समाचार

    Showing 24,261-24,270 of 25,296 items.
  • झुटो प्रचार: विजय शाहीको मृत्युको भ्रामक प्रचार

    काठमाडौं / विलक्षण स्मरण शक्तिको दावी गरेर सामाजिक सञ्जाल मार्फत चर्चामा आएका विजय शाहीको मृत्यू भएको हल्ला असत्य प्रमाणित भएको छ । प्रहरीले शाहीलाई कालिकोटस्थित उनकै घरमा फेला पारेको छ ।विजय शाही सामान्य विरामी भएर अस्पताल गएको र उनको मृत्यूको हल्ला झुटो भएको कालिकोट जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर शाहले जानकारी दिएका  छन्।शाही महावै गाउँपालिका वडा नं. ५ स्थित आफ्नो घरमा आइसकेकाे शाहले जानकारी दिएका छन् । डिएसपी शाह भन्छन् ‘मैले विजय शाहीको गाउँमा प्रहरीलाई बुझ्न पठाएको थिएँ । उनीहरुले शाहीलाई घरमै भेटेको बताएका छन् । मृत्यूको

    • प्रकाशित मितिः साउन १२, २०७८
    • 181 पटक पढिएको
  • पाँच किलो चरेससहित दुई पक्राउ

    कैलाली / कैलालीमा साढे पाँच किलो चरेससहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका –११ का ४० वर्षीय गोरे धामी र गोदावरी नगरपालिका –६ का ३५ वर्षीय धनबहादुर धामी रहेका छन् । उनीहरूलाई सोमबार राति चेकजाँचको क्रममा सुदूरपश्चिम प्रदेश प्रहरीको टोलीले गौरीगंगा नगरपालिका –८ बाट पक्राउ गरेको हो ।शंका लागेर गोरेले बोकेको झोला चेकजाँच गर्दा साढे पाँच किलो चरेस फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यलय कैलालीले जनाएको छ ।  

    • प्रकाशित मितिः साउन १२, २०७८
    • 69 पटक पढिएको
  • विद्युतीय ऊर्जामा गरीबको पहुँच सुनिश्चित गरिनुपर्ने

    काठमाडौँ / विद्युतीय ऊर्जामा गरीब तथा विपन्न र सीमान्तकृत समुदायको पहुँच सुनिश्चित गर्न सरोकार विज्ञले माग गरेका छन् ।नेपाल इनर्जी फाउन्डेशनले ‘ऊर्जामा गरीबको पहुँच अभिवृद्धि’ विषयमा आज यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका वक्ताले आधारभूत ऊर्जाको पहुँचको सुनिश्चितताले मात्रै आर्थिक, सामाजिक समृद्धिको ढोका खुल्ने बताएका छन् । साथै उनीहरुले गरीबको सही पहिचान हुन नसक्दा ऊर्जामा न्यायको पहुँच सुनिश्चिततामा कठिनाइ उत्पन्न भएको धारणा राखेका छन् ।फाउन्डेशनका कार्यकारी निर्देशक डिल्ली घिमिरेले गरीब तथा विपन्न समुदायलाई सहुलियतपूर्ण वा निःशुल्क ऊर्जाको सुनिश्चितता गर्न सरोकारवाला निकायको

    • प्रकाशित मितिः साउन १२, २०७८
    • 67 पटक पढिएको
  • केबुलकार सम्भाव्यता अध्यायन प्रतिवेदन सार्वजनिक

    कालीकोट / कालीकोटको नरहरिनाथ गाउँपालिका – १ को कोटवाडादेखि खाँडाचक्र नगरपालिका–१ को मान्म जोड्ने केबुलकारको सम्भाव्यता अध्यायन प्रतिवेदन सार्वजनिक गरिएको छ । कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कालीकोटका नौ वटै स्थानीय तहका प्रतिनिधि, कर्णाली प्रदेश योजना आयोग र कर्णाली प्रदेशका मन्त्रीका बीच सम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको हो । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा कालीकोटको नरहरिनाथ गाउँपालिका–१ कोटवाडादेखि खाँडाचक्र नगरपालिका–१ को मान्म केबुलकार बनाउने लक्ष्य राखेको छ । नरहरिनाथ गाउँपालिका–१ कोटवाडादेखि खाँडाचक्र नगर

    • प्रकाशित मितिः साउन १२, २०७८
    • 59 पटक पढिएको
  • बाल वाङ्मयका अध्यक्षमा पुनः प्रधान

    काठमाडौँ / बाल वाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्षमा प्रमोद प्रधान पुनः चयन भएका छन् ।गत शनिबार भर्चुअल माध्यमबाट सम्पन्न सो विशेष साधारण सभाबाट उनी अध्यक्षमा पुनः चयन भएको निर्वाचन समितिका संयोजक प्रा रामकुमार पाँडेले जानकारी दिएका छन्।केन्द्रका उपाध्यक्षमा विजयराज आचार्य, महासचिवमा अनन्त वाग्ले, सचिवमा मञ्जु ज्ञवाली, कोषाध्यक्षमा शान्ति सापकोटा र सदस्यहरुमा तारानिधि भट्टराई, रवीन्द्र मानन्धर, केदार श्रेष्ठ र नेत्र तामाङ चयन भएका छन् । संस्थाले बालबालिकाका लागि कथा लेखन लगायतका कार्याशाला गर्दै आएको महासचिव वाग्लेले जानकारी दिएका छन् ।

    • प्रकाशित मितिः साउन १२, २०७८
    • 67 पटक पढिएको
  • पाडाजुगी-उर्लाबारी प्रसारण लाइन निर्माणमा अवरोध

    काठमाडौँ / झापाको पाडाजुगीबाट मोरङको उर्लाबारीसम्मको प्रसारण लाइन निर्माणमा स्थानीयवासीले अवरोध गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।प्राधिकरणका अनुसार पाडाजुगी–उर्लाबारी ३३ केभी प्रसारण लाइन निर्माणमा आज अवरोध भएको छ । उर्लाबारी नगरपालिका–८ स्थित अठियाबारीका बासिन्दाले बत्ती बाल्नका लागि लाइन हुँदाहुँदै अर्को लाइन किन तानेको भन्दै निर्माणमा अवरोध गरेका हुन् । सो प्रसारण लाइनको लम्बाइ १६ किलोमिटर छ । आन्दोलनरत पक्षले लाइन नै तान्न नदिने अडान लिएका कारण त्यस क्षेत्रमा ३०० मिटर लाइन तान्न नसकिएको प्राधिकरणले जारी गरेको प्रेसनोटमा उल्लेख छ ।  अवरोधका कारण उर्लाबारीमा निर्माण ग

    • प्रकाशित मितिः साउन १२, २०७८
    • 82 पटक पढिएको
  • बाल विवाह अन्त्यका लागि रणनीति स्वीकृत

    रुपन्देही / लुम्बिनी प्रदेश सरकारले बाल विवाह अन्त्यका लागि प्रदेशको रणनीति स्वीकृत गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षा तथा सामाजिक विकास मन्त्रालयको प्रस्तावमा रणनीति अनुमोदन गरेको हो ।प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले कानूनले बीस वर्षभन्दा कम उमेरमा हुने विवाहलाई बाल विवाह मानी निषेध गरेका कारण यसको अन्त्यका लागि रणनीति स्वीकृत गरिएको जानकारी दिएका छन् । यो रणनीति कार्यान्वयनका लागि सबै पालिकासँग समन्वय गरिने  उनको  भनाइ छ । सन् २०३० सम्म बाल विवाहको अन्त्य गर्ने राष्ट्रिय लक्ष्य रहेको छ ।    यसैगरी आजको बैठकले प्रदेश खेलकूद नियमावली, २०७८ स्वीकृत

    • प्रकाशित मितिः साउन १२, २०७८
    • 71 पटक पढिएको
  • श्रमिकको ज्याला वृद्धि

    काठमाडौँ / यहाँका श्रमिकको ज्यालादरमा पाँच प्रतिशतले वृद्धि भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सरोकार निकायको समन्वयमा आव २०७८/७९ का लागि यसअघि कायम भएको दरमा पाँच प्रतिशत बढाएर मजदूरको ज्याला निर्धारण गरेको हो । आव २०७७/७८ मा श्रमिकले प्रतिदिन ७५० ज्याला पाउँदै आएकामा अब भने ७९० प्राप्त गर्नेछन्। यस्तै फोहरढल सफा गर्ने कामदारको हकमा एक हजार ७० बाट एक हजार १२५ ज्याला कायम गरिएको छ ।श्रमिकको न्यूनतम उमेर १६ वर्ष र दैनिक काम गर्ने समय आठ घण्टालाई आधार मानेर आव २०७७/७८ मा कायम गरिएको ज्याला दरमा नेपाल राष्ट्र बैंकको ज्यालादर सूचकाङ्कको मान तथा प्रचलित बजार दरलाई आधार मानेर पाँच

    • प्रकाशित मितिः साउन १२, २०७८
    • 68 पटक पढिएको
  • वित्तीय समानीकरण अनुदान बढाऔँ, अरु अनुदान घटाऔँ : वित्त आयोग

    काठमाडौँ  / सङ्घीयता कार्यान्वयनमा आर्थिक पाटोबाट महत्वपूर्ण औजार मानिएका अनुदानमध्ये वित्तीय समानीकरण अनुदानबाहेक अरुको अवस्था भद्रगोल देखिएपछि क्रमशः घटाउँदै लैजान सुझाव दिइएको छ । वित्तीय समानीकरण अनुदान भने प्रदेश र पालिकाको मूल प्रवाहको खम्बाका रूपमा रहेकाले खर्चको आवश्यकतानुसार अनुदान बढाउँदै लैजान सिफारिस गरिएको छ ।प्राकृतिक स्रोत तथा वित्तीय आयोगले हालसम्मका अभ्यास र नतिजाले वित्तीय समानीकरण अनुदानलाई खर्चको आवश्यकताअनुरूप बढोत्तरी गर्दै लैजान तथा सःर्शत, समपूरक र विशेष अनुदान भद्रगोल रहेको भनी न्यूनीकरण गर्न संसदीय समितिलाई सल्लाह दिएको हो ।विगतमा पछि परेका क्षेत्र र समुदायलाई सम

    • प्रकाशित मितिः साउन १२, २०७८
    • 48 पटक पढिएको
  • कहाँ पुग्यो सबस्टेशन निर्माणको काम ?

    जाजरकोट / जाजरकोट जिल्लामा निर्माण गर्ने भनिएको चारवटा सबस्टेशनको काम चलिरहेको छ । नलगाड नगरपालिकाको चौखामा ठेक्का लागेर काम शुरु गर्न लागिएको छ । दुई वर्षभित्र सक्ने भन्दै सो ठेक्का गरिएको हो ।त्यस्तै बडावन र समाइलामा निर्माण हुन लागेको सबस्टेशनको काम अहिले अध्ययन कार्य जारी छ । अध्ययन सकिएलगत्तै चार महिनाभित्र ठेक्का खोल्ने तयारी छ । क्षेत्रीय कार्यालयले चौखामा ठेक्का गरेको र केन्द्रीय कार्यालयले वडावन र समाइलामा ठेक्का गर्नेछ । गुदुमा सबस्टेशन निर्माण पूरा भई जाजरकोट र रुकुम पश्चिमका केही भागमा बत्ती बलिरहेको छ । जिल्लामा अहिले तत्काल ११ केभी प्रसारण लाइनको विद्युत् प्रवाह भइरहेको छ

    • प्रकाशित मितिः साउन १२, २०७८
    • 60 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.