समाचार

    Showing 24,911-24,920 of 26,772 items.
  • अदालतको आदेशपछि निर्वाचनको तयारी गर्दै खानेपानी संस्था

    दाङ  / लामो समयदेखि हुन नसकेको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचन हुने पक्का भएको छ । उच्च अदालत तुलसीपुरले पत्र प्राप्त भएको एक महिनाभित्रमा आर्थिक प्रतिवेदन पारित गरी खानेपानीको निर्वाचन गर्न निर्देशन गरेको छ । सोहीअनुसार संस्थाको बैठकले यही मङ्सिर १४ गते पार्सद् भेला गर्ने निर्णय गरेको छ । भेलाले आर्थिक प्रतिवेदन पारित गर्नेछ । सोही भेलाले नै निर्वाचनको मिति तोक्ने संस्थाका कोषाध्यक्ष सीताराम शर्माले बताए । गत कात्तिक २५ गते संस्थामा पत्र आइपुगेकाले मङ्सिर २५ गतेभित्रै निर्वाचन गर्नुपर्ने उनको भनाइ छ । साथै निर्वाचनमा भाग लिनका लागि गत आर्थिक वर्षको महसुल बुझा

    • प्रकाशित मितिः मंसिर २, २०७८
    • 65 पटक पढिएको
  • पहिलो ई–पासपोर्ट शताब्दी पुरुष जोशीलाई

    काठमाडौँ / सरकारले इ–पासपोर्ट (विद्युतीय राहदानी) शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरेको छ । बुधबार त्रिपुरेश्वरस्थित राहदानी विभागमा आयोजित कार्यक्रममा परराष्ट्र मन्त्री डा. नारायण खड्काले शताब्दी पुरुष जोशीलाई ई पासपोर्ट प्रदान गरेका हुन् । सरकारले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लाई विस्थापित गर्ने गरी ल्याएको ई पासपोर्ट बनाउन बुधबारदेखि नै अनलाइन बुकिङको व्यवस्था गरेको राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले जानकारी दिए ।केही दिनपछि त्रिपुरेश्वरस्थित राहदानी विभागबाट ई–पासपोर्ट वितरण गर्ने पनि उनले बताए । ई–पासपोर्ट वितरण सुरु गरेपछि पनि मेसिन रिडेबल पासपोर्ट वितरणलाई पनि

    • प्रकाशित मितिः मंसिर १, २०७८
    • 67 पटक पढिएको
  • लागु औषधसहित १७ जना पक्राउ

    बुटवल /  रुपन्देहीबाट लागुऔषध सहित प्रहरीले १७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सम्मरीमाई गाउपालिका रुपन्देहीका निरज यादव, मर्चवारी गाउपालिका –५ का राहुल पाण्डे, कञ्चन गाउँपालिका ४ का मोहन सुनार र प्रदिप पुन, नन्द कुमार दर्जी,कञ्चन १ सिमा कुमारी श्रीस, चितवनको भरतपुर महानगरपाकिला १६ का दिपेन्द्र सुनार नवलपरासी (पुर्व_ गैडाकोट १ का नकुल बि.क. रहेका छन् । यस्तै तिलोत्तमा–४ का शंकर नेपाली, तिलोत्तमा –३ का केशव गिरी र बुटबल ११ का दिपक नेपाली रहेका छन् । उक्त अप्रेसन अन्तर्गत गत कार्तिक महिनामा महिनामा अवैध लागु औषध सहित २ महिला र १५ जना पुरुष पक्राउ परेका हुन् ।प्रहरीले बरामद

    • प्रकाशित मितिः मंसिर १, २०७८
    • 72 पटक पढिएको
  • रूपन्देहीबाट एक युवकको अपहरण

    बुटवल / रूपन्देहीको दक्षिणी सीमावर्ती क्षेत्रमा एक युवा अपहरणमा परेका छन् । रोहिणी गाउँपालिका –२ मैनिहवाका २१ वर्षीय अनिल कहार अपहरणमा परेका हुन् । भारतीय चार जना नागरिकले अनिलको अपहरण गरेको परिवारको दाबी छ । भारतीय नागरिक सञ्जय यादव, बाबुराम यादव, बेचु यादव र अनिल यादवले फोन गरेर उनलाई दशगजामा बोलाएको र त्यहाँबाट मोटरसाइकलमा भारततर्फ नै लगेको अनिलकी आमा सुधा कहारले बताइन् ।अनिलको बुधबार साँझ करिब साढे ६ बजे सञ्जय यादवको समूहले अपहरण गरी लगेको उनकी आमाले बताएकी छन् । अपहरणमा संलग्नहरूको दोहोरो नागरिकता रहेको स्थानीयको दावी छ ।

    • प्रकाशित मितिः मंसिर १, २०७८
    • 160 पटक पढिएको
  • आजदेखि ई–पासपोर्ट परीक्षण वितरण सुरु

    बिर्तामोड / सरकारले आज मंसिर एक गते (बुधबार) देखि विद्युतीय राहदानी (ई–पासपोर्ट) को परीक्षण वितरण सुरु गर्ने भएको छ । राहदानी विभागको त्रिपुरेश्वरस्थित नयाँ भवनमा आज दिउँसो दुई बजे आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री नारायण खड्काले ई–पासपोर्ट सार्वजनिक गर्ने भएका हुन् । परीक्षण सकिए लगतै सन् २०२२ को जनवरीको पहिलो सातादेखि नै नेपालमा औपचारिक रुपमा ई–पासपोर्ट प्रचलनमा ल्याउने विभागका महानिर्देशक डोरनाथ अर्यालले जानकारी दिए । गत वर्षको सेप्टेम्बर महिनामा फ्रान्सेली कम्पनीसँग सम्झौता गरेर विद्युतीय राहदानी उत्पादन अघि बढाइएको थियो । गत वर्षको डिसेम्बर २३ मा करिब साढे दुई अर्ब रुप

    • प्रकाशित मितिः मंसिर १, २०७८
    • 75 पटक पढिएको
  • ‘पूर्वाञ्चल पत्रिका’ प्रकाशनको २७ वर्षमा प्रवेश

    झापा / झापाको बिर्तामोड नगरपालिका –१ मा मुख्य कार्यालय रहेको पूर्वाञ्चल दैनिक पत्रिका प्रकाशनको २७ वर्षमा प्रवेश गरेको छ । पूर्वाञ्चल श्री अन्तु प्रकाशन प्रालि द्वारा प्रकाशन हुँदै आएको पूर्वाञ्चल दैनिक पत्रिका आज मंसिर १ गते २६ वर्ष पूरा गरी २७ वर्षमा प्रवेश गरेको हो । मोफसलमा पहिलोपटक अफसेट प्रविधि भित्र्याउन सफल पूर्वाञ्चल दैनिक प्रेस काउन्सिल नेपालद्वारा ‘क’ श्रेणीमा वर्गीकृत पत्रिका हो । संस्थाका अध्यक्ष टोरुप प्रसाईं, प्रकाशक भरतलाल गिरी र प्रधान सम्पादक एकराज गिरीले पूर्वाञ्चल २७ वर्षमा प्रवेशको पूर्व सन्ध्यामा विज्ञप्ति जारी गरी अहिलेसम्मको यात्रामा साथ दिने, सहयोग गर्ने सबैल

    • प्रकाशित मितिः मंसिर १, २०७८
    • 190 पटक पढिएको
  • काठमाडौँमा बसको ठक्करबाट पठाओ स्कुटरमा सवार दुई जनाको मृत्यु

    काठमाडौँ//काठमाडौँमा बसको ठक्करबाट पठाओ स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ । कलंकीबाट बल्खु तर्फ जाँदै गरेको प्रदेश ३ ०२ ०१४ प ७४६३ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३ ०१ ००५ ख ९३०० नम्बरको बसले ठक्कर दिएको हो । स्कुटर चालक धादिङको खरी –२ घर भएका ३५ वर्षीय रामबहादुर आचार्य र पछाडी सवार बाँके घर भएका ५२ वर्षीय यादवकुमार शाहको मृत्यु भएको प्रहरीले बताएको छ।ठक्करबाट घाइते भएका उनीहरूको उपचारको क्रममा बल्खुको बयोध्या अस्पतालमा मृत्यु भएको बताइएको छ। 

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • 57 पटक पढिएको
  • विप्लवका २१ कार्यकर्ता इटहरीबाट पक्राउ

    इटहरी / नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका २१ जना कार्यकर्तालाई सुनसरी प्रहरीले इटहरीबाट पक्राउ गरेको छ । नेकपाले आव्हान गरेको बन्द सफल बनाउन भन्दै यातायात र बजार बन्द गराउँदै हिँडेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा राखिएको छ । पक्राउ परेकामा नेकपा सम्वद्ध युवा विद्यार्थी सङ्गठनका कार्यकर्ता रहेको प्रहरीले जानकारी गराएको छ ।एलपी ग्यास र पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेकपाले नेपाल बन्दको आह्वान गरेको थियो । मंगलबार बिहानैदेखिको बन्दका कारण प्रदेश एकका इटहरी,बिर्तामोड , इन

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • 71 पटक पढिएको
  • चितवनमा बन्द गराउँदै हिँड्ने १० जना पक्राउ

    चितवन  / नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको विरुद्ध भन्दै आज आह्वान गरेको बन्दका क्रममा सवारी रोक्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ।पार्टी निकट अनेरास्ववियु क्रान्तिकारीका वाग्मती प्रदेश इञ्चार्ज राजन साउदसहित नेता, कार्यकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार साउदसहित दुई जनालाई बिहान सबेरै भरतपुरको बाइपास रोड र अन्यलाई नारायणगढको लायन्स चोकबाट नियन्त्रणमा लिइएको हो। सुरक्षाकर्मी व्यापक परिचालन गरिएकाले बन्द कर्ताले सवारी आवागमनमा अवरोध पुर्‍याउन पाएका छैनन् । ‘जिल्लाभर अवरोध गर्

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • 69 पटक पढिएको
  • भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    भक्तपुर / मोटरसाइकल दुर्घटना हुँदा भक्तपुरमा चालकको मृत्यु भएको छ। आज (मंगलबार) बिहान मध्यपुर थिमी नगरपालिका वडा नम्बर ४ चारदोबाटोमा बागमती प्रदेश ०२-०२७ प २३५३ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो । काठमाडौंबाट भक्तपुर जाँदै गरेको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकबीचको डिभाइडरमा ठोक्किएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक लोकबहादुर जिसीले जानकारी दिएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका लोकन्थली बस्ने प्रदीप कार्कीलाई उपचारको लागि मध्यपुर अस्पताल थिमी, भक्तपुर लगिएको थियो। उनको उपचारको क्रममा पौने ५ बजे मृत्यु भएको प्रहरी निरीक्षक जिसीले बताएका छन्। शव पोष्ट

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • 63 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.