समाचार

    Showing 24,781-24,790 of 26,772 items.
  • ३३ केजी सुन तस्करी प्रकरण : धरौटीमा छुटे लगानीकर्ता झापाका अग्रवाल

    विराटनगर / बहुचर्चित ३३ केजी सुन तस्करी प्रकरणमा संलग्न एवं चूडामणि उप्रेती गोरे समुहका लगानीकर्ता मानिएका झापाका कृष्ण गोपाल अग्रवाल अदालतको आदेशमा धरौटीमा छुटेका छन् ।तत्कालीन समयमा सरकारले बनाएको ईश्वरचन्द्र पौडेल नेतृत्वको छानविन समितिले गोरे समुहका लगानीकर्ता ठहर गरेका अग्रवाल दुई वर्ष अघि नै दुबईमा पक्राउ परेका थिए ।दुबईमा पक्राउ परेका अग्रवाललाई दुई दिन अघि इन्टरपोलको सहयोगमा प्रहरीले नेपाल ल्याएको थियो । दुबई सरकारले डिपोर्ट गरिदिएपछि फरार रहेको उनलाई पक्राउ गर्न नेपाल प्रहरी सफल बनेको थियो ।पक्राउ पछि विराटनगर ल्याइएका अग्रवाल जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले दुई लाख

    • प्रकाशित मितिः मंसिर २१, २०७८
    • 196 पटक पढिएको
  •  ओलीको नजिकै बालिका बलात्कृत !

    भक्तपुर / एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास क्षेत्र भक्तपुरको बालकोटमा एक किशोरी बलात्कृत भएकी छन् । भक्तपुरको सूर्यविनायक नगरपालीका –२ बालकोटमा १२ वर्षीया बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ ।साथीहरू सँग खेल्न गएकी बालिकाको स्थानीय रातोपुल क्षेत्रमा रहेको गहुँबारीमा बलात्कार भएको प्रहरीले जनाएको छ । राती करिव ७ बजे बालिका बलात्कृत भएको र बलात्कारमा संलग्न सुनसरीका एक १७ वर्षीय किशोरलाई पक्राउ गरिएको महानगरी प्रहरी परिसर भक्तपुरले जनाएको छ ।पक्राउ परेका किशोरलाई थुनामा राखेर अनुसन्धान थालिएको र बलात्कृत बालिकाको स्वास्थ्य परिक्षण गरिएको परिसरले जानकारी गराएको छ । 

    • प्रकाशित मितिः मंसिर २१, २०७८
    • 134 पटक पढिएको
  • चोरीका मोटरसाइकल सहित ३ पक्राउ

    बिर्तामोड / प्रहरीले झापाका विभिन्न स्थानमा हुने गरेको मोटरसाइकल चोरीमा संलग्न तीन जना बिर्तामोडबाट पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट परिचालित प्रहरीले उनीहरूलाई चोरी भएको मोटरसाइकल सहित पक्राउ गरेको हो ।इलामको सूर्योदय नगरपालिका वडा नं– ९ का २१ वर्षीय आशिष सुब्बा, सुर्योदय–८ का २१ वर्षीय विवेक घिमिरे र बिर्तामोड ३ बिर्ताबजारका २६ वर्षीय रञ्जित राजवंशीलाई चोरी भएका मोटरसाइकलसहित पक्राउ गरिएका मोटरसाइकल सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जानकारी गराएको छ ।पक्राउ परेकालाई थप अनुसन्धान र कारवाहीका लागि जिल्ला अदालत झापाबाट ७ दिन  म्याद थप गरिएको प्रहरीले

    • प्रकाशित मितिः मंसिर २१, २०७८
    • 81 पटक पढिएको
  • प्रेन्सा रेग्मी ‘ग्लोबल चाइल्ड प्रोडिजी अवार्ड २०२२’ मा छनौट

    बिर्तामोड / पोखराकी ९ वर्षीया अभियन्ता प्रेन्सा रेग्मी ‘ग्लोबल चाइल्ड प्रोडिजी अवार्ड २०२२’ मा चयन भएकी छिन् । विश्वभरका ६८ भन्दा बढी देशहरूमध्येमा एक सय बाल प्रोडिजीमा प्रेन्सा छनोट भएकी हुन् ।आयोजकले पहिलो–अन्तर्राष्ट्रिय बाल प्रोडिजी पुरस्कारमा प्रेन्साको प्रतिभा र कामका आधारमा छनोट गरिएको जनाएको छ । प्रेन्साले कोरोना महामारीका बेला जारी भएको लकडाउनका बेला फुड बैंक, क्लोथ बैंक र बुक बैंक अभियान चलाएकी थिइन् । बुक बैंक अभियानलाई भने प्रेन्साले अहिले पनि निरन्तरता दिएकी छिन् ।२०२२ को फेब्रुअरीको अन्तिम साता दुबईमा अवार्ड समारोह आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय अवार्डमा छनोट हुँदा देशलाई च

    • प्रकाशित मितिः मंसिर २१, २०७८
    • 78 पटक पढिएको
  • फेसबुकसँग डेढ खर्ब डलर क्षतिपूर्ति माग्दै अदालतमा मुद्दा दायर

    एजेन्सी / अमेरिका र बेलायतमा रहेका एक दर्जनभन्दा धेरै रोहिंग्या समुदायका मानिसले फेसबुकविरुद्ध एक खर्ब ५० अर्ब क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेका छन्। फेसबुकले रोहिंग्या समुदायमाथिको हिंसालाई बढावा दिएको भन्दै उनीहरूले सामाजिक सञ्जाल कम्पनीविरुद्ध मुद्दा दायर गरेका हुन्।सन् २०१७ मा म्यानमारमा रोहिंग्यामाथि भड्किएको हिंसामा अनुमानित १० हजारभन्दा धेरै रोहिंग्या मारिएका थिए। फेसबुकको कम्पनीले मेटाले भने अहिले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन। फेसबुकमाथि ‘वर्षौँदेखि  घृणायुक्त र खतरानक गलत सूचना प्रचारको अनुमति दिएको आरोप छ।बेलायतमा रोहिंग्याको प्रतिनिधित्व गरिरहेको ल फार्मले दि

    • प्रकाशित मितिः मंसिर २१, २०७८
    • 69 पटक पढिएको
  • बेलायतमा नेपाली नर्सलाई मासिक ६ लाख !

    बिर्तामोड / नेपाल सरकारको आग्रहमा बेलायतले रोजगारीमा दश हजार नेपाली नर्सलाई लाने तयारी गरेपछि उनीहरूले पाउने सेवा सुविधाको विषयमा चर्चा हुन थालेको छ । बेलायतले नर्स लान थालेको छलफलमा बेलायतीलाई जसरी नै पारिश्रमिक दिने प्रस्ताव गरेकाले जान चाहने बिच तिव्र प्रतिष्पर्धा हुने देखिएको छ ।बेलायतले आफ्ना मुलुकका नर्सलाई मासिक ४ हजार पाउन्ड स्टर्लिङ सम्म दिने गरेकाले नेपाली नर्सले पनि सोही बराबर पाउने भएकाले पनि बेलायत जान चाहने हजारौं हुने अनुमान गर्दै सरकारले छनौटको विधिका लागि समेत गृहकार्य सुरु गरेको छ ।नेपाल सरकारको अनौपचारिक प्रस्तावमा बेलायत सकारात्मक बनेपछि बेलायती सरक

    • प्रकाशित मितिः मंसिर २१, २०७८
    • 107 पटक पढिएको
  • फरार अभियुक्त पक्राउ

    काठमाडौं  / काठमाडौंको बसुन्धारा स्थित चेल्सी फाउन्डेसनबाट ३५ वटा ल्यापटप डकैती गरेर भागेका आरोपीलाई प्रहरी पक्राउ गरेको छ । नुवाकोट घर भएका तेज बहादुर मगर उर्फ कुमारलाई सोमबार बसुन्धाराबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिएका छन ।मगरले २०७२ मा अमेरिकन कम्पनी चेल्सी फाउन्डेसनको कार्यलयबाट विभिन्न कम्पनीका ल्यापटप डकैती गरेका थिए । जिल्ला अदालत काठमाडौँले उनलाई दुईवटा मुद्दामा २३ लाख जरिवाना हुने फैसला गरेको छ ।नुवाकोटको विदुर नगरपालिका घर भएका कुमारलाई प्रहरीले २०६० मा पनि डाँका मुद्दामा पक्राउ गरेको थियो । उनी त्यसबेला ८ वर्ष जेल बसेर न

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • 89 पटक पढिएको
  • बडुवाल हत्या प्रकरण : हत्यामा संलग्न १२ जना पक्राउ

    धनगढी / कैलालीको लम्कीचुहा नगरपालिका –३ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्याको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २३ वर्षीय महेश रावल, २० वर्षीय दिपेन्द्र शाही, २० वर्षीय आर्यन देवकोटा, १९ वर्षीय मदन शाही, २२ वर्षीय कपिल श्रेष्ठ, २८ वर्षीय विकास खड्का, २३ वर्षीय प्रविण रिमाल, २१ वर्षीय रोहित आले, २५ वर्षीय रोहण शाह, २५ वर्षीय लोकेन्द्र कुँवर, २६ वर्षीय सविनजँग शाही र १८ वर्षीय निशान्त मल्ल रहेका छन्।त्यस्तै बडुवालको हत्यामा संलग्न भएका र हत्या गर्न सघाउने अन्य ९ जना २७ वर्षीय नवीन रावल, २६ वर्षीय चिरनजीवीजंग शाही, २६ वर्षकै हिमाल शाही, २८ वर्षीय जयन्द्र शाह, २७ वर्

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • 90 पटक पढिएको
  • बाजुरामा अटो दुर्घटना हुँदा दुईको मृत्यु, दुई घाइते

    बाजुरा  / बडिमालिका नगरपालिका – ८ मा थुवाकाँधमा आइतबार साँझ अटो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। मृतक दुवैको सनाखत हुन सकेको छैन ।दुर्घटनापछि अटो चालक भने फरार छन् । सदरमुकाम मार्तडीबाट जडाङगा जाँदै गरेको अटो सडकबाट करिब दुई सय मिटर तल बूढीगङ्गा नदीको किनारामा खस्ता दुर्घटना भएको हो । तीव्र गतिको कारण अटो दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • 63 पटक पढिएको
  • खोटाङबाट भरुवा बन्दुकसहित एक पक्राउ

    खोटाङ  / खोटाङको ऐसेलुखर्कबाट भरुवा बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ऐसेलुखर्क गाउँपालिका –२ का ३० वर्षीय संजय राई रहेका छन् । हिजो (आइतबार) दिउँसो ३ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट खटिएको टोलीले राईलाई पक्राउ गरेको हो । पक्राउ परेका राईको साथबाट प्रहरीले एक थान भरुवा बन्दुक बरामद गरेको इलाका प्रहरी कार्यालय ऐसेलुखर्कले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • 66 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.