काठमाडौं / जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म मौसममा उल्लेखनीय सुधार हुने सम्भावना नरहेको जनाएको छ । नेपालमा पश्चिमी वायुको प्रभावले देशभर नै मौसममा परिवर्तन आएका कारण केही स्थानहरूमा वर्षा र हिमपात पनि भइरहेको छ ।मौसमविद् शान्ति कँडेलले केही समय घाम लागेपनि आगामी सोमबार सम्म मौसममा खासै परिवर्तन नआउने बताएकी छिन् । देशभर आंशिकदेखि सामान्य बदली भई बागमती, मधेश र प्रदेश १ का थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । उच्च पहाडी र हिमाली भेगमा हिमपात भइरहेको समेत कँडेलले बताएकी छिन् । मौसमविद्ले कम्तीमा सोमबार सम्म यस्तै अवस्था जारी रहने पूर्वानुमान गरेका छन् ।आगामी तीन दि
काठमाडौं / पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।चितवनको इच्छाकामना गाउँपालिका –६ कालीखोलामा बिहीबार राति साढे २ बजे सुक्खा पहिरो खसेपछि सो सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरोका कारण दुईतर्फी रुपमा नै सडक अवरुद्ध भएको हो । पहिरो पन्छाउन केही समय लाग्ने प्रहरीले जनाएको छ । नारायणगढ–मुग्लिन सडकखण्ड भएर चल्ने सवारी साधन पहिरोका कारण रोकिएका छन् ।
झापा / आजबाट सार्वजनिक स्थानमा जाँदा खोप कार्ड अनिवार्य बोक्नुपर्ने छ । कोरोना संक्रमण बढ्दै गएपछि सरकारले सार्वजनिक स्थानमा खोपकार्ड अनिवार्य गरेको हो । गृह मन्त्रालयले सीसीएमसीको निर्णयअनुसार आजदेखि सार्वजनिक स्थानमा हिँडडुल गर्दा खोप कार्ड अनिवार्य गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालयहरूले सरकारी कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाईयात्रा, पार्क आदिमा जाँदा खोप कार्ड बोक्नुपर्ने छ । खोप लगाएको कार्डको फोटो मोबाइलमा देखाए पनि हुने छ ।
बिर्तामोड / बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी धरान उपमहा नगरपालिका वडा नं ४ पञ्चकन्याका ३२ वर्षीय विशाल राई रहेका छन् । प्रतिवादी विशाल राई भएको बैंकिङ कसुर मुद्दामा सम्मानित उच्च अदालत विराटनगरको मिति २०७८ वैशाख १६ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ बर्स ६ महिना कैद र ३ लाख ५० हजार ७ सय ८३ रुपैयाँ ३३ पैसा जरिवाना भई कैद तथा जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका राईलाई १ नं प्रदेश प्रहरी कार्यालय, आर आई टि बाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको थियो । पक्राउ परेका र
झापा / ताप्लेजुङको मेरिङदेन गाउँपालिका ३ मा आज दिउँसो भएको ट्याक्टर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । ताप्लेजुङको साँवाबाट दोभान तर्फ आउँदै गरेको मे १ त ७४६१ नम्बरको ट्याक्टर दिउँसो सवा १ बजे दोभान साँवा सडक खण्डको खाम्लालुङमा आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसेर दुर्घटना हुँदा मेरिङदेन गाउँपालिका १ का ४५ वर्षीय च्याम्जु भन्ने निमा शेर्पाको घटनास्थलमा नै मृत्यु भएको हो । दुर्घटनामा परी सोही ट्याक्टरका चालक र सह -चालक घाईते भई उपचारको लागी जिल्ला अस्पताल ताप्लेजुङ पठाएको तथा अन्य थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
काठमाडौं / सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको विरोधमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । एमाले निकट अनेरास्ववियूले बिहीबार लैनचौरस्थित अस्कल क्याम्पस हाताभित्र पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न भन्दै सरकारविरुद्ध नाराबाजी गरेका हुन् ।सोही क्रममा उनीहरूले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहनसमेत गरेका छन् । प्रहरीले प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिएको थियो । ‘मूल्यवृद्धि फिर्ता गर’ लेखिएका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले सरकारविरुद्ध नाराबाजी समेत गरेका छन् ।नेपाल आयल निगमले बुधबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र
काठमाडौँ / टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार एलबी विश्वकर्माको निधन भएको छ । परिवारले दिएको जानकारी अनुसार बिहीबार बिहान तीन बजे उपचारका क्रममा विश्वकर्माको पाटन अस्पतालमा मृत्यु भएको हो । बुधबार राति स्वास्थ्यमा समस्या आएपछि उनलाई पाटन अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो ।अछामको रामारोशन गाउँपालिका घर भएका २४ वर्षीय विश्वकर्माका श्रीमती र एक छोरा छन् ।
काठमाडौं / अबको तीन दिन देशभरी कै मौसम पूर्ण रुपमा नखुल्ने मौसमविद्ले बताएका छन्। तीन दिन पानी र हिउँ परेर चिसो बढ्ने भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार गएराति राति नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले अबको तीन दिन पानी, हिउँ पर्नेछ। यसले दिउँसो मौसम पूर्ण रुपमा नखुल्दा चिसो बढ्नेछ। मौसम नखुले पनि लगातार झरीको सम्भावना भने नरहेको मौसमविद् पौडेलको भनाइ छ।यही प्रणालीको प्रभावले अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशसँगै देशभरको पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली भएको छ। तराईमा भने हुस्सु र कुहिरो लागे
काठमाडौँ / भारतीय सेनाका लेफ्टिनेन्ट जनरल मनोज पाण्डे उप–प्रधानसेनापतिमा नियुक्त भएका छन् । पूर्वी कमान्ड सम्हाल्दै आएका पाण्डेलाई भारत सरकारले हिजो उप–प्रधानसेनापतिमा नियुक्ति गर्ने निर्णय गरेको हो । जनरल पाण्डेले लेफ्टिनेन्ट जनरल सीपी मोहन्तीलाई प्रतिस्थापन गर्नेछन् । उनी जनवरी ३१ मा सेवानिवृत्त हुँदैछन् ।पाण्डेले नेशनल डिफेन्स एकेडेमीमा तालिम लिएका हुन् । उनी डिसेम्बर १९८२ मा कोर्प्स अफ इन्जिनियर्स (द बम्बे सेपर्स) मा नियुक्त भएका थिए ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.