समाचार

    Showing 24,441-24,450 of 26,772 items.
  • अवैध औषधी सहित २ जना पक्राउ

    बिर्तामोड / मोरङको रतुवामाई नगरपालिका ९ भौडाबाट अवैध औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ सुनबर्शी नगरपालिका ६ का ३२ वर्षीय श्रवणकुमार ताजपुरिया सुनबर्शी ७ का ३० वर्षीय कार्तिक चन्द दास रहेका छन् । विशेष सूचनाको धारमा आज बिहान साँढे ९ बजे प्रहरी चौकी इटहराबाट खटिएको प्रहरी टोलीले प्रदेश १-०२-०४६ प ७८६९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट अवैध औषधीजन्य   ट्याब्लेट बरामद गरेको हो । अवैध औषधी सहित पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानको लागी औषधी ब्यवस्था विभाग विराटनगर पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय सिजुवाले जनाए

    • प्रकाशित मितिः माघ २, २०७८
    • 58 पटक पढिएको
  • श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा शर्मा पक्राउ

    बिर्तामोड  / मोरङको पथरी शनिश्चरे नगरपालिका २ का ३३ वर्षीय जय शर्मालाई श्रीमती कुटपिट गरी हत्या गरेको आरोमा प्रहरीले पक्राउ गरेको छ । गत पौष ३० गते  शर्माको कुटाईबाट  घाईते भएकी १९ वर्षीया श्रीमती पुजा बि क लाई उपचारको लागि नोवेल अस्पताल विराटनगर लगिएकोमा निजको अस्पतालमा उपचार हुन नसकी घर लाने क्रममा बाटोमै मृत्यु भएको थियो । उक्त घटनामा संलग्न शर्मालाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः माघ २, २०७८
    • 70 पटक पढिएको
  • नेपालको सहयोग अफगानी जनतालाईः पठायो औषधि र लत्ताकपडा

    काठमाडौँ / नेपालले अफगानिस्तानका जनताका लागि औषधि र लत्ताकपडा पठाएको छ ।आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै परराष्ट्र मन्त्री नारायण खड्काले अफगानिस्तानमा मानवीय संकट उत्पन्न भएकोले नेपालले सहयोग गरेको बताए ।मन्त्री खड्काका अनुसार नेपालले जहाजमार्फत आवश्यक सामग्री अफगानिस्तान पठाएको छ ।हिमालय एयरलाइन्सको जहाजमार्फत औषधि, लत्ताकपडा र घरायसी सामग्री गरी करिब १४ टन सामग्री अफगानिस्तान पठाइएको हो ।जहाज अब करिब साढे ३ घन्टामा काबुलस्थित विमानस्थलमा पुग्नेछ ।परराष्ट्र मन्त्री खड्काका अनुसार अफगानिस्तानका करिब २ करोड ७० लाख मानिस मानवीय सहयोगको पर्खाइमा छन् ।तीमध्ये ३०

    • प्रकाशित मितिः माघ २, २०७८
    • 57 पटक पढिएको
  • ६० शब्दको नास्ट गान लेख्नेलाई ५० हजार पुरस्कार

    काठमाडौँ / नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले नास्ट गान तयार गरी पेश गर्न इच्छुकहरूलाई आग्रह गरेको छ।आज सूचना निकालेर नास्टले नाष्टको काम, कर्तव्य, भूमिका, विज्ञान प्रविधि एवं नव–प्रवर्तनसम्बन्धी र यस मार्फत देशको समृद्धिबारे पूर्ण भाव प्रष्फुटन हुने गरी नास्ट गान तयार गर्न इच्छुकहरूलाई आग्रह गरेको हो।नास्ट गान नेपाली भाषामा तयार गर्नुपर्नेछ। साथै ६० शब्द नबढाई माघ मसान्तभित्र नास्ट गान तयार गरी पठाउन पनि नास्टले भनेको छ।नास्टको इमेल [email protected] मा तयार पारिएको नास्ट गान मेल गर्न सकिनेछ। छनौट हुने सर्वोत्कृष्ट नास्ट गानलाई ५० हजार पुरस्कार प्रदान गर्ने पनि नास्टले

    • प्रकाशित मितिः माघ २, २०७८
    • 75 पटक पढिएको
  • भूमिहीन आयोगसँग झापामा चार पालिकाको सम्झौता

    झापा /  झापाका १५ पालिका मध्ये चार पालिकाले अव्यवस्थित बसोबास, भूमिहीनको लगत सङ्कलन र नापजाँचका लागि राष्ट्रिय भूमि आयोगसँग सम्झौता गरेका छन् । शिवसताक्षी, दमक र कनकाई नगरपालिका तथा बुद्धशान्ति गाउँपालिकाले उक्त सम्झौता गरेका हुन् । देशभरका ९१ स्थानीय तहलाई राष्ट्रिय भूमि आयोगले गत पुस २४ गते सम्झौताका लागि काठमाडौँस्थित आयोगको  कार्यालयमा बोलाएको थियो । छुटेका पालिकाले आफ्नो अनुकूलता अनुसार सम्झौता गर्न आउन सक्ने आयोगका उपाध्यक्ष एवं प्रवक्ता नहेन्द्र खड्काले जानकारी दिए ।शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्र शेर्माले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्

    • प्रकाशित मितिः माघ २, २०७८
    • 61 पटक पढिएको
  • पोखरा उडेको जहाजको आकाशमा नै खुल्यो ढोका

    काठमाडौं / काठमाडौंबाट पोखराका लागि उडेको गुण एयरलाइन्सको हवाइ जहाजको आकाशमा आफैँ ढोका खुलेपछि यात्रुहरू आतिएका थिए ।पोखरा जाँदै गरेको सो जहाजमा ‘प्राविधिक गडबडी’ भएपछि आकाशमै आफैँ ढोका खुलेको हो । प्राविधिक गडबडीले जहाजको आफैँ ढोका खुलेपछि सो जहाज पुनः काठमाडौंमै फर्काइएको छ । अहिले प्राविधिक टोलीले जहाज जाँच गरिरहेका छन् ।सो जहाजमा रहेका एकजना यात्रुले आकाशमै हवाई जहाजको ढोका खुलेपछि आफूहरूलाई पुनः काठमाडौं विमानस्थलमै फर्काइएको बताए । ‘काठमाडौंबाट उडेको करिब पाँच मिनेट मात्रै भएको थियो, जहाजले उचाइ लिँदै थियो, त्यही बेला यात्रु चढ्ने ढोका आफै खुलेपछि प्राविधिक समस्या देखिएको भन्दै पुनः फर्क

    • प्रकाशित मितिः माघ २, २०७८
    • 141 पटक पढिएको
  • श्रीसदनका दुई कोठाको दस्तावेज सूचीकृत गरिँदै

    काठमाडौं / राष्ट्रिय अभिलेखालयले नारायणहिटी दरबार सङ्ग्रहालयको श्रीसदनका दुई कोठामा रहेका पूर्वराजा वीरेन्द्र शाहको दस्तावेज सूचीकरण सुरी गरेको छ । अभिलेखालयबाट सेवा निवृत्त दुई कर्मचारी र तीन जना बाहिरबाट करारमा नियुक्त गरी दस्तावेज सूचीकरण थालिएको हो । दस्तावेज सूचीकरणमा सङ्ग्रहालयका एक कर्मचारीको पनि सहभागिता छ । गत आर्थिक वर्षदेखि सूचीकरण सुरु गरिएको हो । अहिलेसम्म जन्मोत्सव, गद्दी आरोहण, पदक तथा विभूषणका एक हजार २७५ दस्तावेज भेटिएको अभिलेख अधिकृत रज्जु हाडाले जानकारी दिइन् । श्रीसदन लामो समय पूर्वराजा वीरेन्द्रको निजी निवासका रुपमा रहेको थियो ।उपचार, बिन्ती पत्र, भ्रमण, उत्

    • प्रकाशित मितिः माघ २, २०७८
    • 75 पटक पढिएको
  • राजस्व छलेर भाग्न खोज्ने मन्त्री आलेको फन्दामा

    काठमाण्डौ / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले एसएचएल म्यानेजमेन्ट प्रालिका निमित्त प्रमुख कार्यकारी अधिकृत माइक बोल्सोभरलाई नेपाल छोड्न रोक लगाइएको छ ।क्यासिनो सञ्चालन गरेबापत उनले नेपाल सरकारलाई रु १३ करोड राजस्व तिर्नुपर्ने देखिए पनि हालसम्म नतिरी भाग्न लागेकाले मन्त्री आले र मन्त्रालयका सचिव महेश्वर न्यौपानेको निर्देशनमा गएराति १० बजे साउथ अमेरिका उड्न लागेका क्यासिनोका निमित्त सिइओ बोल्सोभरलाई विमानस्थलबाटै नियन्त्रणमा लिइएको बताइएको छ ।उनले ओसिपी एसियाको लगानीमा काठमाडौँको लाजिम्पाटस्थित साङ्ग्रिला होटल र भैरहवास्थित टाइगर प्यालेसमा सञ

    • प्रकाशित मितिः माघ २, २०७८
    • 68 पटक पढिएको
  • १०० केजी गाँजा सहित ३ जना भारतीय नागरिक पक्राउ

    बिर्तामोड / सुनसरीको बर्जू गाउँपालिका ५ तिनमुहानबाट नियन्त्रित लागूऔषध गाँजा सहित ३ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा भारतको कटहरिया १० का २६ वर्षीय मिठु राय, पूर्णिया सर्सीका १८ वर्षीय पंकज महलदार र कटहरिया १९ का ५० वर्षीय जितेन्द्र राय रहेका छन् ।केही व्यक्तिहरूले गाँजाको ओसार पसार गरिरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले शनिवार राती पौने ९ बजे उनीहरूलाई १०० केजी गाँजा सहित पक्राउ गरेको हो । लागूऔषध सहित पक्राउ परेका उनीहरूको सम्बन्धमा प्रहरी थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । 

    • प्रकाशित मितिः माघ २, २०७८
    • 48 पटक पढिएको
  • घट्यो फोन कलको शुल्क, अब ६६ पैसामै फोन

    बिर्तामोड / शनिबारदेखि मोबाइल फोन कलमा लाग्दै आएको शुल्क घटेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल फोन सेवा प्रदायक कम्पनीलाई निर्देशन जारी गर्दै शुल्क घटाउन निर्देशन दिएको थियो ।गत कार्त्तिक २९ गते बसेको प्राधिकरण सञ्चालक समितिले बैठकले मोबाइल कलको शुल्क कम गर्ने कार्यविधि कार्यान्वयनका लागि निर्देशन दिएको हो । बोर्डले पहिलो चरणमा आन्तरिक कलमा हुने अन्तरआवद्धता शुल्कको हकमा यो व्यवस्था कार्यान्वयन गर्न सेवा प्रदायकलाई निर्देशन दिएको थियो ।दूरसञ्चार क्षेत्रको नियामक निकायको रुपमा रहेको प्राधिकरणको दिएको निर्देशन अनुसार मोबाइल फोन सेवाप्रदायक कम्पनीले शनिबार देखि शुल्क घटाएका हुन । यसअघिको त

    • प्रकाशित मितिः माघ २, २०७८
    • 86 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.