समाचार

    Showing 24,401-24,410 of 26,772 items.
  • प्रतिबन्धित लागुऔषधसहित तीन पक्राउ

    झापा   / सप्तरीको छिन्नमस्ता गाउँपालिकाबाट प्रतिबन्धित  लागुऔषधसहित तीन जनालाई प्रहरीले  पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सप्तरी तिरहुत गाउँपालिका-५ का २७ वर्षीय राजकुमार मेहता, १९ वर्षीय सिन्धु सदा र अग्निसाइर कृष्णसवरण गाउँपालिका-६ का २५ वर्षीय बैजु साह रहेका छन् ।उनीहरूलाई बिहीबार राति १० बजे छिन्नमस्ता गाउँपालिका-१ बरहीबाट पक्राउ गरिएको सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।बरही कोसी कर्णाल पम्प नहरको बाटोमा को२३प २७७३ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा उनीहरू पक्राउ परेको काफ्लेले बताए ।उनीहरूको साथबाट सय एमएलको १९० बोत्तल डाइलेक्स, डाइजेपाम

    • प्रकाशित मितिः माघ ८, २०७८
    • 50 पटक पढिएको
  • काठमाडौंमा एकै दिन ३ जना मृत्तावस्थामा फेला

    काठमाडौँ / काठमाडौंका विभिन्न क्षेत्रमा शुक्रबार तीन जना  मृत्तावस्थामा फेला परेका छन ।प्रहरीका अनुसार बुढानीलकण्ठ नगरपालिका २ भङ्गाल डेरा गरी बस्ने महोत्तरी बर्दिवासकी ४५ वर्षीया सविता थापा मृत्तावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।यस्तै काठमाडौँ महानगरपालिका १९ ढोकाटोलस्थित सडकपेटीमा एक पुरुष र पहिचान नखुलेकै करीब ४५ वर्षीय अर्का पुरुष पनि काठमाडौँ १९ मै मृत्त फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।तीन वटै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः माघ ८, २०७८
    • 53 पटक पढिएको
  • बाँकेमा एक युवतीको अपहरणपछि बलात्कार

    बाँके /  नेपालगन्जबाट १८ वर्षीया युवतीलाई अपहरण गरी बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जाजरकोट घर भई हाल नेपालगन्ज बस्दै आएकी १८ वर्षीया युवती फोटो खिच्न खजुरा गएका बेला अपहरणमा परेकी हुन् । उनीसँगै गएका ३ जना केटा साथीलाई ५ जनाको समूहमा आएका युवाले कुटेर लखेटेपछि खजुरा गाउँपालिका –२ स्थित पुलचोकबाट उनको अपहरण गरेका थिए । मोटरसाइकलमा राखेर पहिले जंगलमा पुर्‍याएर बलात्कार गरेको र त्यसपछि पुनः घरमा ल्याएर बलात्कार गर्दागर्दै उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।युवतीका साथीहरुले दिएको सूचनामा आधारमा

    • प्रकाशित मितिः माघ ८, २०७८
    • 63 पटक पढिएको
  • जीप दुर्घटनामा परी गुल्मीमा एकको मृत्यु, ६जना घाइते

    गुल्मी / गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । शुक्रबार बेलुका जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर– ९ उर्लेनिबाट छिमेकी जिल्ला बाग्लुङको काडेबासतर्फ जाँदै गरेको ल१ च ७२९८ नम्बरको जिप मुसिकोटको ददल्कामा दुर्घटना भएको हो ।दुर्घटनामा परी घाइते भएका मुसिकोट नगरपालिका वडानम्बर–९ का ५५ वर्षीय कालु भनिने तीर्थ विकको वामिटक्सारमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । दुर्घटनामा घाइतेमध्ये चालकसहित ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सोही वडाका सवारी चालक २७ वर्षीय शंकर परियार, सोही वडाकै वर्ष ५८ का रिखे विक, २० वर्षीया

    • प्रकाशित मितिः माघ ८, २०७८
    • 50 पटक पढिएको
  • उपत्यकामा आजदेखि यातायातमा जोरबिजोर प्रणाली लागू

    काठमाडौँ  / काठमाडौँ, भक्तपुर र ललितपुरमा सञ्चालित सवारीसाधनमा शुक्रबार रातिदेखि जोर–बिजोर प्रणाली लागू गरिएको छ । काठमाडौँका निमित्त प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलका अनुसार अत्यावश्यक सवारी साधनमा जोर–बिजोर प्रणाली लागू हुने छैन । बिहीबार तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकपछि सार्वजनिक तथा निजी सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गर्नेसहित १६ बुँदे आदेश जारी गरिएको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौँले शुक्रबार अर्को आदेश जारी गरी सार्वजनिक तथा निजी सवारी साधनमा जोर–बिजोर लागू हुने र अत्यावश्यक सेवाअन्तर्गतका सवारीमा नियम लागू नहुने स्पष्ट पारेको हो 

    • प्रकाशित मितिः माघ ८, २०७८
    • 55 पटक पढिएको
  • शनिबारदेखि राजधानीका सबै सङ्ग्रहालय बन्द गरिने

    काठमाडौं / नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमण तीव्र बन्दै गएपछि शनिबारदेखि राजधानीका सबै सङ्ग्रहालय बन्द गरिने भएको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बिहीबार सम्पन्न बैठकले आज राति १२ बजेदेखि राजधानीका सबै सङ्ग्रहालय बन्द गर्ने निर्णय गरेको थियो ।आजसम्म स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर चलिरहेका सङ्ग्रहालय शनिबारदेखि बन्द गर्ने गरी तयारी गरिएको हनुमानढोका दरबार सङ्ग्रहालयका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए । राजधानीमा हनुमानढोका दरबार सङ्ग्रहालयका साथै मुख्यरूपमा राष्ट्रिय सङ्ग्रहालय, मुद्रा सङ्ग्रहालय, नारायणहिटी दरबार सङ्ग्रहालय, भक्तपुर र

    • प्रकाशित मितिः माघ ७, २०७८
    • 58 पटक पढिएको
  • अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

    काठमाडौं  / पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड अहिले बिहान ११ बजेदेखि पुनः सञ्चालनमा आएको  छ । इच्छाकामना गाउँपालिका –६ कालीखोलामा आज बिहान २ः३० बजे सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।नारायणगढ–मुग्लिनसडक आयोजनाका इन्जिनियर कृष्ण आचार्यका अनुसार राति देखिनै पहिरो पन्छाउने काम थालिएको थियो । तीनवटा एक्साभेटर र एउटा लोडर पहिरो पन्छाउन प्रयोग गरिएको थियो । सडकको ३० मिटर भाग पहिराले ढाकेको उनले जानकारी दिए । झण्डै ३० मिटर सडक माथिबाट पहिरो खसेको उनले बताए । सडकको पहिरो पन्छाएसँगै यातायात सञ्चालनमा आएको छ ।

    • प्रकाशित मितिः माघ ७, २०७८
    • 65 पटक पढिएको
  • ब्राउनसुगर सहित १ जना महिला पक्राउ

    झापा / पाँचथरको फिदिम नगरपालिकाबाट ८ ग्राम प्रतिबन्धित ब्राउनसुगर सहित १ जना महिलालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही नगरपालिका स्थित ३२ वर्षीया देवी लकान्द्री रहेकी छिन ।  जिल्ला प्रहरी कार्यालय पाँचथरले दिएको विशेष सूचनामा आधारित भएर हिजो राती साँढे ७ बजे प्रहरी टोलीले लकान्द्रीको कोठा चेक जाँच गरेको थियो । प्रहरीले गरेको उक्त चेक जाँचबाट डिजिटल तराजु १ थान र ८ ग्राम प्रतिबन्धित लागूऔषध ब्राउनसुगर बरामद गरेको हो । उक्त विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः माघ ७, २०७८
    • 59 पटक पढिएको
  • बिर्तामोडबाट ब्राउन सुगरसहित तीन पक्राउ

    झापा  / झापाको बिर्तामोडबाट प्रहरीले लागू औषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका –१० का २३ वर्षीय सुदीप ठकुरी, २३ वर्षीया उषा राई, बुद्धशान्ति गाउँपालिका –४ का २७ वर्षीय पूर्णलाल लिम्बू रहेका छन ।हिजो (बिहिबार) राति आठ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले बिर्तामोड नगरपालिका –४ बाट पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले ५ ग्राम ब्राउन सुगर बरामद गरेको गरेको छ । 

    • प्रकाशित मितिः माघ ७, २०७८
    • 98 पटक पढिएको
  • पानी तान्ने ट्युवेलमा करेन्ट लागेर एकको मृत्यु

    मोरङ  / मोरङको रतुवामाईमा पानी तान्ने ट्युवेलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पुर्व रुकुम घुमे गाउँपालिका –७ का २५ वर्षीय मदन श्रेष्ठ रहेका छन । हिजो (बहिबार) बेलुका ६ बजे रतुवामाई –९ स्थित बक्राहा खोलाको निर्माणाधीन झोलुङ्गे पुलमा काम गर्दै आएका श्रेष्ठ पानी तान्ने ट्युवेल चलाउँदा करेन्ट लागेर घाईते भएका थिए । घाइते श्रेष्ठको उपचारको क्रममा अरनिको अस्पताल उर्लावारीमा मृत्यु भएको हो । 

    • प्रकाशित मितिः माघ ७, २०७८
    • 95 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.