धनकुटा / वैदेशिक रोजगारीको सिलसिलामा ९ वर्ष अघि मलेसिया पुगेका धनकुटा नगरपालिका–२ लामीघरका ३७ वर्षीय हर्कबहादुर राई सम्पर्क विहिन भएका छन् । उनि अहिलेसम्म परिवारको सम्पर्कमा नआएको भन्दै उनका परिवारले खोजी गरि दिन सरकार सक्षम अनुरोध गरेका हुन् ।हर्कबहादुरकी आमा सुचिम्माका अनुसार मलेसिया पुगेको डेढ वर्षसम्म हर्कवहादुर परिवारसँग सम्पर्कमा थिए । त्यस यता सम्पर्क भएको छैन् । हर्कवहादुरका दुई छोरा र एक छोरी छन् ।
काठमाडौं / नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य बुधबार १६ सय रुपैयाँले घटेर ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।तेजाबी सुन प्रतितोलामा ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै, चाँदीको मूल्य पनि आज ३५ रुपैयाँले घटेर १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
झापा / उदयपुर गढी गाउपालिका ७ उदयपुरको बाघखोर कोल्टे सडक खण्डमा मंगलबार साँझ भएको ट्रिपर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । उक्त सडक खण्डबाट बालुवा बोकेर जाँदै गरेको पवित्रा निर्माण कम्पनीको स १ क १९० नम्बरको ट्रिपर अचानक ब्रेक फेल भई सडकबाट अन्दाजी ४० मिटर तल खसेर दुर्घटना हुँदा उक्त ट्रिपरमा सवार रहेका ४ जना घाईते भएका थिए । घाईते चारै जनालाई उपचारको लागी जिल्ला अस्पताल उदयपुर पठाइएकोमा उपचारको क्रममा स्थानीय १९ वर्षीय उज्जल खपाङ्गीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । अन्य घाईतेहरुको उपचार भइरहेको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइर
झापा / दैलेखको महाबुङ गाउँपालिका –४ फागुमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ , भने अन्य छ जना घाइते भएका छन् । सदरमुकाम नारायण नगरपालिकादेखि महाबुङ गाउँपालिकाको कासीकाँध जाँदै गरेको वाग्मती प्रदेश ०१–०२६ च ५२६४ नम्बरको बोलेरो मंगलबार साँझ दुर्घटना भएको दैलेख प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाहले दुर्घटनामा मृत्यु हुनेमा महाबुङ गाउँपालिका –५ का ४० वर्षीय रामबहादुर हमाल रहेको बताए । घाइते अन्य छ जनालाई उपचारका लागि अस्पताल पठाइएको भए पनि उनीहरूको परिचय खुलिसकेको छैन ।
झापा / महानगरीय प्रहरी परिसरका अनुसार एमसीसीको विरोधमा जबरजस्ती बन्द गराउँदै हिँड्ने २५ बन्दकर्तालाई उपत्यकाका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपाल पार्टीले बन्द गराएका हुन् ।
बिर्तामोड / मोरङको सुनवर्षी नगरपालिका ८ स्थितबाट खैरो हिरोइन सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुनवर्षी -१ का २३ वर्षीय बिनोद तामाङ रहेका छन । हिजो राती पौने ७ बजे प्रहरी चौकी सिक्टीबाट खटिएको गस्ती टोलीले पैदल यात्री तामाङलाई शंका लागि चेक जाँच गर्दा निजले प्लास्टिकमा पोको पारी शरीरमा लुकाई राखेको १ ग्राम ७४० मिलिग्राम खैरो हिरोइन बरामद भएको हो । प्रतिबन्धित लागूऔषध खैरो हिरोइन सहित पक्राउ परेका तामाङको इलाका प्रहरी कार्यालय रङ्गेलीबाट थप अनुसन्धान भइरहेको छ ।
काठमाडौं / अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तामा श्याम प्रसाद भण्डारी नियुक्त भएका छन् । अख्तियारले सहसचिव श्याम प्रसाद भण्डारीलाई आजैदेखि लागू हुनेगरी प्रवक्ता तोकेको हो । यसअघि आयोगको प्रवक्तामा नारायणप्रसाद रहेका थिए ।
काठमाडौं /चीनसँगको मुख्य नाका तातोपानीबाट चीनसँगको व्यापार पछिल्ला वर्षमा प्रभावित भएको छ ।यो नाकाबाट न्यून परिणाममा आयात हुने गरे पनि निर्यात भने शून्यछ । तातोपानी नाकाबाट चीनसँग हुने व्यापारमा अघोषित प्रतिबन्ध जस्तै हुँदै आएकोछ । त्यसैगरी निर्यात शून्य रहेको र आयात दिनहुँ ओरालोतिर लाग्दै गएको यहाँका व्यापारी बताउँछन् ।नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोक श्रेष्ठले यी दुई नाकाबाट निर्यात नभएको आठ वर्ष भएको र आयात पनि सहज नभएको बताएका छन् । २०७१ साउन १७ गते जुरे पहिरोपछि रोकिएको निर्यात अहिलेसम्म हुन सकेको छैन । त्यसपछि २०७२ को भूकम्प, २०७३ र त्यसपछिको भोटेकोसी बाढीपहिरोका कारण देखा
काठमाडौं /चीनसँगको मुख्य नाका तातोपानीबाट चीनसँगको व्यापार पछिल्ला वर्षमा प्रभावित भएको छ ।यो नाकाबाट न्यून परिणाममा आयात हुने गरे पनि निर्यात भने शून्यछ । तातोपानी नाकाबाट चीनसँग हुने व्यापारमा अघोषित प्रतिबन्ध जस्तै हुँदै आएकोछ । त्यसैगरी निर्यात शून्य रहेको र आयात दिनहुँ ओरालोतिर लाग्दै गएको यहाँका व्यापारी बताउँछन् ।नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोक श्रेष्ठले यी दुई नाकाबाट निर्यात नभएको आठ वर्ष भएको र आयात पनि सहज नभएको बताएका छन् । २०७१ साउन १७ गते जुरे पहिरोपछि रोकिएको निर्यात अहिलेसम्म हुन सकेको छैन । त्यसपछि २०७२ को भूकम्प, २०७३ र त्यसपछिको भोटेकोसी बाढीपहिरोका कारण देखा
काठमाडौं / प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले वैदेशिक रोजगार विभागमा प्रहरी नायब उपरीक्षकको नेतृत्वमा प्रहरी टोली खटाएको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरोले वैदेशिक रोजगारका नाममा भइरहेको ठगी, मानव बेचबिखन तथा ओसापसार नियन्त्रणका लागि भन्दै डीएसपीको नेतृत्वमा प्रहरी खटाएको हो । हाल डीएसपी नवराज मल्लको नेतृत्वमा इन्स्पेक्टरसहित सातजना प्रहरी वैदेशिक रोजगार विभागमा खटाइएको छ । वैदेशिक रोजगारीको प्रलोभनमा ठगिएका पीडितहरुलाई तत्काल प्रतिकृया दिने वातावरण मिलाउने तत्काल सुरु गरिने पनि ब्युरोले जनाएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.