बिर्तामोड / काठमाडौंमा दुई युवायुवती मृत फेला परेका छन् । बौद्धको फैकास्थित राधाकृष्ण मन्दिर नजिकसँगै बस्दै आएका खोटाङको साकेला गाउँपालिका-२ रतन्तछाकी २२ वर्षीय युसुना राई र संखुवासभाका २५ वर्षीय अनिष जिमी मृत फेला परेको प्रहरीले जनाएको छ ।मृतक दुवैको शरीरमा चोट देखिएको छ । उनीहरूको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हुनसक्ने महानगरीय प्रहरी परिसर काठमाडौंको अनुमान छ । राई र जिमीसँगै बस्न थालेको दुई-तीन हप्तापछि कोठामै मृत फेला परेको प्रहरीले जनाएको छ ।
झापा / सुनसरीको इटहरी उपमहानगरपालिका–२० मा रहेको पानीपिया जङ्गलमा मोटरसाइकल दुर्घटनाका कारण दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा सङ्खुवासभा खाँदबारी नगरपालिका–७ का २२ वर्षीय अबि राई र मोरङ सुन्दरहरैचा–५ का २७ वर्षीय सन्तोष राईको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताएका छन् ।कोसी लोकमार्गमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को २७ प २१९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १०२००१ ख ८१९६ नम्बरको बसले ठक्कर दिँदा मोटसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका हुन् । उनीहरू दुवैलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
धनुषा / धनुषाबाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँ रकमसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लक्ष्मीनियाँ गाउँपालिका –१ सिनुरजोडाका २३ वर्षीय अमितकुमार यादव रहेका छन् । भारतबाट नेपाल आउँदै गरेको अवस्थामा यादव नगराइन नगरपालिका –२ बाट स्रोत नखुलेको रकमसहित पक्राउ परेको प्रहरी नायब महानिरीक्षक गणेश ठाडाले जानकारी दिए । प्रदेश–२–०२००१प ०४८०८ नंको मोटरसाइकलको ट्याङ्कीभित्र लुकाएर ल्याउँदै गरेको सो रकम प्रहरीले बरामद गरेको हो ।
बिर्तामोड / झापाको मेचीनगरमा सिलिण्डर ग्यास बिष्फोट हुँदा एक जनाको मृत्यु भएको छ, भने १२ जना घाइते भएका छन् । मेचीनगर नगरपालिका –७ स्थित इन्द्रेणी टोलका केशव पाठकको घरमा गएराति साढे नौ बजे आगलागी भएको थियो । आगलागी नियन्त्रणका लागि स्थानियहरु घटनास्थल पुग्दा सिलिन्डर पड्केर उनीहरु घाइते भएका हुन् । सिलिण्डर विष्फोटमा परी मेचीनगर –८ का ४५ वर्षीय सारद राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) बसन्त पाठकले जानकारी दिए । पाठकका अनुसार आगलागीबाट घाइते हुनेमा मेचीनगर –८ का लेखनाथ तिमल्सिना, बिर्तामोड –९ का गोविन्द प्रसाद राजवंशी, मेचीनगर –
विराटनगर / सप्तकोशी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा कुमार खड्का नियुक्त भएका छन् । बैंकका नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समाल्दै आएका खड्कालाई संचालक समितिको बैठकले मंगलबारदेखि सिइओमा नियुक्त गरेएको हो । बैंकको सिइओ रहेका नविन सुवेदीले बैंकको १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ घोटला गरेको आरोपमा पक्राउ परेपछि समितिले नयाँ सिइओ नियुक्ति गरेको बैंकका अध्यक्ष डा.अर्जुन बरालले जानकारी दिएका छन् ।बैंकको रकम हिनामिना गरेको आरोपमा सिइओ सुवेदी , लेखा वित्त प्रमुख देविप्रसाद भण्डारी , अपरेसन प्रमुख अमित थापा मगरसहित चार जना कर्मचारीलाई बुधबार साँझ बैंकदेखि
झापा / कुकुरको टोकाइबाट धनकुटामा ९० वर्षीया वृद्धा सहित १२ जना भन्दा बढी मानिस बिरामी परेका छन् ।उनीहरूलाई रेबिज लाग्नसक्ने आशङ्का चिकित्सकहरूले गरेका छन् । यति मात्र होइन कुकुरले पशुचौपायालाई पनि टोकेको स्थानीयले बताएका छन् ।बजार तथा गाउँमा बौलाहा छाडा कुकुरले आतङ्क मच्चाउँदा गाउँमा सबै नागरिकहरू त्रसित भएका छन् । कुकुरले टोकेर घाइते हुनेमा धनकुटा नगरपालिका वडा नं ५, ६ र ७ का स्थानीयहरू रहेका छन् ।घाइतेमध्ये धनकुटा नगरपालिकाको चुुलीवन, माथिल्लो कोप्चे, तल्लो कोप्चे र बालमन्दिर घर भएका १२ जना धनकुटा अस्पतालको सम्पर्कमा आएको धनकुटा अस्पतालका सूचना अधिकारी राजन पोख्रेलले जा
बिर्तामोड / झापाको कचनकवल गाउँपालिका –५ बाट ब्राउन सुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कचनकवल गाउँपालिका –७ बस्ने २४ वर्षीय विनोद बस्नेत र सोही ठाउँको १८ वर्षीय निखिल रेग्मी रहेका छन् । मंगलबार बेलुका ५ बजे प्रहरी चौकी पाठमारीबाट खटिएको टोलीले शंका लागी चेक जाँच गर्ने क्रममा कचनकवलबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले पाँच ग्राम छ मिलिग्राम ब्राउनसुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) बसन्त पाठकले जानकारी दिए ।
झापा / भोजपुरको रामप्रसाद राई गाउँपालिका ५ हिमाङमा मंगलबार बेलुका भएको ट्याक्टर दुर्घटनामामा परी सोही ट्याक्टरका सह चालकको मृत्यु भएको छ । भोजपुरबाट घोडेटार जाँदै गरेको प्रदेश १-०२ -००३ त ९४० नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई पल्टिंदा ट्याक्टरका सह- चालक हतुवागढी गाउँपालिका १ का रञ्जित सार्कीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
झापा / झापाको कचनकवल गाउँपालिका ५ बाट नियन्त्रित लागूऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । उक्त गाउँपालिकाको फुटागंज क्षेत्रबाट लागूऔषध ब्राउनसुगर ओसार पसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी चौकी पाठामारीबाट खटिएको प्रहरी टोलीले कचनकवल गाउँपालिका ७ का २४ वर्षीय बिनोद बस्नेत र १८ वर्षीय निखिल रेग्मीलाई ५ ग्राम ६० मिलिग्राम लागूऔषध ब्राउनसुगर सहित मंगलबार बेलुका ५ बजे पक्राउ गरेको हो । लागूऔषध सहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.