समाचार

    Showing 24,571-24,580 of 26,772 items.
  • अख्तियारले माग्यो पर्यटन बोर्डको कागजात

    काठमाडौँ / पछिल्लो समय नेपाल पर्यटन बोर्डमाथि विवादसँगै आर्थिक पारदर्शितामा प्रश्न उठेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोर्डसँग योजनाको फाइल मागेको छ । निलम्बनमा परेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीले अनियमितता गरेको उजुरीपछि अख्तियारले बोर्डसँग केही योजनाको फाइल मागेको हो ।सीईओ रेग्मीले आफ्नो कार्यकक्ष निर्माणमा सार्वजनिक खरिद ऐनविपरीत जथाभावी खरिद गरी भुक्तानी दिएको, त्रिभुवन विश्वविद्यालयसँग पर्यटन क्षेत्रको हितभन्दा पनि व्यक्तिगत लाभ पुग्ने गरी प्रक्रिया पूरा नगरी ५ करोडको परियोजना सञ्चालन गरेको, बोर्डको उद्देश्यभन्दा फरक प्रयोजनमा होटलमा भएको खर्चको भुक्तानी गरेको

    • प्रकाशित मितिः पुस १४, २०७८
    • 61 पटक पढिएको
  • चितवन निकुञ्जमा वन्यजन्तुको आक्रमण बढ्दो

    झापा, /  चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामा चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट चार जनाको मृत्यु भएको छ । सोही अवधिमा विभिन्न जनावरको आक्रमणमा परी २९ जना घाइते भएका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आवमा गैँडा, हात्ती, बँदेल र गौरीगाईको आक्रमणबाट एक/एक जनाको मृत्यु भएको हो । यस्तै सोही समयमा हात्तीको आक्रमणबाट चार, गैँडाको आक्रमणबाट १५, बाघको आक्रमणबाट तीन, भालुको आक्रमणबाट चार, जङ्गली बँदेलको आक्रमणबाट दुई र मगर गोहीको आक्रमणबाट एक जना घाइते भएका छन् । घाइतेमध्ये १६ सामान्य तथा १३ जना गम्भीर भएको उनले

    • प्रकाशित मितिः पुस १४, २०७८
    • 74 पटक पढिएको
  • जुम्लामा स्थानीय प्रशासनले बाल्यो चोकचोकमा आगो

    जुम्ला  / जुम्लामा यस वर्ष पहिलो पटक हिमपात भएको छ । जुम्लामा करिब आधा फिट जति हिउँ जमेको र हिउँ परिरहेको स्थानीयले बताएका छन् । हिउँ परेपछि चिसो भने बढिरहेको छ । चिसोबाट जोगिन तथा न्यानो गर्न स्थानीय प्रशासनले जुम्ला सदरमुकामका विभिन्न चोक चोकमा आगो बालेको छ ।प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईँका अनुसार हिमपातले अहिलेसम्म कतै असर नपुर्याएको र जिल्ला वन कार्यालय, चन्दननाथ नगरपालिकाको समन्वयमा दाउरा व्यवस्थापन गरिएको हो ।सशस्त्र प्रहरी ३३ नम्बरका गणपति गगन श्रेष्ठका अनुसार जुम्ला सदरमुकाममा आधा फिट र अग्लो स्थानमा एक फिट हिउँ जमेको छ । उनका अनुसार हिमपात भएपछि पत्रकार महासङ्घ अ

    • प्रकाशित मितिः पुस १४, २०७८
    • 67 पटक पढिएको
  • स्कुलको कम्प्युटर चोरी गर्ने २ जना पक्राउ

    इटहरी / सुनसरीको भोक्राहानर्सिङ गाउँपालिका ४ स्थित मोडल पब्लिक स्कुलको कम्प्युटर चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी भोक्राहानर्सिङ ५ का १८ वर्षीय प्रवेज आलम र २१ वर्षीय सुरज भुजेल रहेका छन ।पब्लिक स्कुलको  कोठाबाट कम्प्युटरको थान ३, , प्रोजेटर मिसिन थान १ र पानी तान्ने मोटर २ थान चोरी भएको थियो ।चोरी भएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले अनुसन्धानको क्रममा निजहरूको घर नजिकै रहेको परालको टालीमा लुकाई राखेको अवस्थामा उक्त सामानहरू बरामद गरिएको हो ।बरामद भएको समान सहित चोरीमा संलग्न २ जनालाई जिल्ला प्रहरी कार्यालय सु

    • प्रकाशित मितिः पुस १४, २०७८
    • 97 पटक पढिएको
  • वर्षा र हिमपातले मुलुकभर चिसो बढ्योः जनजीवन कष्टकर

    काठमाडौँ  / आज मुलुकभर मौसम बदली भई अधिकांश ठाउँमा पानी परेको छ । पानी परेसँगै देशका उच्च पहाडी र हिमाली भेगमा मंगलबार रातिदेखि हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।काठमाडौं उपत्यकामा पनि रातिदेखि नै पानी परेको छ भने उपत्यका आसपासका डाँडाहरूमा हिमपात भएको छ । विभिन्न स्थानमा हिमपातले जनजीवन कष्टकर बनेको छ । ठाउँठाउँमा सडक अवरुद्ध समेत भएका हुँदा स्थानीयवासी तथा यात्रुहरू मर्कामा परेका हुन् । अहिले देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्का वर्षा र उच्च हिमाली तथा पहाडी भेगमा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाले आगामी २४ घण्टाक

    • प्रकाशित मितिः पुस १४, २०७८
    • 95 पटक पढिएको
  • बिहीबारदेखि मौसममा सुधार आउने

    काठमाडौं / पश्चिमी वायुको प्रभावका कारण आज देशको अधिकांश भूभागमा वर्षा सँगै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात भइरहेको छ । वर्षा र हिमपातको क्रम बुधबार रातिसम्म जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।मंगलबार रातिदेखि देशभर वर्षा भएसँगै चिसोका कारण जनजीवन प्रभावित बनेको छ । बिहीबारदेखि क्रमिक रुपमा मौसममा सुधार हुँदै जाने मौसम विज्ञान विभागका मौसमविद् गङ्गा नगरकोटीले बताइन् ।हाल देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्का वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपात भइरहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम

    • प्रकाशित मितिः पुस १४, २०७८
    • 72 पटक पढिएको
  • भोलि सार्वजनिक बिदा दिने तयारी

    झापा / सरकारले बिहीबार सार्वजनिक बिदा दिने तयारी गरेको छ ।यसको लागि गृह मन्त्रालयले मन्त्रिपरिषधमा प्रस्ताव पठाइसकेको छ । मन्त्रिपरिषद्ले यसको निर्णय गर्नेछ ।बिहीबार गुरुङ समुदायले मुख्य गरी मनाउने तमु ल्होसार परेको छ । यही अवसरमा सरकारले बिदा दिन लागेको हो ।

    • प्रकाशित मितिः पुस १४, २०७८
    • 183 पटक पढिएको
  • विद्युत्को तार भूमिगत गर्ने कार्य तीव्र

    काठमाडौँ / नेपाल विद्युत् प्राधिकरणले विद्युत प्रणाली क्षमता अभिवृद्धि तथा सहरी क्षेत्रमा विद्युतीय जोखिम न्यून गर्न विद्युत्को तार भूमिगत गर्ने कार्यलाई तीव्र पारेको छ । प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार काठमाडौँ उपत्यकाको उत्तर तथा मध्य वितरण प्रणाली सुदृढीकरण आयोजना र काठमाडौँ उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत अहिले काठमाडौँमा विद्युत्को तार भूमिगत गर्ने कार्य भइरहेको छ ।उत्तर तथा मध्य वितरण प्रणालीअन्तर्गत ४५ प्रतिशत काम सम्पन्न भइसकेको आयोजना प्रमुख अभिषेक अधिकारीले बताए । चक्रपथ बाहेकको बाँकी क्षेत्रको काम आर्थिक वर्ष २०७८/०७९ को असारसम्म सम्पन्न

    • प्रकाशित मितिः पुस १४, २०७८
    • 77 पटक पढिएको
  • फालेलुङमा आगलागी हुँदा तीन घर जलेर नष्ट

    पाँचथर / पाँचथरको फालेलुङमा गएराती आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ । फालेलुङ गाउँपालिका –३ ताङ्लेपामा स्थानीय पूर्णबहादुर केरुङको घरबाट सल्केको आगो निजको एउटा तीन वटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगोलागिबाट काठ र ढुङ्गामाटोले बनेका तीन घर जल्दा सुन, चाँदी, लत्ताकपडा, खाद्यान्न र नगद सहित ५० लाख रुपैंया बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने स्थानीयको अनुमान छ । घट्नावारे वुझ्न इलाका प्रहरी कार्यालय मेमेङबाट प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले बताए ।

    • प्रकाशित मितिः पुस १४, २०७८
    • 68 पटक पढिएको
  • ट्रयाक्टरले किचेर चालकको मृत्यु

    बिर्तामोड / झापाको झापा गाउँपालिका –४ स्थित भित्री सडक खण्डमा ट्रयाक्टरले किचेर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका –४ का २२ वर्षीय सुनिल हेमरन रहेका छन् । मङ्लबार दिउँसो २ बजे मे.१ त ४७०९ नम्बरको खाली ट्रयाक्टर आफै अनियन्त्रित भई खेतमा पल्टिंदा इन्जिनले किच्दा शेमरनको घटनास्थलमै मृत्यु भएको हो । 

    • प्रकाशित मितिः पुस १४, २०७८
    • 71 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.