समाचार

    Showing 24,981-24,990 of 25,313 items.
  • प्रश्नपत्र आउट गरेको भन्दै कर्मचारीसहित १० पक्राउ

    विराटनगर / परीक्षा अगावै प्रश्नपत्र आउट गरेको अभियोगमा प्रहरीले पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीसहित १० जनालाई पक्राउ गरेको छ । प्रश्न पत्र आउट गरेको विषयमा छानविन गरिरहेको प्रहरीले ८ जना विद्यार्थीलाई काठमाडौंबाट पक्राउ गरेको छ । त्यसैगरी प्रहरीले एक कर्मचारी र एक विध्यार्थिलाई विराटनगरवाट पक्राउ गरेको छ ।इन्जिनियरिङ संकायको स्नातक दोस्रो सेमेस्टरको फिजिक्स विषयको परीक्षा हुनुभन्दा दुई घण्टाअगाडि ३ प्रश्न पत्र बाहिरिएको थियो ।प्रश्नपत्र आउट भएपछि अनुसन्धान गर्न मोरङ प्रहरीमा निवेदन दर्ता गराएका थिए ।घटनामा संलग्न मानिएका १० जनालाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले पुष्

    • प्रकाशित मितिः वैशाख १२, २०७८
    • 68 पटक पढिएको
  • मोटरसाइकल दुर्घटना हुँदा विर्तामोडमा महिलाको मृत्यु

    विर्तामोड / मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापाको विर्तामोडमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–७ की २७ वर्षीया सुसना राई रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।ट्राफिक प्रहरी कार्यालयका अनुसार झापाको विर्तामोड नगरपालिका–२ रामचोकमा शनिबार साँझ पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे१०प ५५२० नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ त्यसमा पछाडि सवार राईको मृत्यु भएको हो । दुर्घटनाबाट गम्भीर घाइते उहाँको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक सोही स्थानका ३० वर्षीय सुमन थापालाई अनुसन्धान

    • प्रकाशित मितिः वैशाख १२, २०७८
    • 62 पटक पढिएको
  • शाही शैलीमा उज्यालो नेटवर्कको कार्यालयमा प्रहरीको छापा

    बिर्तामोड /  शाही शासनको झल्को दिने गरी प्रहरीले समाचारको विषयलाई लिएर उज्यालो नेटवर्क डटकम नामक अनलाइन न्यूज पोर्टलको कार्यालय घेरावन्दी गरेको छ ।अनामनगर स्थित कार्यालय घेरावन्दी गरेको प्रहरीले पत्रकारलाई कार्यालयभित्रै नियन्त्रणमा राखेको छ ।उज्यालो नेटवर्क डटकमका कार्यकारी सम्पादक अनिश तामाङले प्रहरीले धरपकड गरेको फेसबुक मार्फत जानकारी गराएका छन् । तामाङले फेसबुकमा लेखेका छन्– ‘उज्यालो नेटवर्कको कार्यलयमा प्रहरीले पुनः धरपकड गरेको छ । म लगायत उज्यालो नेटवर्कको पत्रकारहरुलाई प्रहरीले उज्यालो नेटवर्ककै कार्यलयमा नियन्त्रणमा राखेको जानकारी गराउन चहान्छु ।’समाचार लेखेकै कारण पत्रकारलाई

    • प्रकाशित मितिः वैशाख १२, २०७८
    • 66 पटक पढिएको
  • हुम्ला भित्रिने मुख्य नाकामा कडाइ, सर्वसाधारण चिन्तित

    हुम्ला / जिल्ला प्रवेश गर्ने मुख्य नाका सिमकोट विमानस्थल र तीनवटा अन्य पैदलमार्गका नाकामा कडाइका साथ निगरानी बढाइने भएको छ । हुम्ला प्रवेश गर्ने मुख्य स्थान नेपालगञ्ज र सुर्खेतमा कोरोना भाइरसको प्रकोप बढेपछि जिल्लामा सावधानी अपनाउने निर्णय गरिएको हो । जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले कोरोना भाइरसबाट बच्नका लागि कडाइसाथ सावधानी अपनाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिएका छन् ।यसका लागि सिमकोट विमानस्थलमा एक चिकित्सकको नेतृत्वमा स्वास्थ्यकर्मी सम्मिलित टोलीले कडा निगरानीका साथ जाँच गर्ने गर्ने भएको छ । त्यसैगरी अन्तर प्रदेश जोड्ने ताँजाकोट गाउँपालिकाको कवाडी, सर्क

    • प्रकाशित मितिः वैशाख १२, २०७८
    • 72 पटक पढिएको
  • ड्राइभिङको नयाँ अनुभवका लागि गुगल म्यापमा परिवर्तन

    बिर्तामोड / एन्ड्रोइड अटोमोटिभका लागि गुगल म्याप एक महत्वपूर्ण आधार हो । त्यसमा पनि इलेक्ट्रिक गाडीमा गुगल म्यापको बढ्दो प्रयोगले यसको औचित्यलाई अझ विस्तार गरिदिएको छ ।त्यसैले पनि गुगलले इलेक्ट्रीक गाडीलाई लक्षित गर्दै गुगल म्यापमा आमुल परिवर्तन नै गरेको छ ।गुगलले यसअघि नै इलेक्ट्रिक गाडीको ब्याट्रीको लेवल हेर्न मिल्ने फिचर सार्वजनिक गरेको थियो ।त्यति मात्रै नभएर अब कम्पनीले इलेक्ट्रिक कारका लागि चार्ज स्टेसनको जानकारी समेत यही एपमा दिने छ । यसको अर्थ गुगल म्यापले इलेक्ट्रिक कारको हकमा कुन बाटो भएर जाँदा सहज हुनेछ भन्ने कुराको जानकारीका साथै कुन बाटोबाट जाँदा कति ओटा चार्ज स्टेसन पर्छन् भन्ने

    • प्रकाशित मितिः वैशाख ११, २०७८
    • 71 पटक पढिएको
  • ‘धरहरा चढ्दा आइफल टावर चढेजस्तै अनुभव भयो’

    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको भावना र गौरव, अतीत र इतिहास जोडिएको धरहरा निर्माण सम्पन्न हुँदा खुशी अनुभव भएको बताएका छन् । छ वर्षअघिको भूकम्पले भत्किएको धरहरा नजिकै बाहिरी आवरण उस्तै देखिने धरहरा निर्माणपछि आज आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उनले इतिहाससँग जोडिएको ऐतिहासिकस्थल पुनःनिर्माण हुनु देशकै लागि गौरवको विषय भएको बताए ।  “इतिहास झल्कने, आधुनिकता टल्कने गरी धरहरा पुनःनिर्माण भएको छ, सुन्दर, आकर्षक र मजबुत धरहरा चढ्दा आइफल टावर चढेजस्तै अनुभव भयो, आइफल टावरमा जस्तै हावा धरहराको २०औँ तलामा आएको छ, यो काठमाडौँ र नेपालको परिचयका रुपमा विश्वमा

    • प्रकाशित मितिः वैशाख ११, २०७८
    • 65 पटक पढिएको
  • फेकोफनले एक हजार चार सय भवनलाई क्वारेन्टिनका लागि दिने

    काठमाडौँ / सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन)ले कोरोना सङ्क्रमण महामारी नियन्त्रणका लागि देशभरका एक हजार ४०० भन्दाबढी सामुदायिक भवनलाई क्वारेन्टिन भवनका रूपमा प्रयोग गर्न दिने निर्णय गरेको छ ।महासङ्घका अध्यक्ष भारती पाठकको अध्यक्षतामा शुक्रबार बसेको सचिवालय बैठकले वर्तमान विषम परिस्थितिमा फेकोफनका सम्पूर्ण तहगत संरचनाका साथै देशभरका उपभोक्ता समूहले सरकारले घोषणा गरेका मापदण्ड कडाइका साथ कार्यान्वयन गर्ने निर्णयसमेत गरेको छ ।बैठकले सामाजिक दूरी कायम गर्न सचेतना कार्यक्रम तथा अभियान सञ्चालन गर्ने, गरीब विपन्न, दैनिक ज्यालादारी गरेर खाने वर्गका लागि स्थानीय सरकारसँगको समन्वयमा खाद्यान्न

    • प्रकाशित मितिः वैशाख ११, २०७८
    • 84 पटक पढिएको
  • चलचित्र क्षेत्रमा सरकारले राहत कार्यक्रम ल्याउने

    काठमाडौँ / परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले कोरोनाले नेपाली चलचित्र क्षेत्रमा पारेको असरलाई ध्यानमा राखी केही राहत कार्यक्रम ल्याउने योजना बनाएको बताएका छन् । कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनद्वारा आज यहाँ आयोजित ‘नेपाल अफ्रिका फिल्म फेस्टिबल’को नौ संस्करणको उद्घाटन समारोहमा मन्त्री ज्ञवालीले विश्वभरि फैलिएको कोरोना भाइरसका कारण नेपाली चलचित्र क्षेत्रमा पनि प्रत्यक्ष असर परेकाले सरकारले सहयोग गर्ने आश्वासन दिएका छन् । कार्यक्रममा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले नेपालले वार्षिकरुपमा अन्तरराट्रियरुपमा चलचित्र महोत्सव आयोजना गर्नुपर्ने जनाउँदै त्यसका ल

    • प्रकाशित मितिः वैशाख १०, २०७८
    • 58 पटक पढिएको
  • सडक निर्माणका क्रममा करेन्ट लागेर मृत्यु

    रुकुम / करेन्ट लागेर आज बिहान एक युवकको मृत्यु भएको छ । गोरखा नगरपालिका–६ स्थित टेलिकम क्षेत्रमा सडक बाटो ढलानका क्रममा आफैँले समाएको फलामको रडले विद्युत्का तारमा छुन पुग्दा करेन्ट लागेर रुकुम९पश्चिम०को चौरधारे नगरपालिका–१० घर भएका ३२ वर्षीय थलबहादुर विकको मृत्यु भएको हो । ढलान गरेर सडक बनाउन लागिएका ठाउँमा मजदूर विकले फलामको रड ठाडो पार्ने क्रममा विद्युत्को हाइटेन्सन लाइन एक्कासि छुन पुग्दा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताएका छन् ।करेन्ट लागेर गम्भीर घाइते विकलाई नजीकैको एपोलो अस्पतालमा उपचारका लागि पु¥याइएकामा उपचारकै क्रममा मृत्यु भएको प्र

    • प्रकाशित मितिः वैशाख १०, २०७८
    • 59 पटक पढिएको
  • स्वास्थ्य मापदण्डबमोजिम चल्न थाले राजधानीका सङ्ग्रहालय

    काठमाडौँ / नयाँ भेरियन्टसहितको कोरोना बढ्न थालेपछि उपत्यकाका सङ्ग्रहालय स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेरमात्र अवलोकन गराउन थालिएको छ । विद्यालय खुला हुँदा विद्यार्थी समूहमा आउने गरेकामा हाल समूहमा अवलोकनकर्ता नआउने गरेको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिका कार्यालय प्रमुख सन्दीप खनाल बताउछन् । चैत दोस्रो सातासम्म सङ्ग्रहालयमा दैनिक ३०० भन्दा बढी अवलोकनकर्ता आउँथे । अहिले भने कोरोना त्रासका कारण आगन्तुक घटेका छन् । सङ्ग्रहालय प्रवेश गर्न मास्क अनिवार्य गरिएको छ । समितिका तर्फबाट प्रवेशढोकामा स्यानिटाइजर राखिएको उनले जानकारी गराएका छन् । सङ्ग्रहालयभित्र एकपटकमा २५ जनाभन्दा बढी अव

    • प्रकाशित मितिः वैशाख १०, २०७८
    • 89 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.