सहित १२ जना पक्राउ परेको छन् । १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरको ब्युरो टोलीले गोप्य सूचनाको आधारमा १२ रोडशेष चौकदेखि दक्षिणमा रहेको उक्त होटलमा छापा मार्दा गीत गजलका सञ्चालक विमल मुखियासहित १२ जना पक्राउ परेका हुन् । प्रहरीले जुवाको खालदेखि २ लाख ३० हजार रुपैयाँ भन्दा बढी रकम बरामद गरेको छ । गजलमा राति ९ बजेपछि जुवा खेल्ने गरेको प्रहरीलाई सूचना आएको थियो । सूचनाका आधारमा प्रदेशको ब्युरो र मोरङ प्रहरीले शुक्रबार राति छापा मारेको थियो । पक्राउ परेकाहरूको नाम म्याद थप भएपछि मात्र सार्वजानिक गर्ने तय

    • प्रकाशित मितिः साउन २४, २०७८
    • 190 पटक पढिएको
  • टेम्पो माथि रूख ढल्दा एकको मृत्यु, तिन घाईते

    उदयपुर / उदयपुरमा रोकी राखेको टेम्पो माथि रूख ढल्दा एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् । मृत्यु हुनेमा कटारी नगरपालिका –४ कि ३८ वर्षीया निशा दनुवार रहेकी छन् । शनिबार दिउसो ३ बजे उदयपुरगढी गाउपालिका –७ अधेरीमा रोकी राखेको प्र२–०१–००१ह०५६० नम्बरको टेम्पो माथि रूख ढलेर टेम्पुलाई किच्दा दनुवारको घटनास्थलमा नै मृत्यु भएको थियो । उक्त रुखले टेम्पु नजिकै रहेका कटारी –४ की २७ वर्षीया मिना दनुवार, कटारी –५ का टेम्पु चालक ४८ वर्षीय  कुमार तामाङ र मृतककै श्रीमान समेत घाईते भएका थिए । घाईते मध्ये मिना र कुमारको नोवेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने मृतकको श्रीमान

    • प्रकाशित मितिः साउन २४, २०७८
    • 95 पटक पढिएको
  • ट्याङ्करको ठक्करबाट वृद्धाको मृत्यु

    सप्तरी  / सप्तरीमा ट्याङ्करले ठक्कर दिँदा बाराकी एक जना वृद्धाको मृत्यु भएको छ ।पूर्व–पश्चिम राजमार्गअन्तर्गत शम्भुनाथ नगरपालिका –६ कठौनामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४ ख २४४१ नम्बरको ट्याङ्करले ठक्कर दिँदा बाराको कोतबाल गाउँपालिका –३ बस्ने ६५ वर्षीया मलादेवी गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।ट्याङ्करको ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि युनिक अस्पताल रायपुर लगिए पनि चिकित्सकले मृत घोषणा गरेको सप्तरी प्रहरीका प्रवक्ता एवम् डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।गिरी सुनसरीको चतराबाट दर्शन गरी ना४ख २८०० नम्बरको बसमा फर्किरहेको बेला कठौनामा शनिबार राति ८ बजे खाजा खान

    • प्रकाशित मितिः साउन २४, २०७८
    • 65 पटक पढिएको
  • झापाको भद्रपुरबाट ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ

    झापा /  झापाको भद्रपुरबाट प्रहरीले लागुऔषध सहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । भद्रपुर–३ स्थित किच्चकबधबाट भारत पश्चिम बङ्गाल तोतापाडाका २८ वर्षीय श्रवण रायलाई शनिबार २१ दशमलव २६० ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिएका छन् ।भारतबाट नेपालतर्फ शङ्कास्पद अवस्थामा आउँदै गरेका रायलाई जिल्ला प्रहरी कार्यालय झापा र सीमा प्रहरी चौकी पृथ्वीनगरको संयुक्त प्रहरी टोलीले जाँच गर्दा उनको साथबाट ब्राउनसुगर बरामद भएको उनले बताएका छन् ।यसैबीच भद्रपुर–३ स्थित हातिमाराबाट प्रहरीले सोही वडाका २४ वर्षीय खेमराज कुँवरलाई शनिबा

    • प्रकाशित मितिः साउन २४, २०७८
    • 74 पटक पढिएको
  • उपमेयरको फोटो राखेर अश्लील गाली गर्ने पक्राउ

    मोरङ  / सामाजिक सञ्जाल फेसबुकमार्फत उर्लाबारी नगरपालिकाकी उपमेयर लक्ष्मीदेवी भण्डारीलाई अश्लिल शब्द प्रयोग गरि गाली गर्ने एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा उर्लाबारी–४ बस्ने ३३ वर्षीय युवराज खरेल रहेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जानकारी दिएको छ ।प्रारम्भिक अनुसन्धानबाट उपमेयरलाई भेटेका ठाउँमा र बाटोमा एवं फेसबुकमा फोटो राखेर अश्लिल शब्द प्रयोग गर्दै गाली गरेको पाइएपछि आवश्यक अनुसन्धान र कारबाहीका लागि खरेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उपमेयर भण्डारीले आफूलाई अपशब्द प्रयोग गरेर हैरानी पारेको भन्दै प्रहरीमा खरेलविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । गत बिही

    • प्रकाशित मितिः साउन २३, २०७८
    • 1,391 पटक पढिएको
  • बालाजुको आगो निभाउन हेलिकप्टरले पनि सकेन

    बिर्तामोड / बालाजु औद्योगिक क्षेत्रको आगलागी नियन्त्रणमा लिन कठिन भएको छ । औद्योगिक क्षेत्रमा रहेको बिस्कुट फ्याक्ट्रीमा शुक्रबार राति दुई बजेदेखि सुरु भएको आगलागी नियन्त्रणमा आउन नसकेको प्रहरी वृत्त बालाजुले बताएको छ ।प्रहरीका अनुसार बिहान हेलिकप्टरबाट पानी हालेर आगलागी नियन्त्रणमा लिने प्रयास गरे पनि नियन्त्रणमा आएको छैन ।सिम्रिक एयरको हेलिकप्टरबाट आगलागी भएको ठाउँमा पानी हालिएको तर घरभित्रको आगलागी भएकोले नियन्त्रण लिन सम्भव नभएको प्रहरीको भनाइ छ । १९ वटा पानी ट्याङ्कर ९ वटा वारुणयन्त्र रातिदेखि नै आगो निभाउन खटाइए पनि आगो नियन्त्रणमा नआएपछि बिहान हेलिकप्टरको प्रयोग गरिएको थियो ।

    • प्रकाशित मितिः साउन २३, २०७८
    • 103 पटक पढिएको
  • अझै नियन्त्रणमा आएन बालाजुको आगलागी

     काठमाडौं//काठमाडौंको बालाजुस्थित नेबिको बिस्कुट  कारखानामा आगलागी भएको छ।  राति दुई बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । काठमाडौं, भक्तपुर र ललितपुरका बारुणयन्त्र,नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र  स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।आगलागीका कारण अझैसम्म खुल्न सकेको छैन । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ ।  आगो नियन्त्रणमा लिन नसकेकाले  क्षतिको विवरण समेत संकलन गर्न नसकिएको प्रहरीको  भनाई छ। 

    • प्रकाशित मितिः साउन २३, २०७८
    • 135 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.