समाचार

    Showing 24,311-24,320 of 25,304 items.
  • काठमाडौँ उपत्यकामा १० दिन निषेधाज्ञा थप

    काठमाडौँ / उपत्यकामा सरकारले थप १० दिन निषेधाज्ञा बढाएको छ । यसअघिको निषेधाज्ञा आदेश आइतबार सकिएपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले १० दिन निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।स्मार्ट लकडाउनको अवधारणाअनुसार नै निषेधाज्ञा रहने भएकाले नियममा भने परिवर्तन नगरिएको बताइएको छ । निषेधाज्ञा कायमै रहेता पनि राजधानीको अवस्था भने सामान्य अवस्थाकै जस्तो छ । सरकारले नियम बनाए पनि पालना भने भएको छैन ।

    • प्रकाशित मितिः साउन १०, २०७८
    • 96 पटक पढिएको
  • झापाका छ पालिका सिल

    बिर्तामोड / कोरोना संक्रमण अनियन्त्रित बन्दै जाँदा झापामा पालिकाहरु सिल हुँदै गएका छन् । हालसम्म झापाका बुद्धशान्ति, अर्जुनधाराको शनिश्चरे बजार, कनकाई यसअघिनै सिल गरिएका छन् ।आइतबार झापामा थप दुई पालिकाहरु दमक र शिवसताक्षीसमेत सिल गर्ने निर्णय भएको छ ।त्यस्तै संक्रमण नियन्त्रणका लागि भन्दै बिर्तामोड नगरपालिकाले समेत साउन १३ गते राति १२ बजेबाट नगरपालिका सिल गर्ने निर्णय भएको छ । शिवसताक्षी र दमक नगरपालिका भने सोमबार राति १२ बजेबाट सिल गरिने सबन्धित पालिका स्रोतले बताएका छन् । योसँगै झापाका १५ पालिका मध्ये छ वटा पालिकाहरुले आफ्नो क्षेत्र सिल गर्ने निर्णय गरेका छन् ।

    • प्रकाशित मितिः साउन १०, २०७८
    • 81 पटक पढिएको
  • निगमको एक उडान शवका लागि

    काठमाडौँ / राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए ३३० जहाजले मलेसियाको राजधानी क्वालालम्पुरबाट हरेक महिनाको एक उडानबाट  नेपाली नागरिकको शव ल्याइरहेको छ ।वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न कारणले मलेशियामा ज्यान गुमाएका नेपालीको शव ल्याउन त्यहाँस्थित राजदूतावासको आग्रहमा महिनामा निगमको एक उडान प्रयोग हुँदै आएको हो ।त्यसका लागि कार्गो उडान जटिल र संवेदनशील हुने भएकाले निजी क्षेत्रका अन्तरराष्ट्रिय वायुसेवा कम्पनीले शव ल्याउन आनाकानी गर्ने गर्छन् । राष्ट्रिय ध्वजाबाहक भएकाले सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि मलेसिया लगायत अन्य गन्तव्य मुलुकबाट न

    • प्रकाशित मितिः साउन १०, २०७८
    • 70 पटक पढिएको
  • कालीकोटमा कोभिड–१९ को सङ्क्रमण बढ्दो

    कालिकोट / कालीकोटमा पछिल्लो चरणमा कोभिड–१९ सङ्क्रमणको दर बढ्दै गएको छ । निषेधाज्ञा खुकुलो बनाएसँगै कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको हो । निषेधाज्ञा खुकुलो बनाएका कारणले नागरिक तथा सरोकारवाला निकायले कोभिड–१९ को मापदण्ड पालना नगर्दा कोभिडको सङ्क्रमण दर बढेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।शनिबार २३ व्यक्तिको परीक्षण गर्दा १३ मा कोरोना सङ्क्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका निमिक्त व्यवस्थापक कटकबहादुर महतले बताएका छन् । उनि भन्छन्, “केही समयअघि शून्यमा झरेको कोभिड–१९ को सङ्क्रमण दर पछिल्ला दिनमा बढ्दै गएको छ ।”सङ्क्रमण दर बढ्दै गएकाले जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बै

    • प्रकाशित मितिः साउन १०, २०७८
    • 62 पटक पढिएको
  • निर्मला प्रकरणका तीन वर्षः अझै अपराधी पत्ता लागेन

    महेन्द्रनगर / भीमदत्त नगरपालिका–२ का १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणका तीन वर्ष बितिसकेको छ ।साथीको घरबाट स्कुलको गृहकार्य गरी घर फर्किने क्रममा सम्र्पकबिहीन भएकी उनीको बलात्कारपछि हत्या गरिएका अवस्थामा शव उखुबारीमा भेटिएको थियो ।‘निर्मला हत्या प्रकरणमा न्याय पाऔँ’ भन्दै निर्मलाका बुबा,  स्थानीयवासी र अधिकारकर्मीले आज दिउँसो महेन्द्रनगर बजारमा ¥याली निकालेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले उक्त प्रकरणको सघन रुपमा अनुसन्धान भइरहेको जनाएको छ ।घटनापछि तीन वर्षदेखि निरन्तर प्रहरी नायब उपरीक्षकको नेतृत्वमा प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोको टोली कञ्चनपुरमै बसेर अनुसन्धानमा खटिएको

    • प्रकाशित मितिः साउन १०, २०७८
    • 70 पटक पढिएको
  • दश दिनदेखि हराइरहेकी यूवतीको शव फेला

    धादिङ / धादिङमा १० दिनदेखि बेपत्ता युवतीको शव घर बाट ३ सय मिटरको दूरीमा फेला परेको छ ।  जिल्लाको गजुरी गाउँपालिका–८, पर्वाङस्थित जंगलमा २० वर्षीया सम्झना रोकाको शव सडेको अवस्थामा फेला परेको हो । जाँचका लागि शव उठाइसकेको गजुरीका डीएसपी युवराज खड्काले बताएका छन् । ‘मृत्युको कारण पोष्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्ने  उनले बताएका हुन् ।

    • प्रकाशित मितिः साउन १०, २०७८
    • 85 पटक पढिएको
  • राष्ट्रपति र प्रधानमन्त्रीलाई जोडेर अश्लील टिकटक बनाउने झापाका एक पक्राउ

    बिर्तामोड / राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको अश्लील टिकटक भिडियो बनाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मेचीनगर–६ स्थित बर्मेली टोल बस्ने ३८ वर्षीय सोमप्रसाद घिमिरे (बिकास) रहेको प्रहरीले जानकारी दिएको छ ।पक्राउ परेका घिमिरेलाई अहिले प्रहरी प्रधान कार्यालय साइवर ब्यूरो अपराध अनुसन्धान तथा कारबाही शाखा लगिएको प्रहरीले जानकारी दिएको छ । केहि दिन अगाडि प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीको अनैतिक भिडियो बनाएर पोष्ट गरेका उनलाई सामाजिक सञ्जालको दुरुपयोग गर्दै राष्ट्रपति र प्रधानमन्त्रीको अनैतिक भिडियो बनाएर लाल्छना लगाउने कार्य

    • प्रकाशित मितिः साउन १०, २०७८
    • 145 पटक पढिएको
  • मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

    देउखुरी / दाङमा शनिबार राति भएको मोटरसाइकल दुर्घटना एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा २९ वर्षीय युवराज राना रहेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १५ प ६३२१ नं को मोटरसाइकल लमही नगरपालिका–४ स्थित अर्नहवा घुम्ती नजिक दुर्घटनामा परेको हो । मृतक रानाको शव परीक्षणकालागि लमही अस्पतालमा राखिएको र घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

    • प्रकाशित मितिः साउन १०, २०७८
    • 72 पटक पढिएको
  • बेँसीशहर–चामे सडकखण्ड : नयाँ ट्र्याक खोल्न अध्ययन शुरु

    मनाङ / जिल्लालाई पुनः सडक सञ्जालसित जोड्न अध्ययन थालिएको छ । बाढीपहिराका कारण गत जेठ १४ गतेदेखि बेँसीशहर–चामे सडकखण्ड अवरुद्ध छ । साथै जिल्ला सञ्चार र विद्युत्समेतबाट समेत सम्बन्ध टुटेको  छ ।सो सडक खण्डको धेरै भागमा नयाँ ट्र्याक खोल्नुपर्ने भएपछि नेपाली सेनाको प्राविधिक टोलीले शनिबारदेखि अध्ययन थालेको जनाइएको छ । प्राविधिक टोलीको नेतृत्व महासेनानी इन्दिवर गुरुङले गर्नुभएको  छ । उनकै नेतृत्वमा तत्कालीन समयमा बेँसीशहर–चामे सडकको ट्र्याक खोल्ने काम सम्पन्न भएको थियो ।प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले नयाँ ट्र्याक खोल्न सेनाको प्राविधिक टोलीले अध्ययन थालेको जानकारी दिएका छन्

    • प्रकाशित मितिः साउन १०, २०७८
    • 67 पटक पढिएको
  • इमाडोल–लामाटार सडक : अब ६० मिटर बनाउन बाँकी

    काठमाडौँ / बिस्तारका क्रममा रहेको इमाडोलबाट सिद्धिपुर हुँदै लामाटारसम्मको सडक निर्माण अन्तिम चरणमा पुगेको छ । निर्माण शुरु भएको चार वर्ष बित्न लाग्दा सात किमी लम्बाइको सो सडकमा झण्डै ६० मिटर मात्रै बनाउन बाँकी छ । गोदावरी खोला नजिकै रहेको एउटा घर भत्काउन ढिलाइ हुँदा सो सडक सम्पन्न हुन नसकेको काठमाडौँ चक्रपथ बिस्तार आयोजनाले जनाएको छ ।केही समय अगाडि महालक्ष्मी नगरपालिकाले सो घर हटाएको थियो ।  अहिले सो क्षेत्रमा सडक निर्माणका लागि पर्खाल लगाउने काम जारी रहेको आयोजना प्रमुख गुरु अधिकारीले जानकारी दिएका छन् । उनि भन्छन्, “अहिले अरु काम सकिएपछि वर्षापछि कालोपत्र गर्न सकिन्छ ।”सो सडक २०

    • प्रकाशित मितिः साउन १०, २०७८
    • 76 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.