समाचार

    Showing 25,281-25,290 of 26,780 items.
  • ढलमा खसेर कपनमा बालक बेपत्ता

    काठमाडौँ / काठमाडौँको कपनमा ढलमा खसेर एक बालक बेपत्ता भएका छन् । बेपत्ता बालकको पहिचान खुल्न सकेको छैन । बूढानीलकण्ठ नगरपालिका–१० र काठमाडौंँ महानगरपालिका–६ को सिमानामा रहेको तरकारी बजार नजिकैको ढलमा खसेर मङ्गलबार राति ति बालक बेपत्ता भएको महानगरीय प्रहरी प्रभाग कपनका प्रहरी निरीक्षक भगवती तिमल्सिनाले जानकारी दिएका छन् । स्थानीयवासी र प्रहरीले बेपत्ता बालकको खोजी गरिरहेका छन् । 

    • प्रकाशित मितिः असोज ६, २०७८
    • 176 पटक पढिएको
  • गाडीको ठक्करबाट चितुवाको मृत्‍यु

    चितवन / चितवनको इच्छाकामना गाउँपालिका –४ लेवाटारमा गाडीको ठक्करबाट एक पोथी चितुवाको मृत्यु भएको छ । मङ्गलबार दिउँसो ३ बजे गाडीको ठक्करबाट करीब दुई महिनाको चितुवा मरेको डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिए । प्रहरीले खबर गरेसँगै मृत चितुवालाई डिभिजन वन कार्यालयमा ल्याइ व्यवस्थापन गरिएको सूचना अधिकारी खनालले बताए ।खनालका अनुसार माउसँग बाटो काट्ने क्रममा गाडीले ठक्करबाट चितुवाको मृत्यु भएको हुनसक्ने अनुमान छ ।

    • प्रकाशित मितिः असोज ६, २०७८
    • 104 पटक पढिएको
  • जुवा अखडामा प्रहरीको छापा मार्दा १७ जुवाडे पक्राउ

    बिर्तामोड / झापाको दमकमा प्रहरीले जुवाको अखडामा छापा मार्दा १७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुरका युवराज न्यौपाने, दिलबहादुर राई र ठाकुरप्रसाद निरौला, बिर्तामोडका तीर्थ अधिकारी, गौरादहका हरि कोइराला, कमल गाउँपालिकाका सुबिन्द्र सुब्बा, कन्काई नगरपालिकाका मोहन बराल, सुनिल साह, मोरङ ग्रामथान गाउँपालिकाका लक्ष्मीप्रसाद अधिकारी, नैनकुमार चौधरी र रूपेश तामाङ रहेका छन् । त्यस्तै पथरी शनिश्चरे नगरपालिकाका बलराम बस्नेत र गंगाराम मगर, बेलबारी नगरपालिकाका निशान पोखरेल, दमक नगरपालिकाका कर्ण राई, राजन दाहाल र विनोद थेवे रहेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकब

    • प्रकाशित मितिः असोज ६, २०७८
    • 220 पटक पढिएको
  • सशस्त्र प्रहरीका सात बोर्डर आउट पोष्ट भवन

    पर्सा / पर्सा जिल्लाअन्तर्गत नेपाल–भारतसँग सिमाना जोडिएका जिल्लाका सात स्थानमा सशस्त्र प्रहरीका बोर्डर आउटपोष्ट (बिओपी) भवन निर्माण गरिएका छन् । सङ्घीय सरकारको लगानीमा प्रतिबोर्डर आउट पोष्ट करिब रु एक करोडको लागतमा भवन निमार्ण सम्पन्न गरिएको सशस्त्र प्रहरी बल नेपाल नं १३ हेडक्वार्टर प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिएका छन् ।भवन निर्माण भएका स्थान पर्साको आसबारी, ठोरी, ब्रह्मनगर, सुवर्णपुर, भिस्वा, पकाहामैनपुर र अमरपट्टि बोर्डर आउट पोष्ट रहेका छन् । उक्त स्थानमा बोर्डर आउट पोष्टका भवन निमार्णपछि सीमा क्षेत्रमा हुने चोरी, तस्करी, अवैध व्यापार नियन्त्रण तथा सीमा सुरक

    • प्रकाशित मितिः असोज ६, २०७८
    • 115 पटक पढिएको
  • अवैध काठसहित तीन पक्राउ

    बनेपा / प्रहरीले फरक–फरक ठाउँबाट अवैध चिरान काठसहित तीन जनालाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको छ । जिल्ला प्रहरी कार्यालयले काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार धुलिखेल र पाँचखाल क्षेत्रबाट गरी चिरान काठसहित त्यसमा संलग्न व्यक्ति र गाडीसहित नियन्त्रणमा लिइएको हो ।सोही क्रममा पाँचखालबाट धुलिखेलतर्फ आइरहेको बा८च ३१३ नं गाडीमा सम्बन्धित कार्यालयको इजाजतपत्रबिना अवैध सल्ला जातको चिरान काठ लोड गरी ल्याइरहेको अवस्थामा फेला पारी गाडी र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पाँचखाल नगरपालिका–५ खावास्थित अरनिको राजमार्ग सडकखण्डमा खटिएको प्रहरी टोलीले सवारी

    • प्रकाशित मितिः असोज ६, २०७८
    • 108 पटक पढिएको
  • प्राधिकरणको निमित्त महानिर्देशकमा राजकुमार क्षेत्री

    काठमाडौँ / मुलुकको हवाई उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को निमित्त महानिर्देशकको जिम्मेवारी राजकुमार क्षेत्रीले पाएका छन् ।क्यानका महानिर्देशक राजन पोखरेलले उमेरहदका कारण पदबाट राजीनामा दिएपछि क्यानकै १२औँ तहका उपमहानिर्देशक क्षेत्री निमित्त महानिर्देशक बनेका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठताका आधारमा क्षेत्रीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएको बताइएको छ ।निमित्त महानिर्देशक क्षेत्रीले क्यानलाई प्रभावकारीरूपमा अघि बढाएर संस्थाको गरिमालाई अझ फराकिलो बनाउन दत्तचित्त भएर लाग्ने बताएका छन्। उनले मुलुकको उड्डयन क्षेत्रलाई थप सुर

    • प्रकाशित मितिः असोज ६, २०७८
    • 93 पटक पढिएको
  • चरेस ओसारपसार गर्ने गिरोहका ९ जना पक्राउ

    बिर्तामोड / चरेस ओसार पसार गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । हस्तकलाका सामान भित्र चरेस राखेर ओसार पसार गर्ने गिरोहका ९ जनालाई प्रहरीले पक्राउ गरेको हो ।विशेष सूचनाको आधारमा खटिएको लागू औषध नियन्त्रण ब्युराे काठमाडौँको टोलीले उनीहरूलाई कपनस्थित हस्तकला सामान उद्योगबाट पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेकाहरूको साथबाट ७ किलो ६ सय २४ ग्राम चरेस बरामद गरेको छ । उनीहरूले चकटीभित्र चरेस राखेर हस्तकलाको सामानको रुपमा विदेश पठाएको ब्युरोले बताएको छ ।

    • प्रकाशित मितिः असोज ५, २०७८
    • 131 पटक पढिएको
  • जहाज थपेर गन्तव्य विस्तार गर्दै यती यअरलाइन्स

    काठमाडौँ / आफ्नो स्थापनाको २३ वर्ष पूरा गरेको ठूलो हवाई सञ्जाल भएको प्रतिस्पर्धी वायुसेवा कम्पनी यती एयरलाइन्सले जहाज थपेर नयाँ गन्तव्य विस्तार गर्ने रणनीतिका साथ अघि बढेको छ । सन् १९९८ सेप्टेम्बर २१ बाट पहिलो उडान सुरु गरेको यतीले सोही दिनलाई वार्षिक उत्सवको रुपमा मनाउने गरेको छ । २४ वर्ष प्रवेशसँगै यतीले जेट स्ट्रिम युगको पूर्णरुपले अन्त्य गरी एटिआर युगमा प्रवेश गरेको छ । हालै यतीले आफूसँग रहेको पाँच वटा विमान बिक्री गरेको छ । नेपालका दुर्गम क्षेत्रका बासिन्दालाई मानवीय सेवा गर्ने उद्देश्य लिएर स्थापना भएको यतीले आफ्नो भगिनी संस्था तारा एअरसहित सेवा प्रदान गर्दै आएको कम्पनीले दाबी गरेको

    • प्रकाशित मितिः असोज ५, २०७८
    • 112 पटक पढिएको
  • तीव्रगतिमा सवारी चलाउनेलाई कारबाही

    तनहुँ / तीव्रगतिमा सवारी चलाउनेलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले कारबाही सुरु गरेको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँ खण्डमा तीव्रगतिमा सवारी चलाउने चालकलाई प्रहरीले कारबाही सुरु गरेको हो ।दुर्घटना न्यूनीकरणका लागि राडर गनमार्फत गति मापन गर्दै तीव्रगतिमा सवारी चलाउनेलाई कारबाही सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख डिबी हमालले जानकारी दिएका छन् । उनका अनुसार सोमबार म्याग्दे गाउँपालिकास्थित गुणादीमा तीव्रगतिमा सवारी चलाउने ११ सवारी चालकलाई कारबाही गरिएको हो । कारबाहीमा पर्नेमध्ये नौ जना मोटरसाइकल, एक जीप र एक बस चालक रहेका छन् । प्रतिघण्टा ६० किलोमिटर भन्दा बढी

    • प्रकाशित मितिः असोज ५, २०७८
    • 68 पटक पढिएको
  • पर्यटकबाट घुस लिएको आरोपमा दुई पक्राउ

    बुटवल  / बुटवलको बेलहियामा पर्यटकसँग घुस लिएको आरोपमा प्रहरीसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लक्कीचन्द्र लोहार र सन्तोष गुप्ता रहेका छन् । लोहार इलाका प्रहरी कार्यालय बेलहियामा कार्यरत थिए । त्यस्तै गुप्ता गुजरात ट्राभलका कर्मचारी हुन् । भारतबाट पशुपतिनाथ मन्दिरको दर्शन गर्न आएका आठ जना पर्यटकलाई ट्राभल्सका कर्मचारी गुप्ताले प्रहरीलाई घुस दिनुपर्छ भन्दै प्रतिव्यक्ति पाँच सय भारुका दरले पैसा उठाएका थिए । पर्यटकले आफूहरूबाट प्रहरीले घुस लिएको भन्दै जिल्ला प्रहरी कार्यलय रूपन्देहीमा उजुरी दिएका थिए । घटनाबारे उजुरी परेपछि रूपन्देही प्रहरीले सोमबार राति गुप्ता र लो

    • प्रकाशित मितिः असोज ५, २०७८
    • 83 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.