समाचार

    Showing 25,291-25,300 of 26,780 items.
  • लागुऔषध गाँजासहित सिरहाबाट एक पक्राउ

     सिरहा / ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजासहित सिरहा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सिरहा नगरपालिका–६ बसविट्टा चोकबाट प्रतिबन्धित लागुऔषध गाँजा पाँच किलो २२३ ग्राम र दुई पिस नाइट्रोभेट ट्याबलेटसहित प्रहरीले धनुषाका शुभकुमार महतोलाई पक्राउ गरेको हो ।भारतीय सीमातर्फ गइरहेको ज११प १७४३ नंको मोटरसाइकललाई रोकेर जाँच गर्ने क्रममा लागुऔषध बरामद भएपछि मोटरसाइकल चालक महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

    • प्रकाशित मितिः असोज ५, २०७८
    • 61 पटक पढिएको
  • भारतीय तस्कको आक्रमणबाट तीन सशस्त्र प्रहरी घाइते

    धनगढी /  कञ्चनपुरमा भारतीय तस्कर समूहको आक्रमणमा परी नेपालका तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् ।सोमबार साँझ करिब ८ बजे दोधाराचाँदनी नगरपालिका –८ को कञ्जभोज नजिकै नेपाल–भारत सीमा क्षेत्रमा गस्तीमा खटिएका सशस्त्र प्रहरीको टोलीमाथि भारतीय तस्करको समूहले आक्रमण गरेका थिए ।आक्रमणबाट सशस्त्र प्रहरीको बीओपी कञ्जभोजमा कार्यरत तीन जना जवान समान्य घाइते भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ नम्बर गण शैलेश्वरीले जनाएको छ । घाइतेहरूको दोधाराचाँदनीस्थित स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।नेपालतर्फ विभिन्न समान तस्करी भइरहेको अवस्थामा सशस्त्र प्रहरीको गस्ती टोलीसँग भेट हुँदा एक्कासि उनीहरूले

    • प्रकाशित मितिः असोज ५, २०७८
    • 123 पटक पढिएको
  • चट्याङ लागेर एकको मृत्यु, तीन घाइते

    बागलुङ / बागलुङको जैमिनी नगरपालिका–७ को जैदीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सोमबार बेलुकी चट्याङ लाग्दा ६० वर्षका मुमबहादुर सार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।घटनामा अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय ६० वर्षीय सहविरे नेपाली, १८ वर्षीया विपना नेपाली र ५७ वर्षीय लालबहादुर नेपाली रहेका छन् । उनिहरुको जैदी स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । उक्त घटनामा एउटा भैँसीसमेत मरेको स्थानीय विमल शर्माले जानकारी दिएका छन् ।

    • प्रकाशित मितिः असोज ५, २०७८
    • 73 पटक पढिएको
  • सवारी दुर्घटनामा परी एकको मृत्यु

    राजविराज / पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–६ मा आज बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा१४च ६२७९ नंको पिकअप भ्यान र विपरीत दिशाबाट आउँदै गरेको ना३७प ३८९४ नंको मोटरसाइकल एकापसमा ठोक्किएको हो ।सो दुर्घटनामा परी मोटरसाइकल चालक जिल्ला पर्सा जिरा भवानी गाउँपालिका– ३ बस्ने ३७ वर्षीय शिवशक्ति चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् । दुर्घटनामा घाइते भएका चौधरीको उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्

    • प्रकाशित मितिः असोज ५, २०७८
    • 72 पटक पढिएको
  • आगलागीमा परेर घाइते भएका झापाका दुइजनाको मृत्यु

    झापा //  ग्यास सिलिण्डर लिक भएर आगलागी हुँदा घाइते भएका झापाका दुइजनाको उपचारको क्रममा मृत्यु भएको छ ।किर्तिपुर अस्पतालमा उपचारका क्रममा  अर्जुनधारा ७ पुष्पलाल मार्गका रोम खनाल र उनकी श्रीमती दुर्गा खनालको मृत्यु भएको हो। गत भदौ २६ गते शनिबार साँझ ग्यास लिक हुँदा खनाल दम्पतिसहित छोरा पंकज खनाल र आमा मंगलादेवी खनाल घाइते भएका थिए । छोरा पंकजको अवस्था भने सामान्य रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।  

    • प्रकाशित मितिः असोज ५, २०७८
    • 163 पटक पढिएको
  • सुन तस्करी : ताप्लेजुङका टेक बहादुर सुन सहित पक्राउ

    काठमाडौं // विदेशबाट मगाएर सुन संकलन गर्ने  एकजना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा   पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ घर भएका ३८ वर्षीय टेकबहादुर सारु छन्। सौर्य एयरलाइन्सको उडानबाट विराटनगर  जाँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बाँस्तोलाले बताएका छन्।उनको साथबाट प्रहरीले १ सय ग्राम तौल भएको दुईवटा सुनका बाला बरामद गरेको छ। सो बाला उनलाई विदेशबाट सुन तस्करीमा संलग्न एजेन्टले पठाएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले बताएको छ। उनलाई आवश्यक कारवाहीका लागी त्रिभुव

    • प्रकाशित मितिः असोज ४, २०७८
    • 171 पटक पढिएको
  • बिर्तामोडमा आँफैले पालेको गोरुले हानेर एक महिलाको मृत्यु

       बिर्तामोड// बिर्तामोडमा आँफैले पालेको गोरुले हानेर एक महिलाको मृत्यु भएको छ। झापा बाह्रदशी ७ चप्रामारीकी ६० बर्षिया देवका प्रसाई चिमरियाको मृत्यु भएको हो। आफूँले  पालेको गोरुलाई पानी दिन जादा हानेर उनि घाइते भएकी थिइन्  । उपचारका लागि अस्पताल पुर्याएकी उनलाई लगतै चिकित्सकले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ । चिमरियाले उक्त गोरु विगत ४ बर्षदेखि घरमै पालिरहेको मृतकका भान्जा  चुडामणि तिम्सिनाले बताएका छन्। 

    • प्रकाशित मितिः असोज ४, २०७८
    • 263 पटक पढिएको
  •   जिउँदै मान्छेलाई  मोरङमा घाट पठाएपछि  !  

       मोरङ//  मोरङस्थित कारागारमा सजाय काटिरहेका एक दीर्घरोगी वृद्धलाई घाट पठाएको छ ।  जिल्ला अदालत मोरङको फरार अभियुक्त सूचीमा रहेका ८६ वर्षीय उजारु विश्वास थारूलाई कारागारले घाट पठाएको हो  । २०४२ भदौमा साविक थलाहा गाविस–१ (हालको कटहरी गाउँपालिका–७) मा भएको ‘खुन डाँका’ घटनामा फरार रहेका उनी ३७ वर्षपछि गत भदौ ९ गते पक्राउ परेका थिए । कुनै पनि कैदीबन्दीको उपचार सम्भव नभएको (मर्नु र बाँच्नु दोसाँध रहेको अवस्थामा चिकित्सकको सिफारिसमा घाट पठाउने व्यवस्था भएअनुसार पठाइएको पोखरेलले बताएका छन् । उजारुलाई कोसी अस्पतालका चिकित्सकले उपचार सम्भव नभएको भनी सिफारिस  गरेका थिए । उनी मु

    • प्रकाशित मितिः असोज ४, २०७८
    • 165 पटक पढिएको
  • पूर्व युवराज्ञी शाहद्वारा विद्यालयका छात्रालाई पानी स्वतः शुद्ध हुने बोतल वितरण

    बिर्तामोड / पूर्व युवराज्ञी हिमानी शाहले जनकपुरको सकल भवन कन्या माध्यमिक विद्यालयमा अध्ययनरत छात्रालाई पानी स्वतः शुद्ध हुने बोतल वितरण गरेकी छिन् । आइतबार जनकपुरधाम पुगेकी युवराज्ञी शाहले आज (सोमबार) आफ्नो संस्था हिमानी ट्रष्टको तर्फबाट सो विद्यालयका छात्रालाई पानी स्वतः शुद्ध हुने बोतल वितरण गरेकी हुन् । सर्वसाधारणसँग खासै कुरा नगर्ने हिमानीले कन्या माध्यमिक विद्यालयमा अध्ययनरत छात्रासँग बसेर अन्तरक्रिया समेत गरिन् । उनले आफूसँगै बसेका तीन जना छात्रासँग पढाइका कुरा गरिन् । हिमानी ट्रष्टको अध्यक्षता रहेकी उनी नेपालका दुर्गम जिल्लामा थुप्रै पटक सहयोग सामग्री लिएर पुग्ने गरेकी छि

    • प्रकाशित मितिः असोज ४, २०७८
    • 124 पटक पढिएको
  • मोटरसाइकल चोर्ने पक्राउ

    काठमाडौँ  / काठमाडौँको गोकर्णेश्वरबाट प्रहरीले मोटरसाइकल चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा कालिञ्चोक नगरपालिका –६ का २४ वर्षीय तेजबहादुर खड्का रहेका छन् ।उनलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले मकवानपुरका किरण वाइबाको ललितपुरको खुमलटारमा पार्किङ गरेर राखेको बा५६प ४५४४ नम्बरको पहेँलो रङ्गको स्कुटरसहित खड्कालाई पक्राउ गरिएको जानकारी दिए । प्रहरीले थप अनुसन्धानका क्रममा पक्राउ परेका खड्काले चोरी गरेको प्रदेश ३–०२–०१०प ७४४ नम्बरप्लेट भएको २२० सिसीको पल

    • प्रकाशित मितिः असोज ४, २०७८
    • 132 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.