नवलपरासी / पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने सडकखण्डमा आज बिहान बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन् ।बुधबार बिहान साढे ५ बजेको समयमा जिल्लाको बर्दघाट नगरपालिका ४ दाउन्ने सडकखण्डको बाँस खोलामा बस खस्दा उक्त दुर्घटना भएको हो । काठमाडौंबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस खोलामा खसेर दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको र ४९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको ४ जना मध्ये २ जनाको मात्र सनाखत भएको र थप २ जनाको सनाखत गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।म
काठमाडौं / सांसद रंगमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै केक बोक्ने हेलिकप्टरबाट हुम्लामा औषधि पठाइदिन आग्रह गरेकी छिन् ।शाहीले भनेकी छिन्, ‘तपाईंको र मेरो लेनदेन केही छैन, तपाईं देशको अभिभावक मात्रै नभई मेरो पनि अभिभावक हो । म निरीह सांसद, हुम्ला पनि यो देशभित्रको जिल्ला हो । हुम्ला जिल्लाका बिरामीले एम्बुलेन्स चढ्न सकेका छैनन्, अहिले औषधि खानसमेत पाएका छैनन्, केक बोक्ने हेलिकप्टरबाट औषधि पठाएर यहाँका बिरामीको उद्धार गरिदिन अनुरोध गर्छु ।’शाहीले हेलिकप्टर चार्टर गर्ने सक्ने हुम्लाका जनताको हैसियत नभएको बताउँदै भनेकी छिन्, ‘बरु केक बोक्ने हेलिकप्टरबाट औषधि हुम्ला पठाइदिन
काठमाडौँ / देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा पूर्वीमध्य अरब सागरमा रहेको अति शक्तिशाली चक्रवात ‘ताउ–ते’ को प्रभाव देखिएको छ । हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ‘ताउ–ते’ उत्तर–उत्तरपश्चिम हुँदै गुजराततिर बढ्ने क्रममा रहेको छ । यस चक्रवातको प्रत्यक्ष प्रभाव नेपालमा नपरे तापनि केही असर नेपालको भू–भागमा पनि पर्ने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।सो प्रणालीका कारण आज देशभर मौसम सामान्यदेखि पूर्ण बदली रहने छ । कर्णाली र सुदूर पश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने उच्च
काठमाडौं / नेपालको सुशासन र परादर्शितामाथि ट्रान्सपरेन्सी इन्टरनेशनलले गम्भीर प्रश्न उठाइरहेकै बेला सरकारका मन्त्रीहरु नै आफ्नो सम्पत्ति लुकाउन सक्रिय छन् ।वैशाख २७ मा केपी शर्मा ओली सरकारले संसदबाट विश्वासको मत नपाएपछि स्वतः पदमुक्त भएका मन्त्रीहरुले अघिल्लो कार्यकाल सम्पत्ति विवरण नै नबुझाई गुजारे । तिनै मन्त्री फेरि तीन दिनपछि साविककै मन्त्रालयमा बहाली भइसकेका छन् । तर, फेरि पनि उनीहरुले सम्पत्ति विवरण बुझाएका छैनन् ।सम्पत्ति विवरण नबुझाउनेमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योग मन्त्री लेखराज भट्ट, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, सहरी विकास मन्त्री प्रभ
बिर्तामोड / सर्वोच्च अदालतले कोभिड –१९ महामारीको अवस्थामा सरकार आफ्नो दायित्व प्रति गम्भिर नहुँदा उपचार ,अक्सिजन र अस्पतालमा वेड नै नपाएर मृत्यु हुनुपर्ने अवस्था आएको भन्दै सरकारका नाममा आदेश जारी गरेको छ । अधिवक्ता मनिषकुमार श्रेष्ठले दायर गरेको सार्वजनिक सरोकारको रिटमा आदेश दिने क्रममा सर्वोच्चले राज्य आफ्नो दायित्वप्रति असंवेदशील बनेको टिप्पणी गरेको हो । सरकारले महामारीको तयारी समयमा नै नगर्दा नागरिक स्वास्थ्य उपचारको हकबाट बञ्चित भएको भन्दै सर्वोच्चले सरकारलाई महामारी नियन्त्रणको प्लान अफ एक्सन सहित आदलतमा उपस्थित हुन आदेश पनि दिएको छ । नागरिकको जीवन रक्षा गर्नु
काठमाडौँ / अर्थमन्त्री विष्णुप्रसाद पौडलले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री, उपकरण र औषधिको भन्सार जाँचपासलाई सबैभन्दा प्राथमिकता दिएर छिटो र छरितो बनाउन निर्देशन दिएका छन् । श्रव्यदृश्य माध्यमबाट आज आयोजना गरिएको कार्यक्रममा अर्थमन्त्री पौडेलले भन्सार विभागका महानिर्देशक, उपमहानिर्देशक, विभिन्न भन्सार कार्यालयका प्रमुखहरुलाई उक्त निर्देशन दिएका हुन् । उनले नेपाल सरकार, प्रदेश, स्थानीय तह, गैरसकारी संस्था, निजी क्षेत्रले आयात गर्ने लिक्विड अक्सिजन, अक्सिजन सिलिन्डर, अक्सिजन प्लान्ट र त्यसका पार्टपूर्जा लगायतका सामग्रीको बिना झन्झट भन्सार जाँचपास ग
काठमाडौँ / कोरोना महामारीबाट बच्न जारी निषेधाज्ञाका बेला सबै तहका अदालतले अनलाइन माध्यमबाट इजलास राख्ने अभ्यास शुरु गर्नुपर्नेमा जोड दिइएको छ ।सुशील कोइराला मेमोरियल फाउन्डेशनले भर्चुअल माध्यमबाट आज आयोजना गरेको ‘महामारीमा न्याय : अनलाइन इजलास’ विषयक अन्तरक्रिया कार्यक्रममा नेपाल बार एसोसिएशनका पूर्वअध्यक्ष शेरबहादुर केसीले १३ वर्षअघिदेखि नै अनलाइन इजलास चलाउने बहस हुँदै आए पनि कार्यान्वयनमा नआएको बताए । कानून व्यवसाय र न्यासपालिकासँग सम्बन्धित संस्थाले राख्नुपर्ने कार्यक्रम फाउन्डेशनले गरेर बहस चलाएकाले महामारीका बेला यसलाई निष्कर्षमा लैजानुपर्ने विचार उनले राखे ।बन्द र खुला दुवै इजलास अनलाइन
वाग्मती / वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादले नेपालको कम्युनिष्ट आन्दोलनलाई मार्गदर्शन गरिरहेको बताएका छन् । जननेता मदन भण्डारी तथा एमालेका तत्कालीन सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको २८औँ स्मृति दिवसका अवसरमा आज एक वक्तव्य जारी गर्दै पौडेलले कुशल सङ्गठक आश्रितले तयार पारेको जनतामा आधारित बलियो सङ्गठानिक आधारका कारण जनताको भरोसा र प्रतिबद्ध कार्यकर्ता भएको पार्टी नेकपा (एमाले) जीवन्त रहेको उल्लेख गरेका छन् ।“नेकपा एमालेका तत्कालीन महासचिव जननेता मदन भण्डारी तथा सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको २८औँ स्मृति दिवसका सन्द
सोलुखुम्बु / अरब सागरमा विकसित भएको सामुद्रिक आँधीको प्रभावका कारण सगरमाथा सहितको हिमाल आरोहण प्रभावित भएको छ । मौसम अनुकूल नहुँदा बिहीबारदेखि नै सगरमाथा आरोहण प्रभावित भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिइन् ।“मौसम प्रतिकुल हुँदा अहिले आरोहण भएको छैन”, आधार शिविरबाट आचार्यले भनिन्, “यतिबेला सयौँ आरोही आधार शिविरमा अनुकूल मौसमको पर्खाइमा हुनुहुन्छ ।” यस वर्ष वसन्त यामको सगरमाथा आरोहण गत वैशाख २४ गतेदेखि शुरु भएको थियो । उक्त दिन शेर्पा आरोहीको टोलीले बाटो बनाउने क्रममा शिखर पुगेसँगै व्यावसायिक आरोहण शुरु भएको पर्यटन विभागले जनाएको छ । त्यसपछि वैशाख २८ र २९ गते सयौँ आरोही सगरमा
धनुषा / प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारी नियन्त्रणका लागि आवश्यक सहयोग गरिदिन प्रदेशस्थित राष्ट्र सङ्घीय निकाय (युएन एजेन्सी)लाई अपिल गरेका छन् ।प्रदेश नीति तथा योजना आयोगको संयोजनमा जनकपुरधामस्थित मुख्यमन्त्री निवास मधेश भवनमा सम्पन्न युएन एजेन्सीसँगको छलफलमा राउतले महामारी नियन्त्रणका लागि अतिआवश्यक देखिएको भेन्टिलेटर, अक्सिजन ग्यासको आपूर्ति, औषधि, जनशक्ति र भ्याक्सिन उपलब्ध गराइदिन अपिल गरेका हुन् ।युएन एजेन्सिजले मुलुकलाई गर्दै आएको सहयोग प्रदेशमा खासै नपुगेको गुनासो गर्दै मुख्यमन्त्री राउतले युएन एजेन्सीहरुबाट आउने सहयोग प्रदेशसम्म ल्याउनका लागि पहल गर्नसमेत प्रद
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.