समाचार

    Showing 24,391-24,400 of 26,772 items.
  • काउन्सिलले थाल्यो नक्कली नर्समाथि कारबाही

    काठमाडौं / नेपाल नर्सिङ काउन्सिलले सूचना जारी गर्दै एक महिलाको नर्सिङ लाइसेन्स नक्कली भएको पुष्टि गरेको छ । लाइसेन्स जारी भएको साढे सात वर्षपछि लाइसेन्स नक्कली भएको पुष्टि भए लगत्तै कारबाहीको लागि प्रक्रिया अगाडि बढाएको जनाएको हो ।कागजपत्र अध्ययनका क्रममा काउन्सिलको लाइसेन्स पुनः दर्ताका लागि निवेदन दिएकी रञ्जुकुमारी चौधरीले अरुको दर्ता नम्बर लिएको प्रमाणित भएको छ । काउन्सिल रजिष्ट्रार बिन्दा घिमिरेले आइतबार जारी गरेको सूचना अनुसार रञ्जुकुमारी चौधरीले ६ जुलाई २०१४ मा लिएको लाइसेन्स नम्बर २६४६८ मार्च २०१४ मा अर्कैको नाममा जारी भइसकेको उल्लेख छ ।पेश गरेको प्रमाणपत्र र दस्तखत समेत काउन्

    • प्रकाशित मितिः माघ ९, २०७८
    • 76 पटक पढिएको
  • पानीमा डुबी १ जनाको मृत्यु

    बिर्तामोड /  मोरङको विराटनगर महानगरपालिका १९ घर भई जहदा गाउपालिका ३ जयरामपुरमा बस्ने ४० वर्षीय अशोक ऋषिदेवको पानीमा डुबी मृत्यु भएको छ । आज बिहान पौने ८ बजे कटहरी गाउपालिका ३ स्थितमा रहेको नहरको पानीमा डुबी उनको मृत्यु भएको हो । घटनाको जानकारी पाए लगतै वडा प्रहरी कार्यालय विराटनगर (ख) हाटखोला र जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोली  गई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

    • प्रकाशित मितिः माघ ९, २०७८
    • 66 पटक पढिएको
  • आगोमा निस्सासिएर तीन महिने बालकको मृत्यु, आमाबुबाको अवस्था गम्भीर

    काठमाडौँ / भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ४ दधिकोट गाम्चामा निस्सासिएर आइतबार तीन महिने बालकको मृत्यु भएको छ ।  बालकका आमाबुबाको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ ।घटना विवरण अनुसार गाम्चास्थित भावना थापाको जस्ताले छाएको घरमा विगत दुई वर्षदेखि डेरा गरी बस्ने रामेछाप मन्थली नगरपालिका घर भएका वर्ष ३० का अभिषेक रम्तेल, उनकी श्रीमती वर्ष २८ की पसुना र उनीहरूका तीन महिनाको छोरा शनिबार राति खाना खाएर आगो बालेर सुतेका थिए ।आइतबार बिहान अबेरसम्म पनि उनीहरु कोही नउठेपछि स्थानीय नागरिक र प्रहरीले झ्यालबाट हेर्दा अचेत अवस्थामा रहेका थिए। त्यसपछि उनीहरु तीनैजनालाई नजिकैको मध्यपुर अस्प

    • प्रकाशित मितिः माघ ९, २०७८
    • 68 पटक पढिएको
  • ओखलढुङ्गामा गुडिरहेको जिपमाथि ढुंगा खस्दा तीन जनाको मृत्यु

    ओखलढुंगा / ओखलढुङ्गामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।मृत्यु हुनेमा मानेभञ्ज्याङ –१ का ३० वर्षीय हेमबहादुर मगर, सिद्धिचरण नगरपालिका –१ का १० वर्षीय युसब कोइराला र ७ वर्षीया युनिसा कोइराला रहेका छन् । मानेभञ्ज्याङ –१ मोलीबाट ओखलढुंगा सदरमुकाम जाँदै गरेको को १ ज ३५६९ नम्बरको जिपमा माथिबाट खसेको ढुङ्गाले लागेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते जिप चालक सञ्जीव श्रेष्ठ र देवबहादुर श्रेष्ठलाई उपचारका लागि काठमाडौं पठाइएको छ । अर्का एकजना घाइतेको जिल्ला अस्पतालमै उपचार भइरहेको छ । जिपमा ६ जना

    • प्रकाशित मितिः माघ ९, २०७८
    • 61 पटक पढिएको
  • अपहरण शैलीमा लगेर सामूहिक बलात्कार गर्ने एक पक्राउ दूई फरार

    बिर्तामोड / मोरङको सुन्दरहरैचा नगरपालिका ४ बलियामा महिलालाई बन्धक बनाएर सामूहिक बलात्कार गरेको अरोपमा एकजनालाई प्रहरीले पका्रउ गरेको छ । इटहरीबाट बहिनीको घर गछिया जाँदै गरेकी ३० वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको थियो , घटानामा संलग्न   दुई जना फरार रहेका  छन् ।प्रहरीका अनुसार बेलबारी नगरपालिका ४ की ३० वर्षीया महिलाले शुक्रबारबाट इटहरीमा काम गर्न थालेकी थिइन् । काम सकेर साँझमा उनी गछियास्थित बहिनीको घर फर्कदै थिइन् । उनी इटहरीबाट बस चढेर शुक्रबार साँझ करीब ६ बजे गछियासम्म पुगिन् ।बाटो सोध्दा रामबहादुर नेपालीले बहिनीको घरसम्म पुर्‍याइदिने भन्दै प्रदेश २(०१(००१ च २२७ नम्बरको

    • प्रकाशित मितिः माघ ९, २०७८
    • 65 पटक पढिएको
  • अस्ताए शर्मा : न्याय क्षेत्र शोकमा

    काठमाडौं / सालिन , भद्र र निस्कलकंकीत छवीका पुर्वप्रधानन्यायधिश मोहनप्रसाद शर्माको निधनमा शोक मनाउन देशभरका न्यायालयहरु एक दिन बन्द गरिने भएको छ । संवैधानिक-कानुनी समझ भएका स्वच्छ छवीका शर्माको गत बुधवार दिउँसो निधन भए पछि  शनिबार सर्वोच्च अदालतमा बसेको आकस्मिक पूर्ण बैठक (फुलकोर्ट) ले आईतबार देशभरका अदालत बन्द गर्ने निर्णय गरेको हो । मुलुकबाहिर रहेका परिवारका सदस्यहरू आएपछि उनको शनिबार अन्त्येष्टि गरिएको छ । काठमाडौंको कमलपोखरीमा १९९१ साल पुस १ गते जन्मेका पूर्वप्रधानन्यायाधीश शर्मा २०१६ सालदेखि सरकारी सेवामा प्रवेश गरेका थिए । करिव दुई वर्ष प्रधानन्यायाधीशको भुमिकामा

    • प्रकाशित मितिः माघ ८, २०७८
    • 70 पटक पढिएको
  • नदीको किनारमा लुगा छोडेर पुरुष र महिला बेपत्ता

    झापा / भुम्लु गाउँपालिका–८ इन्द्रावती नदी र सुनकोसी नदीको दोभानस्थित किनारमा आफ्ना लुगा जुत्ता छाडेर एक जोडी बेपत्ता भएका छन् । एक दिनको फरकमा हप्ताअघि घरबाट बेपत्ता भएका विवाहिता उनीहरुको बाहिरी वस्त्र शुक्रबार बिहान दोभानस्थित बगरको ढुङ्गामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार पनौती नगरपालिका–८ खरिबोटमा ४० वर्षीय माधव फुयाँल र नमोबुद्ध नपा–५ को अन्दाजी ३० वर्षीया सिर्जना भण्डारी ९कोइराला० दुबैले कालो एजेन्ट्स ज्याकेट, गाढा सुन्तला रङ्गको लेडिज कोट, कालो र खरानी रङ्गका दुई जोर जुत्ता, कालो लेडिज र एजेन्ट्स पर्स, घडीलगायत सामग्

    • प्रकाशित मितिः माघ ८, २०७८
    • 55 पटक पढिएको
  • पाकिस्तानद्वारा सञ्चालित ३५ युट्युब च्यानललाई भारतमा प्रतिबन्ध

    काठमाडौँ(एजेन्सी) भारतको सूचना एवं प्रसारण मन्त्रालयले पाकिस्तानबाट संचालित ३५ वटा युट्युब च्यानल, दुई वेबसाइटसमेत केही इन्स्टाग्राम अकाउन्ट र फेसबुक अकाउन्टलाई भारतमा प्रतिबन्ध लगाएको छ । भारतविरोधी प्रोपागान्डा र नक्कली खबर प्रसारित गरेको र अलगाववादी विचार भाव भएका खबर प्रेसित गरिरहेको भन्दै मन्त्रालयले ती च्यानलमाथि प्रतिबन्ध लगाएको हो ।सूचना एवं प्रसारण मन्त्रालयका सचिव अपूर्व चन्द्रले पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै यी सबैले भारत विरोधी प्रोपागान्डा चलाइरहेको बताए । उनले मिडियालाई मानिससम्म सन्देश पुर्याउनका लागि आग्रह गर्दै यदि मानिसलाई यस्ता च्यानलबारे थाहा भए यसबारे जा

    • प्रकाशित मितिः माघ ८, २०७८
    • 73 पटक पढिएको
  • धनगढीमा मोबाइल चोरीका आरोपित दुई प्रहरी निलम्बित

    धनगढी / धनगढीमा मोबाइल चोरी गरेको आरोपमा पक्राउ परेका दुई जना प्रहरी निलम्बनमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले सोही कार्यालयमा कार्यरत प्रहरी हबल्दार होमबहादुर माल र प्रहरी जवान भरतबहादुर बुढालाई निलम्बन गरेको हो । अदालतको अन्तिम फैसला नआउन्जेलसम्म उनीहरूलाई निलम्बन गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । ‘अहिले अदालतले ५ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ, अदालतको अन्तिम फैसला अनुसार उनीहरू चोरी गरेको ठहरिए सधैंका लागि निलम्बनमा पर्ने छन्,’ उनले भने।गत माघ ५ गते धनगढीको मोबाइल ग्यालरीमा लागुऔषध कारोबारीला

    • प्रकाशित मितिः माघ ८, २०७८
    • 66 पटक पढिएको
  • हत्यामा संलग्न ९ वर्षपछि पक्राउ

    काठमाडौँ / हत्या गरेर नौ वर्षसम्म फरार रहेका ३३ वर्षीय निलबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।साविक चलालगणेशस्थान गाविस–२ का १८ वर्षीय एन्जल तामाङको हत्यामा संलग्न बेथानचोक गाउँपालिका–४ का निलबहादुर ९ वर्ष सम्म फरार भएका थिए ।भक्तपुरको दूधपाटीमा लुकेर बस्दै आएको पत्ता लगाएपछि उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । पक्राउ गरेपछि फैसला कार्यान्वयनका लागि जिल्ला अदालत धुलिखेलमा पठाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताएका छन् ।  २०६९ कात्तिक ८ गते स्थानीय विद्यालयको सांस्कृतिक कार्यक्रममा दुई गाउँलेबीच झडप हुँदा धारिलो हतियार प्रहार गरी एन्जलको हत्या

    • प्रकाशित मितिः माघ ८, २०७८
    • 52 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.