समाचार

    Showing 24,521-24,530 of 26,772 items.
  • महिलालाई बेहोस बनाएर भारतमा बिक्री गर्ने पक्राउ

     झापा / नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार यसरी महिलालाई बिक्री गरेको आरोपमा प्रहरीले नुवाकोटको बालकुमारीका अनिशा भन्ने फूलमाया तामाङलाई पक्राउ गरेको छ । उनले पोखरामा घरायसी काममा राम्रो कमाइ हुन्छ भनी प्रलोभनमा पारी भारत पुर्याएर बेचेको ब्युरोका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए । सुरुमा उनले चाउमिनमा बेहोस हुने औषधि मिसाएर बेहोस पारी लगेका र होस खुल्न लाग्दा पुनः कोकमा औषधि मिसाएर बेहोस बनाउँदै भारत पुर्याएको पीडितको बयान छ । उनले पीडितका दिदीबहिनीलाई नै यसरी  पुर्याएको पनि खुल्न आएको छ । उनीहरूलाई छुट्टाछुट्टै कोठीमा पुर्याएर बिक्री गरेको ब

    • प्रकाशित मितिः पुस २१, २०७८
    • 99 पटक पढिएको
  • तनहुँमा नवजात शिशुसहित दुई मृत फेला

    दमौली /  तनहुँमा छुट्टाछुट्टै स्थानमा मङ्गलबार नवजात शिशुसहित दुई जना मृत फेला परेका छन् । व्यास नगरपालिका –९ कवादीखोला नजिकै शिशु मृत फेला परेको प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए । स्थानीयवासीको रोहवरमा मुचुल्का गरी शिशुको शव दमौली ल्याइएको उनले बताए । शिशु कसले फालेको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । यसैगरी आँबुखैरेनी गाउँपालिका –३ शिवालय मन्दिर नजिक एक पुरुषको शव फेला परेको छ । मन्दिर नजिकैको धर्मशालाको पेटीमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । उनको परिचय खुल्न सकेको छैन । 

    • प्रकाशित मितिः पुस २१, २०७८
    • 73 पटक पढिएको
  • मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

    झापा /  ललितपुरको कुपन्डोलमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको  महानगरीय प्रहरी परिसरले जनाएको छ ।गए राति १ बजे कुपण्डोलबाट थापाथली तर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटनामा परेको हो । महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले बताए ।बा ९५ प ५३५४ नम्बरको मोटरसाइकल कुपण्डोल हनुमानथान नजिकै दुर्घटना हुँदा चालक गोदावरी नगरपालिका छम्पी घर भएका राजु तामाङ ३१ को मृत्यु भएको  महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले बताए । ।मोटरसाइकलमा सवार गोदावरीको गुरूङचुली टीका भैरवका ३६ वर्षीय दिपेश तामाङ घाइते छन् ।हनुमानथान नजिकै

    • प्रकाशित मितिः पुस २१, २०७८
    • 71 पटक पढिएको
  • राजमार्गमा लुटपाट गर्ने सात पक्राउ

    राँझा / पूर्व–पश्चिम राजमार्गमा सवारीसाधनलाई रोकेर जबर्जस्ती लुटपाट गर्न खोज्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुर्गा टमटा, सन्तोष पहाडी लगायत सात जना रहेका छन् । उनीहरूले अगैयाभन्दा पूर्वतर्फ सिक्टा, गाभर जङ्गलमा गाडी रोकेर जबर्जस्ती पैसा मागेको र नदिए ज्यान मार्ने धम्की दिएपछि कार र ट्रकका चालकले अगैया प्रहरी चौकीमा खबर गरेका थिए । सो घटनाको बारेमा जानकारी पाएलगत्तै अगैया प्रहरी चौकीबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको अगैयाका प्रहरी सहायक निरीक्षक खगेन्द्र केसीले जानकारी दिए । लुटपाटमा संलग्न उनीहरु बा१४च ३३०३ नंको कारमा सवार रहेको प्रहरीले जना

    • प्रकाशित मितिः पुस २१, २०७८
    • 73 पटक पढिएको
  • आज देखि वर्षा र हिमपात हुने

    काठमाडौँ /  मंगलबार रातिदेखि पश्चिम नेपालबाट प्रवेश गरेको न्यूनचापीय प्रणालीको प्रभावले आज (बुधबार) देखि देशका विभिन्न स्थानमा मौसम बदली हुने भएको छ । मौसमी प्रभावका कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हिमपात हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायत दैनिक जनजीवनमा असर पर्ने भएकाले सतर्कता अपनाउन पूर्वानुमान महाशाखाले सर्वसाधारणलाई अनुरोध गरेको छ । गणितीय मौसम पूर्वानुमानको परीक्षण मोडलअनुसार आजदेखि बिहीबारसम्म सबैभन्दा बढी असर सुदूरपश्चिम र

    • प्रकाशित मितिः पुस २१, २०७८
    • 98 पटक पढिएको
  • कांग्रेस नेतालाई धम्काएको आरोपमा एसपी पाण्डे निलम्बित

    काठमाडौँ / नेपाली कांग्रेस सिरहाका जिल्ला सभापति रामचन्द्र यादवलाई धम्क्याएको आरोपमा प्रहरी उपरीक्षक (एसपी) हिराबहादुर पाण्डे निलम्बनमा परेका छन् ।सरुवाको विषयलाई लिएर यादवलाई धम्क्याएको आरोपमा पाण्डेलाई मंगलबार निलम्बन गरिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त बहादुर कुँवरले जानकारी दिए । स्रोतका अनुसार सभापति यादवले एक मुद्दाका दुई जना अभियुक्तलाई छाड्न प्रहरीलाई दबाब दिएका थिए । तर, पाण्डेले सहयोग नगरेपछि उनलाई एक वर्ष नपुग्दै सरुवा गरेको स्रोतले जनाएको छ । २०७८ असार ८ गते पाण्डेको जिल्ला प्रहरी कार्यालय सिरहामा सरुवा भएको थियो । प्रहरी प्रधान कार्यालयले ६ महिनामै एसपी पाण्डेलाई

    • प्रकाशित मितिः पुस २१, २०७८
    • 81 पटक पढिएको
  • बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

    काठमाडौं /  काठमाडौंमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको  प्रहरी प्रधान कार्यलयले जनाएको छ । मृत्यु हुनेमा दोलखाकी २५ वर्षीया कृतिका कार्की रहेकी  छिन ।काठमाडौं महानगरपालिका –९ तिलगंगा पिङ्गला स्थानमा बा ५ ख १५३८ नं को बसले बागमती प्रदेश –०२–०२१ प १९३५ नं को स्कुटरलाई सोमबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएकी कृतिकाको उपचारको क्रममा आज बिहान काठमाडौं मेडिकल कलेज सिनामङ्गलमा मृत्यु भएको प्रहरी  कार्यलयले जनाएको हो । दुर्घटना गराउने बसका चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले भनाई छ ।

    • प्रकाशित मितिः पुस २०, २०७८
    • 79 पटक पढिएको
  • नेपालमा २४ घण्टामा थप ३९३ जनामा कोरोना संक्रमण ३ जनाको मृत्यु

    झापा /  नेपालमा थप ३९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ३९३ जना संक्रमित थपिएका हुन् ।पछिल्लो २४ घण्टामा ९ हजार ३२९ जनाको कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा संक्रमित थपिएका हुन् ।७ हजार ७९४ जनाको पिसिआर परीक्षण र १ हजार ५३५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।२६३ जना निको समेत भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोनाको सङ्क्रमणबाट ३ जनाको मृत्यु भएको छ ।अहिले सक्रिय सङ्क्रमितको संख्या ५ हजार ९४ पुगेको छ ।

    • प्रकाशित मितिः पुस २०, २०७८
    • 77 पटक पढिएको
  • हिउँमा फसेका १४ जनाको नेपाली सेनाले गर्‍यो उद्धार

    झापा  /  रुकुम पूर्वमा एक सातादेखि हिउँमा फसेका १४ जना मजदुरलाई नेपाली सेनाको पश्चिम एयर वेश सुर्खेतबाट गएको हेलिकोप्टरले सकुशल उद्धार गरेको छ । रुकुम पूर्वको पुथाउत्तर गङ्गा गाउँपालिका – २ पेल्माको घुसदुङमा हिउँमा फसेका सबै जनाको सकुशल हवाई उद्धार गरिएको हो ।नेपाली सेनाको पश्चिम एयरवेश सुर्खेतबाट प्रमुख सेनानी रचन श्रेष्ठको नेतृत्वमा गएको नेपाली सेनाको टोलीले हिउँमा फसेका जोकप्रशाद बुढा, औँसी बुढा, विशाल बुढा, दयालाख कामी, रमजीत कामी, जानी बुढा, कृष्ण बुढा, दीपक कामी, सुनिल झाँक्री, जुनदेबी झाँक्री, प्रेमबहादुर कामी, बहादुर बुढा, नवीन बुढा र नान्तेन पुनको उद्धार गरेको हो। हिउँम

    • प्रकाशित मितिः पुस २०, २०७८
    • 93 पटक पढिएको
  • स्कारपियो दुर्घटना , ४ जनाको उद्धार

    झापा  / धादिङ जिल्लाको थाक्रे गाउँपालिकामा स्कारपियो दुर्घटनाग्रस्त भएको छ । पृथ्वीराजमार्गमा पर्ने गाउँपालिकाको आठकिलो भन्ने स्थानमा भएको दुर्घटनामा चार जनाको नेपाली सेनाले उद्धार गरेको छ । स्कारपियो जिप बाटोबाट तल खसी दुर्घटना भएको हो । तनहुँबाट काठमाडौं जाँदै गरेको नं ३ बाहिनी अड्डाको फौजले स्कारपियो दुर्घटनास्थलबाट ४ जनाको उद्धार गरेको थियो । 

    • प्रकाशित मितिः पुस २०, २०७८
    • 166 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.