समाचार

    Showing 25,231-25,240 of 26,780 items.
  • टिपरको ठक्करबाट एकको मृत्यु

    सुरुङ्गा / झापाको सुरुङ्गास्थित पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको शिवसताक्षी –१० मा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका –९ का ४० वर्षीय नेत्र खड्का रहेका छन् । पूर्ववाट पश्चिम तर्फ जादै गरेको को २ च २६३२ नं को बोलेरोलाई सोही दिशाबाट आउँदै गरेको प्र ०३–००१ क ००९५ नं को टिपरले ठक्कर दिँदा खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।टिपर चालक मकवानपुरको थाहा नगरपालिका –८ निवासी २४ वर्षीय  सहदेव कार्कीलाई इलाका प्रहरी कार्यालयले बिर्तामोडले नियन्त्रणमा लिएको छ ।

    • प्रकाशित मितिः असोज ११, २०७८
    • 85 पटक पढिएको
  • पशुपतिका साधुमाथि खुकुरी प्रहार

    काठमाडौँ / पशुपतिनाथ मन्दिर क्षेत्रका एक साधुमाथि खुकुरी प्रहार भएको छ । सोमबार बिहान विश्वरुपा मन्दिर नजिकै २५ वर्षीय सन्तोष बाबामाथि खुकुरी प्रहार भएको हो ।बाबा शौचालयतर्फ जाँदै गर्दा एक अज्ञात व्यक्ति आएर माल निकाल भनेर गाँजा मागेका थिए । तर, बाबाले छैन भनेपछि ती व्यक्तिले खुकुरी प्रहार गरेको महानगरीय प्रहरी कार्यालयका एसपी सुशील राठौरले जानकारी दिए । ती व्यक्ति खुकुरी प्रहार गरेर फरार भएका छन् भने, खुकुरीको प्रहारबाट घाइते भएका बाबा ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असोज ११, २०७८
    • 113 पटक पढिएको
  • दशैँका लागि अग्रिम टिकट बुकिङ खुल्यो : ११ काउन्टर थप

    काठमाडौँ / दशैँमा घर जाने यात्रुलाई लक्षित गरेर सरकारले अग्रिम टिकट बुकिङ खुला गरेको छ । राजधानीमा विभिन्न व्यापार, व्यवसाय, जागिर र अध्ययनका लागि बसेका मानिस चाडपर्व मनाउन घर जाने गरेकाले यसलाई सहज तथा व्यवस्थित बनाउन आजदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको हो । सरकारले यस वर्षको दशैँका लागि घर जानेका लागि अग्रिम टिकट बुकिङ खुला गरेसँगै पश्चिमको धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, रोल्पा तथा पूर्वको सिराहा, सप्तरी, ताप्लेजुङ, इलाम, झापा, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको बसपार्कमा लाइन देखिन थालेको छ ।  गत वर्ष कोरोना सङ्क्रमणका कारण अग्रिम टिकट बुकिङ खुला गरिएक

    • प्रकाशित मितिः असोज ११, २०७८
    • 108 पटक पढिएको
  • विराटनगर उडेको जहाज २ घण्टापछि त्रिभुवन विमानस्थलमै अवतरण

    बिर्तामाेड / काठमाडौँबाट विराटनगर प्रस्थान गरेको एक जहाज दुई घण्ट पछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्किएको छ । बुद्ध एयरको सो विमान सोमबार बिहानै काठमाडौंबाट विराटनगर तर्फ उडेको थियो । तर, विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि पुनः काठमाडौं नै फर्किएको हो । उक्त जहाज अवतरणको तयारी गर्ने क्रममा दायाँ तर्फको पाङ्ग्रा नखुलेपछि पुनः काठमाडौँ नै फकीएको नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए । महानिर्देशक क्षेत्रीका अनुसार अहिले उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  ‘नर्मल ल्याण्ड’ गरेर पार्किङस्थलमा गइसकेको छ ।&nbs

    • प्रकाशित मितिः असोज ११, २०७८
    • 614 पटक पढिएको
  • ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ को मृत्यु

    सिरहा / पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका –३ स्थित गागन खोला पुलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।  पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख १३१ नं को ट्रकले विपरीत दिसातर्फ जाँदै गरेको स७ प ९१८५ नं को मोटरसाइकललाई आज बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार सप्तरीको कञ्‍चनरुप नगरपालिका –७ का ३० वर्षीय अभिषेक कटुवाल र ३७ वर्षीय अच्युत लुइँटेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।ट्रकको ठक्करबाट गम्भीर घाइते कटुवालको उपचारका क्रममा लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा र लुइँटेलको विराटनगरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोल बजारका प्रहर

    • प्रकाशित मितिः असोज १०, २०७८
    • 106 पटक पढिएको
  • बाढीका कारण हुम्लाको ऋदम् साना जलविद्युत् आयोजनामा क्षति

    हुम्ला /अविरल वर्षाका कारण आएको बाढीले हुम्लाको ऋदम् साना जलविद्युत् आयोजनामा क्षति पुगेको छ । गत शुक्रबार आएको बाढीले उक्त आयोजनाको १३० मिटर पाइपमा क्षति पुर्‍याएको हो ।हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरीसमेतको टोलीले उक्त बाढीग्रस्त क्षेत्रको निरीक्षण गरेको छ । निरीक्षणपछि प्रमुख जिल्ला अधिकारी आचार्यले दसैँ अगाडि आयोजनाको मर्मत गरेर विद्युत् उत्पादनको कार्य पुनःसुरु गर्ने सम्भावना नरहेको बताए ।हुम्लामा यतिखेर विद्युत् सेवा अवरुद्ध भएको छ । बिजुली नभएपछि यहाँका कतिपय स्थानमा सञ्चार सेवा समेत अवरुद्ध हुन पुगेको छ । 

    • प्रकाशित मितिः असोज १०, २०७८
    • 83 पटक पढिएको
  • एनआरएनए अध्यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा

    बिर्तामोड / गैरआवासीय नेपाली संघ एनआरएनएको दशौँ महाधिवेशनका लागि कुल आचार्यले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममार्फत आचार्यले उम्मेदवारी घोषणा गरेका हुन् । अघिल्लो निर्वाचनमा उनी कुमार पन्तसँग पराजित भएका थिए ।आचार्यले ​एनआरएनएलाई पद्धति सम्मत, संस्थागत र पारदर्शी रूपमा अघि बढाएर प्रतिष्ठित बनाउनका लागि उम्मेदवारी घोषणा गरेको बताएका छन् ।उनले भने, –‘संस्थामा अनियमितता र दुरुपयोगका गुनासो हिजो आज बढ्दै गएको छ । त्यसैले आर्थिक अनियमितता र दुरुपयोग रोक्दै यस्ता गुनासो आउने नदिने प्रतिवद्धता व्यक्त गर्छु ।’उनले कसै पनि दोष लगाउन नचाहेको, तर संघको नेत

    • प्रकाशित मितिः असोज १०, २०७८
    • 80 पटक पढिएको
  • पोखरीमा डुबेर पाँच दिनमा छ जनाको मृत्यु

    सप्तरी / सप्तहरीमा पोखरीमा डुबेर पाँच दिनको अवधिमा छ जनाको मृत्यु भएको छ । प्रत्येक दिनजसो पानीमा डुबेर मृत्यु हुन थालेपछि जिल्लावासी शोकाकुल र चिन्तित भएका छन् ।    शम्भुनाथ नगरपालिका –१२ अर्नाहा टोल बस्ने महानन्द सरदारका छोरा दुई वर्षीय रामपुकारको शनिबार राति पोखरीमा डुबेर मृत्यु भयो । घर पछाडि रहेको पोखरीमा डुबी बेहोस भएका उनलाई उपचारका लागि राजविराज ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन् । शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा राखिएको छ । आज शव परीक्षण गरी अन्य थप अनुसन्धान कार्य गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी न

    • प्रकाशित मितिः असोज १०, २०७८
    • 72 पटक पढिएको
  • रुखको हाँगाले लागेर एकको मृत्यु

    मोरङ / मोरङको सुन्दरहरैचामा रुखको हाँगाले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरहरैचा नगरपालिका –९ का ६३ वर्षीय डिल्ली दर्जी रहेका छन् । आज (शनिबार) बिहान ७ बजे सोही स्थानमा रहेको जनचेतना सामुदायिक वनमा शिरिसको रुखको हाँगा काट्ने क्रममा हाँगाले लागेर दर्जी गम्भिर घाईते भएका थिए । घाइते दर्जीको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा बिहान ८ बजे मृत्यु भएको हो । घटनाको बारेमा इलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः असोज ९, २०७८
    • 81 पटक पढिएको
  • १७ केजि गाँजा सहित मोरङबाट महिला पक्राउ

    मोरङ / बिराटनगर महानगरपालिका १४ जतुवा कि २५  बर्षीया आरती देवी यादवलाई लागूऔषध गाँजा सहित पक्राउ गरिएको छ । आज(शनिवार) दिउसो साढे १२ बजे बिशेष सुचनाको आधारमा प्रहरीले उनको घरबाट लुकाई राखेको १७ केजि गाँजा बरामद गरेको हो । गाँजा बरामद भए पश्चात आरती देवीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः असोज ९, २०७८
    • 194 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.