समाचार

    Showing 24,941-24,950 of 26,772 items.
  • झापाका सञ्चारकर्मी न्यौपानेको निधन

    झापा / झापाको मेचीनगरस्थित चारआलीका सञ्चारकर्मी पुण्यप्रसाद न्यौपानेको निधन भएको छ । उनको ४९ वर्षको उमेरमा शनिबार बिहान निजी निवास मेचीनगर –१३ स्थित चारआलीमा निधन भएको हो । उनको दशैँमा लडेर घाइते भएका थिए । घाइते न्यौपानेको बिर्तासिटी र मेची अस्पतालमा उपचार गरेपछि घर ल्याइएको थियो । घर ल्याए पश्चात स्वास्थ्य अवस्था झन नाजुक भएपछि उनलाई धरान स्थित घोपा क्याम्प लगिएको थियो ।घोपामा पनि उपचार सम्भव नभएपछि उनलाई शुक्रबार घर ल्याइएको थियो । उनको शनिबार बिहान १ः४५ मा निधन भएको परिवारले जनाएको छ ।२०२९ जेठ १० गते जन्मिएका न्यौपाने समाजसेवी नेत्रप्रसाद न्यौपानेका कान्छा छोरा हुन । उनका श्रीमती सरस्

    • प्रकाशित मितिः कार्तिक २७, २०७८
    • 87 पटक पढिएको
  • मङ्सिरबाट विद्युतीय राहदानीको परीक्षण गरिँदै

    काठमाडौँ  / आगामी मङ्सिर १ गतेदेखि विद्युतीय राहदानीको परीक्षण वितरण सुरु गरिने भएको छ ।आउँदो अङ्ग्रेजी नयाँ वर्षदेखि नेपालमा औपचारिक रूपमा विद्युतीय राहदानी प्रचलनमा ल्याउन मागिएकाले त्यसैको तयारी स्वरूप परीक्षण वितरण सुरु गर्न थालिएको हो । अघिल्लो महिनादेखि नै परीक्षण वितरण सुरु गर्ने भनिए पनि दशैँ तिहारका कारण एक महिना ढिला गरी विद्युतीय राहदानीको परीक्षण सुरु हुन लागेको राहदानी विभागले जनाएको छ । विभागका महानिर्देशक डोरनाथ अर्यालका अनुसार परीक्षण सकिएलगत्तै सन् २०२२ को जनवरी महिनाको पहिलो सातादेखि नै विद्युतीय राहदानी प्रचलनमा ल्याउने तयारी विभागको रहेको छ ।मङ्सिर १ गतेदेखि

    • प्रकाशित मितिः कार्तिक २७, २०७८
    • 89 पटक पढिएको
  • पाँचलाख नगदसहित १६ जुवाडे पक्राउ

    काठमाडौँ / बुढानीलकण्ठ नगरपालिका –११ पौटार गैरीगाउँबाट प्रहरीले १६ जना जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका –४ का कमल परियार, श्रीराम श्रेष्ठ, रोशन पौडेल, नवराज श्रेष्ठ, बुढानीलकण्ठ नगरपालिका –११ का गणेश उप्रेती, कुमार केसी, मिलन तामाङ, दिनेश पौडेल, सन्जिव खड्का, दामोदर पौडेल, मुकुन्द खड्का, राजु गिरी, विवेक कार्की, प्रल्हाद खड्का र कालीचरण चौधरी रहेका छन्।सुमन खड्काले जग्गा भाडामा लिएर टहरा बनाएको ठाउँमा जुवा खेलिरहेको विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरूलाई शुक्रबार राति पक्राउ गरेको हो।उनीहरूको साथबाट प्रहरीले ५ लाख ११

    • प्रकाशित मितिः कार्तिक २७, २०७८
    • 67 पटक पढिएको
  • बाराबाट कटुवा पेस्तोलसहित एक पक्राउ

    बारा / बाराबाट कटुवा पेस्तोलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महागढीमाई नगरपालिका –५ का ३५ वर्षीय मनोज प्रसाद जैसवाल रहेका छन्।उनलाई प्रहरीले बारागढी गाउँपालिका –३ स्थित खोपवा बजारमा झगडा भइरहेको स्थानबाट पक्राउ गरेको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । उनको साथबाट प्रहरीले पेस्तोलसँगै एक राउन्ड गोली पनि बरामद गरेको छ । प्रदेश–३–०२–०१०प ७१२३ नम्बरको मोटरसाइकलमा बसिरहेका जैसवालको तलासी लिँदा कम्मरबाट पेस्तोल बरामद भएको मिश्रले बताए।

    • प्रकाशित मितिः कार्तिक २७, २०७८
    • 75 पटक पढिएको
  • रेडियो नेपालमा खुल्यो ठुलो संख्यामा जागिर

    काठमाडौँ / रेडियो नेपालले कर्मचारी भर्नाका लागि दरखास्त आव्हान गरेको छ । लोकसेवा आयोगको सहमतिमा रेडियो नेपालले इन्जिनियर देखि संवाददातासममका पदहरूमा दरखास्तका लागि आह्वान गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मातहतमा सञ्चालन हुँदै आएको रेडियो नेपालले इन्जिनियर, प्रशासकीय अधिकृत, व्यापार अधिकृत, कार्यक्रम अधिकृत, सम्पादक, संवाददाता, लेखापाल वाद्यवादक, कार्यक्रम सहायक लगायत पदमा ३९ जनाका लागि विज्ञापन खुलाएको छ । विज्ञापन प्रकाशित भएको मिति कात्तिक २६ गतेदेखि २१ दिनभित्र दरखास्त बुझाउन सकिन्छ । दोब्बर दस्तुर तिरेर थप सात दिनभित्र पनि दरखास्त बुझाउन सकिने रेडियो नेपालले जनाएको

    • प्रकाशित मितिः कार्तिक २६, २०७८
    • 80 पटक पढिएको
  • डीएसपी लोकनाथ तिमिल्सिनाको निधन

    सप्तरी  / इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) लोकनाथ तिमिल्सिनाको निधन भएको छ ।कोरोना संक्रमित तिमिल्सिनाको शुक्रबार बिहान उपचारका क्रममा नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौँमा निधन भएको सप्तरी प्रहरी प्रमुख एसपी राजेन्द्र प्रसाद धमलाले जानकारी दिए ।उनलाई दशैँ अघि कोरोना पोजेटिभ भएको थियो । नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय भक्तपुर दरबन्दी भएका उनी केही महिनायता इलाका प्रहरी कार्यालय कञ्चनपुरमा काजमा खटिएका थिए । उनी भक्तपुरकै निवासी हुन् ।

    • प्रकाशित मितिः कार्तिक २६, २०७८
    • 114 पटक पढिएको
  • लभडाँडामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

     लभडाँडामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु  झापा  पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका – ५ लभडाँडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रदेश १– ०२ –०४१ प २००० नम्बरको मोटरसाइकल गएराति पौने १ बजे अनियन्त्रित भएर पल्टिंदा मोटरसाइकल चालक स्थानीय २४ वर्षीय डिल्लीराम शाहीको मृत्यु भएको हो । शाहीको दमक अस्पतालमा उपचारको क्रममा राति २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सुनसरीको इटहरी उपमहानगरपालिका – २० का २५ वर्षीय रुपम तामाङ घाइते भएका छन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी

    • प्रकाशित मितिः कार्तिक २६, २०७८
    • 164 पटक पढिएको
  • जनता ठग्दै एनएमबी बैंक

    • प्रकाशित मितिः कार्तिक २६, २०७८
    • 43 पटक पढिएको
  • जन्मिने बितीकै एक शिशुले राखे विश्व कीर्तिमान

    एजेन्सी / सामान्यतया गर्भधारण भएको ९ महिना शिशु जन्मिन्छन् । तर, दक्षिणपूर्वी राज्य अलाबामा एक शिशुले निकै कम समयावधिमै जन्म लिएका छन् । ती शिशु २१ हप्ता अर्थात् १४७ दिनमा जन्मिएका हुन्।निकै कम समयमा जन्मिएका ती शिशुले संसारकै कम समयमा जन्मिने शिशुको रुपमा प्रमाणपत्र पाएका छन् । कर्टिस मिन्स नाम दिइएका ती शिशु सन् २०२० जुलाई ४ मा जन्मिएका हुन् । जन्मिँदा उनको तौल जम्मा ४२० ग्राम थियो । हाल जन्मेको १६ महिना पुगेका कर्टिस संसारकै कम समयमा जन्मिने शिशु भएको गिनिज वल्र्ड रेकर्डले पुष्टि गरेको छ ।करिब १९ हप्ताअघि नै आमा माइकल बटलरको गर्भबाट जन्म लिएका हुन् । बटलरले जुम्ल्याहा शिशु जन्म दिएपनि कर्टि

    • प्रकाशित मितिः कार्तिक २५, २०७८
    • 89 पटक पढिएको
  • उपत्यकामा दैनिक एक करोड लिटर पानी बढाइने

    काठमाडौँ  / उपत्यकाभित्रै दैनिक एक करोड लिटर पानी उपलब्ध हुने गरी योजना बनाइएको छ । उपत्यकामा मेलम्चीको पानी आउन समय लाग्ने देखिएकाले त्यसको विकल्प खोज्न लागिएको छ । उपत्यकामा भएका स्रोतको संरक्षण र विभिन्न स्थानमा डिप बोरिङ खन्न लागिएको हो ।मेलम्ची नआउँदासम्म भएका खानेपानीको स्रोत परिचालन गरेर वितरण गरिने योजना बनाएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यले बताए । उनका अनुसार अहिले भइरहेका मुहान संरक्षण गरेर त्यहीँबाट बढी पानी लिन लागिएको छ ।पुराना ट्युबवेल संरक्षण गर्न थालिएको छ । उपलब्ध पानीको परिमाण बढेपछि तालिका हेरफेर गरेर वितरण गरिने उनले बता

    • प्रकाशित मितिः कार्तिक २५, २०७८
    • 71 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.