झापा / बाल यौन दुर्व्यवहारको आरोपमा एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार आइतबार आफ्नै विद्यार्थीलाई जबरजस्ती करणी गर्ने उद्देश्यले यौन दुराचारको आरोपमा सप्तरीको बलनबेहाल गाउँपालिका वडा नम्बर - २ चण्डी घर भएका ३८ वर्षीय शिक्षक दिनेश कुमार गुप्तालाई पक्राउ गरिएको हो ।उनलाई आइतबार दिउँसो ४ बजे मन्थली नगरपालिका वडा – ११, गेलु बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्री शंकर श्रेष्ठले जानकारी दिएका छन । आरोपित शिक्षक गुप्तालाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको श्रेष्ठको भनाइ छ ।यस्तो छ घटनाको विवरणगेलुको एक विद्याल
विराटनगर / मोरङको लेटाङमा ६० वर्षीय वृद्धको हत्या गरेको आरोपमा ८१ वर्षीया वृद्ध पक्राउ परेका छन् । लेटाङ नगरपालिका –२ फँडानीका ६० वर्षीय प्रेमबहादुर बुढाथोकीको हत्याको आरोपमा प्रहरीले ८१ वर्षीय वृद्ध डम्बरबहादुर भुजेललाई पक्राउ गरेको हो ।सोमबार बेलुका भुजेलले बुढाथोकीको शव घिसारेर घर नजिकैको बाँसघारी तर्फ लैजाँदै गर्दा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको सूचना पाए लगतै जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोली घटना स्थल पुगेको थियो । प्रहरीका अनुसार मृतकको टाउकोमा धारिलो हतियारले प्रहार गरेजस्तो देखिन्छ । सोमबार बेलुका मृतक बुढाथोकी र भुजेलसँगै बसेर मदिरा सेवन गरेको
काठमाडौँ / म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीलाई थप ४ वर्ष जेल सजाय सुनाइएको छ ।म्यानमारी सेनाले सञ्चालन गर्दै आएको एक अदालतले कम्तिमा ३ वटा अभियोगमा दोषी ठहर गर्दै सुकीलाई थप ४ वर्षको जेल सजाय सुनाएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । उनलाई अनाधिकृत रुपमा वाकी टकी प्रयोग गरेको र कोरोना भाइरस सम्बन्धी प्रतिबन्ध उल्लंघन गरेको आरोपमा २ वर्ष जेल सजाय सुनाइएको हो ।सेनाले गत फेब्रुअरीमा भएको ‘कू’ पछि ७६ वर्षीया सुकीलाई नियन्त्रणमा लिएर झण्डै १ दर्जन अभियोग लगाएको थियो । तर सुकीले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएकी छन् ।सुकीमाथि लगाइएका अभियोग राजनीतिक प्रेरित भएको सैनि
काठमाडौं / सरकारले कोरोना भाइरसको खोप लगाएको कार्ड अनिवार्य गरेको छ । कार्ड विना सार्वजनिक स्थलहरूमा प्रवेश निषेध हुनेछ । सरकारी कार्यालय, होटल, सपिङ कम्प्लेक्स, सिनेमाघर, रङ्गशाला, हवाई यात्रा गर्दा खोपकार्ड अनिवार्य गरिएको छ ।भ्याक्सिन लगाएको कार्ड मोबाइलमा देखिएपनि हुने कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीले जानकारी दिएको छ ।
बिर्तामोड / दाङमा बस दुर्घटना हुँदा नौ महिनाका एक शिशुको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी थप नौ यात्रु घाइते भएका छन् । मृत्यु हुनेमा भारतको मोतिहारीकाका नानु आलम रहेका छन ।इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख प्रहरी निरीक्षक भुवन भट्टले घाइते शिशुको उपचारका क्रममा बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको जानकारी दिए । प्रहरीका अनुसार दुर्घटनामा परि घाइते हुनेमा परी सुर्खेतको छिन्चु नगरपालिका वडा नं ९ का १७ वर्षीय दिलबहादुर क्षेत्री, रौतहटको पूर्वाह गाउँपालिका वडा नं ६ का ३४ वर्षीय राम विनायक कुर्मी, पर्साको वीरगञ्ज उपम
बिर्तामोड / ब्राउन सुगर कारोबारीहरूसँग पक्राउ परेका र्यापर लाउरेलाई थप १७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । अदालतबाट दोस्रोपटक थप १७ दिनको म्याद थप भएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले बताएका छन ।पुस १४ मा प्रहरीले पोखराको न्युरोडबाट लाउरे सहित ४ जनालाई पक्राउ गरेको थियो । पहिलोपटक जिल्ला अदालत कास्कीले आरोपीहरूलाई ८ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । पुस २१ बाट लागू हुनेगरि आइतबार दोस्रोपटक म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । लाउरे भनेर चिनिने आशिष रानामगर चर्चित र्यापर हुन् । उनी लागूऔषध प्रयोगकर्ता मात्रै भएको प्रहरीको निष्कर्ष छ । लाउरेले नवी
झापा / ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंको लगनबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत सीतामढी घर भएका ४५ वर्षीय मोहमद सहिमलाई प्रहरीले पक्राउ गरेको हो । ती महिलालाई सहिमले जबरजस्ती करणी गरेको उजुरीका आधारमा महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौं / बढ्दो कोभिड सङ्क्रमणका कारण नेकपा एकीकृत समाजवादीले भेला स्थगित गरेको छ । पार्टीले सोमबारका लागि तय गरेको भेला कोभिड संक्रमण बढ्न थालेसँगै स्थगित गरेको हो ।समाजवादीले काठमाडौंको थापागाउँस्थित काठमाडौं ब्याङ्क्वेटमा भेलाको आयोजना गरेको थियो । एकीकृत समाजवादीको संघीय निर्वाचन क्षेत्र नम्बर १ को भेला स्थगित गरिएको हो ।‘कोभिडको बढ्दो सङ्क्रमणका कारण सरकारले २५ जनाभन्दा बढी भेला हुने कार्यक्रमहरू आयोजना गर्न बन्देज लगाएको छ । यसर्थ, आज थापागाउँस्थित काठमाडौं ब्याङ्क्वेटमा आयोजना गर्ने भनिएका काठमाडौं जिल्ला, संघीय निर्वाचन क्षेत्र नम्बर १ को भेला स्थगित गरिएको सूचित गरिन्छ’ पार्टीले जारी
बिर्तामोड / झापाको बिर्तामोडमा सोमबार एक युवा मृत फेला परेको छन् । मृत फेला पर्नेमा शिवसताक्षी नगरपालिका –७ घर भई हाल बिर्तामोड स्थित न्यु फ्रेन्डसिप होटलमा काम गर्दै आएका उत्तमकुमार कँडेल रहेको छन । बिर्तामोड नगरपालिका –५ धिमाल चोकमा आफन्तको कोठामा उनी मृत फेला परेका हुन् ।३४ वर्षीय कँडेल कोठाभित्रबाट चुकुल लगाएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।शव पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
बिर्तामोड / झापाको मेचीनगरबाट प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका –१० का ३२ वर्षीय बिक्रम प्रसाईं र मेचीनगर –९ का ४४ वर्षीय संजय खड्का रहेका छन् । हिजो (आइतबार) बेलुका साढे ४ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले बिक्रम राईको घरबाट उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) बसन्त पाठकले जानकारी दिए । पाठकका अनुसार पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले ५ ग्राम ब्राउन सूगर, डिजिटल तराजु १ थान, नगद १९ हजार ५ सय रुपैयाँ बरामद गरेको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.