समाचार

    Showing 24,671-24,680 of 25,313 items.
  • ३० लाख नगद सहित दुई भारतीय पक्राउ

    बिर्तामोड  / भारतबाट नेपाल तर्फ आएका दुई व्यक्त स्रोत नखुलेको ३० लाख रुपैयाँसहित पक्राउ परेका छन् ।  भारतको बिहार मोतिहारीको घोडासानका बन्टीकुमार कलवार र सुरज कलवारलाई स्रोत नखुलेको पैसा सहित रौतहटबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।रौतहटको परोहा नगरपालिका–९ मा प्रहरीले चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट  ३० लाख ७६ हजार रुपैयाँ बरामद गरेको हो । भारतबाट बीआर ०५ आर४५२१ नम्बरको भारतीय मोटरसाइकल चढेर नेपाल आउने क्रममा पक्राउ परेका हुन् । पक्राउ परेकाहरु हुण्डी कारोवारी भएको आशंकामा प्रहरीले थप अनुशन्धान थालेको बताईएको छ ।  प्रहरी प्रधान कार्यालयल

    • प्रकाशित मितिः जेठ २६, २०७८
    • 132 पटक पढिएको
  • निशेधाज्ञा हैन, अब लुज डाउन

    काठमाडौँ / विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड¬–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले निशेषाज्ञालाई विस्तारै खुकुलो बनाउँदै लैजाने योजना अघि सार्ने भएको छ । गृह मन्त्रालयका अनुसार मुलुकभर जारी गरिएको निषेधको आदेश कार्यान्वयन र सङ्क्रमणको अवस्थाबारे समीक्षा भइरहेकोे र त्यसैका आधामा असारदेखि कसरी अघि बढ्ने भन्ने कुराको निक्र्योल हुने जनाइएको छ । गृहप्रवक्ता जनकराज दाहालले जिल्लाबाट रिपोर्टिङ् लिने क्रम जारी रहेको जानकारी दिएका छन् ।“यसअघि ‘लकडाउन’ थियो, असारदेखि भने ‘लुज डाउन’ लागू गर्ने योजना छ, मुलुकभरको सुझाव आएपछि त्यसको आधारमा आवश्यक निर्णय लिइने छ”, दाहालले भने,

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • 227 पटक पढिएको
  • मैले कुनै पत्रकारलाई धम्की दिएको छैन : निवर्तमान मन्त्री आले

    काठमाडौँ / निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफूले पत्रकारलाई धम्की दिएको भन्दै विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनले आज  विज्ञप्ति प्रकाशन गरी नेपाल पत्रकार महासङ्घ, कान्तिपुर प्रतिष्ठान शाखाका पत्रकार अब्दुल्लाह मियाँलाई समाचार लेखेकै आधारमा धम्की दिएको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएपछि आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।राष्ट्रको चौथो अङ्गका रूपमा रहेको पत्रकार तथा पत्रकारिता क्षेत्रको उच्च सम्मान गर्दै आफूले पत्रकारका समस्याका विषयमा जहिले पनि समाधान गर्न लागिपरेको र अबका दिनमा पनि सहयोग गरि

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • 57 पटक पढिएको
  • न्यायिक समितिको सबै मुद्दा मेलमिलापबाटै समाधान

    नवलपरासी  / नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाको न्यायिक समितिमा परेका सबै उजुरीहरु मेलमिलापबाटै समाधान हुने गरेका छन् । न्यायिक समिति संयोजक एवं नगर उपप्रमुख विष्णुकुमारी कँडेलले न्यायिक समितिमा पर्ने उजुरीहरु छलफलबाटै समाधान गरिने भएकाले कुनै पनि मुद्दा अदालतमा पठाउनु नपरेको बताएका छन् । “नगरपालिकाको न्यायिक समितिले न्यायिक इजलास समेत गठन गरेको छ” कँडेलले भने, “इजलासबाट समेत फैसला नगरी हामीले सबै मुद्दा मेलमिलामबाटै समाधान गर्ने गरेका छौँ ।” मेलमिलाबाट विवाद समाधान गरिँदा दुवै पक्षलाई जितको अनुभूति हुने भएकाले पनि मेलमिलापबाटै मुद्दाको छिनाफानो लगाइने कँडेलले बताएक

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • 56 पटक पढिएको
  • एटिएम मेशिन फुटाउने एक जना पक्राउ

    उदयपुर / गएराति उदयपुरको सदरमुकाम गाईघाट बजारमा रहेको नेबिल बैंकको एटिएम मेशिन फुटाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलयका अनुसार गएराति एक युवकले बैंकभित्र प्रवेश गरी एटिएममा ह्याम्मरले हानेर फुटाउने क्रममा बैंकका गार्डले थाहा पाएपछि मेनेजरलाई खबर गरेका थिए ।मेनेजरले तत्काल प्रहरीमा खबर गरेपछि प्रहरी आइपुग्दा उक्त युवक भागेर बजारतर्फ जाँदै गरेका अवस्थामा प्रहरीले घेरा हालेर पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख भीमप्रसाद दाहालले जानकारी दिएका छन् । भारत घर बताउने २१ वर्षीय ती युवक बजारकै एक फर्निचर उद्योगमा काम गर्दै आएका थिए । अभियुक्त युवकले बैंकको एटिएम फोरेर कति रकम लग

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • 74 पटक पढिएको
  • पाँचथरमा दुर्घटना : २ जनाको मृत्यु

    पाँचथर / पाँचथरको हिलिहाङ–६ टाहारीमा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ताप्लेजुङ थेचम्बुका मिलन विष्ट र सीता अधिकारीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।खाद्य सामग्री लिएर जाँदै गरेको पिकअप दुर्घटना भएको र घटनास्थलमा नै उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको छ । 

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • 57 पटक पढिएको
  • मेलम्ची पहिलो चरणको निर्माण सम्पन्न छिटै पूरा हुने

    काठमाडौँ / मेलम्ची खानेपानी आयोजनाअन्तर्गत पहिलो चरणको निर्माण सम्पन्न हुने चरणमा पुगेको छ । आयोजनाअन्तर्गत सुरुङ र पानी प्रशोधन केन्द्र सम्पन्न भएर सञ्चालनमा आइसकेको छ भने ‘हेडवर्क’ को थोरै काम मात्रै बाँकी छ । ‘हेडवर्क’ मा अहिले गेट राख्ने काम भइसकेको र फ्रेम राख्न बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताएका छन् । उनका अनुसार आयोजनामा अब लामो समयको काम बाँकी छैन । विदेशबाट ल्याउनुपर्ने गेटको सामान ल्याउन मात्रै बाँकी छ । जर्मनीबाट ल्याउने सामान भन्सारमा आइसकेकाले थोरै काम बाँकी रहेको उनले बताएका छन् । उनले भने, “भन्सारमा आइसकेको छ त्यो आएर जडान

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • 69 पटक पढिएको
  • घाटमा मेसिनरी औजार प्रयोग नगर्न निर्देशन

    तनहुँ /  जिल्ला समन्वय समिति तनहुँले देवघाट गाउँपालिकास्थित घाटमा मेसिनरी औजार प्रयोग नगर्न निर्देशन दिएको छ । केही दिनअघि बसेको समन्वय समितिको बैठकले त्रिशूली नदीको भुवनटार, सेती भतेरी र काली नदीको कालीभतेरी घाटमा मेसिनरी औजार प्रयोग गरेको देखिएकाले तत्काल मेसिनरी औजार प्रयोगमा रोक लगाउन गाउँपालिकालाई निर्देशन दिएको हो । गाउँपालिकाले ढुङ्गा, गिटी, बालुवाको उत्खनन्, विक्री तथा व्यवस्थापन सम्बन्धमा लगाएको ठेक्का व्यवस्थामा ठूलो सङ्ख्यामा एक्साभेटर मेसिनरी औजारको प्रयोग भई गैरकानूनीरूपमा उत्खनन भइरहेको भनी विभिन्न सञ्चार माध्यममा सूचना प्रवाह भएको, विभिन्न राजनीतिक दलका तर्फबाट प्रेस व

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • 49 पटक पढिएको
  • बोराभित्र शवको घुँडा र खुट्टाको भाग फेला

    काठमाडौँ  / काठमाडौँको बौद्धस्थित नयाँ बस्तीमा बोराभित्र मानिसको शव फेला परेको छ । मंगलबार बिहान उक्त बोराभित्र मानिसको शवको केहि भागमात्र फेला परेको प्रहरीले जनाएको हो । शवको घुँडा र खुट्टाको भाग मात्रै फेला परेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिएका छन् । कतै हत्या वा जलाएर शवको एक भाग त्यहाँ फालेको जस्तो प्रारम्भिक अनुसन्धानबाट देखिने उनि बताउँछन् । घुँडा र खुट्टाको भाग मात्रै भेटिएपछि यस बिसयमा थप अनुसन्धान गरीने पनि उनि बताउँछन् । शव महिला वा पुरूष कसको भन्ने केही खुलेको छैन । शवको पूर्ण भाग घटनास्थलमा नभेटिएको प्रहरीको भनाई छ । प्रहरीका अनुस

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • 69 पटक पढिएको
  • पाँच लाख बराबरको सिल प्याक मदिरा बरामद

    मोरङ / मोरङ जहदा गाउँपालिका –१ बुधनगरमा रहेको खाली जग्गामा लुकाई छिपाई राखेको ४ लाख ९० हजार भन्दा बढिको सिल प्याक मदिरा प्रहरीले बरामद गरेको छ । बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले को ३२ प.९५२१ र को.२० प.८७६१७ नम्बरको मोटरसाईकलमा लोड गरेको र बाकी बेबारिसे अबस्थामा दिलवाले मदिरा ३०९ कार्टुन, उंमग मदिरा २७७ कार्टुन र बिभिन्न ब्राण्डका खुल्ला मदिरा १९०० बोतल फेला पारेको हो । बरामद गरेको मदिरा र सवारी साधन जिल्ला प्रहरी कार्यालय मोरङमा लगी आवश्यक कारवाहीको लागि  मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने कार्य भईरहेको छ ।

    • प्रकाशित मितिः जेठ २४, २०७८
    • 70 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.