खाँदवारी / भारतीय कम्पनीले निर्माण गरीरहेको अरुण तेस्रो जलविद्युत आयोजनाको पावर हाउस सुरुङभित्र कामदारको मृत्यु भएको विषयलाई लिएर मजदुरहरुले आयोजना स्थलमा तोडफोड गरेका छन् । संखुवासभाको चिचिला गाउँपालिका– ३ पुखुवास्थित अरुण तेस्रो जलविद्युत आयोजनाको सुरुङभित्र रड ओसारपसार गर्ने क्रममा कञ्चनपुरको शुक्लाफाँट नगरपालिका– १२ का ३७ वर्षीय कृष्ण रानाको मृत्यु भएपछि मजदुर आन्दोलित बनेका हुन् । रानाको बुधबार बिहान सुरुङ भित्र ढिस्कोले पुरिएर मृत्यु भएको थियो । घटनामा परी घाईते भएका सोही ठाउँका ५० वर्षीय मिठु रानाको जिल्ला अस्पताल खाँदबारीमा उपचार भईरहेको छ कामदारको मृत्यु र अर्का एक घाईते भएक
कर्णाली / जिल्ला प्रहरी कार्यालय सुर्खेतले चितुवाको छालासहित एक युवकलाई पक्राउ गरेको छ ।प्रहरीले गुर्भाकोट नगरपालिका–९ सुर्खेतका २६ वर्षीय वीरेन्द्रकुमार खत्रीलाई बुधबार बेलुका ५ः०० बजे पक्राउ गरेको हो । खत्रीले चितुवाको छाला बोकी आएको भन्ने विशेष सूचनाका आधारमा खटिई गएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा सोही नगरपालिका–३ कुरिल्ले भन्ने ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।“छिन्चु–जाजरकोट पक्की सडक खण्डमा खत्रीले बोटेचौरबाट सल्लीबजारतर्फ जाँदै गरेको भे४प ४८८७ नंको मोटरसाइकल रोकी जाँच गर्दा झोलामा लुकाइछिपाइ र
काठमाडौँ / राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ओमानको मस्कटबाट ६०० थान अक्सिजन सिलिण्डर ल्याउने भएको छ ।गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानका सहकार्यमा सहयोगस्वरुप प्राप्त हुने अक्सिजन सिलिण्डर लिन निगमको वाइड बडी ए ३३० जहाज आगामी शनिबार मस्कट जाने तयारीमा रहेको जनाइएको छ ।निगमका महाबवन्धक डिमप्रकाश पौडेलले शनिबार मस्कटबाट अक्सिजन सिलिण्डर ल्याइने र सोही दिन साँझ चीनको बेइजिङमा सङ्कलित करीब ४०० थान अक्सिजन कन्सन्टे«टर ४०० थान सिलिण्डर र अन्य स्वास्थ्य सामग्री ल्याउने तयारी गरिएको जानकारी दिए । उनका अनुसार सिलिण्डरका अलावा चीनबाटै आठ अक्सिजन ज
काठमाडौँ / यसपालिको मनसुन अवधिमा सरदरभन्दा बढी पानी पर्ने आकलन गरिए पनि हालको प्रि–मनसुनमा राम्ररी पानी नपर्दा खडेरी भयो । वर्षाको अभावले डढेलो फैलिँदा जनजीवन नै प्रभावित बनाएको थियो । कतिपय जङ्गलमा लागेको डढेलो हेलिकोप्टरबाट पानी लगेर निभाउनुपरेको थियो तर पछिल्ला केही सातादेखि भने मुलुकका अधिकांश भेगमा वर्षा भइरहेको छ । त्यसले डढेलोसमेत नियन्त्रणमा आएको छ ।ठाउँठाउँमा असिना, हावाहुरी र चट्याङ सहितको पानी परिरहँदा केही स्थानमा क्षतिसमेत पुगेको छ । लामो समयदेखि आकाशे पानीको अभाव भइरहेको अवस्थामा परेको अहिलेको वर्षाले कृषि क्षेत्रलाई भने केही फाइदा भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थ
काठमाडौँ / उपप्रधानमन्त्री ईश्वर पोखरेलले सङ्कटका बेला भ्रमको खेती गर्नेबाट सचेत रहन आग्रह गरेका छन् ।निजी क्षेत्रका उद्योगी र अस्पतालका प्रतिनिधिसँगको छलफलमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)का संयोजक पोखरेलले भने, “महामारीसँग जुध्न राज्यका तर्फबाट सबै प्रयत्न गरिन्छ, हामी सबै मिलेर यो समस्याको समाधान गर्नुपर्छ, अनावश्यक भ्रमबाट सचेत हुनुपर्छ ।”नेपाल उद्योग बाणिज्य महासङ्घ, नेपाल चेम्बर्स अफ कमर्स, नेपाल उद्योग परिसङ्घ, ग्यास उत्पादक र निजी क्षेत्रका अस्पतालका प्रतिनिधिसँग भएको छलफलमा अक्सिजन उद्योगलाई पूर्ण क्षमतामा कसरी संचालन गर्ने, अक्सिजन वितरण प्रणालीलाई कसरी चुस्त बनाउने लगाय
काठमाडौँ / मुलुकका अधिकांश जिल्लाले निषेधाज्ञा लागू गरी कोभिड–१९ सङ्क्रमण नियन्त्रणको प्रयास जारी राखेका छन् । देशभर अब जम्मा चार जिल्लाले मात्रै निषेधको आदेश जारी गर्न बाँकी छ । हालसम्म ७३ जिल्लाले निषेधाज्ञा जारी गरी सङ्क्रमणको साङ्लो चुँडाल्ने प्रयास गरिरहेका छन् । त्यसमध्ये सात जिल्लामा आंशिक आदेश लागू छ । यद्यपि सङ्क्रमणको गति भने कम हुनाको साटो बढ्दो छ । नेपालमा यही वैशाख ७ गतेदेखि आदेश जारी गरी नियन्त्रणको प्रयास भएको थियो । वैशाख १६ गतेदेखि भने आदेश जारी गर्ने क्रम तीव्र भएको थियो । एक महिनाका अवधिमा करीबकरीब मुलुक नै ठप्प हुन पुगेको छ । स्वास्थ्यविज्ञले यसपालिको परिवर्तित रु
काठमाडौँ / राष्ट्रिय पुनर्निर्माण प्राधिकरण पुनरावेदन समितिले ५ सय ८८ भूकम्प पीडितलाई पुनःनिर्माण र २४३ भूकम्प पीडितलाई प्रबलीकरण लाभग्राही बनाउने फैसला गरेको छ । समितिमा ५३ हजार पुनरावेदन पत्र दर्ताका लागि सङ्कलन भएकामा जाँचबुझ गरी १४ हजार १५ पीडितका पुनरावेदन दर्ता भएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए । जसमध्ये समितिले सात हजार १७० पुनरावेदनको फैसला गरेको छ । जसमध्ये ८३१ पुनरावेदनको निर्णय बदर गरिएको प्राधिकरणले जनाएको छ । समितिमा पुनरावेदन दर्ता हुनुअघि पीडितले प्राधिकरणमा गुनासो दर्ता गरेका थिए । भूकम्प प्रभावित ३२ जिल्लाबाट छ लाख ३४ हजार ९७३ गुनासो जिल्ला
काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले वाग्मती प्रदेशसभाका सदस्य तथा नेकपा (एमाले)का केन्द्रीय कमिटी सदस्य पशुपति चौलागाईंको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले आज विज्ञप्ति जारी गर्दै यस दुःखद घडीमा चौलागाईंप्रति श्रद्धासुमन अर्पण गर्दै निधनबाट शोकमा पर्नुभएका आफन्त, परिवारजन र शुभेच्छुकप्रति समवेदना प्रकट गरेका छन् । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले चौलागाईंको निधनबाट पार्टीले एक असल र निष्ठावान् नेता तथा दोलखाका जनताले इमान्दार जनप्रतिनिधि गुमाएको बताएका छन् । कोभिड–१९ को सङ्क्रमणले मङ्गलबार उनको निधन भएको थियो । उनले भद्र, शालीन, मिलनसार छवि बनाउनुभएका चौलाग
काठमाडौँ / मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भएर हुने अन्तरराष्ट्रिय उडानमाथिको प्रतिबन्ध आगामी जेठ १७ गतेसम्म लम्बिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जरुरी सूचना निकालेर अन्तरराष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध थप दुई साता लम्ब्याउने जानकारी अन्तरराष्ट्रिय उडानका सबै वायुसेवा कम्पनीलाई गराएको हो । तथापि नेपाल र भारतबीच भएको एयर बबल सम्झौताअनुरुप दुई मुलुकको उडानलाई भने निरन्तरता दिइएको छ । उक्त सम्झौताअनुरुप सातामा दुई उडान कायम राख्ने गरी उडान सञ्चालन हुनेछ । नेपालमा यही वैशाख २३ गते रातिदेखि अन्तरराष्ट्रिय उडान स्थगन गरिएको थियो ।अहिले अन्तरराष्ट्रिय तथा
बिर्तामोड(एजेन्सी) घरमै बसेर आफैं कोरोना परीक्षण गर्न सकिने किट्स दक्षिण कोरियाका बजारमा किन्न पाइने भएको छ । दक्षिण कोरियाको स्थानीय बायोटेक फर्म एसडी वायोसेन्सर र हुमासिस दुई औषधी निर्माता कम्पनीले विकसित गरेका दुई किट्स गत हप्तादेखि फार्मेसी, सुपरमार्केट, र अनलाइन च्यानलहरुमा समेत सजिलै पाइन थालेको हो ।जीएस–२०, सेभेन–११ तथा अन्य साना सुविधा स्टोरहरुमा पनि यो किट बुधबारदेखि सजिलै किन्न सकिने बताइएको छ । यसबाट १५ मिनेटमै कोरोना लागे÷नलागेको पत्ता लगाउन सकिने दावी गरिएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार यसको मूल्य प्रति किट्स ७ हजारदेखि ९ हजार वोन अर्थात नेपाली रुपैयाँ ७ सयदेखि ९ सय रुपैयाँसम्म
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.