झापा / सिराहामा आज सिके राउतका कार्यकर्ताहरूले सवारी साधनहरू तोडफोड गरेका छन् । बन्द उल्लंघन गरेको आरोपमा उनीहरूले मिर्चैयामा गाडीहरू तोडफोड गरेका हुन् । कार्यकर्ताहरूले चार पाँच वटा गाडीहरूको सिसा फुटाएर तोडफोड छन् । औरही गाउँपालिकाबाट गहुँ लुटेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेपछि सिके राउत नेतृत्वको जनमत पार्टीले आज बन्द आह्वान गरेको थियो ।
झापा / पूर्व – पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको बाँके जङ्गलमा सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ, भने एकजना घाइते भएका छन ।शनिबार राति करिब १० बजे घारिबथान जाने बाँके चौक नजिकै बर्दिबासबाट लालबन्दी तर्फ आउँदै गरेको ना ३४ प ७०२१ नम्बरको मोटरसाइकललाई नम्बर खुल्न नसकेको गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्करबाट मोटरसाइकलको पछाडि सवार सुर्खेत जिल्ला घर भई हाल लालबन्दीमा बसेर सेक्युरिटी गार्डको काम गर्दै आएका करिब ५६ वर्षीय भीम गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय केशरगन्जले जनाएको छ ।मोटरसाइकल चालक लालबन्दी नगरपालिका –३ का ४२ वर्षीय जितन चौधरी घाइते छन् । चौध
उदयपुर / उदयपुरको चौदण्डीगढी नगरपालिका –५ सुन्दरपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका –१ का २५ वर्षीय गंगाराम चौधरी रहेका छन ।बिहान ९ बजे चौदण्डीगढी –५ भित्री सडक खण्डमा स. १० प ८७९८ नम्बरको मोटर साईकललाई प्रदेश १–०२–००१ क ३८९६ नम्बरको टिपरले ठक्कर दिँदा दुर्घटना भएको हो ।सोही मोटरसाइकलको पछाडि सवार चौधरीको श्रीमती २४ बर्षिया संगीता चौधरी समेत घाईते भएकोमा उनको फत्तेपुर अस्पतालमा उपचार भइरहेको छ ।
झापा / पशुपतिनाथ मन्दिर परिसरबाट प्रहरीले पकेटमारी गर्ने गरेको आरोपमा एक महिला र एक पुरूष गरी दुई जनालाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको छ ।२६ वर्षका गोपाल अग्रवाल र १८ वर्षकी मुस्कान गुप्तालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरू भारतीय नागरिक हुन् ।पक्राउ परेकाहरूसँग सोधपुछ गर्दा यसअघि मनकामना र पोखरालगायतका ठाउँमा बसेर पनि पकेटमार गर्ने गरेको उनीहरूले स्वीकार गरेको प्रहरीको भनाइ छ ।उनीहरू पशुपतिनाथ परिसरभित्र पकेटमार गर्ने र जयबागेश्वरी स्थित सित्तला गेस्ट हाउसमा बस्ने गरेको खुलेको प्रहरीले जानकारी दिएको छ । उक्त कोठा चेकजाँच गर्दा मोबाइललगायत सामान बरामद भएको र उनीहरूलाई थप अनुसन्धानका
झापा / भारतसँग सीमा जोडिएका जिल्लाका उच्च हिमाली क्षेत्रमा हिमपात सुरु भएको छ । केही दिनअघि हलुका वर्षा भएपछि शुक्रबार साँझबाट जिल्लाको याङवरक र फालेलुङ गाउँपालिकामा पर्ने उच्च पहाडी क्षेत्रमा हिमपात भएको हो । प्रायः माघ महिनाको मध्यदेखि चैतसम्म हिमपात हुने गरेको भए पनि यस वर्ष पुसको सुरुआतमै हिमपात भएको हो ।पाँचथरमा पर्ने तिम्बुपोखरी, पहाडेमेगु, फलेके, मेजर, चिवाभञ्ज्याङ, लामपोखरी, तोरीफुले, फालोट, तीनसिमाना, चारराते लगायत उच्च पहाडी क्षेत्र हिउँले ढाकिएका छन् । पुष्पलाल मध्यपहाडी लोकमार्गको सुरु विन्दु चिवाभञ्ज्याङ क्षेत्र हिउँले ढाकिनुका साथै करिब दुई किलोमिटर तलसम्म सडकमा हिउँ जम
विराटनगर / विराटनगरमा रहेको एकीकृत भन्सार जाँचचौकी आईसीपीमा थप पूर्वाधार निर्माण कार्य सुरु गरिएको छ । नेपाल इन्टरमोडेल यातायात विकास समितिले आईसीपीमा सञ्चालित भन्सारको कामलाई सहज बनाउन जाँचचौकी परिसरमा १५ करोड रुपियाँ लागतमा नयाँ संरचना निर्माण थालेको हो । भन्सारमा जाँचपास घर, पार्किङ स्थल, गोदाम घर सहितका संरचना निर्माणको काम थालिएको समितिका इन्जिनियर शुभकान्त राउतले जानकारी दिएका छन ।मालवाहक सवारी पार्किङ अभाव हुँदा आईसीपी परिसरको सडकमै पार्किङ गर्नुपर्ने स्थिति छ ।इन्जिनियर राउतका अनुसार आवश्यकताका आधारमा आठ हजार वर्गमिटरको ब्लक पार्किङ स्थल, ११ हजार वर्गमिटरको अस्थायी पार्किङ स्थल, जाँचपा
झापा / राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकमा निहित ज्ञान, सीप र अनुभवको पुस्तान्तरणका लागि अनुकूल परिस्थिति निर्माण गरी सामूहिक प्रयास गर्न सबैमा आग्रह गरेकी छन् ।प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०७८ का अवसरमा आज शुभकामना सन्देश दिँदै उनले सरकारले ज्येष्ठ नागरिकका लागि मासिक सामाजिक सुरक्षा भत्ताका साथै सार्वजनिक सवारी साधनमा सिट आरक्षण, सवारी भाडामा ५० प्रतिशत छुट, स्वास्थ्योपचारमा ५० प्रतिशत छुट, ज्येष्ठ नागरिक परिचयपत्रको व्यवस्था, सरकारी सेवा लिँदा लाइनमा बस्नु नपर्ने लगायतका सार्वजनिक सेवामा छुट, सहुलियत र सुविधाको व्यवस्थासहितको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा ज
काठमाडौं / स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको प्रेस सल्लाहकारमा पत्रकार सन्तराम बिडारी नियुक्त भएका छन् । मन्त्री खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै बिडारीलाई प्रेस सल्लाहकारको कामकाजको जिम्मेवारी दिएका हुन् ।त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आम सञ्चार केन्द्रीय विभागबाट स्नातकोत्तर तथा नेपाल ल क्याम्पसबाट एलएलबी गरेका बिडारी विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा संलग्न छन् । त्यस्तै पत्रकारिता तथा आमसञ्चार विषय विगत पाँच वर्षदेखि अध्यापनसमेत गर्दै आइरहेका छन् । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य तथा समाजवादी प्रेस सङ्गठनका संस्थापक उपाध्यक्ष बिडारी दामन पोष्ट साप्त
नवलपुर / सङ्कटापन्न अवस्थामा पुगेको घडियाल गोही संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्जमा घडियाल संरक्षण तथा प्रजनन केन्द्र स्थापना गरिएको छ । जनसङ्ख्या वृद्धिसँगै बढ्दै गएको मानवीय चाप तथा शहरीकरण एवं औद्योगिकीकरणबाट सृजित जलप्रदूषणलगायत कारणबाट घडियाल गोहीको सङ्ख्या घट्दै गएपछि विसं २०३५ मा कसरामा घडियाल संरक्षण तथा प्रजनन केन्द्र स्थापना गरिएको थियो ।घडियाल गोहीलाई बगेको सफा पानी तथा आहारको लागि माछा आवश्यक हुनु, सामान्य खालको दबाब पनि सहन गर्न नसक्नु, घडियालको अण्डा तथा बच्चालाई मगर गोहीका साथै पानीमा विचरण गर्ने ठूला खाले कछुवालगायत, स्याल, कुकुरले समेत खाइदिने गर्दा गोहीको सङ्ख्या घट
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.