समाचार

    Showing 24,991-25,000 of 25,313 items.
  • तयारी अवस्थामा रहन मुख्यमन्त्री भट्टको निर्देशन

    गोदावरी / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना महामारी बढ्दै गएकाले तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । सेती प्रादेशिक अस्पताल, प्रादेशिक आयुर्वेद चिकित्सालय र प्रदेश जनस्वास्थ्य आपूर्ति केन्द्रको आज अनुगमन गर्दै उनले स्वास्थ्यकर्मीलगायत सबै निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।  सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमण दरमा निरन्तर वृद्धि भइरहेकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि सबैले आ–आफ्नो ठाउँबाट महत्वपूर्ण भूमिका खेल्नुपर्ने उनको भनाइ थियो । मुख्यमन्त्री भट्टले कोरोनाको सङ्क्रमण दर कम गर्न स्वास्थ्यका आवश्यक मापदण्डको पालना गर्न जर

    • प्रकाशित मितिः वैशाख १०, २०७८
    • 76 पटक पढिएको
  • सुनका गरगहनासहित नगद चोरी गरी फरार युवक पक्राउ

    गोरखा / गोरखा नगरपालिका बजार क्षेत्रमा सुनका गरगहनासहित नगद चोरी गरी फरार भएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । नगरपालिकाको वडा नं  ५ स्थित मार्गदर्शन टोलका अमृतबहादुर घर्तीको कोठाबाट नगद रु एक लाख र करिब एक तोला सुन चोरी गरी भागेका २१ वर्षीय सुकबहादुर कुँवरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले जानकारी दिएका छन् ।पक्राउ परेका सिरानचोक गाउँपालिका–१ घर भएका कुँवरले गत बुधबार घर्तीको कोठमा पसी दराज फोडेर नगद र गरगहना चोरी गरी भागेका थिए । घटनाको जानकारी पाएलगत्तै अनुसन्धान अघि बढाएको प्रहरीले कुँवरलाई घरबाट नै पक्राउ गरेको थियो । उनबाट चोरी गरेका

    • प्रकाशित मितिः वैशाख १०, २०७८
    • 69 पटक पढिएको
  • स्वास्थ्य मापदण्ड पालना गर्न प्रशासनको आग्रह

    चितवन / जिल्ला प्रशासन कार्यालयले सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना गर्न सबैलाई आग्रह गरेको छ । बिहीबार एक सूचना जारी गरी कोरोनाका कहरका कारण मापदण्ड पालना गर्न सबैमा अनुरोध गरेको हो ।मन्त्रिपरिषद्को निर्णयबमोजिम भरतपुर महानगरपालिकाभित्र रहेका शैक्षिक संस्था विद्यालय, कलेज, ट्युसन सेन्टर, तालीम केन्द्र यही वैशाख मसान्तसम्म भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधि अपनाई शैक्षिक गतिविधि सञ्चालन गर्न अनुरोध गरिएको छ । यस्तै माध्यमिक शिक्षा परीक्षा ९एसइई० परीक्षाबाहेक अन्य परीक्षा सञ्चालन गर्दा आलोपालो प्रणालीअनुसार सञ्चालन गर्न, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब

    • प्रकाशित मितिः वैशाख १०, २०७८
    • 72 पटक पढिएको
  • पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

    कैलाली / कैलालीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि आक्रोशित आफन्तले लम्कीचुहा नगरपालिकाअन्तर्गतको पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । मृतकका परिवारलाई क्षतिपूर्ति तथा दोषीलाई कारवाहीको माग गर्दै शुक्रबार बिहानैदेखि लम्कीचुहा नगरपालिकाअन्तर्गतको सो राजमार्ग अवरुद्ध गरिएको हो । बिहीबार गौरीगङ्गा नगरपालिकाको राजीपुरमा बसले ठक्कर दिँदा मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका–४ का २७ वर्षीय लालितजंग रावतको मृत्यु भएको थियो दिउँसो ३ बजेतिर पश्चिमबाट पूर्वतर्फ गइरहेको ना४ख ३७२९ नम्बरको बसले सोही दिशातर्फ गइरहेको म८प नम्बरको ३९८० नम्बरकोे मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक

    • प्रकाशित मितिः वैशाख १०, २०७८
    • 156 पटक पढिएको
  • स्वच्छ र मर्यादित पत्रकारिताका लागि आचारसंहिता

    विराटनगर / ‘स्वच्छ र मर्यादित पत्रकारिता’का लागि पत्रकार आचारसंहिता सबैले पालना गर्नुपर्ने सहभागीले जोड दिएका छन् ।पत्रकारितालाई थप विश्वसनीयता बनाउन आचारसंहिता नै यस क्षेत्रको धन हो भन्ने कुरामा सबैले ध्यान दिन समेत आग्रह गरेका छन् ।प्रेस काउन्सिल नेपालद्वारा आज यहाँ आयोजित ‘पत्रकार आचार संहिता र कोभिड–१९ ले मिडियामा परेको प्रभाव’ विषयक अन्तक्र्रिया कार्यक्रममा सहभागी नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ समितिका अध्यक्ष लिलाबल्भ घिमिरे,  महासङ्घ मोरङ शाखाका अध्यक्ष सञ्जीव खनाल, पत्रकार महेन्द्र विष्ट, विजय खतिवडा, देवनारायण साह, अर्जुन आचार्य, ध्रुव भट्टराई, सत्यनारायण शर्मा, कुमोद अधिकारील

    • प्रकाशित मितिः वैशाख १०, २०७८
    • 55 पटक पढिएको
  • टिपर र मोटरसाइकल ठोक्किँदा मृत्यु

    काठमाडौंँ / काठमाडौंँको पेप्सीकोलाबाट मध्यपुरथिमि नगरपालिका–२ सानो ठिमीतर्फ आउँदै गरेको रा २ प ४४३७ नंको मोटरसाइकल र मगर गाउँबाट पेप्सीकोलातर्फ जाँदै गरेको वा ३ ख ४४६५ नंको टिपर ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  सानो ठिमी प्रहरी प्रभाग अगाडि भएको दुर्घटनामा दुई जना गम्भीर घाइते भएकामा मोटरसाइकल पछाडि सवार कैलाली चटकपुर घर भई हाल भक्तपुर पुरानो ठिमी बस्ने ४२ वर्षीय पदमराज पाठकको मृत्यु भएको छ । दुर्घटनामा घाइते मोटरसाइकल चालक दाङ लालमठिया–५ बस्ने २४ वर्षीय उमेश चौधरीको न्युरो अस्पताल बाँसबारी काठमाडौँ उपचार भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक दीपक गिरीले

    • प्रकाशित मितिः वैशाख ९, २०७८
    • 67 पटक पढिएको
  • कोभिड सङ्क्रमण : निगरानी र सावधानीप्रति चासो कम

    काठमाडौँ / सरकारले कोभिड–१९ नियन्त्रणका लागि यही वैशाख ६ गते विभिन्न आदेश जारी गर्दै मुलुकभर सावधानी अपनाउन सर्वसाधारणमा अपिल गरे पनि मुलुकमा त्यसलाई खासै ख्याल गरेको पाइएको छैन । आदेशको कार्यान्वयनमा सम्बद्ध निकायको सक्रियता पनि न्यून देखिएको छ ।स्थानीय प्रशासन र स्थानीय तहले सार्वजनिक सूचना जारी गर्नेभन्दा अरू व्यवहारिक गतिविधिमा जोड दिनसकेको देखिँदैन । सुरक्षा निकायले पनि तुलनात्मकरूपमा आफ्ना गतिविधिलाई तीव्रता दिन सकिरहेको देखिँदैन । काठमाडौँमा प्राध्यापन गर्दै आउनुभएका पदम जोशी नागरिकले स्व–सावधानी उपाय अपनाएको समेत नपाइएको र कार्यान्वयन गर्ने निकायको प्रस्तुति पनि कमजोर रहेको पाइएको बताए

    • प्रकाशित मितिः वैशाख ९, २०७८
    • 51 पटक पढिएको
  • हट्यो पुलमा लगाइएको कर

    बागलुङ /  बागलुङ–पर्वत जोड्ने झोलुङ्गे पुल तरेवापत शुल्क लिने निर्णयबाट बागलुङ नगरपालिका पछि हटेको छ । नगर कार्यपालिकाको निर्णयानुसार मङ्गलबारदेखि पूर्वाधार उपयोग कर शीर्षकमा प्रतियात्रु रु २० लिन थालिएको थियो ।जनस्तरबाट व्यापक विरोध भएपछि अर्को व्यवस्था नभएसम्मका लागि कर उठाउने कार्य स्थगन गरिएको नगरपालिकाले जनाएको छ । सो विषयमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत आज सार्वजनिकरूपमा सूचितसमेत गरिएको छ ।यसअघि गत चैत २६ गते बसेको नगर कार्यपालिकाको बैठकले पूर्वाधार उपयोग करअन्तर्गत पुल आउजाउ गर्ने यात्रुबाट रु २० लिने निर्णय गरेको थियो । ज्येष्ठ

    • प्रकाशित मितिः वैशाख ९, २०७८
    • 67 पटक पढिएको
  • करौंडो मुल्यको जग्गा किर्ते गरी किनबेचमा संलग्न गिरोहका १० पक्राउ , ६ फरार

    बिर्तामोड / वास्तविक जग्गाधनीको मृत्यु भएको करिव सवा एक वर्षपछि नक्कली जग्गाधनी बनाएर बिर्तामोड – १ स्थित अदुवाखोला नजिक पुर्व पश्चिम राजमार्गमा पर्ने करोडौ मुल्यको १ कठ्ठा पौने १४ धुर जग्गा किनबेचमा संलग्न गिरोहका १० जनालाई प्रहरीले पक्राउ गरेको छ भने थप ६ जना फरार रहेको जनाएको छ ।करोडौं मुल्य पर्ने जग्गा वास्तविक हकवालाले थाहा नै नपाई किनबेच भएको विषयमा ईलाका प्रहरी कार्यालय बिर्तामोडमा जाहेरी परेपछि सो विषयमा प्रहरीले एक महिना अघि वाट अनुशन्धान थालेको थियो । घटनामा संलग्न फरार हुने भयले प्रहरीले पक्राउ परेकाको विवरण गोप्य राख्दै आएको थियो । बिहिबार जिल्ला प्रहरी कार्यालय झापाले प्रेस सुचना

    • प्रकाशित मितिः वैशाख ९, २०७८
    • 1,569 पटक पढिएको
  • नेकपा जिल्ला कमिटी सदस्य कठायत कारागारमुक्त

    बझाङ / नेत्रविक्रम चन्द  नेतृत्वको नेकपाका जिल्ला कमिटी सदस्य जोगबहादुर कठायत कारागारमुक्त भएका छन् ।  उनलाई जिल्ला अदालतले चन्दा असुली, हातहतियार खरखजाना र राजद्रोह गरी पाँच मुद्दा लगाएको थियो । सरकारसँग चन्द समूहको तीनबुँदे सहमति भए पनि बझाङमा पक्राउ परेका कार्यकर्ता छुटेका थिएनन् । जिल्ला कारागारमा समूहका पाँच  कार्यकर्ता थिए । यसअघि गत चैतमा जिल्ला कमिटी सदस्य देवदत्त अवस्थी कारागारमुक्त भएका थियो  । अझै तीन जना कारागारमै छन् ।प्रहरीले कठायतलाई विसं २०७७ मङ्सिर २७ गते धनगढीबाट पक्राउ गरेको थियो । जिल्ला कमिटी सदस्य कठायतलाई अबिरमाला, बाजासहित सदरमुकाम चैनपुर परिक्रमा गर

    • प्रकाशित मितिः वैशाख ९, २०७८
    • 90 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.