काठमाडौँ / प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनका पदाधिकारीसहित कानून व्यवसायीहरूले आज पनि विरोध प्रदर्शन जारी राखेका छन्। बुधबार प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएसन, सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीहरु सहित कानून व्यवसायीहरूले सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेका हुन्।प्रदर्शनीमा बोल्दै अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले कानून व्यवसायीहरूको आन्दोलन न्यायालयमा गति प्रदान गर्न र न्याय स्वच्छ हुनका लागि भइरहेको बताए। उनले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिए।अधिवक्ता रामचन्द्र
रूपन्देही / जिल्ला अदालत कपिलवस्तुले आठ जनाको हत्याको आरोप लागेका मायादेवी गाउँपालिका –४ का नसिम खान (बादशाह) लाई सफाइ दिएको छ । जिल्ला न्यायाधीश जवाहिर सिंहको इजलासले अभियोग दावी नपुगेको भन्दै खान सहित उनीसँग जोडिएका सबैलाई सफाइ दिएको हो । चार जना माओवादी कार्यकर्ता, तीन जना बालबालिका र एक जना कर्मचारीको हत्या आरोपित नसिमलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले २ वर्षअघि काठमाडौँबाट पक्राउ गरेको थियो । त्यसपछि उनलाई कपिलवस्तु ल्याएर मुद्दा चलाइएको थियो ।मृतक शिवपुजन कुर्मीका छोरा होमप्रकाश चौधरीले राजनीतिक र आर्थिक चलखेलका कारण बादशाहलाई छाडिएको गुनासो गरे । माओवा
सुनसरी / सुनसरीको रामधुनी नगरपालिका –७ मा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी रामधुनी –७ का २५ वर्षीय उमेश चौधरी रहेका छन । हिजो बेलुका पौने ४ बजे सेउती खोलामा को.२त ७६०४ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चौधरी गम्भिर घाईते भएका थिए । घाइते चौधरीको उपचारको क्रममा धरानको घोपामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोरङ / मोरङको रतुवामाई नगरपालिका –३ बाट लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको गौरीगञ्ज गाउँपालिका –५ की ३५ वर्षीया सरस्वती शाह रहेकी छिन् । मंगलबार राती पौने ८ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको टोलीले शाहलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो । पक्राउ परेकी शाहको साथबाट प्रहरीले १८ ग्राम ब्राउनसुगर र ५ लिटर कोरेक्स बरामद गरेको छ ।
बिर्तामोड / पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारी ३ स्थित सोल्टी पुलमा बुधबार बिहान ट्याक्टरको ठक्करबाट कलेज गइरहेका एक विद्यार्थीको मृत्यु भएको छ ।बिहान करिब ५ : ३० बजेको समयमा प्रदेश १-०१- ०१२ प ७१५२ नम्बरको मोटरसाइकलबाट नेपाल दर्शन कलेज गइरहेका उर्लाबारी ७ का निश्चल बानियाँलाई को २ त ८२९६ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो ।विपरित दिशाबाट आउँदै गरेको ट्याक्टरको ठक्करबाट २१ वर्षीय बानियाँको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।ठक्कर दिने ट्याक्टर र त्यसका चालक मोरङको मिक्लाजुङ गाउँपालिका ६ का १९ वर्षीय मोहन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएक
बिर्तामोड / वीरता लेडी जेसीजको अध्यक्षमा संगीता चिमरिया निर्वाचित भएकी छिन् । मंगलबार बिर्तामोडमा सम्पन्न शाखाको १८औँ अधिवेशनबाट सन् २०२२ का लागि अध्यक्षमा चिमरिया निर्वाचित भएकी हुन् । लेडी जेसीजको कार्यकारिणी उपाध्यक्षमा झुमा चुडाल, सुमित्रा भट्टराई, उपाध्यक्षमा सेलिसा उप्रेती, समिरा दाहाल, पुजा खरेल, निशा शाक्य र सहसचिवमा अर्चना राउत निर्वाचित भएका छन् । त्यस्तै जनसम्पर्क अधिकारीमा दिपा शिवाकोटी, तालिम संयोजकमा श्रेयसी चौधरी, शाखा सम्पादकमा लानीमाया तामाङ सर्वसम्मत भएका हुन् । अध्यक्ष चिमरियाले कानुनी सल्लाहकारमा हिमा पौडेल, कोषाध्यक्षमा संगीता गिरी, महासचिवमा युनि
बिर्तामोड / मोरङको धनपालथान गाउँपालिका २ बाट लागूऔषध गाँजा ३ केजी १०५ ग्राम सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।आइतबार बेलुकी सवा ३ बजे प्रहरी चौकी अमाहीबरियातीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा धनपालथान -२ बरियाती टोलका ४० वर्षीय बसन्त पासवान, सुनसरी धरान १६ का ३६ वर्षीय रविन राई र २९ वर्षीय वचन राईलाई पक्राउ गरेको हो । निजहरुबाट अवैध लागूऔषध गाँजा ३ केजी १०५ ग्राम, नगद २० हजार ५ सय रुपैयाँ र प्रदेश १०२००४५ प २६९९ नम्बरको मोटरसाइकल बरामद भएको थियो । अवैध लागूऔषध गाँजा सहित पक्राउ परेका तीनै जनालाई सम्मानित मोरङ जिल्ला अदालतबाट लागूऔषध कसूरमा म्य
काठमाडौँ / नारायणहिटी सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषराज दाहालले पदबाट राजीनामा दिएका छन् ।नारायणहिटी दरबारभित्रको क्याफ्टेरिया निर्माण प्रकरणमा छानबिन समितिले दोषी ठहर गरेपछि दाहालले मंगलबार पदबाट राजीनामा दिएका हुन् । दाहाल २०७६ मंसिर ३ गते चार वर्षका लागि नारायणहिटी सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेमबहादुर आलेसँग सम्बन्ध बिग्रिएसँगै दाहाल विकास समितिबाट अलग भएका हुन् ।
बिर्तामोड / तेह्रथुमको फेदाम गाउपालिका १ का ५२ वर्षीय अम्बर बहादुर बस्नेतको घाँस काट्ने क्रममा करेन्ट लागी मृत्यु भएको छ । हिजो मध्यान्ह १२ बजे छिमेकी नन्द बहादुर बस्नेतको खेतमा रहेको रुखमा चढी हाँगा झार्ने क्रममा हाइटेन्सन लाइनको तारमा हाँगा अल्झिँदा निजलाई करेण्ट लागी घटनास्थलमा नै मृत्यु भएको थियो । मृतक स्थानीय महाकाली मा बि को प्रधानाध्यापक रहेको, घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट थप अनुसन्धान भैरहेको छ ।
काठमाडौँ / पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वी जयन्तीको अवसरमा सिंहदरबारको मूल गेटस्थित पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् । पूर्वराजा ज्ञानेन्द्रले १३ वर्षपछि आफ्ना पूर्वज तथा नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका हुन् । २०६५ सालमा भएको गणतन्त्र घोषणायता पहिलो पटक पूर्व राजा शाहले आफ्ना पुर्खा बडामहाराजाधिराज पृथ्वी नारायण शाहको शालिकमा मंगलबार मध्याह्न साढे १२ बजे माल्यार्पण गरेका हुन्। उनी सिंहदरबार अगाडि पुग्दा सयौँ राजावादीहरूले स्वागत गरेका थिए। उनले पनि राजर्षि शैलीमा हात हल्लाउँदै आफ्ना समर्थकलाई अभिवादन गरे। राप्रपाक
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.