समाचार

    Showing 24,651-24,660 of 25,313 items.
  • बन्चरो प्रहार गरी श्रीमतीको हत्या

    घोराही/ घोराहीमा एक श्रीमान्‌ले घरायसी विवादमा श्रीमतीलाई बञ्चरो प्रहार गरेका छन् । श्रीमानको बञ्चरो प्रहारबाट घाइते भएकी श्रीमतीको उपचारका क्रममा मृत्यु भएको छ । घोराही उपमहानगरपालिका– ३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल चौधरीले बञ्चरो प्रहार गरी ४६ वर्षीया स्यानाकुमारी चौधरीको हत्या गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मुकुन्दप्रसाद रिजालले जानकारी दिए । सामान्य घरायसी विवादका कारण बुधबार बेलुका पौने ६ बजेतिर मुकुन्दलालले टाउकामा बञ्चरो प्रहार गरी श्रीमतीलाई घाइते बनाएका थिए । घाइते भएकी स्यानाकुमारीको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा बिहीबार मृत्यु भएको

    • प्रकाशित मितिः असार ४, २०७८
    • 88 पटक पढिएको
  • झापामा लागुऔषध सहित एक पक्राउ

    बिर्तामोड / झापामा लागुऔषध सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका –६ शान्ति टोलका ३४ बर्षीय पवन राई रहेका छन् ।  उनलाई लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलिले आज दिउसो १२ : १५ बजे मेचीनगर नगरपालिका –६ शान्तिनगर टोलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ पर्नेको साथबाट प्रहरीले २२ ग्राम ब्राउनसुगर बरामद गरेको छ । राईलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको सो कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः असार ३, २०७८
    • 305 पटक पढिएको
  • बाढीले पुल भत्कायो

    प्यठान/ लगातार परिरहेको अविरल वर्षासँगै आएको बाढीले प्यूठानमा बन्दै गरेको पक्कीपुल भत्किएको छ । जिल्लाको माझिदमार र अर्घाखाँचीको च्याउरेखोला जोड्ने झिमरुक नदीमा निर्माणधिन पुल भत्किएको हो । झिमरुक खोलामा पानीको सतह बढेपछि पुल भत्किएको हुनसक्ने स्थानीयले बताएका छन् । बाढीले टेकाहरु बगाएपछि पुल कमजोर भइ भत्किएको हुनसक्ने सडक डिभिजन कार्यालय प्यूठानका इञ्जिनियर अरुण केसीले जानकारी गराए । उनका अनुसार उक्त पुल चार दिनअघि ढलान गरिएको थियो । ३५ मिटर पुलको स्ल्याप भाँचिएर नदीमा खसेको समेत उनले जानकारी दिए । आर्थिक वर्ष २०७४/७५ मा  ठेक्का सम्झौता गरी पुल निर्माण गरिएको थियो । चाल

    • प्रकाशित मितिः असार ३, २०७८
    • 105 पटक पढिएको
  • यी तस्बिर यो बर्षका होइनन्

    बिर्तामोड / मेलम्ची नदीमा २०७७ साल असार १ गते मंगलबार साँझदेखि आएको बाढीको कारण सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा घरलगायतका संरचनालाई क्षति गर्नुका साथै मानवीय क्षतिसमेत भएको छ । बाढी सुरु भएदेखि नै तस्बिर र भिडियोहरु सामाजिक सञ्जाल प्रयोगकर्ताले शेयर गरेका छन् ।#prayforsindhupalchowk र #prayformelamchi ह्यासट्याग सहित सिन्धुपाल्चोकमा गएकाे बाढीका तस्बिर र भिडियो भन्दै शेयर गरिएकाे छ । फेसबुकमा यहाँ यहाँ र ट्वीटरमा यहाँ यहाँ ती तस्बिर शेयर गरिएका छन् । टिकटकमा पनि #prayforsindhupalchok ह्यासट्याग सहित यहाँ यहाँ&n

    • प्रकाशित मितिः असार ३, २०७८
    • 173 पटक पढिएको
  • सेनाको हेलिकप्टरद्धारा छतमा फसेका दुई युवाको उद्धार

    काठमाडौं / मेलम्चीको बाढीमा होटलको छतमा फसेर दुई जनालाई नेपाली सेनाले उद्धार गरेको छ। बुधबार बिहान मेलम्ची बजारको रोज होटलको छतबाट उनीहरूलाई सेनाले हेलिकप्टरमार्फत् उद्धार गरेको हो।मंगलबार आएको बाढीले वरिपरिबाट होटललाई घेरे पछि उनीहरू उक्त होटलको छतमा गएका थिए । बाहिर निस्कन नसकेपछि उनीहरू होटलकै छतमा फसेका हुन् । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले बाढीमा फसेकाहरूको उद्धार गर्न नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको बताए।यस्तै सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा बाढीले ७ जनाको मृत्यु भएको छ। बाढीले मेलम्ची बजारका घर तथा पुलहरूमा पनि क्षति पुर्‍याएको छ।

    • प्रकाशित मितिः असार २, २०७८
    • 63 पटक पढिएको
  • नारायणीले पार गर्‍यो खतराको विन्दु

    चितवन / लागातार बर्षाका कारण नारायणी नदीमा पानीको वहावले खतराको विन्दु पार गरेको छ।जिल्ला आपत्कालीन सञ्चालन केन्द्रकाले  मंगलबार अपराह्न ४ बजेदेखि पानीको बहाव बढ्दै गएको र मंगलबार साँझ ८ः३० बजे ९.८७ मिटर पुगेको बताएको छ । केन्द्रका अनुसार नदीमा पानीको वहाहव ८ मिटरभन्दा माथि गएमा खतराको विन्दु पार गरेको बुझिन्छ। गत वर्ष साउन ६ गते बिहान नारायणीको सतह ९.९१ मिटर पुगेको थियो, जुन ४४ वर्ष यताकै बढी हो।नारायणीसँगै राप्ती र रिउ खोलामा पानीको वहाब वढ्दै गएकाले नदी तटीय क्षेत्रका जनतालाई सुरक्षित स्थानमा गई बस्न जिल्ला प्रशासन कार्यालले आग्रह गरेको छ।कार्यालयका प्रशासकीय अधिकृत खेमराज पौडेलद्

    • प्रकाशित मितिः असार २, २०७८
    • 68 पटक पढिएको
  • कञ्चनपुरमा लागुऔषध सहित दुई जना पक्राउ

    कञ्चनपुर / कञ्चनपुरमा लागुऔषध सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा शुल्लाफाँटा नगरपालिका –१० झलारीका २४ वर्षीय महेश चौधरी र लालझाडी गाउँपालिका –२ का २५ वर्षीय रणबहादुर चौधरी छन्।सुपप्र ०२–००३प ६७२४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई बेलौरी नगरपालिका –६ विद्यानगरबाट पक्राउ गरिएको कञ्चनपुरका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए।उनीहरूको साथबाट १२.३५ ग्राम ब्राउनसुगर बरामद भएको छ। दुबैलाई हिरासतमा राखेर अनुसन्धान थालिएको उनले बताए ।

    • प्रकाशित मितिः असार १, २०७८
    • 67 पटक पढिएको
  • पहिरोले बाजुराका मुख्य सडक अवरूद्ध

    धनगढी  / पछिल्लो ३ दिनदेखि भइरहेको लगातारको वर्षाका कारण पहिरो खस्दा बाजुराका मुख्य सडकहरु अवरूद्ध भएका छन्। जिल्लाको सदरमुकाम जोड्ने साँफे–मार्तडी र सदरमुकामबाट कोल्टी जोड्ने मार्तडी–कोल्टी सडकखण्ड अवरूद्ध भएका हुन्।लगातार परिरहेको वर्षाले यी सडकखण्डको बीचबीचमा पहिरो क्षति गर्दा सोमबारदेखि सडक अवरूद्ध भएको बाजुराका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिए।उनका अनुसार अवरूद्ध भएका सडक सुचारु गर्ने काम भइरहेको भए पनि निरन्तर भारी वर्षाले कठिनाइ भएको छ। सडक अवरूद्ध हुँदा यातायात ठप्प भएपछि अतिआवश्यक काम प्रभावित भएका छन्।गत वर्षको बाढी र पहिरोले क्षति गरेको साँफे(मार्तडी सडकख

    • प्रकाशित मितिः असार १, २०७८
    • 57 पटक पढिएको
  • अब भारतीय फौजमा नेपाली युवती

    बिर्तामोड / सेनामा नेपाली युवालाई लादैं आएको छिमेकी मुलुक भारतले अब नेपाली युवतीलाई पनि लाने भएको छ । मुलुक महामारीको चपेटामा रहेका बेला काठमाण्डौ स्थित भारतीय राजदूतावासले सुचना जारी गरी नेपाली युवतीलाई पनि भर्नाका लागि आव्हान गरेको हो ।  दुतावासको कल्याणकारी शाखाले सूचना जारी गर्दै भारतीय सेनामा महिला सैनिक प्रहरीको लागि भन्दै सुचना निकालेर आवेदन भर्न आव्हान गरेपछि नेपाली युवती पनि पहिलो पटक भारतीय सेनामा भर्ना हुने भएका हुन् ।नेपाली युवतिको भर्ना छनौट भारतको अम्बाल,लखनउ, जवलपुर,बेलगाव,पुने र सिलांगमा  हुने जारी सूचनामा उल्लेख गरिएको छ । भारतीय सेनामा भर्ना हुन चाहनेलाई अनलाईन

    • प्रकाशित मितिः जेठ ३१, २०७८
    • 214 पटक पढिएको
  • ईलाममा लागुऔषध सहित ४ जना पक्राउ

    बिर्तामोड / ईलामामा लागूऔषध सहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । आईतबार बेलुका –५ बजे प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरी टोलीले ईलाम माई नगरपालिका –४ शंकरगाउँबाट ब्राउन सुगर  ५ ग्राम सहित सोही स्थानका २८ बर्षीय महेश थापा, ३० बर्षीय कुविरसिंह तामाङ, २२ बर्षीय रुपेश कुमार खत्री र  २३ बर्षीय सुदिप कुमार दनुवारलाई पक्राउ गरेको हो । उनिहरुले प्रयोग गरेको प्रदेश १–०१३ प. ७२२२ र ना. ३२ प. ६९१९ नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ ३१, २०७८
    • 73 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.