समाचार

    Showing 24,831-24,840 of 26,772 items.
  • पोखरीमा डुबेर ८ महिने बालकको मृत्यु

    सङ्खुवासभा / सङ्खुवासभाको मकालु गाउँपालिका –५ चौलाखर्कमा ८ महिनाको बालकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा हर्क बहादुर तामाङको ८ महिनाको छोरा सक्षम तामाङ रहेका छन् । हिजो दिउँसो पौने ३ बजे घर नजिकैको माछा पोखरीमा डुबेर बालक घाईते भएका थिए । घाइते बालकको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र नुममा बेलुका पाँच बजे मृत्यु भएको हो । 

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • 62 पटक पढिएको
  • लागूऔषध सहित एक पक्राउ

    मोरङ  / मोरङको विराटनगर महानगरपालिका –१५ बाट प्रहरीले लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका –१५ का २१ वर्षीय विशाल खड्का रहेका छन् । खड्कालाई आज (बुधबार) बिहान साढे ७ बजे लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले लुपिजेसिक २० एम्पुल, डाईजाल्याब १० एम्पुल, एभिल २० एम्पुल, फेनारगन १० एम्पुल, डाईजोपाम १० एम्पुल, नाईट्रोसन ३० ट्याब्लेट बरामद गरेको छ । 

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • 103 पटक पढिएको
  • भरुवा बन्दुकसहित एक पक्राउ

    सङ्खुवासभा  / सङ्खुवासभाको पाँचखपन नगरपालिका –५ खमारेबाट भरुवा बन्दुक सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५६ वर्षीय राम बहादुर राई रहेका छन् । हिजो बिहान ११ बजे विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका राईको साथबाट प्रहरीले एक थान भरुवा बन्दुक बरामद गरेको छ । 

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • 69 पटक पढिएको
  • जिप दुर्घटनामा परी वडा सचिवको मृत्यु

    बागलुङ / बागलुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा बाग्लुङ नगरपालिका –८ को वडा सचिवमा कार्यरत बागलुङ –७ का ४५ वर्षीय श्याम शर्मा रहेका छन् । आज (बुधबार) बिहँबाट बागलुङ बजार जाँदै गरेको बा१८ च ५६७७ नम्बरको पिकअप बागलुङ–अक्षत्रेखण्ड अन्तर्गत काठेखोला –१ खहरेमा दुर्घटना भएको हो । दुर्घटनामा परी बागलुङ नगरपालिका –१ रामरेखाका ४० वर्षीय टङ्कबहादुर बोहोरा, ४४ वर्षीय दिनेश गिरी र २५ वर्षीय अजय शिवाकोटी घाइते भएका छन् । तीनै जनाको धौलागिरि अस्पताल बागलुङमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • 68 पटक पढिएको
  • न्यायाधीशहरूलाई बार अध्यक्ष श्रेष्ठको प्रश्न : आज प्रधानन्यायाधीश को हो ?

    काठमाडौँ / कानुन व्यवसायिहरूले प्रधानन्यायाधीशको विषयमा अन्योल भएको भन्दै प्रश्न उठाएपछि आज (बुधबार) को सुनुवाइ प्रभावित भएको छ । प्रधानन्यायाधीशले काम गर्न नसकेको अवस्थामा कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिनुपर्ने संवैधानिक व्यवस्था रहेको बताउँदै आज प्रधानन्यायाधीश को हो ? भन्दै कानुन व्यवसायिहरूले प्रश्न उठाएपछि सुनुवाइ प्रभावित भएको हो । संविधानको धारा १२९ को (६) मा प्रधानन्यायाधीश कुनै कारणले आफ्नो पदको काम गर्न असमर्थ भएमा वा प्रधानन्यायाधीश सर्वोच्च अदालतमा उपस्थित नहुने अवस्था भएमा सर्वोच्च अदालतको वरिष्ठतम न्यायाधीशले कायम मुकायम प्रधानन्यायाधीश भई काम गर्ने व्यवस्था

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • 66 पटक पढिएको
  • हत्या गरिएको अवस्थामा शव फेला

    महोत्तरी \ महोत्तरीको लोहारपट्टी नगरपालिका ६ मा आज बिहान हत्या गरिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।    जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यका अनुसार स्थानीयवासी सुरेन्द्र मण्डलकी पत्नी ३५ वर्षीया रुबी मण्डलको हत्या गरिएको अवस्थामा शव उनको आफ्नै घरको बरण्डामा राखिएको अवस्थामा फेला परेको हो ।टाउकोभरी घाउ चोट रहेको  अनुहार र शरीरका अन्य भागमा पनि विभिन्न चोटपटक रहेको अवस्थामा महिलाको शव फेला परेको प्रहरी उपरीक्षक आचार्यले बताएका छन् ।पति सुरेन्द्र रोजगारीका क्रममा भारतको पञ्जाब बस्दै आएका र महिलाको हत्या पारिवारिक समस्याका कारण भएको प्रहरीको

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • 87 पटक पढिएको
  • सर्वोच्चमा तोकियो पहिलो पटक गोला प्रक्रियाबाट पेसी

    काठमाडौँ / सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिएको छ । नेपालमा पहिलो पटक सर्वोच्च अदालतमा गोला प्रणालीबाट पेसी तोकिएको हो ।गोला प्रथाबाट पेसी तोकिएको पहिलो दिन आज दुईवटा एकल इजलास सहित कुल १० वटा इजलास गठन भएका छन् । ‘कमन ल’ प्रणाली अपनाउने अन्य मुलुकमा जस्तै नेपालमा पनि कुन मुद्दा कुन न्यायाधीशले हेर्ने भन्ने निर्णय गर्ने अन्तिम अधिकार प्रधानन्यायाधीशमा थियो । तर, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले उक्त अधिकारको व्यापक दुरुपयोग गरेको गुनासो बढेसँगै सर्वोच्चका न्यायाधीशहरूले पूर्ण बैठक बसी गोला प्रणालीबाट पेसी तोक्ने व्यवस्था गरेका हुन् ।  प्रध

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • 64 पटक पढिएको
  • मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

    जनकपुर / ढल्केबर खण्डअन्तर्गत धनुषाको महेन्द्रनगरमा मोटरसाइकल दुर्घटना हुँदा आज (बुधबार) एकको मृत्यु भएको छ। काठमाडौंबाट ज१२प ५२२५ नं को मोटरसाइकलमा घर फर्किने क्रममा दुर्घटना हुँदा चालक धनुषाको कमला नगरपालिका–३ लगमा निवासी विजय मोरबैता यादवको मृत्यु भएको हो।दुर्घटनामा गम्भीर घाइते यादवलाई तत्कालै उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • 73 पटक पढिएको
  • जुम्लामा बस दुर्घटना : दुईको मृत्यु, दुई घाइते

    कर्णाली  / जुम्लाको सिंजा गाउँपालिकामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । कनकासुन्दरी गाउँपालिकाको गुठीज्यूलाबाट नेपालगञ्ज जाँदै गरेको ना६ख ४४३८ नंको बस सिंजा गाउँपालिका –२ जुम्ला घोडेङ्गा गाउँमा दुर्घटना भएको हो । बस सडकदेखि करिब २०० मिटर तल खसेको जुम्लाका प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईँले जानकारी दिए । प्रारम्भिक जानकारीअनुसार घटनास्थलमा नवीन रावल र विशाल बमको मृत्यु भएको उनले बताए ।बसमा चार जना मात्र सवार थिए । घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • 69 पटक पढिएको
  • दुर्घटनामा मृत्यु : स्थानीय र प्रहरीबीच झडप, नौ घाइते

    कपिलवस्तु /यशोधरा गाउँपालिका ६ सुठौली कार्यालय नजिकै लु ३ त ७६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा १२ वर्षीय बालिका सुमन यादवको मृत्यु भएको छ । बालिकाको मृत्युको घटनालाई लिएर स्थानीय र प्रहरीबीच झडप हुँदा नौ जना सुरक्षाकर्मी घाइते भएका छन् ।मृत्युको विषयलाई लिएर सवारी साधन तोडफोड गर्न खोजेका स्थानीयवासी र प्रहरीबीच झडप भएको हो । स्थितिलाई नियन्त्रणमा ल्याउन प्रहरीले पाँच राउण्ड र सशस्त्र प्रहरीले ६ राउण्ड अश्रु ग्यास फायर गरेका थिए ।झडपमा प्रहरी निरीक्षक विजय सिंह, प्रहरी सहायक निरीक्षक पराग यादव, प्रहरी हवलदार कैलासकोटी चौधरी, प्रहरी जवान भुवन घर्ती, बाल गोविन्द कुर्मी, अनिल थारु, राज कुमार तेली,

    • प्रकाशित मितिः मंसिर १४, २०७८
    • 99 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.