काठमाडौँ / गृहमन्त्रालयले स्वास्थ्य संस्थामा तोडफोड गर्ने र स्वास्थ्यकर्मीलाई कुटपिट तथा आक्रमण गर्नेलाई कानुनी कारवाही हुने जनाएको छ । कोभिड–१९ सङ्क्रमण महामारीका बीच संवेदनशिलताका साथ काममा खटिएका स्वास्थ्यकर्मी माथि भएको आक्रमण र तोडफोड आफैँमा गैरकानूनी र गैरजिम्मेवारपूर्ण कार्य भएको उल्लेख गर्दै मन्त्रालयले यस्ता कार्यमा संलग्न जो कोहीलाई तत्काल नियन्त्रणमा लिइ कानूनी कारवाही गर्ने कुरामा दृढ रहेको जनाएको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी देशका विभिन्न अस्पतालमा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई बिरामीका आफन्तबाट दुव्र्यवहार, अस्पताल भित्र तोडफोड र स्वास्थ्यकर्मीमाथि
काठमाडौँ / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेललाई दिइएको छ । यसअघिका प्रवक्ता डा. जागेश्वर गौतम कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त भएपछि मन्त्रालयले आफूलाई आजदेखि प्रवक्ताको जिम्मेवारी दिएको उनले जानकारी दिए ।
बिर्तामोड / प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक भूमि नेपालकै रहेको तर लिपुलेकका जनतालाई नेपालका तर्फबाट मतदान गर्ने अधिकार नभएको बताएका छन्। बिहीबार विदेशी मिडियाका नेपालस्थित प्रतिनिधिहरुसँग अन्र्तक्रिया कार्यक्रममा चिनियाँ मिडियाका एकजना पत्रकारले प्रधानमन्त्री ओलीलाई कालापानी, लिम्पियाधुरा र लिपुलेकका जनताले आगामी निर्वाचनमा मतदान गर्न पाउँछन् कि पाउँदैनन् ? भनी प्रश्न सोधेका थिए।उक्त प्रश्नको जवाफमा ओलीले ५८ वर्षदेखि उक्त क्षेत्र भारतले नियन्त्रणमा राखिरहेको भन्दै जबसम्म भारतले छाड्दैन तबसम्म त्यहाँ नेपालका तर्फबाट मतदान सम्भव नभएको जवाफ दिए।उनले यो विषयलाई अतिरञ्जिन नबनाउन समेत आग्रह ग
काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट उनले अपराह्न ४ः०० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । सम्बोधनको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनले गर्ने छ । संवैधानिक व्यवस्थानुुसार सरकारले शनिबार अध्यादेशमार्फत बजेट ल्याउँदै छ ।
नेपालगञ्ज / बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालका चिकित्सक र नर्ससहितका स्वास्थ्यकर्मीमाथि भएको आक्रमणमा नेकपा एमालेको ओली समुहका प्रदेश स्तरिय नेता मन बहादुर राउत संलग्न रहेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको पाईएपछि राउतलाई पक्राउ गरेको छ ।पक्राउ परेका राउत एमालेको लुम्बिनी प्रदेश कमिटि सदस्य हुन् । आफन्तको मृत्यु भएको विषयलाई लिएर राउत नेतृत्वको समुहले मध्यराति अस्पतालमा प्रवेश गरी चिकित्सक , नर्स र अन्य स्वाथ्यकर्मीमाथि सांघातिक हमला गरेको थियो ।राउत समुहको आक्रमणमा परी अस्पतालका ४ कर्मचारी घाईते भएका छन् । घाइतेको भेरी अस्
काठमाडौ / कोरोना भाइसबाट हालसम्म ८१३ जना पत्रकार तथा सञ्चारकर्मी सङ्क्रमित भएका छन् । नेपाल पत्रकार महासङ्घका अनुसार ५२२ पत्रकार तथा सञ्चारकर्मी सङ्क्रमित भएका छन् । त्यसैगरी हालसम्म १६ पत्रकारको कोरोना भाइरसबाट मृत्यु भएको छ । महासङ्घले दिएको जानकारीअनुसार हाल तीन पत्रकार आइसीयूमा छन् भने तीन जना पत्रकारको भेन्टिलेटरमा उपचार भइरहेको छ ।महासङ्घले प्रकाशित समाचारको विषयलाई लिएर अन्नपूर्ण पोष्ट दैनिकका सुनसरी संवाददाता रत्नप्रसाद आचार्यलाई विभिन्न सङ्घसङ्गठनले विज्ञप्ति निकालेर धम्क्याएको घटना निन्दनीय र प्रेसविरोधी भएको जनाएको छ । महासङ्घ सुनसरी शाखाका अनुसार केही दिनअघि अन्नपूर्ण पोष्ट दैनिकमा
काठमाडौँ / तत्कालीन प्रतिनिधिसभा, महिला तथा सामाजिक समिति सभापति निरुदेवी पालले आफूले सभापतिको हैसियतले प्रयोग गर्दै आएको सवारी साधन आज फिर्ता गरेकी छन् ।सङ्घीय संसद् सचिवालयले महिला तथा सामाजिक समिति सभापतिका हैसियतले उपलब्ध गराएको गाडी आज सकुशल सवारी शाखामा बुझाएकी हुन् । निवर्तमान सांसद पालले भनिन्, “प्रतिनिधिसभा विघटन भइसकेको छ, समिति सभापतिको हैसियतले मैले प्रयोग गर्दै आएको सवारी साधन आज फिर्ता गरेको छु ।”
काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीबाट मानवलाई सुरक्षित बनाउन सरकार प्रयासरत भएको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगको २२ औँ स्थापना दिवसका अवसरमा आज आयोजित भर्चुअल कार्यक्रममा उनले सरकारले नागरिकको जीवन बचाउनका लागि निरन्तर प्रयास गरिरहेको बताए ।“महामारीलाई ध्यानमा राखेर मानिसको बाँच्न पाउने र स्वास्थ्य अधिकारको रक्षा कसरी गर्ने भन्ने विषयमा सरकार सजग छ”, प्रधानमन्त्री ओलीले भने, “सरकार लागिरहेको छ, जनताको ज्यान सबैभन्दा महत्वपूर्ण हो ।”उनले नागरिककै जीवन रक्षाका लागि रु ३००/४०० पर्ने अक्सिजन सिलिण्डर चीनबाट एउटैलाई रु ५० हजार तिरेर ल्याइएको र खोप उत्पादन
काठमाडौँ / कोरोनाका कारण उपत्यकामा थप कडाइ गरेसँगै काठमाडौं जिल्ला प्रशासन कार्यालयले आवश्यक पर्ने उपभोक्ताले नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडबाट अत्यावश्यक खाद्य सामग्री मगाउन सक्ने गरी व्यवस्था गरेको छ ।कोभिड–१९ को सङ्क्रमणदर कम गर्नका लागि यही १४ देखि २० गतेसम्मका लागि निषेधाज्ञामा थप कडाइ गरिने भएपछि यसअघि सञ्चालन हुँदै आएका खाद्य पसल पनि बन्द हुने भएका छन् । जसका कारण उपभोक्तामा पर्न सक्ने समस्यालाई मध्यनजर गर्दै प्रशासनले यस किसिमको व्यवस्था गरेको हो ।त्यसका लागि फोन नम्बर पनि सार्वजनिक गरिएको छ । नागरिकले खाद्य सामग्री मगाए मोबाइल गाडीबाट
काठमाडौं / संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बेन्चमा परेका १९ रिटमाथि सुनुवाइ सुरु भएको हो ।पहिलो नम्बरमा वीरभद्र जोशीसहितले दायर गरेको रिट निवेदन छ । जोशीले बहस सुरु गरेका छन् ।अन्तरिम आदेश माग गरिएका १९ रिटहरुको सुनुवाइ प्रधाननन्यायाधीश जबराले आफ्नो एकल बेन्चमा हुने गरी तोकेका छन् । संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको भने जेठ १४ गते शुक्रबारका लागि पेशी तोकिएको छ ।सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) बमोजिमको प्रधानमन्त्री नियुक्ति हुने आधार नरहेको भन्दै संसद विघटन गरी मध्या
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.