मार्तडी / बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका –६ काप्रीमा रहेको गर्जेगाड भिरबाट आज बिहान ट्रक खस्दा दुईको मृत्यु भएको प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा बाँकेका ४२ वर्षीय मोहन जोशी र ताजाकोट गाउँपालिका –३ का विपी शाही रहेको जुड्डी प्रहरी चौकीका प्रमुख तथा प्रहरी नायब निरीक्षक वीरसिंह ठगुन्नाले जानकारी दिए ।उनले दिएको जानकारीअनुसार नेपालगञ्जबाट हुम्लाका लागि हिँडेको भे १ ख ३४६८ नम्बरको मालबाहक ट्रक भीरबाट करिब ५०० मिटर तल खसेको छ ।गाडी चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको ठगुन्नाले बताए । मृतकको सनाखत भए पनि उनीहरूको शव परीक्षणका लागि कोल्टी प्राथमिक स्वास्थ्यचौकी ल्याउने
झापा / सरकारले १ नम्बर प्रदेशका ११ वटा स्थानीय तहलाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । गत कात्तिक ३ गते गएको बाढीपहिरोका कारण सो क्षेत्रमा ठुलो जनधनको क्षति भएकाले ती स्थानीय तहलाई सरकारले बाढीपहिरो संकट क्षेत्र घोषणा गरेको हो । गृह मन्त्रालयका अनुसार संकटग्रस्त क्षेत्रमा पर्नेमा इलामको इलाम नगरपालिका, सूर्योदय नगरपालिका, फाकफोकथुम गाउँपालिका, माङसेबुङ गाउँपालिका, देउमाई गाउँपालिका र सन्दकपुर गाउँपालिका रहेका छन् । त्यस्तै पाँचथरको फिदिम नगरपालिका, मिक्लाजुङ गाउँपालिका, फाल्गुनन्द गाउँपालिका र तुम्बेवा गाउँपालिका रहेका छन् भने धनकुटाको चौबिसे गाउँपालिका रहेको छ ।&nb
विराटनगर / अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरिरहेका ‘गुन्डानाइके’ कैदी अभिषेक गिरीलाई जिल्ला कारागार मोरङले चौकीदारको जिम्मेवारी दिएको छ । काङ्ग्रेस नेताहरूको जोडबलमा गत मंगलबार बिहान काठमाडौँको डिल्लीबजार कारागारबाट स्थानान्तरण गरी विराटनगर ल्याइएका गिरीलाई जिल्ला कारागार मोरङले चौकीदारको जिम्मेबारी दिएको हो । आपराधिक पृष्ठभूमिका ‘गुन्डानाइके’ गिरीलाई चौकीदार सरह काम गर्ने गरी जिम्मेवारी दिइएको जेलर महेन्द्रसिंह खड्काले बताए ।
बिर्तामोड / झापाको बुद्धशान्ति गाउँपालिका –३ बेलचोकबाट ब्राउन सुगरसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सङ्खुवासभाको चैनपुर घर भइ हाल बुद्धशान्ति –३ मा बस्ने ३० वर्षीय दीपक तामाङ, सोही ठाउँका २८ वर्षीय रोशन तामाङ र पाँचथरको फिदिम नगरपालिका –४ की १९ वर्षीय संगीता तामाङ रहेकी छन् । उनीहरूलाई हिजो (बुधबार) साँझ साढे ६ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले ४.३ ग्राम ब्राउनसुगर बरामद गरेको छ ।
नाडा अटोमोबाईल्स एसोसिएसन अफ नेपालको आसन्न साधारणसभा मार्फत नेतृत्वमा दावी गरिरहेका सीजी होल्डीङ्स आवद्ध व्यवसायी करण चौधरी अवैध वित्तिय कारोबारमा संलग्न रहेको सार्वजनिक भएको छ । नाडाको नेतृत्वका लागि उम्मेद्वारी घोषणा गरेर नेतृत्वमा दावी गरिरहेका चौधरीले काठमाण्डौको त्रिपुरेश्वरमा कम्पनी नै खडा गरेर अवैध वित्तिय कारोबार गर्ने गरेको सार्वजनिक भएको हो ।चौधरी परिवारको स्वामित्वमा रहेको केएमसी अटोमोबाइल्स मार्फत सवारी बिक्रीमा सर्वसाधारणलाई बैंक तथा वित्तिय संस्थाले जसरी ऋण प्रवाह गरेर अवैध बैंकिङ कारोबार गरी सर्वसाधारणलाई ठग्ने गरेको सार्वजनिक भएको हो । चौधरीको कम्पनी केएमसीले सर्वसाधारणबाट वित्
मुआब्जाको पर्खाईमा बसेका मेची–महाकाली रेलवे पीडित जग्गाधनीलाई मुआब्जा वितरणका लागि सरकारले प्रकृया अघि बढाएको छ । पहिलो चरणमा काकडभिट्टा – ईनरुवा खण्डमा सरकारले रेल सेवा संचालनका सर्वसाधारणको नाममा रहेको करिव ७५० बिगाहा जग्गा अधिग्रहण गरेको थियो ।जग्गा अधिग्रहण गरेको लामो समय सम्म पनि मुआब्जा नपाउँदा झापा , मोरङ र सुनसरीका १८ तहका सर्वसाधारणको बिजोक भएको थियो । कोरोना महामारीले अर्थतन्त्र थलिएको र रोजगारी समेत गुमाएको समयमा जग्गा किनबेच र बैंक ऋण समेत निकाल्न नसकेका सर्वसाधारणलाई मुआब्जा दिन सरकारले तयारी अघि बढाएको हो ।रेल आयोजनाको दमक स्थित कार्यालयले मुआब्जा वितरणका लागि जग्गाको मूल्याङ्कनक
भक्तपुर / अपरिचित व्यक्तिको कुटपिटबाट भक्तपुरको सूर्यविनायक नगरपालिका –१ सिरुटार बस्ने ३३ वर्षीय राजन श्रेष्ठको मृत्यु भएको छ ।सोही नगरपालिका –२ बालकोटस्थित हनुमन्ते खोलाको फलामे पुलतर्फ जाने बाटोमुनि कुटपिटबाट गम्भीर घाइते भएको अवस्थामा फेला परेका श्रेष्ठको उपचारका क्रममा मध्यपुर अस्पताल थिमीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।कुटपिटमा संलग्न व्यक्तिको पहिचान भने थाहा नभएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
काठमाडौं / काठमाडौँ महानगरपालिका –१५ विजेश्वरीस्थित रिट्रिट अपार्टमेन्टको तेस्रो तलामा कौडा खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ कालिमाटी बस्ने भोजपुरका अरुण गाउँपालिका –१ घर भएकी विनिता परियारलगायत १६ जना रहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।उक्त अपार्टमेन्टमा कौडा खेलिरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई गए राति १६ लाख ९० हजार ५०० रुपैयाँ र १६ थान कौडासहित पक्राउ गरिएको हो ।
मोरङ / विराटनगरबाट प्रहरीले बैंकिङ कसुर मुद्दाको फरार प्रतिवादी एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका –३ का २८ वर्षीय केमन खड्की रहेका छन् । गत बैशाख १६ गते जिल्ला अदालत मोरङले बैंकिङ कसुर मुद्दामा खड्की विरुद्ध १ वर्ष ६ महिना कैद र ९ लाख ७४ हजार ४ सय रुपैयाँ जरिवाना सुनाएको थियो । अदालतको फैसलापछि फरार भएका खड्कीलाई प्रदेश १ प्रहरी कार्यलयबाट खटिएको टोलीले आज दिउँसो घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका खड्कीलाई आज सम्मानित जिल्ला अदालत सुनसरीमा दाखिला गरी कैद भुक्तानको लागि कारागार चलान गरिएको छ ।
काठमाडौँ / सरकारले सुदूरपश्चिमका छ वटा पहाडी जिल्लालाई बाढीपहिरो संकट क्षेत्र घोषणा गरेको छ । गत कात्तिक ३ गते गएको बाढीपहिरोका कारण सो क्षेत्रमा ठुलो जनधनको क्षति भएकाले सो क्षेत्रलाई सरकारले बाढीपहिरो संकट क्षेत्र घोषणा गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले नेतृत्वको टोलीले डडेल्धुरा, बझाङ, बाजुरा, दार्चुला, बैतडी र डोटीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेको थियो । सोही माग बमोजिम गृह मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ बमोजिम ती जिल्लालाई २०७८ माघ मसान्तसम्म लागू हुने गरी विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरे
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.