समाचार

    Showing 24,811-24,820 of 25,313 items.
  • शव दाहसंस्कारमा संलग्न कर्मचारीलाई भत्तास्वरूप प्रतिशव एक हजार रुपैयाँ

    काठमाडौँ / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पर्यटन क्षेत्रको विकास र विस्तारभन्दा पनि उद्धार र राहतमा केन्द्रित हुनेगरी नीति बनाउन कर्मचारीलाई निर्देशन दिएका छन् । संस्कृतिमन्त्रीमा पुनः नियुक्त ढकालले आज मन्त्रालयमा पदभार ग्रहण गर्दै कोभिड–१९ कारण थला परेको पर्यटन व्यवसायले राहत पाउनेगरी नीति बनाउन आग्रह गरे । उनले नीति र बजेट दुवै प्रभावकारी हुने गरी तयारी गर्न पनि निर्देशन दिए ।मन्त्री ढकालले पशुपतिमा कोभिड सङ्क्रमित भएका शव दाहसंस्कारमा संलग्न हुने कर्मचारीलाई प्रोत्साहन भत्तास्वरूप प्रतिशव एक हजार दिइने निर्णयको फाइल सदर गरेको पर्यटनमन्त्रीका प्रेस संयोजक माध

    • प्रकाशित मितिः वैशाख ३१, २०७८
    • 309 पटक पढिएको
  • महामारी रोकथाममा जुट्न वन मन्त्रीको निर्देशन

    काठमाडौँ / वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले कोरोना महामारी विरुद्धमा तत्काल जुट्न मातहतका निकायलाई निर्देशन दिएका छन् । सिंहदरबार स्थित मन्त्रालयमा आज पद बहालीपछि आयोजित कार्यक्रममा मन्त्री आलेले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सबैले आ–आफ्नो क्षेत्रबाट खटिनुपर्ने बताए । उनले भने, “कोरोनाले नागरिकहरु दिनहुँ मर्न थालेका छन्, हामीले कोरोना नियन्त्रण तथा रोकथाम गर्नमा जे जस्तो सक्छौँ, तत्काल जनशक्ति त्यसैमा लगाउनुस्, बाँकी काम गर्दै गरौँला ।” मन्त्री आलेले कोरोना रोकथाम र नियन्त्रणमा वन  मन्त्रालयमातहतका सबै साधन स्रोतको परिचालन गर्न समेत निर्देशन दिएका छन् । कोरो

    • प्रकाशित मितिः वैशाख ३१, २०७८
    • 64 पटक पढिएको
  • कोरोनाले जनकपुर–जयनगर रेल प्रभावित

    धनुषा जनकपुर/ जयनगर रेल सेवा सञ्चालनको मिति तोकिँदै सारिँदै आएर यसपटक भनिएको वैशाखभित्र पनि कोरोनाका कारण प्रभावित हुने भएको छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले नेपाल रेल्वे कम्पनीले वैशाख महिनाभित्रै सञ्चालनको तयारी गरे पनि धनुषा, महोत्तरीसहित विभिन्न स्थानमा गरिएको निषेधाज्ञा तथा नेपाल र भारतको सीमा पनि सिल गरिएकोले तत्काल रेल सञ्चालन स्थगित गरिएको बताए ।  हालै रेल्वे सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी भइसकेको छ ।रेल्वे सञ्चालन गर्न नेपाली कर्मचारीलाई भारतीयले दश दिनसम्म प्रशिक्षण दिएका थिए । कोरोनाको बढ्दो कहर र निषेधाज्ञाका कारण ती भारतीय क

    • प्रकाशित मितिः वैशाख ३१, २०७८
    • 162 पटक पढिएको
  • आजै ‘गोदावरी सनराइज’को उद्घाटन गर्दै प्रधानमन्त्री ओली

    काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथ लिनेवित्तिकै ललितपुरको गोदावरीस्थित ३ हजार क्षमताको मुख्य हलसहित निर्माण गरिएको अन्तराष्ट्रिय स्तरको सम्मेलन केन्द्रको उद्घाटन गर्ने भएका छन् । बिहीबार ४२औँ प्रधानमन्त्रीको रुपमा नियुक्त भएका प्रधामन्त्री ओलीले आज साढे दुई बजे सपथ ग्रहण गर्दैछन् ।कोरोना महामारीबीच धरहरा उद्घाटन गरेपछि ओलोचित भएका प्रधानमन्त्री ओली आज उद्घाटन गर्ने सभाहलमा एकैपटक तीन हजार मानिस बसेर सभा तथा सम्मेलन गर्न सकिनेछ । यो मुलुककै पहिलो अत्याधुनिक भवन भएको सहरी विकास मन्त्रालयले जनाएको छ ।सम्मेलन केन्द्रलाई ‘गोदावरी सनराइज’ नाम दिइएको उक्त आधुनिक र प्रविधि

    • प्रकाशित मितिः वैशाख ३१, २०७८
    • 98 पटक पढिएको
  • निषेधाज्ञापछि भरतपुर विमानस्थलबाट ११ उद्धार उडान

    चितवन / जिल्लामा निषेधाज्ञा लागू भएपछि ११ उद्धार उडान भएका छन् । वैशाख २४ गतेदेखि हालसम्म ११ वडा उडान भएका हुन् । यी सबै हेलिकोप्टरमार्फत भएका हुन् । नागरिक उड्डयन कार्यालय भरतपुरका सूचना अधिकारी पुष्कलराज शर्माका अनुसार बिहीबार मात्रै तीनवटा उडान भएका छन् । यी सबै उडानमा विभिन्न जिल्लाबाट कोरोना सङ्क्रमितलाई उपचारका लागि यहाँ ल्याइएको हो । शर्माका अनुसार आज दाङको घोराई, गुल्मी र नेपालगञ्जबाट तीनवटा उद्धार उडान भएका छन् । यस्तै बुधबार गुल्मी, धनगढी र एउटा नेपाली सेनाको उद्धार उडान भएको थियो । यही वैशाख २८ गते काठमाडौँ र दाङ, वैशाख २७ गते काठमाडौँ र गुल्मीको तम्घास तथा २५ गते काठमाडौँ

    • प्रकाशित मितिः वैशाख ३१, २०७८
    • 63 पटक पढिएको
  • नेपाल टेलिकमको लकडाउन अफर

    काठमाडौं / कोभिड–१९ का कारण मुलुकका धेरै स्थानमा निषेधाज्ञा र लकडाउनको अवस्था रहेको परिस्थितिलाई मध्यनजर गरी नेपाल टेलिकमले लकडाउन स्टे कनेक्टेड अफरका रूपमा अनलिमिटेड डे डेटा बोनस योजना ल्याएको छ । कम्पनीले वैशाख ३१ देखि एक महिनाका लागि यो योजना ल्याएको हो ।अनलिमिटेड डे डेटा प्याक अफर ३९ रुपैयाँमा उपलब्ध हुने र यसको स्पिड १ एमबिपिएससम्म हुने जनाइएको छ । यस अफरअन्तर्गत खरिद गरिएको प्याक चलाउन सकिने समयावधि २४ घन्टा हुने कम्पनीले जनाएको छ । दैनिक रूपमा एकपटक मात्र खरिद गर्न सकिने यो प्याक बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म मात्र चलाउन सकिने जनाइएको छ । सो समय अघिपछि डेटा चलाउँदा ग्राहकले खरिद गरेक

    • प्रकाशित मितिः वैशाख ३१, २०७८
    • 255 पटक पढिएको
  • मिस्ट्रीखोलाको विद्युत् राष्ट्रिय प्रणालीमा जोडियो

    म्याग्दी / म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको मिस्ट्रीखोला जलविद्युत् आयोजनाबाट उत्पादीत विद्युत् बिहिबारदेखि राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ । माउन्टेन इनर्जी नेपालले निर्माण गरेको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोलाले दाना सवस्टेशनमार्फत केन्द्रिय प्रणालीमा विद्युत् पठाएको हो । आयोजनाका आवासीय इञ्जिनियर दिवाकर खड्काले तीन वटै युनिटबाट उत्पादीत विद्युत्  केन्द्रिय प्रणालीमा जोडिएको जानकारी दिए ।  “मिस्ट्रीखोलाबाट उत्पादीत विद्युत् सिम्क्रोनाइज गरेर केन्द्रिय प्रणालीमा जोडियो”, उनले भने, “परीक्षणका लागि आयोजनाका सबै युनिट सञ्चालन गरेका छौँ ।” परीक्षण

    • प्रकाशित मितिः वैशाख ३१, २०७८
    • 64 पटक पढिएको
  • चितवनमा निषेधाज्ञा जेठ १३ गतेसम्म

    चितवन / कोरोना सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय चितवनले वैशाख १५ गतेबाट लागू गरेको निषेधाज्ञा जेठ १३ गतेसम्मका लागि थप गरेको छ । पहिलो चरणमा जारी गरेको निषेधाज्ञा आज राति १२ बजेबाट सकिँदै छ ।प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा जिल्ला कोभिड व्यवस्थापन केन्द्रको निर्णयअनुसार निषेधाज्ञाको समय थप गरिएको जनाइएको छ । पहिलो चरणको निषेधाज्ञाले कोरोना सङ्क्रमणको फैलावट कम गर्न केही सहयोग गरेको निष्कर्षसहित थप दुई साता निषेधाज्ञा थप्ने निर्णयमा पुगेको जानकारी लामिछानेले दिए ।निषेधाज्ञाको समयमा अत्यावश्यक कामबाहेक कोही व्यक्ति घरबाट ननिस्कने तथा हिँडडुल नगर्ने, अत्यावश्य

    • प्रकाशित मितिः वैशाख ३१, २०७८
    • 58 पटक पढिएको
  • लागुऔषध सहित दुई जना पक्राउ

    कञ्चनपुर  / खैरो हिरोइन ल्याउँदै गरेका दुई जनालाई सशस्त्र प्रहरीले बिहीबार साँझ बेलौरी नगरपालिका–१० भुडा थापाचोकबाट पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–६ ऐठपुरका वर्ष ३० का असोक सुनार र सोही ठाउँका वर्ष २० का केशव चन्द रहेका छन् ।पक्राउ परेका दुवै जनाको साथबाट ८ दशमलव ६९० ग्राम खैरो हिरोइन बरामद भएको छ । भारतबाट से४प ७५२७ नम्बरको मोटरसाईलमा नेपालतर्फ आउँदै गरेका बेला दुवै जना पक्राउ परेका हुन् । पक्राउ परेका दुवैलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्या

    • प्रकाशित मितिः वैशाख ३१, २०७८
    • 60 पटक पढिएको
  • थपियो मकवानपुरमा जेठ १३ सम्म निषेधाज्ञा

    मकवानपुर / जिल्लामा आगामी जेठ १३ गनेसम्म निषेधाज्ञा गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी भरतमणि अधिकारीको अध्यक्षतामा आज बसेको बैठकले कोरोना सङ्क्रमणदर वृद्धि हुँदै गएपछि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । यस अघि जिल्लामा यही वैशाख १९ देखि ३१ गतेसम्म निषेधाज्ञा जारी भएको थियो । उहाँले कोरोना सङ्क्रमण दर तथा मृत्यु समेत वृद्धि भइरहेकाले सङ्क्रमण थप फैलिन नदिन र नागरिकलाई सुरक्षित राख्न निषेधाज्ञाको अवधि लम्ब्याएको जानकारी दिए ।

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • 64 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.