समाचार

    Showing 25,091-25,100 of 25,313 items.
  • मध्यरातमा फर्निचरमा आगलागी

    बागलुङ / बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा लाखौँको क्षति भएको प्रहरीले जनाएको छ ।फर्निचरमा रहेका सबै काठपात तथा तयारी सामग्री जलेका छन् । आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र बागलुङ नगरपालिकाको दमकल प्रयोग भइरहेको छ । रातिदेखि शुरु भएको आगलागी आज बिहानसम्म नियन्त्रणमा नआएको हो । क्षतिको पूर्ण विवरण आइनसकेको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताएका छन् । फर्निचरका सबै सामग्री जलेका छन् ।

    • प्रकाशित मितिः चैत २९, २०७७
    • 52 पटक पढिएको
  • हुम्लाका लागि सात हजार क्विन्टल चामल स्वीकृत

    हुम्ला / सरकारले हुम्लाका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत सात हजार क्विन्टल चामलको कोटा स्वीकृत गरेको छ । जिल्ला खाद्य व्यवस्थापन समिति हुम्लाले माग गरेअनुसार उक्त कोटा स्वीकृत गरिएको लिमिटेड हुम्ला शाखाका नायब सुब्बा भरत अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार आर्थिक वर्ष २०७७÷०७८ का लागि लिमिटेडको हुम्ला शाखाले गत फागुन २६ गते लिमिटेडको बिक्री वितरण विभाग, प्रधान कार्यालय काठमाडौँमा अनुरोध गरेपछि उक्त परिमाणको चामलको कोटा स्वीकृत भएको हो । “लिमिटेडले सिमकोट केन्द्रका लागि १४ हजार क्विन्टल चामल माग गरे पनि चैत २६ गते केन्द्रको परिपत्रअनुसार जम्मा सात हजार क्विन्टल

    • प्रकाशित मितिः चैत २९, २०७७
    • 58 पटक पढिएको
  • सुनचाँदी व्यपारीको गोली हानी हत्या

    बिर्तामोड / लहानमा एक सुनचाँदी व्यपारीको गोली हानी हत्या भएको छ । लहान नगरपालिका–१९ मा सुनचाँदीको पसल गर्ने एक युवकको अपरिचित हतियारधारी समूहले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार मध्यराती सुतिरहेको बेला घरभित्र प्रदेश गरी हतियारधारी समूहले ४० वर्षीय प्रदीपकुमार विश्वकर्मालाई हत्या गरेको हो ।डकैती गर्न आएका आएका हतियारधारी समूहसँग प्रतिकारमा विश्वकर्माको मृत्यु भएको ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी तपन दहालको भनाई छ ।उनीमाथि हतियारधारी समूहले गोली प्रहार गरेको बुझिएको उनले बताए । पोष्टमापर्टम रिपोर्ट आएपछि कुन हतियार प्रयोग भएकोबारे यकीन हुने प्रहरीको भनाई छ ।हति

    • प्रकाशित मितिः चैत २९, २०७७
    • 69 पटक पढिएको
  • पछिल्लो आठ महीनामा गम्भीर प्रकृतिका आपराधिक घटनामा वृद्धि

    काठमाडौँ / मुलुकमा पछिल्लो आठ महीनामा आत्महत्या, जबर्जस्ती करणीलगायत गम्भीर प्रकृतिका घटना केही बढेको पाइएको छ । चालू आर्थिक वर्षमा नेपाल प्रहरीमा दर्ता भएको घटना विवरण हेर्दा समग्र आपराधिक क्रियाकलापमा केही कमी देखिए पनि गम्भीर प्रकृतिका घटनामा बढोत्तरी भएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।उनका अनुसार तथ्याङ्क विष्लेषण गर्दा कर्तव्य ज्यान, जबर्जस्ती करणी, जबर्जस्ती करणी उद्योग, ज्यान मार्ने उद्योग, आत्महत्या लगायत गम्भीर प्रकृतिका घटना सङ्ख्या बढेको छ । कुँवरले समग्रमा दर्ता भएका घटना हेर्दा गत आर्थिक वर्षको आठ महीनाको विवरणभन्दा यसपटक १६ दशमलव १६ प्रति

    • प्रकाशित मितिः चैत २८, २०७७
    • 71 पटक पढिएको
  • व्यापार असन्तुलन घटाउनेतर्फ सरकार गम्भीर भएर लाग्ने छ : प्रधानमन्त्री ओली

    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापार असन्तुलन घटाउनेतर्फ वर्तमान सरकार गम्भीर भएर लागेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको पचपन्नौँ वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले व्यापार घाटा घटाउन उल्लेखनीय सफलता प्राप्त नभए पनि त्यसमा क्रमिक सुधार आएको बताए ।उनले मजदूरका समस्या नरहेका बन्द, हडताल सधैँका लागि बन्द भएको र मुलुक आर्थिक विकासका साथै सामाजिक क्षेत्रको विकासका लागि दृढ सङ्कल्पका साथ अघि बढिरहेको बताउँदै मुलुकमा व्यापारको वातावरण बनेकाले ढुक्क भएर औद्योगिक विकासमा लाग्न उद्यमी व्यवसायीलाई आह्वान गरे । उन

    • प्रकाशित मितिः चैत २८, २०७७
    • 52 पटक पढिएको
  • राष्ट्रपतिद्वारा राजकुमार फिलिपको निधन प्रति समवेदना व्यक्त

    काठमाडौँ  / राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यकी महारानी एलिजावेथ द्वितीयलाई इडनबराका राजकुमार फिलिपको निधन भएकामा आज एक शोक सन्देश पठाउँदै हार्दिक समवेदना व्यक्त गरेकी छिन् । सन्देशमा राष्ट्रपति भण्डारीले राजकुमार फिलिपको निधनबाट नेपालले पुरानो मित्र गुमाएको बताएकी छिन् ।यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले राजकुमार फिलिपको निधन भएकामा गहिरो दुःख व्यक्त गर्दै आफ्ना बेलायती समकक्षी बोरिस जोनसनमा हार्दिक सहानुभूति प्रकट गरेका छन् । सन्देशमा उहाँले राजकुमार फिलिपले मानवताका लागि गरेको सत्कार्यको भावी पुस्ताले सम्झिरहने बताएका छन् ।

    • प्रकाशित मितिः चैत २८, २०७७
    • 55 पटक पढिएको
  • बञ्चरेडाँडामा जेठदेखि फोहर विसर्जन गर्न सकिने

    काठमाडौँ / अहिलेकै गतिमा काम भए आगामी जेठ पहिलो सातादेखि बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्याण्डफिलसाइटमा काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्न सकिने भएको छ ।  केही समय कोरोना भाइरस र निर्माणका लागि आवश्यक पर्ने नदीजन्य सामग्री प्राप्त गर्न नसक्दा निर्माणको कामले गति लिन नसकेको भए पनि पछिल्लो समय निर्माणको सामग्री सहजरुपमा प्राप्त भएकाले सोहीअनुरुप निर्माणको काम भएकाले आगामी जेठ पहिलो सातादेखि काठमाडौँ उपत्यकाको फोहर विर्सजन गर्न सकिने आयोजनाले जनाएको छ । आयोजना प्रमुख मनोज नकर्मीका अनुसार ल्याण्डफिलसाइट निर्माणको कामअन्तर्गत अहिले पोखरीको ढलानको काम भइरहेको छ ।

    • प्रकाशित मितिः चैत २८, २०७७
    • 60 पटक पढिएको
  • प्रतिबन्धीत औषध सहित १ जना पक्राउ

    सुनसरी / धरानमा प्रतिबन्धीत औषधी सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान–११ का २२ बर्षीय पवन राई रहेका छन् । शुक्रबार राती ९ बजे धरान –८ तीनकुनेमा चेकजाँच गर्दा उनलाई प्रतिबन्धीत औषधी TARMADOL – ४६७ tablet र SPASPAIN– ३६७    tablet सहित पक्राउ गरीएको ईलाका प्रहरी कार्यालय धरानले बताएको छ । पक्राउ पर्र्ने माथि थप अनुन्धान भईरहेको सो कार्यालय धरानले जनाएको छ ।

    • प्रकाशित मितिः चैत २८, २०७७
    • 73 पटक पढिएको
  • बोलेरोको ठक्करबाट पैदल यात्रीको मृत्यु

    बिर्तामोड / झापाको बुद्धशान्ति गाऊपालिका –३ सात नम्बर चौक स्थित मेची हाईवेमा बोलेरो पिकअपको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । शुक्रबार राती साढे ८ बजे उत्तर तर्फ जादै गरेको मे१च ६४१३ नम्बरको बोलेरो पिकअपले तत्काल नामथर, वतन नखुलेको अन्दाजी ४० बर्षीय पुरुषलाई ठक्कर दिई घाईते भएका उनको बिएन्डसी अस्पताल बिर्तामोडमा पुर्याउन साथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटना गराउने बोलेरो र चालक मेचिनगर ३ बाहुनडाँगीका ५४ बर्षीय चुनचुन सन्तोष राई नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः चैत २८, २०७७
    • 62 पटक पढिएको
  • स्काईभेटरको बकेटले लागी चालकको मृत्यु

    मोरङ / जहदा १ भुटाहा चोक स्थितमा निर्माणाधिन बाटोमा काम गर्ने स्काईभेटर अप्रेटरको बकेटले लागी सोही स्काईभेटरका चालक  ताप्लेजुङ्ग का २६ बर्षीय दिपक तामाङको मृत्यु भएको छ । शुक्रबार दिउसो साढे २ बजे स्काईभेटरको तेल हाली स्काईभेटरको अप्रेटर रहेका तामाङले आफैले स्काईभेटर चेकजाँच गर्दा स्काईभेटरको बकेट खुस्की घाईते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

    • प्रकाशित मितिः चैत २८, २०७७
    • 51 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.