समाचार

    Showing 24,231-24,240 of 25,296 items.
  • एनआरएनए कोरियाको अध्यक्षमा दीपक पुनः निर्वाचित

    काठमाडौँ / गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) दक्षिण कोरियाको आठौँ महाधिवेशनमा दीपक पुनमगर अध्यक्षमा चयन भएका छन् । निकै लामो चुनावी अभियानपश्चात् उनी पुनः सर्वसम्मतिमा चयन भएका हुन् ।गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको महाधिवेशनबाट आइसिसी सदस्यमा सोम लामा र डा विमल सुवेदी चयन भएका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा सञ्जीवकुमार राई, महिला उपाध्यक्षमा शुभद्र पालुङ्वा, उपाध्यक्षद्वयमा मनोज गौतम र किरण अधिकारी, महासचिवमा रोशन भट्टराई, सचिवमा श्री सत्याल र परी गुरुङ, कोषाध्यक्षमा खिम काउचा मगर, सहकोषाध्यक्षमा सुनिल कन्दङ्वा, महिला संयोजकमा सुजात

    • प्रकाशित मितिः साउन १४, २०७८
    • 64 पटक पढिएको
  • नगदसहित नारायणटारबाट पाँच जुवाडे पक्राउ

    काठमाडौँ / महानगरीय प्रहरी वृत बौद्धले काठमाडौँ नारायणटारबाट नगदसहित पाँच जना जुवाडेलाई पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–६ नारायणटारस्थित गङ्गाप्रसाद मणिकर्मीको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले रु तीन लाख ५९ हजार नगदसहित पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतले बताएका छन् । मणिकर्मीको घरमा डेरा गरी बस्ने २७ वर्षीय ओम तामाङले आफ्नै कोठामा जुवा खेलाउने गरेको विशेष सूचनाको आधारमा प्रहरीले तामाङसहित पाँचजनालाई पक्राउ गरेको हो ।बुधबार साँझ प्रहरी टोली जुवा खेलिरहेको ठाउँमा पुगेको थियो । जुवा खालबाट प्रहरीले नगदसहित तीन बुक तास बरामद गरेको हो । पक्राउ परेका निजहरुल

    • प्रकाशित मितिः साउन १४, २०७८
    • 96 पटक पढिएको
  • रौतहटको कटहरिया नगर क्षेत्रमा फ्री वाईफाई जोड्ने घोषणा

     रौतहट //रौतहटको कटहरिया नगरपालिका क्षेत्रमा फ्री वाईफाई जोड्ने मेयर सियाराम कुश्वाहाले घोषणा गर्नुभएको छ। मेयर कुश्वाहाले बुधबार एक समारोहका बीच मोबाइलबाट नेटवर्क संचालन गरि फ्री वाईफाई जोड्ने घोषणा गर्नुभएको हो ।उक्त उदघाटन समारोहलाई  सम्बोधन गर्दै मेयर कुश्वाहाले कोभिड- १९ को महामारीको बेलामा विद्यार्थीलाई अनलाईनबाट पढ्न अत्यन्तै सहज हुने बताउनु भयो। लकडाउनको अवधिमा हुनेखानेको घरमा वाईफाईको  सुबिधा भएपनी हुँदा खानेको घरमा समस्या देखेर कार्यपालिका बोर्डका साथिहरुको सल्लाह अनुसार निशुल्क वाइफाइको पहल गरेको उँहाले बताउनुभयो ।यस्तै वाईफाई भएपछी युटुबबाट विभिन्न सीप सिकेर

    • प्रकाशित मितिः साउन १४, २०७८
    • 121 पटक पढिएको
  • रौतहटमा मेयरको राजिनामा माग गर्दै प्रदर्शन

    रौतहट // रौतहटमा  मेयरको राजिनामा माग्दै स्थानीयले प्रदर्शन गरेका छन् ।कोरोना महामारी तथा लकडाउनबाट सृजित जटिल अवस्थाको सामना गर्न विभिन्न निकायबाट प्राप्त भएको राहत सामाग्री वितरण नगरी गोदाममा राखेर कुहाएको र लुकेर गाड्न खोजेको आरोप लगाउदै  देवाही गोनाही नगरपालिकाको मेयर धर्मेन्द्र पटेलको राजिनामा माग गर्दै स्थानीयले प्रदर्शन गरेका हुन्। आज गोनाही बजारस्थित नगरपालिकाको कार्यालय घेराउ गर्न हजारौँका संख्यामा पुगेका स्थानीयले मेयर पटेलको राजिनामा माग्नुका साथै प्रदेश सरकारका विरुद्ध समेत नाराबाजी गरेका छन् ।मेयरले राजिनामा नदिए थप आन्दोलन चर्काउने प्रदर्शनमा सहभागी स्थानीय राजेश य

    • प्रकाशित मितिः साउन १४, २०७८
    • 171 पटक पढिएको
  • सिरहामा परिवारबाटै हत्या भएको भन्दै माइती तथा आफन्तहरुले प्रहरी कार्यालय अगाडि गरे शवसहित प्रदर्शन

     सिरहा// सिरहामा परिवारबाटै हत्या भएको भन्दै माइती तथा आफन्तहरुले प्रहरी कार्यालय अगाडि शवसहित प्रदर्शन गरेका छन्।सिरहाको धनगढीमाइ नगरपालिका ६ स्थित सिमराका सुनील महतोकी २९ वर्षीया श्रीमती ज्ञानकुमारी महतो सोमबार राति पौने १२ बजेतिर आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।घटनाबारे जानकारी पाएपछि घटनास्थल पुगेको प्रहरीले मंगलबार बिहान मृतकको शव पोष्टमार्टमका लागि धरान पठाएको थियो ।धरानबाट पोष्टमार्टमपछि माइती पक्षले श्रीमानको परिवारले हत्या गरेको आरोप लगाउँदै शव बोकेर इलाका प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।ज्ञानकुमारीको मृत्यु वा आत्महत्या नभएर हत्या भएको माइती पक्

    • प्रकाशित मितिः साउन १४, २०७८
    • 146 पटक पढिएको
  • करेन्ट लागेर महोत्तरीमा एक जनाको मृत्यु

    महोत्तरी //करेन्ट लागेर महोत्तरीमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भंगहा नगरपालिका–७ बस्ने १७ वर्षीय राजु पासवान छन्। काकाको घरमा विद्युत् मर्मत गर्ने क्रममा  राजुलाई करेन्ट लागेको र  बर्दिबासमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं डिएसपी प्रकाश विष्टले बताए। शवलाई पोष्टमार्टम गराई आफन्तलाई बुझाइएको उनले बताए। 

    • प्रकाशित मितिः साउन १४, २०७८
    • 169 पटक पढिएको
  • समृद्ध नेपाल निर्माणको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पर्यटन सहयोगी : राष्ट्रपति

    सिन्धुली / राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पर्यटन क्षेत्रले टेवा पुर्याउने बताएकी छन् ।सिन्धुलीको ऐतिहासिकस्थल सिन्धुलीगढीमा निर्मित युद्ध सङ्ग्रहालयको आज उद्घाटन गर्दै उनले सिन्धुलीगढी ऐतिहासिक सम्पदाले भरिपूर्ण रहेको तथा आन्तरिक तथा बाह्य पर्यटक, विद्यार्थी र अनुसन्धानकर्ताहरु सङ्ग्रहालयको अवलोकनमा आउने भएकाले यहाँको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने व्यक्त गरेकी छन् । उनले पर्यटनका माध्यमबाट सानो अर्थतन्त्र चलायमान हुने र उत्पादकत्व वृद्धि हुँदा वैदेशिक रोजगारीमा जाने प्रवृत्ति घट्न सक्ने बताउँदै यस्ता गतिविधिले मुलुकमा चुलिएको

    • प्रकाशित मितिः साउन १३, २०७८
    • 63 पटक पढिएको
  • ‘सङ्घीय निजामती सेवा विधेयक’ पारित गर्न माग

    काठमाडौँ / राष्ट्रियसभाका सांसदले ‘सङ्घीय निजामति सेवा विधेयक’ जतिसक्दो चाँडो संसद्बाट पारित गरी जनतालाई सुशासनको अनुभूति दिन माग गर्नुभएको छ ।राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद उदया शर्मा पौडेल भन्छन्, “स्थायी सरकार निजामति सेवालाई मनोमानी चलाउनु भनेको पारदर्शीता नहुनु हो, त्यसैले जतिसक्दो चाँडो राष्ट्रसेवक कर्मचारीको मनोबल बढाउन र सुशासनको प्रत्याभूति गराउन विधेयक अगाडि बढाउन आग्रह गर्दछु ।”सांसद प्रकाश पन्थले संविधानमा व्यवस्था भएको समावेशी समानुपातिक व्यवस्थालाई कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् । उनले अब गठन हुने मन्त्रिपरिषद्लाई समावेशी बनाउन पनि अनुरोध गरेका छन् । वर

    • प्रकाशित मितिः साउन १३, २०७८
    • 67 पटक पढिएको
  • पहिरोले बूढीगंगा नदी थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह

    बाजुरा / बाजुराको गौमुल गाउँपालिकास्थित बूढीगंगा नदी थुनिएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभागले बुधबार दिउँसो सूचना जारी गरी नदीमा पहिरो खसेर पानी थुनेको जानकारी दिएको हो ।सूचनामा तटीय क्षेत्रहरुमा साँझसम्मै उच्च सतर्कता अपनाउन भनिएको छ । 

    • प्रकाशित मितिः साउन १३, २०७८
    • 55 पटक पढिएको
  • रौतहटमा एक पिलरको जग जीर्ण ,सीमास्तम्भ मर्मतको लागि आदेश आएन

    रौतहट //रौतहटको गौर–औरैया सीमा क्षेत्रको अन्तिम बिन्दुमा रहेको ३४७ नम्बरको पिलरको जग जीर्ण हुँदा समेत सीमास्तम्भ मर्मतको लागि  आदेश आएको छैन। जिल्ला प्रशासन कार्यालयले ५ महिनाअघि पिलर मर्मतका लागि प्रधानमन्त्रीको कार्यालय, परराष्ट्र मन्त्रालय, गृह र नापी विभागमा पत्राचार गरेको थियो । पत्रको जवाफ नै नआएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । ईशनाथ नगरपालिका -१ स्थित ढल्ने अवस्थामा पुगेको यो सीमास्तम्भ मासेर भारतीयले बोरा राख्न खोज्दा गत वर्ष विवाद भएको थियो ।भारतीय पक्षले यो भत्केर जाओस् भनिरहेका बेला रौतहट प्रशासनले भने निगरानी नियमित गरेको छ । बाढीको डुबानबाट जोगिन गत वर्ष भारती

    • प्रकाशित मितिः साउन १३, २०७८
    • 213 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.