समाचार

    Showing 24,351-24,360 of 25,308 items.
  • पहिरोले भीमदत्त राजमार्ग पुनः अवरुद्ध

    डोटी / सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पुनः अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आज बिहान उक्त राजमार्गको गैरा नजिक पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । सडक माथिबाट ठूलठूला ढुङ्गा र रुखसँगै आएको पहिरोका कारण राजमार्ग बन्द भएको हो । अवरुद्ध राजमार्ग पुनःसञ्चालनका लागि सडक डिभिजन कार्यालयको डोजर पठाइए पनि पहिरोले ठूला ढुङ्गा र रुख ल्याएका कारण पन्छाउन समस्या भइरहेको प्रहरीचौकी गैराले जनाएको छ । पहिरो.ले राजमार्ग अवरुद्ध भएपछि यहाँका पहाडी जिल्लाबाट तराई तथा तराईबाट पहाडका लागि छुटेका सयौँ सवारी साधन र यात्रु बिच बाटामा अलपत्र परेका छन् ।

    • प्रकाशित मितिः साउन ९, २०७८
    • 100 पटक पढिएको
  • दाताले उपलब्ध गराए ४० थान कन्सन्ट्रेटरसहित ४५ लाख नगद

    वालिङ  / कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि दाताले वालिङ नगरपालिकालाई ४० थान अक्सिजन कन्सन्ट्रेटरसहित नगद तथा स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् ।महामारीको रुपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण दर उच्च रहेको वालिङमा यसको रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाले सहयोग आह्वान गरेबमोजिम स्वास्थ्यसम्बन्धी सामग्री प्राप्त भएको हो । नगरपालिकाले गह्रौँ प्राथमिक अस्पताल वालिङमा स्थापना गरेको आईसोलेसन सेन्टरमा प्रयोग गर्नका लागि देश तथा विदेशमा रहेका विभिन्न सङ्घ संस्था तथा व्यक्तिको सहयोगमा स्वास्थ्य सामग्रीसहित नगद प्राप्त भएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताएका छन् ।विभिन्न

    • प्रकाशित मितिः साउन ९, २०७८
    • 57 पटक पढिएको
  • बारम्बार विद्युत् सेवा अवरुद्ध भएपछि सुधार गर्न माग

    रामेछाप / रामेछापमा बारम्बार विद्युत् सेवा अवरुद्ध भएपछि सेवा सुधार गर्न नागरिक समाजले ध्यानाकर्षण गराएको छ । मानवाधिकार संरक्षण सञ्जाल रामेछापले बिहीबार नेपाल विद्युत् प्राधिकरण मन्थली वितरण केन्द्रका प्रमुख कृष्णहरि दाहाललाई भेटी विद्युत् सेवा नियमित गर्न ध्यानाकर्षक गराएको हो । सञ्जालकातर्फबाट मानव अधिकारकर्मी, पत्रकार, नागरिक अगुवासमेतको टोली कार्यालयमा गई ध्यानाकर्षण पत्र बुझाएको थियो । ध्यानाकर्षक पत्रमा बारम्बार विद्युत् आउने जाने हुँदा विद्युतीय उपकरण जल्ने समस्या बढेको नागरिक समाजको गुनासो छ । यसैगरी बारम्बार विद्युत् अवरुद्ध हुँदा अनलाइनबाट पढ्नुपर्ने विद्यार्थीको पठनपाठन प

    • प्रकाशित मितिः साउन ८, २०७८
    • 66 पटक पढिएको
  • लामो समयदेखि लिलाम नहुँदा सवारी साधन कबाड बन्दै

    सिरहा / लामो समयदेखि लिलाम नहुँदा करोडौँ मूल्य बराबरका सवारी साधन कबाड बन्दै गएका छन् । लामो र झन्झटिलो प्रक्रिया भएका कारण विगत तीन वर्षदेखि  भन्सार कार्यालयले लिलाम गर्न नसक्दा  सिरहाको ठाडी भन्सार कार्यालयमा राखिएका १२० मोटरसाइकल र पाँच जिप कार कबाड बन्दै गएको हुन् ।समयमा लिलाम नहुँदा सवारी साधन कबाड बनिरहेका छन् भने सवारी साधन थन्क्याउने ठाउँसमेत अभाव भैरहेको भन्सार प्रमुख नरेश साहले  बताएका छन् ।  ठाउँ नपाएर खुलारूपमै सवारी राख्दा वर्षायाममा सवारी साधनका पाटपुर्जामा खिया लागेर कबाड बन्दै गएको छ । पटक–पटक लिलामी प्रक्रिया थाले पनि प्रक्रिया लामो र झन्झटिलो भएका कारण अझै

    • प्रकाशित मितिः साउन ८, २०७८
    • 46 पटक पढिएको
  • सुजिता मृत्यु प्रकरणः दाजु पर्ने झापाका सचिन पक्राउ

    बिर्तामोड / चितवनको राप्ती नगरपालिका -३ कि सुजिता भण्डारीको हत्या आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा गाउँपालिका–६ शरणामतीका २३ वर्षीय सचिन भनिने सुकदेव भण्डारी रहेको चितवन प्रहरीले जानकारी दिएको छ ।सुकदेवलाई बिहिबार प्रहरीले काठमाडौँबाट पक्राउ गरेको र आज पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको प्रहरी नायब उपरिक्षक इन्द्रबहादुर रानाले जानकारी दिएका छन् ।नातामा सुजिताको ठूलोबुबाको छोरा दाजु पर्ने सुकदेवसँग असार ९ गते सुजिताले विवाह गर्न प्रस्ताव गरेपछि यी दुईमा विवाद सिर्जना भएको अनुसन्धानका क्रममा खुलेको रानाले जानकारी दिएका छन् ।असार ११ गते बिहान ६ बजे साथीको

    • प्रकाशित मितिः साउन ८, २०७८
    • 194 पटक पढिएको
  • अमेरिका पठाउँछु भन्दै ७४ लाख ठगी गरेको आरोपमा तीन पक्राउ

    काठमाडौं / अमेरिका पठाउने भन्दै विभिन्न व्यक्तिसँग ७४ लाख नौ हजार ५०० रुपैयाँ ठगी गर्ने लाई नेपाल प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जको टोलीले ‘वर्किङ भिषा’मा अमेरिका पठाइदिन्छु भनी विभिन्न व्यक्तिसँग ठगी गर्ने तीन व्यक्तिलाई पक्राउ गरेको हो । कपिलवस्तुका २४ वर्षीय विकास भनेर चिनिने विनोद भुसाल, कास्कीका ३१ वर्षीय पुकार गुरुङ र कास्कीका ३० वर्षीय प्रकाश गुरुङ लाई बिहीबार पक्राउ गरी प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले पक्राउ परेकाले पीडितलाई अमेरिकामा रहेकी दिव्या राणाले कृषि फर्ममा ‘वर्क पर्म

    • प्रकाशित मितिः साउन ८, २०७८
    • 73 पटक पढिएको
  • लामो दुरीको सवारीसाधन सञ्चालन गर्न अनुमति

    काठमाडौं /काठमाडौं जिल्ला प्रशासन कार्यालयले लामो दुरीको सवारी साधन सञ्चालन गर्न अनुमति दिएको जानकारी दिएको छ । शुक्रबार एक सूचना जारी गर्दै लामो तथा मध्यम दुरीका सवारीसाधन सञ्चालन गर्ने अनुमति दिएको कार्यालयले जानकारी दिएको हो ।गत चार गते बसेको मन्त्रिपरिषद्को बैठकले लामो तथा मध्यम दुरीका सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको थियो । त्रिभुवन विश्वविद्यालय, लोक सेवा आयोग लगायतका परीक्षाहरू हुने भएकोले लामो तथा मध्यम दुरीका सवारीसाधन चलाउने व्यवस्था मिलाउन लागेको हो । ‘परीक्षार्थी तथा सर्वसाधरणहरूको आवतजावतलाई सहज बनाउन उपत्यकाका सम्पूर्ण व्यवसायीहरूले नेपाल सरकारले तोकेको स्वास्थ्यको मापदण्डको

    • प्रकाशित मितिः साउन ८, २०७८
    • 116 पटक पढिएको
  • नक्कली कागजात बनाई ठगी गर्ने तीन पक्राउ

    काठमाडौँ / नेपाल प्रहरीले कामदार भिषामा अमेरिका पठाउने भन्दै विभिन्न व्यक्तिसँग ७४ लाख नौ हजार ५०० ठगी गर्ने तीन व्यक्तिलाई पक्राउ गरेको छ ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जको टोलीले ‘वर्किङ भिषा’मा अमेरिका पठाइदिन्छु भनी विभिन्न व्यक्तिसँग ठगी गर्ने कपिलवस्तुका २४ वर्षीय विकास भनेर चिनिने विनोद भुसाल, कास्कीका ३१ वर्षीय पुकार गुङ र कास्कीका ३० वर्षीय प्रकाश गुरुङलाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।  ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले पक्राउ परेकाले पीडितलाई अमेरिकामा रहेकी दिव्या राणाले कृषि फर्ममा ‘वर्क पर्मिट भिषा’ दिलाउँछु भन

    • प्रकाशित मितिः साउन ८, २०७८
    • 49 पटक पढिएको
  • झापाको शनिश्चरे बजार एक साताका लागि बन्द

    झापा / झापाको अर्जुनधारा नगरपालिकास्थित शनिश्चरे बजार एक साताका लागि बन्द हुने भएको छ ।अर्जुनधारा नगरपालिकाको ८ नं. वडा कार्यालयले कोरोना संक्रमण तीब्र रुपमा फैलिएको भन्दै बन्द गर्न आह्रवान गरेको छ । साउन ८ गते राति १२ बजेदेखि १५ गतेसम्मका लागि बन्द आह्रवान गरिएको वडाध्यक्ष गोपिचन्द्र गौतमले जानकारी दिए । वडा कार्यालयले सूचना जारी गर्दै शनिश्चरे बजार र आसपासका क्षेत्र पूर्णरुपमा बन्द गरिने जनाएको छ । बजार व्यवस्थापन समिति, चेम्बर्स अफ कमर्श, उद्योग वाणिज्य संघ, टोल विकास समितिसमेतको छलफलपछि बजार क्षेत्र बन्द गर्ने निर्णय गरिएको वडाध्यक्ष गौतमले जानकारी दिए ।

    • प्रकाशित मितिः साउन ८, २०७८
    • 154 पटक पढिएको
  • नगरप्रमुख र उपप्रमुखको विवादले बजेट पारित हुन सकेन

    खलङ्गा / जुम्लाको चन्दननाथ नगरपालिकामा नगरप्रमुख र उपप्रमुखको विवादले बजेटले पूर्णता पाउन सकेको छैन । नगरपालिको बजेटसहित सेवा प्रवाहका काम पनि प्रभावित भएका छन् ।नगरप्रमुख कान्तिका सेजुवाल र उपप्रमुख अप्सरादेवी न्यौपानेबीचको विवादका कारण आर्थिक वर्ष २०७८/७९ को बजेटसमेत आउन नसकेको जनाइएको छ ।नगरप्रमुख सेजुवालले बहुमतले गत असार ३१ गते बजेट पारित गरिएको बताएका छन् । नगर उपप्रमुख न्यौपानेले नगरपालिको बजेट पारित नभएको जानकारी दिएका छन् । वैधानिकरूपमा बजेटमा हुने छलफल हुन सकिरहेको अवस्था नरहेको कर्मचारी बताउँछन् ।प्रमुख र उपप्रमुखको  विवाद थेग्न नसक्दा नगरपालिकाका कर्मचारीलाई समेत

    • प्रकाशित मितिः साउन ८, २०७८
    • 65 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.