मोरङ / मोरङको विराटनगरबाट एटिएम तोडफोडमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका –५ का २१ वर्षीय पारस कालिकोटे रहेका छन ।कालिकोटेले आइतबार राती साढे ९ बजे विराटनगर नगरपालिका –३ कंचनबारीमा रहेको माछापुच्छ्रे बैंकको एटिएम मेसिन तोड फोड गरेका थिए । एटिएम तोडफोड गरेको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ, प्रहरी चौकी बरगाछी र सि.आर.भि. पोष्ट भट्टाचोकबाट तत्कालै प्रहरी टोली परिचालन भई तोडफोडमा संलग्न कालिकोटेलाई पक्राउ गरेको हो ।
सप्तरी / सप्तरीमा एक जना महिलाको हत्या भएको छ । छिन्नमस्ता गाउँपालिका –१ की ५० वर्षीय भुटनीदेवी यादवको हत्या भएको प्रहरीले जनाएको छ । यादवको टाउकोमा बोतल प्रहार गरी हत्या भएको देखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए । काफ्लेका अनुसार आइतबार साँझदेखि हराइरहेकी भुटनीदेवीको शव सोमबार बिहान फेला परेको थियो ।
काठमाडौँ / श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको सल्लाहकारमा केशव बस्याल नियुक्त भएका छन् । भारतमा रहेका नेपाली आप्रवासी तथा सरोकारको विषयमा भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट विद्यावारिधि गरेका बस्याल वैदेशिक रोजगारीका मुद्दाहरूमा निरन्तर आवाज उठाउने अभियन्ता हुन् । त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागसम्बद्ध बस्याल सेन्टर फर माइग्रेस एन्ड इन्टरनेसनल रिलेसन्स नामक निजी संस्थामा अनुसन्धान निर्देशकसमेत छन् ।
झापा / जिल्ला प्रहरी कार्यालय पर्साले एक महिनाका अवधिमा करिब रु एक करोड ५० लाखभन्दा बढी बराबरको अवैध मालसामान बरामद गरी भन्सार कार्यालय र राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको छ । प्रहरी टोलीले अवैधरुपमा भन्सार छली भित्र्याइएका विभिन्न सामग्री बरामद गरी उक्त मूल्य बराबरको सामग्री ती कार्यालयलाई बुझाएको हो ।प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले अवैधरुपमा भन्सार छली भित्र्याइएका विभिन्न सामग्री बरामद गर्ने अभियान सञ्चालन गरिएको जानकारी दिएका छन । उनले गत मङ्सिर १२ गते पर्साको प्रहरी प्रमुखको रुपमा कार्यभार सम्हालेका थिए । गत मङ्सिर महिनामा रु एक करोड १३ लाख ७० हजार ९३७ र यही पुस महिनाको १० गतेस
झापा / रौतहटको कटहरिया नगरक्षेत्रभित्र लामो समयदेखि फरार एकजना हत्याका आरोपीलाई गाउँलेले पक्राउ गरेर प्रहरीलाई बुझाएका छन् । कटहरिया १ भसेढवाका सन्दीप यादवको हत्याको आरोपमा फरार रहेका सोही वडा खोर टोलका ४० वर्षीय लक्ष्मी दास तत्मालाई गएराति गाउँलेले पक्राउ गरि प्रहरीलाई बुझाएका हुन् ।सन्दीप यादवको हत्या गरेर फरार भएको आरोप लागेका दास आइतबार राति लुकिछिपी घरमा आउने विशेष सूचनाको आधारमा गाउँलेहरू खोरटोलको छेउमा कुरेर बसेका थिए ।गएराति ८ बजे मुख छोपेर मोटरसाइकलमा आएका हत्याका आरोपी दासलाई गाउँलेहरूले मोटरसाइकलसहित पक्राउ गरी सशस्त्र बेस क्याम्प पोखरभिण्डामा बुझाएका थिए । त
काठमाडौं / निर्वाचन आयोगको आयोजनामा निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा विभिन्न सञ्चारगृहका महिला सञ्चारकर्मीहरुका लागि काभ्रेको धुलीखेलमा कार्यशाला सम्पन्न भएको छ । तीन दिने कार्यशालामा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले सम्बोधन गर्दै निर्वाचन चक्रका सबै चरण र प्रक्रियामा सत्य, तथ्य र यथार्थ समाचार तथा विचारको सम्प्रेषणमार्फत स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवम् मितव्ययी निर्वाचनका लागि राज्यको चौथो अङ्गको रुपमा रहेको सञ्चारजगतको भूमिका महत्वपूर्ण रहने बताए । सबै प्रकारका निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्ने संवैधानिक दायित्व निर्वाचन आय
झापा / सप्तरीमा एक जना १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिरहुत गाउँपालिका– ५ बुदेवा टोलका २० वर्षीय अफजल मियाँलाई पक्राउ गरेको छ । कञ्चनरूप नगरपालिका– ११ सिमरा स्थित सुन्दरी खोला छेउमा बाख्रा चराउन गएकी बालिकालाई बलात्कार गरेको आरोपमा मियाँ पक्राउ परेको प्रहरीले जनाएको छ ।पीडित पक्षको उजुरीपछि प्रहरीले आरोपित मियाँलाई पक्राउ गरेको जनाएको छ । पीडित पक्षले इलाका प्रहरी कार्यालय, कञ्चनरूपमा दिएको उजुरी सोही दिन दर्ता गरिएको इलाका प्रहरी कार्यालय, कञ्चनरूपका प्रहरी नायब उपरीक्षक रामकुमार यादवले बताएका छन ।पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस ६ गते गजेन्द्रनारायण सिंह अस्पताल राज
बिर्तामोड / झापाको मेचीनगरबाट ब्राउनसुगर सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक नगरपालिका –५ का ३६ वर्षीय राजु बिक रहेका छन् । विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनलाई मेचीनगर नगरपालिका –६ स्थित मेची पुल छेउबाट पक्राउ गरेको हो । पक्राउ परेका बिकको साथबाट प्रहरीले आठ ग्राम ब्राउनसुगर बरामद गरेको छ ।
झापा / बसको ठक्करबाट नवलपरासीमा एक जना पैदल यात्रीको मृत्यु भएको छ ।आज बिहान करिब ५: ४० मा नवलपरासी रामग्राम नगरपालिका १ निलोगेट स्थित सुनवल परासी सडकखण्डमा बसको ठक्करले पैदलयात्रीको मृत्यु भएको हो ।लु २ ख ४०५५ नम्बरको बसले पैदल यात्रीहरूलाई ठक्कर दिँदा एक जनाको मृत्यु र तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।बसको ठक्करबाट घाइते भएकी परासीकी ३५ वर्षीया कमला रेग्मीको पृथ्वीचन्द्र अस्पतालमा मृत्यु भएको हो ।२७ वर्षकी अस्मिता गैरे, चितवन राप्ती ६ की ४५ वर्षका शिवप्रसाद राई र सुनवलका ३७ वर्षका अर्जुन ढकालको उपचार भइरहेको छ ।बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौँ / प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको सम्पत्ति छानविन गर्नुपर्ने माग गर्दै उजुरी परेको छ । प्रधानन्यायाधीश जबराको सम्पत्ति छानबिन गर्नुपर्ने माग गर्दै वृहत नागरिक आन्दोलनको तर्फबाट प्रा. डा. गोविन्द केसी, नारायण वाग्ले लगायतले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी दिएका हुन् । उनीहरूले प्रधानन्यायाधीश जबराले भाई, धर्मपत्नी, परिवारका अन्य सदस्य एवं नातेदार, उनका निकट न्यायाधीश, संवैधानिक निकायका पदाधिकारी, व्यापारी एवं पेशेवरहरूको सहयोगमा भ्रष्टाचार गरेको आरोपसमेत लगाएका छन् । प्रधानन्यायाधीश जबराले विशेष अदालतको न्यायाधीश हुँदा अवैध रुपमा करोडौँ रुपैयाँ भ्रष्टा
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.