काठमाडौं / काठमाडौंबाट आज बिहान उडेको बुद्ध एयरको एउटा जहाज गन्तव्यमा पुगेर पनि अवतरण समस्या देखिएको छ । झन्डै एक घण्टा आकाशमा घुमेपछि मात्र नेपालगन्ज विमानस्थलमा अवतरण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६९ जना यात्रु लिएर बिहीबार बिहान ७ बजेर ४४ मिनेटमा उडेको जहाज ९ बजेर १८ मिनेटमा मात्र नेपालगन्ज विमानस्थलमा अवतरण भएको हो । सुरक्षा स्रोतका अनुसार जहाज बिहान ८ बजेर ४० मिनेटमा अवतरण हुनुपर्ने थियो । तर नसकेपछि आकाशमै घुमिरहेको हो । यसैबीच अवतरण गरेको जहाजभित्र एक महिला यात्रु बेहोस अवस्थामा फेला परेकी छन्। बाँके प्रहरीका अनुसार उनको अहिले राँझा स्थित नेप
झापा / राल्पाबाट श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ परेकी छन् ।सुनछहरी गाउँपालिका –६ फगाम झिरवाङकी ४१ वर्षीया मीना पुनले ४५ वर्षीय पति काले पुनको हँसिया र ढुङ्गा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।मानसिक सन्तुलन ठीक नभएकी मीनाले पति काले गोठमा सुतिरहेको अवस्थामा एक्कासि हँसिया र ढुङ्गा प्रहार गरेको बताइएको छ ।पत्नी मीनाले पति कालेको हत्या गरेको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय जेलवाङको प्रहरी टोली घटनास्थल पुगी अभियुक्त मीनालाई नियन्त्रणमा लिएको थियो ।घटनामा संलग्न मीनालाई जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्ण र
काठमाडौं / धनुषामा प्रहरी टोलीमाथि आक्रमण गर्ने लुटेरा समूहका पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बटेश्वर गाउँपालिका–४ बस्ने २७ वर्षीय जीवन ठाकुर, २३ वर्षीय चन्द्रदेव यादव, २६ वर्षीय कमलेश यादव, ३२ वर्षीय रामबाबु यादव र २६ वर्षीय नरेशरवि दास रहेका छन् ।बटेश्वर गाउँपालिका–४, राम्रोचोकबाट महोत्तरीको भंगाहा नगरपालिका–७, गोराना बस्ने अमितकुमार पासवानको साथबाट ४५ हजार भारतीय रुपैयाँ र एकथान मोबाइल लुटपाट गरेको आरोपमा गए राति उनीहरूलाई पक्राउ गरिएको हो ।
काठमाडौं / काठमाडौंको कोटेश्वरमा टिप्परको ठक्करबाट गएरति एक युवकको मृत्यु भएको । प्रहरीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा मोरङ पथरीका २७ वर्षीय प्रकाश लिम्बू रहेका छन् । उनी प्रदेश – ३–०२६ प १८२४ नम्बरको मोटरसाइकलबाट कोटेश्वरतर्फ जाँदै गर्दा तीनकुनेमा ना १ क ४५०२ नम्बरको टिप्परले ठक्कर दिएको थियो । मोटरसाइकलको पछाडि सवार काभ्रेका ३१ वर्षीय देव लामा पनि गम्भीर घाइते भएका छन् ।हाल उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीको भनाइ छ । लिम्बूको पनि उपचारको क्रममा राति मृत्यु भएको प्रहरीको भनाइ छ ।ठक्कर दिने ट्रिपरका चालकलाई कीर्तिपुरको सुन्दरीघाटबाट पक्राउ गरिएको छ । उनलाई प्रहरीले
जनकपुर / धनुषामा गस्तीमा खटिएको प्रहरी टोलीमाथि लुटेरा समूहले आक्रमण गरेको छ ।धनुषा प्रहरी प्रमुख एसपी बसन्त रजौरेले लुटेरा समूहको आक्रमणबाट एकजना प्रहरी सहायक निरीक्षक घाइते भएको बताए । उनका अनुसार बटेश्वरी प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) मनोज पोखरेल घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ ।मंगलबार राति महोत्तरीको भंगहा नगरपालिका ७ बस्ने अमित पासवानको घरमा लुटपाट भइरहेको सूचना पाएपछि खटिएको गस्ती टोलीमाथि लुटेराले आक्रमण गरेका थिए ।प्रहरीमाथि आक्रमण गर्ने ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको प्रहरी प्रमुख रजौरेले बताएका छन् ।
झापा / पूर्वी नवलपरासीमा एक किशोरीमाथि जबर्जस्ती करणीको घटना सार्वजनिक भएपछि बलात्कार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार १४ वर्षीया किशोरीले गर्भपतन गरेपछि बलात्कारको घटना बाहिरिएको हो । बलात्कारमा संलग्न कावासोती २ का २४ वर्षीय विमल कँडेललाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीका अनुसार उनले गएको पुस १७ गते स्थानीय एक होटेलमा लगेर किशोरीलाई ललाइफकाइ करणी गरेका थिए । घटनालाई किशोरी र युवक दुवैले स्वीकार गरेका प्रहरीले जनाएको छ । किशोरीको महिनावारी रोकिएपछि औषधी सेवन गरी गर्भपतन गराउँदा अत्यधिक
काठमाडौं / सर्वोच्च अदालतमा भोरोना भाइरसको सङ्क्रमण बढदै गएका कारण आजदेखि अतिआवश्यक मुद्दामा मात्र सुनुवाइ हुने भएको छ । सर्वोच्चको मङ्गलबार बसेको पूर्ण बैठक (फूलकोर्ट)ले कोरोनाको बढ्दै गएपछि बुधबारदेखि आफ्नो सेवा कटौती गर्ने निर्णय थियो ।बन्दी प्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित, अत्यन्त जरूरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनहरूको मात्र नियमितरूपमा सुनुवाइ गर्ने निर्णय गरेको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । यही माघ १८ गतेसम्मका लागि सेवा कटौती गर्ने निर्णय भएको हो ।सो अवधिमा मुद्दा फिर्ता, त
काठमाडौँ / नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले प्रहरी नियमावलीको पछिल्लो संशोधनले तल्लो तहमा काम गर्ने प्रहरी कर्मचारीमा उत्प्रेरणा र नैतिक बल थपिएको बताएका छन् ।प्रहरी प्रधान कार्यालयमा मङ्गलबार आयोजित पत्रकार भेटघाट एवं अन्तक्र्रिया कार्यक्रममा उनले पछिल्लोपटक प्रहरी नियमावली संशोधन गरी थप गरिएका तीन पदले २० वर्षदेखि एउटै पदमा बसेर काम गर्ने प्रहरी कर्मचारीलाई थप उर्जा मिलेको बताएका हुन् । “यसले प्रहरी कर्मचारीमा वृत्तिविकासको अवसर समानरूपमा पाउनुका साथै एउटै पदमा लामो समय बस्नुपर्ने अवस्थालाई अन्त्य गरेको छ”, केसीले भने । पद थप गर्दा प्रहरी कर्मचारीको सेव
बिर्तामोड / झापाको कचनकवल ४ केचनामा मोटरसाइकल दुर्घटनामा परी एक भारतीय नागरिकको मृत्यु भएको छ भने, तीन गम्भीर घाइते भएका छन् । भारतीय नम्बर प्लेट बिआर३७सी ९००८ र बिआर३७इ १९९४ नंको मोटरसाइकल एकापसमा ठोक्किँदा भारतीय नागरिक सञ्जीव सिंहको मृत्यु भएको हो ।घाइते सिंहको उपचारका क्रममा मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिएका छन् । सो दुर्घटनामा कचनकवल–४ का ३० वर्षीय प्रदीप गणेश, भारतीय नागरिक हरण गणेश र एमडी ओकिल मियाँ गम्भीर घाइते भएका छन् । मोटरसाइकलका सवार सबैले मादक पदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएको छ ।
बिर्तामोड / झापाको कचनकवल –४ केचना बजारमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । भारतीय नम्बर प्लेट बिआर ३७ सी ९००८ र बिआर ३७ इ १९९४ नंको मोटरसाइकल एकापसमा ठोक्किँदा ठोकिएको थियो । मृत्यु हुनेमा भारतीय नागरिक सञ्जीव सिंह रहेका छन । घाइते सिंहको उपचारका क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिएका छन । सो दुर्घटनामा कचनकवल–४ का ३० वर्षीय प्रदीप गणेश, भारतीय नागरिक हरण गणेश र एमडी ओकिल मियाँ गम्भीर घाइते भएका छन् । मोटरसाइकलका सवार सबैले मादक पदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएको
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.