समाचार

    Showing 24,561-24,570 of 26,772 items.
  • हिउँ पहिरोमा परेर म्याग्दीमा एक बेपत्ता

    झापा / म्याग्दीको धवलागिरी गाउँपालिका – १ गुर्जामा गएको हिमपहिरोमा पुरिएर ५० वर्षीय रामबहादुर छन्त्याल बेपत्ता छन् । प्रभावित क्षेत्रमा पुगेर नेपाली सेनाको टोली फर्किएको छ ।बस्तीदेखि टाढाको गोठमा बस्दै आएका जगदेवी छन्त्याल, बुद्धि छन्त्याल र लालबहादुर बिक हिउँमा फसेर अलपत्र परेका थिए ।काठमाडौँबाट हेलिकप्टरमा सेनाको टोली गुर्जाको मानिस बेपत्ता र अलपत्र परेको ठाउँमा पुगेर बिहीबार फर्किएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बताए ।उनका अनुसार अलपत्र परेका तीन जनालाई खाद्यान्न र बेपत्ताको खोजीका लागि गुर्जाका चार जनालाई सुकेलट्टे पुर्‍याएर सेनाको टोली हेलिकप्टरमा फर्किएको हो ।करिब चा

    • प्रकाशित मितिः पुस १६, २०७८
    • 69 पटक पढिएको
  • चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह

    काठमाडौँ  / हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको विहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । उक्त प्रणालीका कारण अहिले देशभर सामान्य देखि पूर्ण बदली रही थोरै स्थानमा हल्का वर्षा र उच्च हिमाली तथा पहाडी भेगमा हल्का हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हलदेखि मध्यम हिमपातको सम्भावना रहेका कारण चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।आजदेखि मौसम क्रमिक रुपमा सुधार हुँदै जाने

    • प्रकाशित मितिः पुस १५, २०७८
    • 64 पटक पढिएको
  • एक महिनामै टेलिकमले बढायो ८ लाख फोरजी प्रयोगकर्ता

    काठमाडौँ / नेपाल टेलिकमले एक महिनामै ८ लाख फोरजी प्रयोगकर्ता बढाउन सफल भएको छ । नेपाल दुरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको कात्तिक महिनाको एमआईएस रिपोर्ट अनुसार नेपाल टेलिकमका फोरजी प्रयोगकर्ता ७४ लाख ८५ हजार ४ सय ३० पुगेका छन्।  गत असोजमा टेलिकमका ६६ लाख ३४ हजार ६५ फोरजी ग्राहक थिए । असोजको तुलनामा टेलिकमले कात्तिक महिनामा ८ लाख ५१ हजार ३ सय ६५ फोरजी ग्राहक बढाउन सफल भएको हो ।  असोजको तुलनामा कात्तिकमा एनसेलका ग्राहक भने सामान्य बढेका छन् । यो एक महिनाको अवधिमा एनसेलले ८८ हजार ७ सय ६४ ग्राहक बढाएको छ । उता स्मार्ट टेलिकमका भने फोरजी प्रयोगकर्ता घटेका छन् । असोजमा १ ल

    • प्रकाशित मितिः पुस १५, २०७८
    • 70 पटक पढिएको
  • बझाङमा दुई पुरूष मृत फेला

    झापा /  बझाङमा दुई जना पुरूष मृत फेला परेका छन् ।छबिसपाथीभारा गाउँपालिका –७ बुड्खोरीका ४३ वर्षीय  जंग धामी घरनजिकै नौपाते भन्ने ठाउँमा बिहीबार बिहान मृत फेला परेका हुन् । यस्तै, सुर्मा गाउँपालिका -१ दौलीचौरका ४४ वर्षीय किट्टु बोहरा मङ्गलबारदेखि हराएकोमा बिहीबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।उनी घर नफर्केपछि खोजतलास गर्दा पदाति भन्ने ठाउँमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी ज्ञानबहादुर विष्टले बताएका छन ।उनीहरूको चिसोले कठ्याँग्रिएर ज्यान गएको हुन सक्ने अनुमान गरिएको छ ।  

    • प्रकाशित मितिः पुस १५, २०७८
    • 80 पटक पढिएको
  • हिउँमा फसेका एडीबी टोलीको उद्धार

    सिन्धुपाल्चोक / हेलम्बु क्षेत्रको हिमाली क्षेत्रमा बुधबारदेखि हिमपातमा फसेको एडीबीका विज्ञ टोलीलाई सकुशल उद्धार गरिएको छ । आज बिहान उक्त टोलीलाई श्री एयरलाइन्स मार्फत उद्धार गरिएको सिन्धुपाल्चोक प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए ।उनका अनुसार विज्ञ टोलीको पाँच जनालाई उद्धार गरी राजधानी लगिएको छ । बाँकी १० जनालाई सुरक्षित स्थानमा ल्याइएको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि प्रजिअ खनालले बताए ।उक्त टोली गत असार १ गते गएको भेमाथाङ पहिरो अध्ययनका लागि मेलम्चीबाट तीन हजार ६ सय मिटर माथि पुगेको थियो । 

    • प्रकाशित मितिः पुस १५, २०७८
    • 67 पटक पढिएको
  • अझै सञ्चालनमा आउन सकेन राजमार्ग

    कावासोती  / पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोतीमा बुधवार बिहानदेखि अवरुद्ध राजमार्ग अर्झ सञ्चालनमा आउन सकेको छैन ।वर्षाका कारण डाइभर्सनमा क्षति पुग्दा बुधवार बिहानदेखि अवरुद्ध भएको पूर्वपश्चिम राजमार्ग अझै सञ्चालनमा आउन नसकेको हो । नारायणगढ– बुटवल सडक विस्तारका क्रममा कावासोतीको खरकट्टा जङ्गलमा बनाइएको नयाँ डाइभर्सन वर्षाका कारण भत्किएपछि राजमार्ग अवरुद्ध भएको हो ।अवरुद्ध भएको राजमार्ग ३० घण्टा बितिसक्दासमेत मर्मत हुन सकेको छैन । हिलोमा सवारी साधन फसेपछि झनै समस्या भएको छ । अवरुद्ध सडक खुलाउन डाइभर्सन मर्मतको काम भइरहे पनि वर्षाले माटो भिजे

    • प्रकाशित मितिः पुस १५, २०७८
    • 65 पटक पढिएको
  • भेरी अस्पतालको क्वाटरमा निसासिएर चारको मृत्यु, तीन घाइते

    बाँके / बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको आभास गृहमा बस्दै आएका चार जनाको निसासिएर मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।  अस्पतालको क्वाटरमा बसेका कर्णाली प्रदेशको क्षेत्रीय मेडिकल स्टोरमा कार्यरत कार्यालय सहयोगी धनप्रसाद भट्टराई र उनका परिवारका सदस्यको मृत्यु भएको हो । मृत्यु हुनेमा कालीकोटको खडाचक्र घर भएका २३ वर्षीय धनप्रसाद भट्टराई, उनकी आमा ५५ वर्षीया कोकिला भट्टराई, २२ वर्षीय दिदी नन्दकली र उनका तीन महिनाको छोरा इप्सन भट्टराईको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।सँगै कोठामा रहेका अन्य तीन जना भट्टराईकी श्रीमती २२ वर्षीया सुशीला, ३ व

    • प्रकाशित मितिः पुस १५, २०७८
    • 94 पटक पढिएको
  • सुदूरपश्चिममा भूकम्पको धक्का

    झापा / सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।गए राति १२ बजेर ५३ मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुलालगायत जिल्लामा धक्का महसुस गरिएको हो ।भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट राजेश शर्माका अनुसार चार दशमलव छ रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रबिन्दु भने भारतमा रहेको छ ।भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः पुस १५, २०७८
    • 56 पटक पढिएको
  • कार दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

    झापा / भक्तपुरबाट तीव्र गतिमा काठमाडौँतिर जाँदै गरेको कार दुर्घटना हुँदा एकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । मध्यपुरथिमि नगरपालिका –४ चारदोबाटो स्थित अरनिको राजमार्ग खण्डमा तीव्र गतिमा काठमाडौँ जाँदै गरेको बा ४ च ५७६ नम्बरको कार सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो ।सो कारले गुडिरहेको अर्को ट्याक्सीलाई समेत ठक्कर दिँदा कारमा सवार धनुषा उपमहानगरपालिका –१५ घर भई काठमाडौँ महानगरपालिका शान्तिनगर बस्ने वर्ष २२ का अभिषेक शाहको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिएका छन । दुर्घट

    • प्रकाशित मितिः पुस १५, २०७८
    • 59 पटक पढिएको
  • हिमपातका कारण टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

    झापा  / दुई दिनदेखिको वर्षा र हिमपातका कारण नेपालका बिभिन्न क्षेत्रमा समस्या भएको छ ।  हिमपातका कारण म्याग्दीको धौलागिरि गाउँपालिका –१ गुर्जामा टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ । मङ्गलबार रातिदेखि लगातार परेको हिमपातका कारण नेपाल टेलिकमको टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध बनेको वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिएका छन । हिमपातले गाउँ सञ्चार विहीन भएको छ, मौसम सफा भएपछि मर्मतकार्य हुन्छ , अध्यक्ष छन्त्यालले भने ।त्यसैगरी धौलागिरि –४ मुदीको सिंकोस बगर क्षेत्रमा भएको हिमपातले घरका छाना ढाकिएर सेताम्मे बनेका छन् । धौलागिरि पदमार्गले समेटिएको बगर, सिंकोसलगायतका बस्तीमा घरका

    • प्रकाशित मितिः पुस १५, २०७८
    • 63 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.