काभ्रेपलाञ्चोक / कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव जिल्लामै व्यवस्थापन गर्न तयारी थालिएको छ । जिल्लामा मृत्युदर बढेको तथा काठमाडौँको पशुपति क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा पालो कुर्नुपर्ने अवस्था आएमा वैकल्पिक शव व्यवस्थापन गर्न सरोकारवाला निकाय स्थानको व्यवस्थापनमा लागेको जनाइएको छ । काभ्रेपलाञ्चोकस्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी) ले जिल्लामा शव व्यवस्थापन गर्न यसअघि वैकल्पिक तयारीको निर्णयसमेत गरेको छ । “जिल्लामै मृत्युदर बढ्दै गए तथा काठमाडौँको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा पालो कुर्नुपर्ने अवस्था आएमा वैकल्पिक रुपमा शव व्यवस्थापनको
मोरङ / मोटरसाईकल चोरीको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ईटहरी उप–महानगरपालिका–२ का ४० बर्षीय सुवास चन्द्र राई, ईटहरी २० का ३८ बर्षीय बलराम गुरुङ र ईटहरी १३ का २६ बर्षिय राजेश मेहेता रहेका छन् । जेष्ठ १२ गते मोरङको सुन्दरहरैचा नगरपालिका –४ बाट गजेन्द्र राईको नाममा रहेको प्रदेश–१–०५–००१ प.००६१ न.को NS – 200 CC को मोटरसाईकल हराएको भनी जानकारी पाए लगत्तै अनुसन्धान तथा खोजतलासमा खटिएको प्रहरी टोलीले उनीहरुलाई ईटहरीको खनारबाट चोरी भएको मोटरसाईकल सहित २० गते बिहिवार राती १० बजे पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जाइएक
मोरङ / मोरङको केरावारी गाउँपालिका –३ का ३२ बर्षीय हस्त बहादुर राईको हत्यामा संग्लग्न रहेका ४ जना, ४ थान भरुवा बन्दुक सहित पक्राउ परेका छन् । गत बैशाख ८ गते मृतक राई सहित १० जनाको समुहमा स्थानीय बाँसघारी खोप सरकारी राष्ट्रिय वनमा शिकार खेल्न गएकोमा समुहकै गजेन्द्र राईले चलाएको भरुवा बन्दुकको गोली लागेर राईको मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगत्तै अनुसन्धानमा खटिएको प्रहरी टोलीले घटनामा संग्लग्न रहेका मध्ये रुबिन लिम्बु र गजेन्द्र बहादुर राईलाई बैशाख ९ गते नै १ थान भरुवा बन्दुक सहित पक्राउ गरेको थियो । उक्त घटना संग्लग्न रहेका अन्य अभियुक्तहरुको खोजतलास भईरहेकोमा जेष्ठ १९ गते केराबारी
मकवानपुर / पूर्वपश्चिम राजमार्गअन्तर्गतको हेटौँडा उपमहानगरपालिका –११ नवलपुरमा एम्बुलेन्स र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।मृत्यु हुनेमा सर्लाहीको वाग्मती नगरपालिका–४ का ६६ वर्षीय जीतबहादुर थिङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । मृतक थिङको भरतपुरबाट कोरोना सङ्क्रमणको उपचारपछि डिस्चार्ज भई एम्बुलेन्समा घर फर्किने क्रममा दुर्घटना भएको हो ।प्रहरीका अनुसार मृतक थिङ चढेको प्र१००५च ३६३८ नंको एम्बुलेन्सले सोही दिशाबाट हेटौँडातर्फ आउँदै गरेको ना६ख ४३८० नंको ट्रकसँग ठक्किएर द
गलकोट / बागलुङको ढोरपाटन नगरपालिकाबाट लागुऔषध र भरुवा बन्दुकसहित प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय बुर्तिबाङबाट खटिएको टोलीद्वारा ढोरपाटन –४ भाँगीका स्थानीय दुई युवाले घरमा लुकाइछिपाइ राखेको करिब दुई किलो २०० ग्राम चरेसजस्तो देखिने पदार्थ, सात किलो गाँजाको धुलो र एक थान भरुवा बन्दुक बरामद गरेको छ ।विषेश सूचनाका आधारमा खोजतलास गर्दा उनीहरुबाट चरेस, गाँजाको धुलो र भरुवा बन्दुक जफत गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो । उनीहरुलाई लागुऔषध र भरुवा बन्दुकसहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ढोरपाटन–४ का ३५ वर्षीय जीतबहादुर
नवलपुर / चितवन राष्ट्रिय निकुञ्जमा शुरु भएको सङ्कटापन्न सूचीमा सूचीकृत गौरीगाई गणना बीचैमा स्थगन भएको छ । आन्तरिक प्रयोजनका लागि भन्दै निकुञ्जले गत वैशाख २८ गतेदेखि शुरु गरेको गौरीगाई गणना जङ्गली हात्तीको अवरोधका कारण स्थगन गरिएको निकुञ्जले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीका अनुसार गणना अन्तिम चरणमा पुगेको बेला जङ्गली हात्तीले अवरोध पु¥याएको हो । “निकुञ्जमा गौरीगाई पाइने क्षेत्रलाई १४ वटा ब्लकमा विभाजन गरेर गणना भइरहेको थियो”, अधिकारीले भने, “१२ वटा ब्लक सकाएर अन्तिमको दुई वटा गणना गर्ने बेलामा जङ्गली हात्तीले अवरोध गरेपछि गणना
काठमाडौं / सरकारले विदेशबाट फर्किएका र कोरोना संक्रमण शंकास्पदहरुका लागि ७८ वटा होटललाई क्वारेन्टिनका रुपमा सूचीकृत गरेको छ । क्वारेन्टिन बस्न पर्यटन विभागले होटलको सूची सार्वजनिक गर्दै न्यूनतम मापदण्ड तोकेको हो ।विभागका महानिर्देशक रुद्रसिंह तामाङका अनुसार कम्तीमा २० वटा कोठा भएको होटललाई क्वारेन्टिनका रुपमा तोकिएको छ । सरकारले वैदेशिक रोजगारीमा गएर नेपाल फर्कनेलाई ५ दिन र अन्य अवस्थामा फर्कने नेपाली र विदेशी नागरिकलाई १० दिन होटल बुकिङको प्रमाण देखाएपछि मात्र नेपाल आउन अनुमति दिने भएको छ । विभागले यसअघि भारतबाट आउने यात्रुका लागि १० वटा होटल तोकेको थियो । तीसँगै अहिले ७८ वटा होटलको सूचि सार्
वाग्मती / सुन्दरीजलस्थित वाग्मतीबाट उपत्यकामा लगिएको खानेपानीको ठूलो पाइप जीर्ण भई चुहावट भइरहे पनि मर्मतसम्भारमा सरोकार भएका निकायको ध्यान जान सकेको छैन । जीर्ण भएका वर्षौं पुरानो खानेपानीका पाइप नफेरिँदा ठाउँठाउँमा पानी खेर गएको छ । जीर्ण पाइपबाट पानीका फोहरा छुटे पनि मर्मतसम्भारमा सरोकार भएका निकायको ध्यान गएको छैन । दर्जनौँ स्थानमा पानीको फोहरा छुटेर खेर जाने गरे पनि मर्मतसम्भार छिटो नहुने गरेको गोकर्णेश्वरका स्थानीयवासी रामबहादुर श्रेष्ठ गुनासो गर्दछन् । खानेपानीका लागि लगिएको पानी पाइप जीर्ण भएर खेर जान्छ तर हामी मुहानस्थलमै बसे पनि हप्तादिनसम्म धारामा पानी नआउने गरेको उनको गुन
नवलपरासी / नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकास्थित चौधरी उद्योग परिसरमा लागेका आगो नियन्त्रणमा आएको छ । आज बिहान उद्योग परिसरभित्रको सिजी बु्रअरीमा लागेको आगो करीब पाँच घण्टामा पूर्णरुपमा नियन्त्रणमा आएको हो ।नवलपरासी पूर्व, नवलपरासी पश्चिम र चितवनका सात दमकल, नेपाली सेना, सशस्त्र, नेपाल प्रहरीसहितको प्रयासमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए।सिजी बु्रअरीको गोदाम घरमा लागेको आगो नियन्त्रका लागि गोदाम घरका भित्तासमेत भत्काइएको थियो । आगो नियन्त्रणमा लिन र बढ्दै गएर कम्पनीको प्लान्ट भएको क्षेत्रमा नपुगोस् भनेर गोदाम घ
काठमाडौँ / काठमाडौँको चन्द्रागिरि नगरपालिका–१३ पुरानो नैकाप नजीकै रहेको कङ्कालीमा ढुङ्गाको पर्खाल भत्किँदा आज दुईजनाको मृत्यु भएको हो । महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रमुख, प्रहरी निरीक्षक गणेशचन्द्र कोइरालाले जग्गामा लगाइएको पर्खाल भत्किएर किच्दा दुईको मृत्यु र अन्य दुईजना घाइते भएको जानकारी दिएका छन् । मृत्यु हुनेमा उदयपुरका ३५ वर्षीया सीता राई र मकवानपुरका २० वर्षीय टेकबहादुर चेपाङ रहेका छन् । घाइते हुनेमा उदयपुरका २१ वर्षीय मिलन तामाङ र धादिङका १८ वर्षीय हरि घले रहेका छन् । घाइते दुवै जनाको मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचार भइरहेको प्रहरी निरीक्षक कोइरालाले बताएक
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.