झापा / दाङको तुलसीपुरमा फारवेष्ट एग्रिकल्चर सोलुसन एण्ड ट्रेडिङ नामक कम्पनीका जिल्ला संयोजक सुरेश घले र केन्द्रीय कार्यालयका प्रबन्धक युवराज उपाध्यायलाई प्रहरीले पक्राउ गरेको छ । कम्पनीका नाममा सर्वसाधारणबाट लाखौं रकम उठाएर ठगी गरेको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु आर्यालले बताएका छन । तुलसीपुर उपमहानगरपालिका वडा नं ६ डुम्रीगाउँमा कार्यालय खोलेर घले र उपाध्यायले सर्वसाधारणबाट ठगी गरेको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरेको डीएसपी अर्यालले जानकारी दिए । केही समय पहिले तुलसीपुर ९ बेलुवा की ४० वर्षीया अनिता वली मह
झापा / कपिलवस्तुमा ट्रयाक्टर पल्टिँदा दुई जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।जिल्लाको बुद्धभूमि नगरपालिका ३ रनगाईमा लु ४ त २४०२ नं को ट्रयाक्टर आज बिहान दुर्घटना भएको थियो । बालुवा लोड गर्न मजदुर लिएर हिँडेको ट्रयाक्टर सडकदेखि करिब २० मिटर तल खसेको थियो ।मृत्यु हुनेमा स्थानीय बासी ४८ वर्षीया शिवकुमारी थारू र १६ वर्षीया फूलकुमारी थारू रहेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ ।यसैगरी, घाइते हुनेमा बलराम सुनार, कृष्ण वि क, सरिता थारू र सीमा थारू रहेका छन् । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिका कारण ट्रयाक्टर दुर्घटना भएको हुनसक्ने इलाका प्रहरी क
काठमाडौँ / ला लिगा फुटबलमा सेभिल्लाले काडिचलाई पराजित गरेको छ । गएराति भएको खेलमा सेभिल्लाले काडिचमाथि १- ० को साँघुरो जित निकालेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सेभिल्लाका लागि खेलको ५८ औँ मिनेटमा लुकास काम्पोसले गरेको गोल नै निर्णायक बन्यो ।जितसँगै सेभिल्लाले शीर्ष स्थानमा रहेको रियल मड्रिडसँगको अङ्क दूरी घटाएको छ । ला लिगाको दोस्रो स्थानमा रहेको सेभिल्लाको १९ खेलबाट ४१ अङ्क भएको छ, भने शीर्ष स्थानमा रहेको रियल मड्रिडको २० खेलबाट ४६ अङ्क छ । रेलिगेसन जोनमा रहेको काडिचको १९ खेलबाट १४ अङ्क छ ।
बिर्तामोड / झापा र सुनसरीको दुई छुट्टाछुट्टै स्थानमा सोमवार भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । झापाको, झापा गाउँपालिका १ रसुनामा हिजो बिहान भएको सवारी दुर्घटनामा घाईते भएका बिरगंञ्ज नगरपालिका ५ बाराका २२ वर्षीय गनिया अब्दुल मियाको उपचारको क्रममा बेलुका साँढे ७ बजे अस्पतालमा मृत्यु भएको छ ।रसुनाको भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जादै गरेको ना ४ त ७६६७ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडकमा दुर्घटना हुँदा सोही ट्रयाक्टरको सह चालक मिया घाईते भएका थिए । दुर्घटनाका घाइतेलाई उपचारको लागी अस्पताल बिर्तामोड पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । यस
काठमाडौँ / पछिल्लो २४ घण्टामा भारतमा ३७ हजार ३ सय ७९ जनामा कोरोनाको संक्रमण देखिएको छ । यो अवधिमा १२४ जनाको सङ्क्रमणका कारण मृत्यु भएको भारतीय स्वास्थ्य कार्यलयले जनाएको छ ।यो महामारीका कारण हालसम्म भारतमा ४,८२,०१७ जनाको मृत्यु भएको छ ।
झापा / पूर्व रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –९ की २६ वर्षीया कमला खनालको हत्या को आरोपमा उनको श्रीमान २५ वर्षीय दीपक ( दलजित ) खनाललाई प्रहरीले पक्राउ परेका छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माका अनुसार विवाद हुँदा दीपकले शुक्रबार राति कमलाको घाँटी थिचेर हत्या गरी झुन्ड्याएको स्वीकारेको बताए ।दुवैजना बीच वादविवाद बढ्दै जाँदा दीपकले घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ‚’ प्रहरी निरीक्षक शर्माले भने‚ ‘थप अनुसन्धान पनि हुँदैछ ।’कमलाको शव आफ्नै कोठामा आफ्नै सलले झुण्डिएको अवस्थामा फेला परेको थियो। चार महिने छोरा र दीपक पनि साथै रहेका बेला भए
झापा / बाजुराको हिमाली गाउँपालिका – ३ गुम्बामा रहेको हिमाल भक्ति आधारभुत विद्यालय डेढ महिनाका लागि बन्द गरिएको छ ।हिमपातसँगै बढेको चिसोका कारण आगामी फागुन पहिलो सातासम्म विद्यालय बन्द गरिएको शिक्षक देवीलाल वुढथापाले जानकारी दिए । चिसोका कारण बर्सेनि विद्यालय बन्द हुँदै आइरहेको छ भने यस वर्ष १६ पुसदेखि फागुन पहिलो साता सम्मका लागि विद्यालय बन्द गरिएको जनाइएको छ ।
काठमाडौं / नेकपा माओवादी केन्द्रको महाअधिवेशनबाट कर्णाली र बागमती प्रदेशका उपसभामुख नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यको सूचीमा परेका छन् । आइतबार साँझ माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले बागमती प्रदेशकी उपसभामुख राधिका तामाङ र कर्णाली प्रदेशकी उपसभामुख पुष्पा घर्तीको नाम केन्द्रीय सदस्यमा घोषणा गरेका हुन् ।सभामा निर्वाचित भएपछि सम्बन्धित व्यक्तिले दलीय जिम्मेवारीबाट राजीनामा दिनुपर्ने प्रचलन छ ।
झापा / सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीका २३ वर्षीय छोरा बबी सोडारीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।सोडारीलाई सवारी ज्यान मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिएका छन ।डीएसपी जोशीका अनुसार गत पुस २ गते कैलालीको टीकापुरमा सोडारीले चलाएको बागमती प्रदेश ०१०२५ च ६६५५ नम्बरको गाडीको ठक्करबाट पैदल यात्री ९९ वर्षीया दुर्गादेवी न्यौपाने घाइते भएकी थिइन् । न्यौपानेको उपचारका क्रममा नेपालगञ्जमा पुस ११ गते मृत्यु भएको थियो ।घाइते न्यौपानेको उपचार खर्च व्यहोर्ने सहमति गरेर सम्पर्कमै रहेका सोडारी मृत्युपछ
झापा / झापाको मेचीनगर नगरपालिका –५ स्थित बसपार्कबाट प्रहरीले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका –५ बस्ने २६ वर्षीय लावन हाङ राई रहेका छन् । उनलाई लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) बसन्त पाठकले जानकारी दिए । पाठकका अनुसार पक्राउ परेका लावनको साथबाट प्रहरीले ४४ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.