समाचार

    Showing 24,581-24,590 of 26,772 items.
  • मोटरसाइकल दुर्घटना, ३ जनाको मृत्यु

    बिर्तामोड / झापाको  दमकमा मोटरसाइकल दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा चितवनको राप्ती ४ निवासी १९ वर्षीय किसन सेन्चुरी र ताप्लेजुङको भुइँखोला ३ निवासी १९ वर्षीय अनिल लामगादे र खोटाङको चिसापानी ४ निवासी २३ वर्षीय अनिल वि क रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिएका छन ।प्रहरीका अनुसार दमक नगरपालिका २ स्थित भाङवारिमा गए राति प्र १– ०२ – ०४३ प ६९२६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको रूखमा ठोक्किँदा दुर्घटना भएको थियो ।  

    • प्रकाशित मितिः पुस १४, २०७८
    • 66 पटक पढिएको
  • प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित

    काठमाडौं  / मौसममा आएको बदलावका कारण काठमाडौँबाट हुने आन्तरिक उडान बुधबार प्रभावित भएको छ । मंगलबार रातिदेखि नै काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेकाले हवाई उडान प्रभावित भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका कर्मचारीले सोलुखुम्बुको लुक्ला र पोखरामा उडान हुन नसकेको जनाएको छ ।त्यस्तै, नेपाल एयरलाइन्सले प्रतिकूल मौसमका कारण भोजपुर र ताप्लेजुङको उडान रद्द गरेको छ । आजका लागि १३७ वटा उडान रहेको छ । तर, प्रतिकूल मौसमका लागि धमाधम उडान रद्द भइरहेको उड्डयन कार्यालयले जनाएको छ ।यसैगरी, धनगढी, भद्रपुर, सिमरा, नेपालगञ्ज, जनकपुर, भैरहवा, स

    • प्रकाशित मितिः पुस १४, २०७८
    • 76 पटक पढिएको
  • चालक अनुमतिपत्र छपाइ सुरु

    झापा / यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र छपाइ सुरु गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको उपस्थितिमा मङ्गलबारबाट लाइसेन्स छपाइ सुरु गरिएको विभागले जनाएको छ । कार्ड नभएकाले विगत एक वर्षदेखि छपाइ बन्द थियो । फ्रान्सबाट १४ लाख प्रति कार्ड ल्याइएपछि छपाइ सुरु भएको हो ।झन्डै सात लाख प्रति लाइसेन्स छाप्न बाँकी छ । विभागले तीन सिफ्टमा दैनिक सातदेखि १० हजार प्रति कार्ड छाप्ने जनाएको छ । एक महिनाभित्रै लाइसेन्स दिने व्यवस्था मिलाइएको छ । विभागले नयाँ आवेदन खुला गरिरहेको छ । विभागका प्रवक्ता डा लोकनाथ भुसालले भने, “बाँकी रहेका लाइसेन्सलाई पहिलो प्राथमिकता द

    • प्रकाशित मितिः पुस १४, २०७८
    • 67 पटक पढिएको
  • युवतीमाथि सामूहिक बलात्कार, आठ जना पक्राउ

    काठमाडौं / मित्रनगर स्थित नयाँ बसपार्कमा ३४ वर्षीया युवतीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले आठ जनालाई काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको छ ।महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पुस १३ गते रातिदेखि १४ गतेसम्म महिलामाथि सामूहिक बलात्कार भएको हो ।मंगलबार राति र बुधबारसम्ममा काठमाडौंका विभिन्न ठाउँबाट बलात्कार आरोपीलाई पक्राउ गरिएको परिसर प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताएका छन ।बलात्कारमा संलग्न अर्का एक जना फरार रहेको र उनको खोजी भइरहेको प्रहरी उपरीक्षक मैनालीले बताए।‘बसपार्कको एउटा गेस्ट हाउसमा लगेर महिलालाई बलात्कार गरिएको भन्ने सूचनाका आधारमा प्रहरी परिचालन भएको थिय

    • प्रकाशित मितिः पुस १४, २०७८
    • 81 पटक पढिएको
  • दुई थान पेस्तोलसहित भारतीय पक्राउ

    झापा / सुनसरीबाट दुई थान स्वचालित पेस्तोलसहित दुई जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारत अररिया बासमतिया - ६ का ३५ वर्षीय विद्यानन्द राम र बासमतिया- २ का ३१ वर्षीय हसम अन्सारी रहेका छन् ।बि आर ५० के ०१४९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई रोकेर चेकजाँच गर्दा पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले बताएका छन ।उनीहरूको साथबाट चार वटा म्यागजिन र तीन राउन्ड गोली बरामद भएको कार्कीले बताए । उनीहरू साना हतियारको कारोबारी रहेको बुझिएको कार्कीले बताए ।दुवैलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ६ को ‘हातहतियार तथा खरखजाना सम्बन

    • प्रकाशित मितिः पुस १३, २०७८
    • 81 पटक पढिएको
  • मकवानपुरबाट साढे ६९ किलो गाँजासहित तीन पक्राउ

    झापा / मकवानपुरबाट साढे ६९ किलो लागूऔषध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।हेटौँडा उपमहानगरपालिका १ पालुङ बसपार्कबाट तीन जनालाई लागूऔषध गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिएका छन । गाँजा फेला परेपछि प्रहरीले कैलाश गाउँपालिका ५ कटहरे घर भई हाल हेटौँडा ७ कमाने बस्ने ३४ वर्षीय अटो चालक सिताराम मोक्तान, ३३ वर्षीय अमरबहादुर गिरी र २६ वर्षीय इन्द्रबहादुर मोक्तानलाई पक्राउ गरेको हो । उनीहरूलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा खटिएको टोलीले पालुङ बसपार्कमा ना १ ह ७६३८ नं को अटोलाई चेकजाँज गरेको थिय

    • प्रकाशित मितिः पुस १३, २०७८
    • 73 पटक पढिएको
  • हत्यामा संलग्न रहेको आरोपमा एक पक्राउ

    झापा / बैतडीको इलाका प्रहरी कार्यालय पाटनले हत्याका आरोपमा सिगास गाउँपालिका – ७ का ३० वर्षीय रमेशसिंह ऐरलाई पक्राउ गरेको छ ।सिगास –८ का ५५ वर्षीय कटक बोहराका हत्यामा संलग्न रहेको आरोपमा ऐरलाई पक्राउ गरिएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिएका छन ।ऐरलाई प्रहरीले घर नजिकैबाट सोमबार पक्राउ गरेको जनाएको छ ।गत मंसिर १३ गते राति कालपोखरी मन्दिरको जात्रामा गएका कटक बोहरा मंसिर १६ मा मृतावस्थामा फेला परेका थिए ।टाउको र शरीरमा घाउचोट देखिएकाले बोहराको हत्या गरिएको जनाउँदै आफन्तजनले  निवेदन दिएपछि प्रहरीले  अनुसन्धान गरेको थियो ।पक्राउ परेका ऐर घटना भएको भोलिपल्टदे

    • प्रकाशित मितिः पुस १३, २०७८
    • 66 पटक पढिएको
  • ग्लोबल आइएमई लघुवित्तमा ३ जना सञ्चालक निर्वाचित

    काठमाडौं /  ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थामा ३ जना सञ्चालक निर्वाचित भएका छन् । संस्थाको मंसिर २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट तीनै जना सञ्चालक निर्विरोध निर्वाचित भएका हुन् ।कम्पनीको संस्थापक समूह ग्लोबल आइएमई बैंकको तर्फबाट रुपेन्द्र वाग्ले, सुशोभन देवकोटा र अनामिका कुँवर निर्वाचित भएका हुन् ।

    • प्रकाशित मितिः पुस १३, २०७८
    • 65 पटक पढिएको
  • सिरहाका प्रहरी प्रमुख पाण्डेलाई सिके राउतको धम्की

    झापा  / जनमत पार्टीका अध्यक्ष सिके राउतले सिरहा प्रहरी प्रमुख एसपी हिराबहादुर पाण्डेलाई धम्की दिएका छन् ।राउतको सचिवालयको आधिकारिक फेसबुक पेजमार्फत एसपी पाण्डेलाई जनकारवाही गर्ने धम्की दिइएको हो । आज मंगलबार बिहान एक पोस्ट गर्दै राउतको सचिवालयले गिरफ्तार गरिएका आफ्ना कार्यकर्तालाई प्रहरीले दुर्व्यवहार गरेको भन्दै व्यवहार सुधार्न चेतावनी दिएको छ ।जनमत पार्टीले आम हड्ताल घोषणा गरेपछि स्थानीय प्रशासनले आज र भोलि २ दिनका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।यदि प्रहरीले व्यवहार सुधार नगरे एसपी पाण्डेलाई सिरहा बजारको बीच चोकमा जनकारवाही गर्ने धम्की दिएको हो । फेसबुक पेजमा भनिएको छ, ‘गिर

    • प्रकाशित मितिः पुस १३, २०७८
    • 85 पटक पढिएको
  • सिरहामा भोलि बेलुकीसम्म निषेधाज्ञा

    झापा / सिके राउत नेतृत्वको जनमत पार्टीले हड्ताल गरेपछि सिरहामा भोलि बेलुकीसम्म निषेधाज्ञा जारी गरिएको छ । आज बिहान ५ बजेदेखि नै निषेधाज्ञा लागू गरिएको हो ।आज बेलुकी सात बजेसम्म निषेधाज्ञा रहन्छ भने भोलि बुधबार बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म फेरि निषेधाज्ञा लागू हुने जिल्ला प्रशासन कार्यालय सिरहाले जानकारी दिएको छ ।जनमत पार्टीले आमहड्ताल र चक्काजाम गरेकोले सर्वसाधारणमा पर्न सक्ने जोखिमलाई ध्यान राख्दै निषेधाज्ञा गरिएको जिल्ला प्रशासन कार्यालय सिरहाको भनाइ छ ।प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले पुस १३ र १४ गते निषेधाज्ञा गरिएको बताए । बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म भेला हुन र बाहिर हिँडडुल

    • प्रकाशित मितिः पुस १३, २०७८
    • 65 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.