समाचार

    Showing 25,011-25,020 of 26,772 items.
  • डडेल्धुरामा बस दुर्घटना, १० घाइते

    डडेल्धुरा  / दार्चुलाबाट महेन्द्रनगर जाँदै गरेको बस यहाँको आलिताल गाउँपालिका–१ घण्टेश्वर मन्दिर नजिक दुर्घटना हुँदा १० जना घाइते भएका छन् । ना८ख ६१३२ नंको बस सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । बसमा ३२ यात्रु सवार रहेको बताइएको छ ।घाइतेलाई उपचारका लागि धनगढी ल्याइँदैछ । घाइते हुनेमा बैतडी, डिलाशैनी गाउँपालिका–६ का ४५ वर्षीय किर्मा ओड, ५० वर्षीय रम्चि ओड, दोगडाकेदार गाउँपालिका–८ का ३२ वर्षीय मानसिंह कार्की, दोगडाकेदार–६ का ३० वर्षीय देवदत्त जोशी, ३५ वर्षीय प्रकाश विष्ट र केशवदत्त जोशी र पुर्चौँडी नगरपालिका–१० का ३० वर्षीय चन्द्रबहादुर व

    • प्रकाशित मितिः कार्तिक १४, २०७८
    • 61 पटक पढिएको
  • दुई लाख नगदसहित आठ जुवाडे पक्राउ

    दाङ / दाङबाट प्रहरीले एक लाख ९८ हजार रुपैयाँ नगदसहित आठ जना जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ नपर्नेहरूमा तुल्सीपुर –११ का रोहित न्यौपाने, सोही स्थानका चित्रबहादुर बस्नेत, मिनकेतन गिरी, सुरेन्द्र लामा, वडा नम्वर –१२ का मानबहादुर रावत, दिपेन्द्र गिरी, विवेक मल्ल र दिगाम्बर गिरी रहेका छन् । शुक्रवार दिउँसो प्रहरी निरीक्षक रञ्जनबहादुर स्वाँरको नेतृत्वमा खटिएको प्रहरी टोलीले तुल्सीपुर –६ रजौरा टोलको एक खाली घरमा जुवा खेलिरहेका ८ जनालाई पक्राउ गरेको दाङका प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।पक्राउ परेकाहरूको साथबाट प्रहरीले १ लाख ९८ हजार दुई सय रुपैयाँ नगद र १६ थान क

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • 89 पटक पढिएको
  • कुवेतमा चार नेपालीको मृत्यु

    बिर्तामोड / वैदेशिक रोजगारीको क्रममा कुवेत गएका चार नेपाली कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन महिला र एक पुरुष रहेका छन् । तेह्रथुम आठराई घर भएकी २६ वर्षीया सञ्चिता बस्नेतको मृत्यु भएको कुवेतस्थित नेपाली दूतावास स्रोतले जनाएको छ ।यस्तै इलाम सन्दकपुरका प्रदीप फागुको गत शनिवार हृदयघातका कारण मृत्यु भएको बताइएको छ । फागु आफ्नै कोठामा मृत अवस्थामा फेला परेका थिए ।मृतक मध्ये अन्य दुई जनाको परिचय खुल्न सकेको छैन । फिङ्गर प्रिन्ट रिपोर्ट आएपछि शवको पहिचान हुने दूतावासले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • 67 पटक पढिएको
  • चितुवाको छाला र हड्डीसहित तीन पक्राउ

    बाँके / बाँकेबाट चितुवाको छाला र हड्डीसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेत पञ्चपुरी नगरपालिका –७ का २४ वर्षीय रमेश वयक, २८ वर्षीय वसन्त बिसी र बाँके राप्ती सोनारी गाउँपालिका –९ का ३५ वर्षीय हिरासिंह विक रहेका छन्।शुक्रबार बेलुका इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले उनीहरूलाई कोहलपुर –११ स्थित सागर गेस्ट हाउसको कोठाबाट पक्राउ गरेको हो। पक्राउ परेकाहरूको साथबाट प्रहरीले एक थान चितुवाको छाला र एक किलो ४० ग्राम हड्डी बरामद गरेको प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • 88 पटक पढिएको
  • साउदको हत्याको आरोपमा एक पक्राउ

    कैलाली  / कैलालीमा चक्कु प्रहार गरी किशोरको हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भजनी नगरपालिका –३ का १८ वर्षीय किरण साउद रहेका छन् । किरणले शुक्रबार राती टीकापुर नगरपालिका –८ कालीमाटीका १८ वर्षीय अनुप साउदको चक्कु प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले जानकारी दिए । एसपी अधिकारीका अनुसार चक्कु प्रहारबाट गम्भीर घाइते भएका अनुपको उपचारका क्रममा शुक्रबार राति नै टीकापुर अस्पतालमा मृत्यु भएको हो ।चक्कु प्रहार गरेर फरार भएका किरणलाई इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले नियन्त्रणमा लिएर अनुसन्ध

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • 127 पटक पढिएको
  • आजको मौसम : वर्षा र हिमपातको सम्भावना

    बिर्तामोड / नेपालमा हाल उल्लेखनीय मौसम प्रणाली नभएपनि देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ ।राति प्रदेश १ र गण्डकीका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको आँकलन गरिएको छ ।

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • 75 पटक पढिएको
  • संसदीय टोलीद्वारा बेनी–जोमसोम–कोरला सडक अनुगमन

    काठमाडौं / राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय उपसमितिको टोलीले उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको अनुगमन गरेको छ । उपसमितिका सभापति अनिता देवकोटा, सदस्य नारायणकाजी श्रेष्ठ र इन्दिरादेवी गौतमसहित सचिवालयका दुई कर्मचारीको टोलीले म्याग्दीको उत्तरी क्षेत्र हुँदै चीनको सिमानामा रहेको कोरला नाका जोड्ने १८६ किलोमिटर दूरीको सडक निर्माण अवस्थाको बारेमा जानकारी लिएको हो । संसदीय टोलीले स्थलगत निरीक्षणका साथै आयोजनाका अधिकारी, जनप्रतिनिधि, स्थानीयवासीसँग छलफल र निर्माण व्यवसायी तथा प्राविधिकलाई निर्देशन दिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख ज

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • 70 पटक पढिएको
  • पत्रकार बास्तोलाले फेसबुकमा पत्र लेख्दै गरे आत्महत्या

    पोखरा / पोखराका पत्रकार श्रीप्रसाद बास्तोलाले सामाजिक सञ्जाल फेसबुकमा पत्र लेख्दै आत्महत्या गरेका छन् । पत्रकार, सामाजिक अभियन्ता तथा विद्यालय सञ्चालक समेत रहेका बास्तोलाले आफ्नै घरमा आत्महत्या गरेका हुन् । उनले फेसबुकमा १५ वर्ष अगाडि आमाले भनेको नमान्दा पैतृक सम्पत्ति, घर, खेत, जग्गा, सुन, गहना र स्कुल सबै चैट भन्दै आज आफूपनि चैट हुनुपरेको लेखेर आत्महत्या गरेका छन् ।जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डीएसपी सुवास हमालका अनुसार हिजो राति आफ्नै घरमा उनलाई झुण्डिएको अवस्थामा भेटिएको हो । बास्तोलाले हिजो राती साढे तीन बजे सामाजिक सञ्जाल फेसबुकमा आत्महत्या गर्नुपर्ने कारण र आफू

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • 81 पटक पढिएको
  • मोटरसाइकल दुर्घटना : एकको मृत्यु, २ घाइते

    गौरादह / झापाको गौरादहमा मोटरसाइकल दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा गौरादह –५ का ४० वर्षीय वेणु अधिकारी रहेका छन् ।शुक्रबार बिहान पूर्व देखि पश्चिम तर्फ जाँदै गरेको मे ९ प २७०३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे ६ प ५४१६ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा दुर्घटना भएको हो । दुर्घटनाबाट मे ९ प २७०३ को मोटरसाइकलका चालक अधिकारीको मृत्यु भएको हो। त्यस्तै गौरादह ५ चप्रामारीका ३० वर्षीय अनुप राजवंशी र १६ वर्षीय ललित शर्मा घाइते छन्।घाइते राजवंशी र शर्माको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।&

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • 127 पटक पढिएको
  • बेनी–जोमसोम सडक दैनिक १० घण्टा बन्द हुने

    गण्डकी / गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड स्तरोन्नति गर्न दैनिक १० घण्टा बन्द गरिने भएको छ । नियमित सडक सञ्चालन गर्दा विस्तारमा समस्या भएपछि आज बिहानदेखि अर्को सूचना जारी नहुदाँसम्म सवारी साधन बन्द र काम गर्ने गरी बिहान तथा दिउँसो गरी दैनिक १० घण्टा सडक बन्द हुने जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।सडक स्तरोन्नतिका लागि मुस्ताङको सिमानामा पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको काभ्रेभीरमा मर्मत र सवारीसाधन एकसाथ आवतजावत गर्न नसक्ने तथा चलाउँदा पनि अत्यन्तै जोखिमयुक्त हुने भएकाले जोखिमबाट सम्भावित दुर्घटना रोक्न सवारी आवागमन बन्द गर्नुपरेको प्रहरी नायब

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • 71 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.