समाचार

    Showing 24,971-24,980 of 26,772 items.
  • ट्रकको ठक्करबाट युवकको मृत्यु

    मकवानपुर / मकवानपुरको नवलपुरमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका –१२ का २० वर्षीय सुशान्त पुडासैनी रहेका छन् । हेटौडाबाट मनहरीतर्फ जाँदै गरेको बागमती प्रदेश ३००४ प ७१९१ नम्बरको मोटरसाइकललाई ना ७ ख ८८१ नम्बरको लहरी ट्रकले मंगलबार बिहान ठक्कर दिएको थियो ।ट्रकको ठक्करबाट पुडासैनीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।मृतक पुडासैनीको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याइएको प्रहरी नायब उपरीक्षक रिमालले बताए । ट्रकका चालक लमजुङ घर भएका वर्ष ४९ को पूर्णबहादुर भुजेललाई नियन्त्

    • प्रकाशित मितिः कार्तिक २३, २०७८
    • 66 पटक पढिएको
  • मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

    सुनसरी /  सुनसरीको कोशी गाउँपालिका –२ लौकहीमा मोटरसाइकलले ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका –७ की २ वर्षीया बालिका दिक्षा साह रहेकी छिन् । आज (सोमबार) बिहान पौने १२ बजे लौकही भित्री सडक खण्डमा उत्तर बाट दक्षीण तर्फ आउँदै गरेको को २ ह ६१६३ नम्बरको अटोले सोही दिशा तर्फ जाँदै गरेको को ४ प ३४५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना भएको थियो । अनियन्त्रित भएको मोटरसाइकलले सडक नजिकै बसिरहेकी १६ वर्षीया वर्षा साह र उनीसँगै रहेकी दुई वर्षीया बालीका दिक्षालाई ठक्कर दिँदा दुबै जना घाईते भएका थिए । घाईते उनीहरूलाई उपचारको

    • प्रकाशित मितिः कार्तिक २२, २०७८
    • 101 पटक पढिएको
  • भारत जाँदै प्रधानसेनापति शर्मा

    काठमाडौँ / प्रधानसेनापति प्रभुराम शर्मा भ्रमणका लागि भोलि (मङ्गलबार) नयाँ दिल्ली जाने भएका छन् ।भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा उनी कात्तिक २३ देखि २६ गतेसम्म भारत भ्रमणका लागि जान लागेका हुन् । महारथी शर्मालाई सेनाको एक टुकडीले भ्रमणका लागि सोमबार नै बिदाई सम्मान गारतसमेत प्रदान गरिसकेको छ ।भ्रमणका अवसरमा प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने कार्यक्रम छ । उनलाई यही कात्तिक २४ गते बुधबार मानार्थ महारथीको सम्मान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।नेपाल र भारतबीच एक–अर्का म

    • प्रकाशित मितिः कार्तिक २२, २०७८
    • 69 पटक पढिएको
  • राष्ट्रिय जनगणनामा मागेको सूचना दिन आग्रह

    काठमाडौँ / केन्द्रीय तथ्याङ्क विभागले हरेक नागरिकको घर–घरमा पुग्ने गरी राष्ट्रिय जनगणना २०७८ को तयारी पूरा गरेको छ । यही कात्तिक २५ गतेदेखि आउँदो मङ्सिर ९ गतेसम्म हुने गणनाका लागि ४० हजार गणक र आठ हजार १६ जना सुपरीवेक्षकलाई तालिम दिइसकिएको छ । सामाजिक, आर्थिक, भौगोलिक, भौतिक पूर्वाधार र अन्य पक्ष समेटिने गणनाका लागि केन्द्रदेखि वडास्तरसम्मका समन्वय संरचना तयार गरिएको छ ।यस पटक घर तथा घरपरिवार लगत सूचीकरणका लागि २५, मुख्य ५५ र पहिलो पटक सामुदायिक प्रश्नावलीसहित ८० वटा प्रश्न समवेश गरिएको छ । विभागले घर तथा घरपरिवार लगत सूचीकरण कार्य सम्पन्न गरेको छ । एक गणकले करिब एक सय पचास घरसम

    • प्रकाशित मितिः कार्तिक २२, २०७८
    • 78 पटक पढिएको
  • श्रीमतीको हत्या आरोपमा एक पक्राउ

    बुटवल  / कपिलवस्तुमा श्रीमतीको हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महाराजगञ्ज नगरपालिका –११ बाबा बनगाईका ४५ वर्षीय रामकेवल लौनिया रहेका छन् ।उनले गत भदौ १५ गते श्रीमती ३५ वर्षीया चिन्का लोनियालाई बुद्धभूमि नगरपालिका –९ चम्पापुरस्थित कपिलबस्तु साझेदारी सामुदायिक जङ्गलमा लगेर हत्या गरी रामकेवल फरार भएका थिए । भदौ १५ गतेदेखि हराएकी चिन्काको शवको कंकाल असोज १७ गते जङ्गलमा फेला पारेको कपिलवस्तु प्रहरी प्रवक्ता धर्मराज भण्डारीले बताए ।इलाका प्रहरी कार्यालय गोरुसिङ्गे कपिलवस्तुबाट खटिएको प्रहरी टोलीले लोनियालाई कार्तिक १९ गते बिहान बुद्धभूमि नगरपालिका –९ डुमराब

    • प्रकाशित मितिः कार्तिक २२, २०७८
    • 75 पटक पढिएको
  • ओखलढुङ्गामा रुखबाट लडेर एकको मृत्यु

    ओखलढुङ्गा / ओखलढुङ्गाको मोलुङ गाउँपालिका –७ पात्ले खानिचौरमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ वर्षीय  निमा शेर्पा रहेका छन् । शेर्पाको आइतबार दिउसो ११ बजे घरबाट अन्दाजी ५०० मिटर पश्चिममा रहेको खस्रुको रुखमा घाँस काट्ने क्रममा लडेर घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय बरुणेश्वरले जानकारी दियो । 

    • प्रकाशित मितिः कार्तिक २२, २०७८
    • 87 पटक पढिएको
  • पोखरीमा डुबेर बालकको मृत्यु

    सुनसरी / सुनसरीको इटहरीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका –४ बस्ने बलिन्द्र अधिकारीको ४ वर्षीय छोरा दर्पण अधिकारी रहेका छन् । आइतबार बेलुका ६ बजे घर नजिकै रहेको पोखरीमा डुबेर घाईते भएका दर्पणको घोपा धरानमा उपचारको क्रममा साढे ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

    • प्रकाशित मितिः कार्तिक २२, २०७८
    • 123 पटक पढिएको
  • सुनसरीमा बसको ठक्करबाट दुईको मृत्यु

    धरान / सुनसरीमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोशी गाउँपालिका –८ का २० वर्षीय अल्ताप मियाँ र २२ वर्षीय गियासुदिन मियाँ रहेका छन् । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्र१–०१–००१ख ३५३० नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्र२–०१–००१प७६३ नम्बरको मोटरसाइकललाई कोशी गाउँपालिका –८ स्थित पूर्व–पश्चिम लोकमार्गमा ठक्कर दिएको थियो । बसको ठक्करबाट घाइते भएका अल्ताप र गियासुदिनको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको १ नम्बर ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । बस चालक झापाको कन्काई नगरपालिका –२ बस्ने ५५ वर्षीय पुष्प अधिकारी प्रहरीको नियन्त्रणम

    • प्रकाशित मितिः कार्तिक २२, २०७८
    • 1,246 पटक पढिएको
  • सल्यान बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १२ पुग्यो, १८ घाइते

    सल्यान / सल्यानको कपुरकोटमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ ।मृत्यु हुनेमा १० जना पुरुष र २ जना महिला रहेका जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी गोविन्द थापाले जानकारी दिए ।आइतबार विहान ११ बजेतिर सल्यान सदरमुकाम खलंगाबाट दाङको तुल्सीपुरतर्फ गइरहेको ना १ ख १५५२ नम्बरको बस कपुरकोट गाउँपालिका –५ स्थित खारखोलामा दुर्घटना भएको थियो ।दुर्घटनामा कम्तीमा १८ जना घाइते भएका प्रहरीले बताएको छ । घाइतेमध्ये गम्भीर अवस्थाका ७ जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ । अरु घाइतेको श्रीनगर र खलंगाका विभिन्न अस्पतालमा उपचार भइरहेको डीएसपी थापाले जानकारी दिए ।बस सडकबाट २०० मिट

    • प्रकाशित मितिः कार्तिक २१, २०७८
    • 78 पटक पढिएको
  • सल्यानमा बस दुर्घटना : ८ को मृत्यु

    सल्यान / सल्यानमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । सल्यानको खलंगाबाट दाङको तुलसीपुर जाँदै गरेको रा१ख २५५२ नम्बरको बस आज बिहान ११ बजेतिर कपुरकोट गाउँपालिका –५ स्थित खार खोलामा दुर्घटना भएको हो ।दुर्घटनामा ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी गोविन्द थापाले जानकारी दिए ।डीएसपी थापाका अनुसार बस सडकबाट २०० मिटर तल खसेको छ ।दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि सल्यानकै श्रीनगर लिइएको छ ।

    • प्रकाशित मितिः कार्तिक २१, २०७८
    • 87 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.