समाचार

    Showing 25,301-25,310 of 26,780 items.
  • बाह्रदशी गाउँपालिकामा लगाइएको ताला खुलाइयो

    बिर्तामोड / झापाको बाह्रदशी गाउँपालिकाको कार्यालयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले लगाएको ताला खुलाइएको छ । राप्रपाले पालिकाभित्रका सडकमा भएका खाल्डाखुल्डी तत्काल पुर्न माग राख्दै आज पालिकाको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको थियो । तालाबन्दी गरेलगत्तै कार्यालय आइपुगेका पालिका अध्यक्ष खड्गप्रसाद राजवंशीले उनीहरुको मागलाई तत्काल सम्बोधन गर्ने र मङ्गलबार वडाध्यक्षसँग छलफल गरी खाल्डाखुल्डी पुर्ने भद्र सहमति भएपछि ताला खुलाइएको बाह्रदशी गाउँपालिका राप्रपा अध्यक्ष बिपी कटुवालले बताए । उनले भित्री सडकमा परेका खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम बढेकाले पटकपटक वडा कार

    • प्रकाशित मितिः असोज ४, २०७८
    • 114 पटक पढिएको
  • ब्राउन सुगर सहित एक पक्राउ

    बिर्तामोड / झापाको मेचीनगरबाट ब्राउन सुगर सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका –४ का १८ वर्षीय दिल बहादुर मगर रहेका छन् । हिजो (आइतबार) बेलुका ६ बजे प्रहरी चौकी बाहुनडागीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले ९ ग्राम ब्राउन सुगर बरामद गरेको छ ।

    • प्रकाशित मितिः असोज ४, २०७८
    • 325 पटक पढिएको
  • ब्रेक फेल भएर जिप दुर्घटना हुँदा नौ जना घाइते

    बैतडी / सुर्कालबाट देहिमाडौँतर्फ जाँदै गरेको भे१च १११६ नं को बोलेरो जिप दुर्घटना हुँदा आज  नौ जना घाइते भएका छन् । घाइते हुनेमा जिप चालक मेलौली नगरपालिका–३ का जनकबहादुर चन्द र वीरेन्द्रराम पार्की, पाटन नगरपालिका–५ का विनोद जोशी, सोही ठाउँका जितबहादुर चन्द, मानसिंह जोशी, रामदत्त जोशी र रामबहादुर चन्द तथा दशरथचन्द नगरपालिका–७ का देवदत्त बडू र दशरथचन्द नगरपालिका–२ का जयबहादुर बोहरा छन् । चालक चन्दको अवस्था गम्भीर रहेको अस्थायी ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले जानकारी दिएका छन् । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जिपको ब्रेक फेल भएर सडकमै पल्टिँदा

    • प्रकाशित मितिः असोज ४, २०७८
    • 68 पटक पढिएको
  • ८ वर्षमा विभूषणका लागि छनोट गरेका १९२ जनाले लिएनन् पदक

    बिर्तामोड / आठ वर्षमा सरकारले विभूषणका लागि छनोट गरेका एक सय ९२ जनाले पदक नलिएको पाइएको छ । विस २०६७ देखि २०७५ सालसम्म सरकारका विभिन्न क्षेत्रमा योगदान पुर्याएका एक सय ९२ जनाले पदक नलिएको गृहमन्त्रालयको वेबसाइटमा उल्लेख छ ।  पदक नलिनेहरुको सूची:

    • प्रकाशित मितिः असोज ३, २०७८
    • 126 पटक पढिएको
  • आईफोन र आईप्याडमा भोलिदेखि नयाँ ओएस

    बिर्तामोड / आईओएस र आईप्याडओएस १५ भोली (सोमबार) देखि प्रयोगकर्तालाई डाउनलोड तथा इन्स्टलका लागि उपलब्ध हुने भएको छ ।नयाँ उपलब्ध हुने सफ्टवेयरमार्फत आईओएस तथा आईप्याड ओएसमा धेरै नयाँ फिचर उपलब्ध हुनेछन् । जसमा फेसटाइम फिचर एक हो ।फेसटाइममा एन्ड्रोइड तथा कम्प्युटर प्रयोगकर्ता पनि जोडिनसक्ने जनाइएको छ । यसका साथै आईम्यासेजको परिष्कृत भर्सनसमेत उपलब्ध हुनेछ, जसमार्फत साथीभाइले पठाएको फोटा तथा लिंक सहजै ट्रयाक गर्न सकिनेछ ।सफ्टवेयर डाउनलोड गरी इन्स्टल कसरी गर्ने ?जब एप्पलले आईओएस १२ र आईप्याड ओएसको अपडेट उपलब्ध गराउने छ, तब तपाईंले सामान्य अन्य सफ्टवेयर अपडेट गरेजस्तै अपडेट गर्न सक्नुहुनेछ ।जब अपडेट

    • प्रकाशित मितिः असोज ३, २०७८
    • 69 पटक पढिएको
  • संविधान दिवसको अवसरमा झापा कारागारकाे भवन उद्घाटन

    बिर्तामोड / झापा कारागारमा कैदीबन्दी बस्ने नयाँ भवन निर्माण गरिएको छ ।प्रशासनिक भवन निर्माणका लागि सङ्घीय सरकारले विनियोजन गरेको बजेटमा संशोधन गरेर कारागार परिसरको दक्षिणी खाली भागमा रु ६४ लाखको लागतमा दुई तल्ले भवन निर्माण गरिएको कारागार प्रशासनले जनाएको छ । भवनको भुइँतलामा पक्की छत र माथिल्लो तलाको छानो जस्तापाताको लगाइएको छ । नयाँ भवनको तल्लो तलामा ज्येष्ठ र अशक्त कैदीबन्दीलाई राखिनेछ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले गत फागुनमा शिवरात्रिको अवसर पारेर भवनको शिलान्यास गरेका थिए । आज उनले नै संविधान दिवसको अवसर पारेर भवनको उद्घाटन गरेका छन् ।भद्रपुर नगरपालिका–८ मा पाँच द

    • प्रकाशित मितिः असोज ३, २०७८
    • 204 पटक पढिएको
  • सांस्कृतिक पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति भण्डारी

    काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यकावासी नेवार जनसमुदायद्वारा मनाइने कुमारी इन्द्रजात्राको सांस्कृतिक एवं ऐतिहासिक पर्वले विविध जातजाति, भाषभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीहरू बीचमा परस्पर विश्वास, सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पु¥याउने विश्वास व्यक्त गरेकी छिन् ।  कुमारी इन्द्रजात्रा पर्वका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गरेकी हुन् ।  उनले समृद्ध इतिह

    • प्रकाशित मितिः असोज ३, २०७८
    • 107 पटक पढिएको
  • संविधान दिवस : पत्रकार थापा र कार्टुनिस्ट सायमीले गरे पदक नलिने घोषणा

    बिर्तामोड / सरकारले संविधान दिवसको अवसरमा पत्रकारहरूलाई पनि विभिन्न मानपदवी तथा पदकबाट विभूषित गर्ने भएको छ । पत्रकारिता मार्फत आ–आफ्नो क्षेत्रमा योगदान पुर्याउने ५० जना  पत्रकारहरूलाई सरकारले मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने भएको हो ।तर पत्रकार हरिबहादुर थापा र कार्टुनिस्ट रविन सायमीले भने सरकारबाट विभूषण नलिने घोषणा गरेका छन् । थापा र सायमीले सामाजिक संजालमा मार्फत आफूहरू विभूषण ग्रहण नगर्ने घोषणा गरेका हुन् ।सरकारले थापालाई सुप्रबल जनसेवाश्री बाट र सायमीलाई प्रवल जनसेवा श्री’ पदकद्धारा विभूषित गर्ने घोषण गरेको थियो । पत्रकार थापाले यसअघि सरकारले पटक प

    • प्रकाशित मितिः असोज ३, २०७८
    • 139 पटक पढिएको
  • मलेसियाबाट आज १८ जना नेपालीको शव ल्याइयो

    बिर्तामोड / मलेसियाबाट आज (शनिबार) नेपाल वायुसेवा निगमको वाइडबडी जहाज मार्फत १८ जना नेपालीको शव नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा विभिन्न कारणले ज्यान गुमाएका १८ जना नेपालीको शव नेपाल ल्याइएको हो । शव ल्याउन नसकिएका एक जनाको भने अस्तु मात्रै ल्याइएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निगमले मलेसियामा अलपत्र परेका नेपालीको शव ल्याएको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले बताइन् । श्रेष्ठका अनुसार मृतकका परिवारको पीडालाई बुझेर निगमले सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा शव ल्याएको हो ।  

    • प्रकाशित मितिः असोज २, २०७८
    • 107 पटक पढिएको
  • गुण एयरलाइन्स द्धारा विद्युतीय बस सञ्चालन

    काठमाडौँ / निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले आन्तरिक उडानका यात्रुका लागि वातानुकूलित दुई विद्युतीय बस सेवा सञ्चालनमा ल्याएको छ । यही असोज १ गते शुक्रबारदेखि आफ्नो नियमित उडान सुरु गरेको कम्पनीले आन्तरिक विमानस्थलमा पहिलो पटक विद्युतीय बस सञ्चालन गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ १० हेलिकोप्टर सहित २० वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।नेपालीको महान् चाड दशैं, तिहारलगायत चाडलाई लक्ष गर्दै उक्त एयरलाइन्सले दशैँको मुखमा उडान सञ्चालन गरेको हो । यात्रुलाई सुरक्षित र भरपर्दो सेवा दिन तयार रहेको र यसका लागि कुनै कसर बाँकी नराख्ने कम्पनीका प्

    • प्रकाशित मितिः असोज २, २०७८
    • 104 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.