काठमाडौँ / सर्वोच्च अदालतले कोरोना संक्रमण बढ्दै गएपछि भोलि बुधबारदेखि माघ १८ गते सम्म सेवा कटौती गरेको छ । न्यायाधीश, मुख्य रजिस्ट्रार लगायत हालसम्म ३१ जनामा संक्रमण देखिएकाले सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न माघ १८ गतेसम्म सर्वोच्चले सेवा कटौती गरेको हो । सेवा कटौतीसँगै अब सर्वोच्च अदालतले ६ प्रकारका सेवा मात्रै दिनेछ । त्यसमा बन्दीप्रत्यक्षीकरण तथा कोभिड –१९ महामारीसँग सम्बन्धित जरुरी प्रकृतिका निवेदनको सुनुवाइ हुनेछ । मुद्दा फिर्ता, तामेली एवं मिलापत्र सम्बन्धी निवेदनको सुनुवाइ हुनेछ । फौजदारी मुद्दामा थुनुवामा रहेकाको मुद्दाको निवेदन र प्रतिवेदनमा पनि सुनुवाइ हुनेछ । अरु थुन
काठमाडौं / राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले कोरोना परीक्षण शुल्क खारेजीको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी दर्ता गराएका छन् । पीसीआर र ऐन्टिजेन परीक्षणको नाममा महामारीमा पनि उपभोक्ता माथि लुट भइरहेको भन्दै अध्यक्ष महर्जनले कोरोना परीक्षण शुल्क खारेजीको माग गर्दै उजुरी दर्ता गराएका हुन् ।‘पीसीआर र एन्टिजेन परीक्षण गर्दा लिइएको शुल्क अत्यधिक भयो, महामारीमा राज्यले निःशुल्क गर्नु पर्ने परीक्षणमा समेत जनतामाथि ठगी भयो,’ उजुरीमा भनिएको छ ।नेपालका निजी अस्पतालहरूले ऐन्टिजेन परीक्षण गरे बापत न्यूनतम ५०० लिइ रहेको र पीसीआर परीक्षण बापत निजी अस्प
बिर्तामोड / उदयपुरको कटारी नगरपालिका ४ स्थित सिद्धिचरण राजमार्गमा बलेरो गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ५ घाईते भएका छन । मृत्यु हुनेमा कटारी ८ का ३८ वर्षीय बिक्रम राना मगर रहेका छन । हिजो बेलुका ५ बजे कटारीबाट मरुवातर्फ जादै गरेको बा १० च ४१८८ नम्बरको बोलेरो गाडी आफै अनियन्त्रित भई दुर्घटना हुँदा गाडीमा सवार रहेका ६ जना घाईते भई कटारी अस्पतालमा उपचार भइरहेकोमा मगरको उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो चालक कटारी ८ का प्रेम बहादुर श्रेष्ठ तत्काल फरार रहेकोले खोज तलास तथा दुर्घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान भइरहेको छ ।
काठमाडौँ / काठमाडौंको चन्द्रागिरि नगरपालिका –८ गुर्जुधारामा चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते छन् । मातातीर्थ घर भइ गुर्जुधारा बस्दै आएका २६ वर्षीय रोशन रिजालको हत्या भएको महानगरीय प्रहरी वृत्त, चन्द्रागिरीले जनाएको छ ।हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले अनुज बस्नेत र अशोक बस्नेतलाई पक्राउ गरेको छ । सामान्य विवादमा झगडा हुँदा उनीहरूले रिजाललाई चक्कु प्रहार गरेको प्रहरीको अनुमान छ । अर्का एक साथीलाई पनि चक्कु हानिए पनि पछाडिबाट लागेका कारण घाइते छन् । शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ ।
झापा / बारामा ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी हत्या भएको छ । गएको पुस २५ मा बाख्रा चराउन गएकी बालिकालाई बलात्कार गरी हत्या गर्नेलाई प्रहरीले पक्राउ परेका छन् ।पक्राउ पर्नेहरूमा आदर्शकोतवाल गाउँपालिका –८ टोल कोतवाली ठेगाना भएका २० वर्षीय सन्तोष साह कानू र सोही ठाउँ बस्ने ४० वर्षीया शान्ति देवी रहेका छन् ।दिउँसोको समयमा घरबाट बाख्रा लिई चराउन गएकी ती बालिका हराई बेपत्ता भएकोमा पुस २७ गते दिउँसो आदर्शकोतवाल गाउँपालिका –७ स्थित जमुनी खोलामा उनको शव फेला परेको थियो । उनीहरु उपर ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालत बाराबाट ५ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी का
झापा / कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जना महिलाको मृत्यु भएपछि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका ४ को बलियामा से ६ प ८७८६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँकी ५५ वर्षीय मनसरा न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ ।सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार ठक्करबाट घाइते ती महिलाको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।घटनाको विरोधमा सोमबार बिहानैदेखि स्थानीयले लम्कीचुहा नगरपालिका -४ मा पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।मोटरसाइकल चालकलाई कारबाहीको दायरामा ल्याउनुपर्ने
झापा / सोलुखुम्बु माप्य दुधकोसी गाउँपालिका १ बुम्रे का ४५ वर्षीय वाङ्दी शेर्पालाई छिमेकीको कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ गरिएको छ । वाङ्दी शेर्पाले गत राती पौने १२ बजे सोही स्थानका ५२ वर्षीय दानु शेर्पालाई दाउराले टाउकोमा प्रहार गरि हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी खरीखोलाबाट खटिएको प्रहरी टोलीले वाङ्दी शेर्पालाई नियन्त्रणमा लिइएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुले जनाएको छ ।
काठमाडौं / हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन् । तराईका जिल्लामा केही दिनयता बाक्लो हुस्सु, कुहिरो लागेको छ । यसले गर्दा चिसो बढेको छ ।यस्तै, देशका अन्य ठाउँमा पनि हुस्सु, कुहिरो लागेको छ । काठमाडौं उपत्यकासहित धेरै जिल्लाका घाम लाग्ने मौसमविद् शान्ति कँडेलले बताए । उनका अनुसार आज धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली हुनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली जिल्लाका केही ठाउँमा हल्का हिमपातको सम्भावना छ।केही दिनदेखिको बाक्लो हुस्सु, कुहिरोका कारण विशेषगरी पश्चिम तराईको जनजीवन कष्टकर बनेको छ । न्यूनतम तापक्रम खासै नघटे पनि अधिकतम तापक्रम लगातार घट्दो छ ।
बिर्तामोड / जिल्ला झापा बुद्धशान्ति गाउँपालिका वडा नं १ दामा खोला स्थितमा वेवारिसे अवस्थामा सखुवा जातको काठ प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीलेबेवारिसे अवस्थामा रहेको सखुवा जातको गोलिया काठ ४७किबी फेला परेको हो । बरामद भएको उक्त काठ रोङ सव डिभिजन वन कार्यालयइलामलाई बुझाइएको छ ।
काठमाडौँ / नेपाल सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेकका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेको छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हो भन्ने तथ्यमा नेपाल सरकार दृढ र स्पष्ट रहेको बताए ।उनले भने, ‘नेपाल सरकारले भारत सरकारलाई नेपाली भूभाग भएर जाने कुनै पनि किसिमको एकपक्षीय सडक निर्माण र विस्तार रोक्न आग्रह गर्दै आएको छ ।’नेपालभारतबीच रहिआएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावनाअनु
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.