समाचार

    Showing 24,621-24,630 of 26,772 items.
  • चितवनमा नौ हजारभन्दा बढी नयाँ मतदाता थपिए

    चितवन / जिल्ला निर्वाचन कार्यालय चितवनले सञ्चालन गरेको मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम २०७८ अन्तर्गत हालसम्म नौ हजार ७६६ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार मङ्सिर १७ गतेदेखि सञ्चालन गरिएको विशेष अभियानअन्तर्गत हालसम्म चार हजार ४४५ महिला र पाँच हजार २२१ पुरुषले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् । अभियानअन्तर्गत पहिलो चरणमा माडी, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा तीन हजार ५४२ जनाले नाम दर्ता गराएका छन् । पुस ४ गतेदेखि सञ्चालन भएको दोस्रो चरणअन्तर्गत अभियानमा राप्ती, खैरहनी र रत्ननगरमा एक हजार ७८८ जनाले नाम दर्ता गराएको उ

    • प्रकाशित मितिः पुस १०, २०७८
    • 63 पटक पढिएको
  • मेमोरी किङ अर्पण शर्मालाई युवा प्रतिभा सम्मान

    झापा / स्मरण शक्तिमा गिनिज बुक अफ द वर्ल्ड रेकर्डमा नाम लेखाएर विश्व कीर्तिमानी कायम गरेका युवा अर्पण शर्मा युवा प्रतिभा सम्मान २०७८ बाट सम्मानित भएका छन ।इन्विकटा मोडल युनाइटेड नेसन्सको आयोजनामा काठमाडौँ धुम्बाराहीमा आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले शर्मालाई सम्मान प्रदान गरेका हुन ।

    • प्रकाशित मितिः पुस ९, २०७८
    • 69 पटक पढिएको
  • कर्मचारी दक्ष भएमा निजामति कर्मचारीतन्त्र बलियो हुन्छ: मन्त्री श्रेष्ठ

    झापा / सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले सार्वजानिक सेवा प्रवाहलाई अझै चुस्त बनाउन आवश्यक रहेको बताएका छन् ।नेपाल प्रशासनिक पशिक्षण प्रतिष्ठानद्वारा सचिव तथा विशिष्ट श्रेणीका अधिकृतका लागि आज आयोजित गोष्ठीलाई सम्बोधन गर्दै उनले कर्मचारी दक्ष भएमा निजामति कर्मचारीतन्त्र नै बलियो हुँदै जाने बताए । उनले भने, “एक कुशल एवं दक्ष कर्मचारीले चलाएको कार्यालय निकै पारदर्शी हुनेछ । यसो भएमा शिक्षित तथा जानेका अनि बुझेका व्यक्तिले काम गर्र्ने अवसर पाउनेछन् ।”मुख्य सचिव शङ्खरदास बैरागीले सरकार तथा जनता दुवैका लागि सार्वजनिक प्रशासनको महत्वपूर्ण भूमिका रहने जानकारी गराउँदै आ

    • प्रकाशित मितिः पुस ९, २०७८
    • 59 पटक पढिएको
  • पर्सामा विद्युतीय राहदानीको आवेदन सुरु

    • प्रकाशित मितिः पुस ९, २०७८
    • 76 पटक पढिएको
  • एसएसपी सुशील यादव झुण्डिएको अवस्थामा मृत फेला

    भैरहवा  / प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील कुमार यादव आज (शुक्रबार) झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । संघीय इकाई कार्यालय भैरहवामा बस्दै आएको क्वाटरमै उनी झुण्डिएको अवस्थामा फेला परेको  प्रहरी प्रधान कार्यालय उच्च स्रोतले जनाएको हो ।  उनी एआईजी विश्वराज पोखरेल र सहकुल थापाका ब्याच मेट हुन् । प्रहरीले उनको मृत्युबारे अनुसन्धान सुरु गरिएको बताएको छ । 

    • प्रकाशित मितिः पुस ९, २०७८
    • 368 पटक पढिएको
  • विद्युतीय मतदानको तयारी गर्दै निर्वाचन आयोग

    झापा / नेपालमा आगामी निर्वाचनबाट विद्युतीय मतदानलाई निरन्तरता दिने उद्देश्यका साथ निर्वाचन आयोगले तयारी थालेको छ ।अहिलेको डिजिटल युगमा नेपाल र नेपालबाहिर भएका नेपाली नागरिकको मतलाई समेट्ने गरी विद्युतीय मतदानको तयारी थालिएको हो ।निर्वाचन आयोगको आयोजनामा काभ्रेको धुलिखेलमा जारी महिला पत्रकारका लागि आयोजित तीन दिने कार्यशालामा आयोगका सचिव गोकर्णमणि दुवाडीले जानकारी दिएका छन । उनले सहज र विश्वसनीय परिणामका लागि विद्युतीय मतदानको पहल थालेको बताएका हुन । उनका अनुसार यसपालि विदेशमा रहेका नेपाली नागरिकको मताधिकार समेत सुरक्षित गर्ने उद्देश्यका साथ विद्युतीय मतदानका लागि तयारी थालिएको छ ।विदेशमा करिब

    • प्रकाशित मितिः पुस ९, २०७८
    • 62 पटक पढिएको
  • हत्या अभियोगमा श्रीमान पक्राउ

    झापा / चितवन जिल्ला प्रहरी कार्यलयले हत्या अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।भरतपुर महानगरपालिका –६ अमरबस्ती की २२ वर्षीया अम्बिका महतोको हत्या अभियोगमा उनका २५ वर्षीय श्रीमान् साजन महतोलाई प्रहरीले पक्राउ गरेको हो ।अम्बिकालाई यही पुस ५ गते राति घाइते भई लडिरहेको अवस्थामा भेटाइएको थियो । कार्यलयका अनुसार अम्बिकाको उपचारका क्रममा मृत्यु भएपछि उनको शरीरमा भएको घाउचोटका कारण हत्या भएको पुष्टि भएको बताइएको छ ।

    • प्रकाशित मितिः पुस ९, २०७८
    • 71 पटक पढिएको
  • आगलागी हुँदा ७ वटा चौपायाको मृत्यु

    झापा / रौतहटमा आगलागीमा परी  ७ वटा चौपाया मरेका छन् । रौतहटको मौलापुर नगरक्षेत्र अन्तर्गत एउटा गोठमा भएको आगलागीमा परेर ७ वटा चौपाया मरेका हुन् ।मौलापुर –३ बैधनाथ साह कानूको गोठमा गएराति २ बजे लामखुट्टे धपाउन बालिएको घुरबाट सल्किएर आगलागी भएको हो ।आगलागीबाट गोठमा रहेको एउटा भैंसी, २ वटा पाडी, २ बाख्रा र २ वटा खसी जलेर मरेका छन् । आगलागीको कारण चौपाया, गोठ र गोठभित्र रहेको अन्न, लत्ताकपडा गरि ४ लाख बराबरको क्षति भएको पीडित बैधनाथ साह कानुले जानकारी दिएका छन् ।

    • प्रकाशित मितिः पुस ९, २०७८
    • 90 पटक पढिएको
  • चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा उन्नाइस गैँडा मरे

    झापा / चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा १९ गैँडा मरेका छन् । मरेका गैँडामध्ये दुई चोरी सिकारीले मारेको आशङ्का गरिएको छ । अन्य कालगतिले मरेका हुन् ।निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार चालु आवको साउनमा छ, भदौमा दुई, असोजमा एक, कात्तिकमा तीन, मङ्सिरमा पाँच र पुसमा दुई गैँडा मरेका हुन् । मरेका गैँडामा बूढो भएर पाँच, भासिएर पाँच, पानीमा डुबेर दुई, जुधेर चार र बाघको आक्रमणबाट एक गैँडा मरेको जनाइएको छ । यस्तै साउन १२ गते माडीको घाघर क्षेत्रमा भेटिएको मृत गैँडा र असोज ११ गते धोवा क्षेत्रमा फेला परेको गैँडा सिकारीले मारेको आशङ्का गरिएको उनले जानकारी दिएका छन ।कार्यालयका

    • प्रकाशित मितिः पुस ९, २०७८
    • 58 पटक पढिएको
  • कैदीबन्दीले प्रहरीकै मोटरसाइकल लिएर फरार भए पछि

    झापा / कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद फैसला भइ थुनामा रहेका एक व्यक्ति नाटकीय ढंगले फरार भएका छन् ।जिल्ला कारागारको घोराहीस्थित थुनामा रहेका दाङको राजपुर गाउँपालिका बेलाका २८ वर्षीय जयराम परियार बिहीबार अस्पतालबाटै प्रहरीको मोटरसाइकल लिएर फरार भएका हुन् । जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार परियार कारागारका नाइके हुन्। परियार बिहान छालाको उपचार गर्न भन्दै घोराहीस्थित एक अस्पतालमा बिहान ११ बजेतिर प्रहरी जवान धनबहादुर चौधरीसँगै लु ३४ प ४१० नम्बरको मोटरसाइकल चढेर गएको एसपी काफ्लेले बताए। उपचारका लागि भनेर हतकडी खोलेपछि परियार तीनै प्रहरी जवान चौधरीको मोटरसाइकल लिएर फरार

    • प्रकाशित मितिः पुस ९, २०७८
    • 52 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.