समाचार

    Showing 25,141-25,150 of 26,780 items.
  • १० लाख रकमसहित दुई पक्राउ

    महोत्तरी / महोत्तरी जिल्लाको जलेश्वर–रौजा सडकखण्डमा पर्ने बजराही गाउँबाट आज प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जलेश्वर नगरपालिका–८ बजराही गाउँको भित्री सडकबाट नम्बर नबुझिएको ग्ल्यामर मोटरसाइकलमा जाँदै गरेको अवस्थामा रु १० लाख चार हजार ५०० सहित दुई जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा जिल्लाकै मनरासिस्वा नगरपालिका–५ बस्ने मोटरसाइकल चालक ३४ वर्षीय दिपेन्द्रकुमार साह र सोही मोटरसाइकलमा पछाडि सवार भङ्गहा नगरपालिका–७ बस्ने १८ वर्षीया विन्दाकुमारी साह रहेका छन् ।रकम ब

    • प्रकाशित मितिः असोज २३, २०७८
    • 92 पटक पढिएको
  • न्याय खोज्दै २० दिनसम्म हिडेर काठमाडौँ

    बिर्तामोड / नेपालगञ्जदेखि १३ जना महिला र दुई जना पुरुष २० दिन सम्म पैदल हिडेर न्याय खोज्दै काठमाडौँ पुगेका छन् । घरेलु हिंसापीडित नकुन्नी धोबीको हत्या र निर्मला कुर्मी बेपत्ता बनाउनेलाई कारवाहीको माग गर्दैै उनीहरु काठमाडौ पुगेका हुन् । गत साउन ५ गते नकुन्नीको घरमै हत्या भएको थियो भने एकल महिला निर्मला कुर्मी अघिल्लो वर्ष बेपत्ता भएकी थिइन् । दुवै घटनाको जाहेरी दिएपनि प्रहरी, जिल्ला प्रशासन कार्यालय र सरकारी वकिल कार्यालयले जाहेरी नलिए पछि आफूहरु काठमाडौ आएको नकुन्नीका भाइ २८ वर्षीय माताप्रसाद धोवी बताए । घरमै भएको हत्याको छानबिन होस भनेर २० दिनसम्म नकुन्नी धोबीको परिवार र आफन्तजन बाँ

    • प्रकाशित मितिः असोज २२, २०७८
    • 150 पटक पढिएको
  • विराटनगरमा हतियारधारी समुहद्वारा लुटपाट

    विराटनगर / विराटनगरमा आज (शुक्रबार) लुटेरा समुहले एक पसल लुटपाट गरेका छन् । वडा प्रहरी कार्यालयदेखि केही मिटर दक्षिण पूर्वपट्टि जयदीप ईलेक्ट्रोनिकको छेउमा रहेको एक गार्मेन्टको पसलमा लुटेरा समुहले बन्दुक देखाएर लुटपाट गरेका हुन् ।मोटरसाइकलमा आएका तीन जनाको समुहले पेस्तोलको पछाडि पट्टिको भागले सञ्चालक मनोज तोदीलाई हिर्काए ५० हजार रुपैयाँ लुटेको बताईएको छ । तीन जनामध्ये मध्ये दुई जना पसल भित्र पसेको कुटपिट गरेर लुटेको र एक जना चाँहि बाहिरै बसेको प्रत्यक्ष दर्शीले बताएका छन् ।

    • प्रकाशित मितिः असोज २२, २०७८
    • 104 पटक पढिएको
  • दलितका लागि सशक्तीकरण र सकारात्मक बिभेदको कानुन निर्माण गर्न सुझाव

    धरान / सशक्तीकरण ऐन र सकारात्मक विभेदको कानुन बनाएर सीमान्तकृत दलित समुदायलाई सरकारले सेवा सुविधा प्रदान गर्नुपर्नेमा प्रदेश सांसदहरुले जोड दिएका छन् । संसदीय पत्रकार मञ्च प्रदेश १ को आग्रहमा असोज १५ गते  ६ जना सांसदहरुले सुनसरीको बराहक्षेत्र ५ स्थित भलुवाचौरीको मुसहर बस्तीमा पुगेर गरेको नागरिक संवादको प्रतिवेदन अनुसार  सिमान्तकृत दलित समुदायलाई प्राप्त हक अधिकार अनुसार  सेवा सुविधा दिलाउन  सशक्तीकरण र सकारात्मक विभेदको कानुन बनाउनुपर्नेमा  उनीहरूले जोड दिएका हुन । २१ असोजमा मञ्चले धरानमा सार्वजनिक गरेको नागरिक संवादको प्रतिवेदन अनुसा

    • प्रकाशित मितिः असोज २२, २०७८
    • 80 पटक पढिएको
  • खोलामा डुबेर डुबेर युवकको मृत्यु

    दाङ / दाङमा एक युवकको खोलामा बगाएर मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका –६ का २६ वर्षीय गुरुप्रसाद चौधरी रहेका छन् । चौधरीको शुक्रबार बिहान गाउँ नजिकैको खोलमा डुबेर मृत्यु भएको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए। चौधरी छारे रोगका बिरामी थिए । छारे रोगकै कारण चौधरीको नदि तर्ने क्रममा डुबेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको एसपी काफ्लेले बताए । 

    • प्रकाशित मितिः असोज २२, २०७८
    • 74 पटक पढिएको
  • प्रहरीको खाेस्याे दाहसंस्कार गर्न लागिएको युवतीको शव

    वीरगञ्ज / वीरगञ्जमा दाहसंस्कार गर्न लागिएको भारत घर भएकी १९ वर्षीया जयुनत खातुनको शव प्रहरीले नियन्त्रणमा लिएको छ । जबर्जस्ती करणीपछि अत्यधिक रक्तस्राव भएको र उपचारका क्रममा मृत्यु भएकोले घटना लुकाउन हतारमा शव गाड्न खोजेको भन्ने सूचनाको आधारमा शव नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए ।शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको छ । घटना शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धानका लागि ९ जनालाई नियन्त्रणमा लिएको छ । जस मध्य १ जना नेपाली र ८ जना भारतीय रहेको पर्सा प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेकोले उनीहरूको नाम प्रह

    • प्रकाशित मितिः असोज २२, २०७८
    • 131 पटक पढिएको
  • नेपाल प्रहरीमा ६०० जनाका लागि जागिर खुल्यो

    काठमाडौं / नेपाल प्रहरीले करिब ६०० को सङ्ख्यामा जागिर खुलाएको छ ।प्रहरी प्रधान कार्यालयले जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक (प्रसनि) र प्राविधिक समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ प्राविधिक प्रहरी जवान पदमा दरखास्त आह्वान गरेको हो ।प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी सहायक निरीक्षकमा ३६७ जना माग गरिएको छ । प्राविधिक प्रहरी जवानतर्फ २२८ जनाको माग भएको छ । प्रसनिका लागि ३०० र प्रहरी जवानलाई १५० रुपैयाँ दस्तुर लाग्ने जनाइएको छ । उक्त पदहरूमा कात्तिक ३ गतेदेखि मंसिर १२ गतेभित्र आवेदन दिन सकिने छ ।

    • प्रकाशित मितिः असोज २२, २०७८
    • 199 पटक पढिएको
  • बेलायतले रातोसूचीबाट हटायो नेपाललाई

    काटमाडौँ / कोरोना महामारीका कारण विश्वका धेरै देशलाई रातोसूचीमा राखेको बेलायत सरकारले नेपाललाई हटाएको छ।अन्तर्राष्ट्रिय भ्रमणसम्बन्धी नियमित रूपमा हेरेफेर गर्ने तालिकाअनुरूप बेलायत सरकारले बिहीबार नेपाललगायत ४७ देशलाई आफ्नो रातोसूचीबाट हटाएको जनाएको छ। यससँगै अझै अन्य सात देश भने रातोसूचीमै छन्। रातोसूचीबाट हटाए पनि यो लागू भने सोमबार अर्थात् यही असोज २५ गतेदेखि लागू हुने कुरा भ्रमणसम्बन्धी गतिविधिअन्तर्गत प्रकाशित सूचनामा उल्लेख गरिएको छ।यसैगरी विश्वका ३७ देशलाई ती देशमा लगाइएका कोभिड खोपलाई समेत मान्यता दिइएको छ। ती देशबाट बेलायत प्रवेश गर्नेले अब क्वारेन्टिन बस्न नपर्ने तर चाहेमा कोरोना परी

    • प्रकाशित मितिः असोज २२, २०७८
    • 160 पटक पढिएको
  • ट्याक्टर दुर्घटनाबाट चालकको मृत्यु, सहचालक घाईते

    सङ्खुवासभा /  खाँदबारी नगरपालिका २ चेवास्कुल छेउ भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने, एक घाईते भएका छन् । मृत्यु हुनेमा चालक सङ्खुवासभा खाँदबारी नगरपालिका ५ लेलुवा का मणी तामाङ रहेका छन् भने घाईते भएका सहचालक सोही स्थानका महेन्द्र तामाङको घोपा धरानमा उपचार भइहेको छ । बिहीवार राती चेवाबाट चारबर तर्फ जादै गरेको प्र१०२००३ त १२२४ नम्बरको खाली ट्याक्टर आफै अनियन्त्रित भई सडक देखी अन्दाजी १५ मिटर तल खसि दुर्घटना भएको थियो । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी मानेभन्ज्याङबाट खटिएको प्रहरी टोलीले दुवै जना घाइतेलाई उपचारको लागी जिल्ला अस्पताल खाँदबारीमा पठाएको हो

    • प्रकाशित मितिः असोज २२, २०७८
    • 107 पटक पढिएको
  • ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    सुनसरी / सुनसरी दुहबी नगरपालिका ३ पेट्रोल पम्प आगाडि कोशी राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमानै मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ सुन्दरहरैचा नगरपालिका ८ का ४५ बर्षीय लक्ष्मी प्रसाद लुँइटेल रहेका छन् । बिहीवार बेलुका ४ बजे विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको NL 02 Q 0134 नम्बरको LP ग्यास बोक्ने ट्रकले सोही दिशा जादै गरेको को १० प २६८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ लुईटेलको घटनास्थलमानै मृत्यु भएको हो । ट्रक र ट्रक चालक भारत बिहार बेबसराई बथौली पंचायत ७ का चन्दन कुमार ताति इलाका प्रहरी कार्यालय दुहबीको नियन्त्रणमा रहेका छन् । घटनाको

    • प्रकाशित मितिः असोज २२, २०७८
    • 76 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.