समाचार

    Showing 25,311-25,320 of 26,780 items.
  • ‘आइक्यान’ को अध्यक्षमा युद्धराज ओली निर्वाचित

    काठमाडौँ / नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था नेपाल ‘आइक्यान’ को अध्यक्षमा सीए युद्धराज ओली निर्विरोध निर्वाचित भएका छन् । आइक्यानले लेखा व्यवसायको नियमन, शिक्षा तथा प्रवद्र्धनको काम गर्दै आएको छ । महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालले ओलीलाई शुक्रबार पद तथा गोपनीयताको सपथ गराए । परिषद्का उपाध्यक्ष तथा अन्य सदस्यले पनि सपथ लिएका थिए । कूल १७ सदस्यीय परिषद्मा हाल  १४सदस्य निर्वाचित भइसकेका छन् भने महालेखा परीक्षकको सिफारिसमा नेपाल सरकारले तीन सदस्य मनोनीत गर्न बाँकी छ । नवौँ परिषद्को पहिलो कार्यकालका लागि उपाध्यक्षमा भाष्करसिंह लाला निर्वाचित भएका छन् भने सदस्यमा चार्टर्ड एकाउ

    • प्रकाशित मितिः असोज २, २०७८
    • 94 पटक पढिएको
  • बँदेल मार्न थापेको पासोमा परी एकै परिवारका तीनको मृत्यु

    बर्दिया / बँदेललाई मार्न थापेको विद्युतीय पासोमा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र एक पुरुष छन् । ठाकुरबाबा नगरपालिका–३ का ३२ वर्षीय बालकृष्ण थारु, उहाँकी श्रीमती २९ वर्षीया सुनिता र बालकृष्णकी भाउजु ४३ वर्षीया बेलमतीको पासोमा परी ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिएका छन् । शुक्रवार राति १० बजेतिर एक जनालाई करेन्ट लागेको थियो । बचाउने क्रममा अरु दुई जनालाई पनि करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ । पासो थाप्ने ८३ वर्षीय राजबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ । 

    • प्रकाशित मितिः असोज २, २०७८
    • 125 पटक पढिएको
  • करिब ५ लाख नगदसहित २० जुवाडे पक्राउ

    काठमाडौं  / काठमाडौँको जोरपाटीबाट प्रहरीले २० जना जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तेन्जिङ छोप्याक भन्ने धावा ढुण्गुपसहित २० जना रहेका छन् । पक्राउ पर्नेहरुमा महिला पनि रहेका छन् ।उनीहरूलाई शुक्रबार राति विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले गोकर्णेश्वर नगरपालिका –५ जोरपाटीस्थित चामुण्डागेटमा रहेको तिब्बतियन क्याम्पभित्रको घरबाट पक्राउ गरेको हो । पक्राउ परेकाहरू तेन्जिङ छोप्याककै घरमा जुवा खेलेका थिए । उनीहरूको साथबाट प्रहरीले चार लाख ७४ हजार ७५ रुपैयाँ नगद, बिस बुक तास, क्यासिनोमा प्रयोग हुने क्वाइन ४६४ थान, कौडा १०० थान बरामद गरेको छ ।

    • प्रकाशित मितिः असोज २, २०७८
    • 134 पटक पढिएको
  • सशस्त्र प्रहरीद्धारा मेची अस्पताल सरसफाइ

    बिर्तामोड / सशस्त्र प्रहरीले सातौँ संविधान दिवसको अवसर पारेर झापाको भद्रपुरस्थित मेची अस्पताल सरसफाइ गरेको छ । आज (शनिबार) सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी रमेश कुमार पाण्डेको नेतृत्वमा गएको टोलीले अस्पतालभित्र र गेट बाहिर सरसफाइ गरेको हो । सरसफाइ कार्यक्रममा बिओपी भद्रपुरका सशस्त्र प्रहरी, झापा उद्योग वाणिज्य संघका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो । त्यस्तै असोज २ देखि ४ गते सम्म चोक, मठमन्दिर, गुम्बा, चर्च, गुरुद्वारा र मस्जिद सरसफाइ गर्ने र साँझ दीपावली गरेर संविधान दिवस मनाउने कार्यक्रम रहेको एसपी पाण्डेले जानकारी दिए । 

    • प्रकाशित मितिः असोज २, २०७८
    • 563 पटक पढिएको
  • नक्कली नोटसहित दुई भारतीय पक्राउ

    जलेश्वर / महोत्तरीको औरही बजारबाट नक्कली नोटसहित प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहारको बिहारको सीतामढी जिल्लास्थित परिहार ग्रामपञ्चायत –१३ बस्ने २२ वर्षीय पिन्टु कुमार राय र सोही ठाउँ बस्ने  १२ वर्षीय रितेश कुमार सिंह रहेका छन् । उनीहरूलाई शुक्रबार राति ८ बजे औरही बजारमा फलफूल किन्दै गर्दा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिउँ । प्रहरीले पक्राउ परेकाहरूको साथबाट प्रहरीले रु. १००० हजारका २२ थान, रु. ५०० का तीन थान, रु. १०० का २७ थान, रु. ५० का छ थान,  रु. २० का आठ थान, रु. १०

    • प्रकाशित मितिः असोज २, २०७८
    • 97 पटक पढिएको
  • ठगी मुद्दामा फरार अभियोगी १५ वर्षपछि पक्राउ

    काभ्रेपलाञ्चोक / प्रहरीले ठगी मुद्दामा फरार एक जनालाई १५ वर्षपछि पक्राउ गरेको छ । काभ्रेपलाञ्चोक जिल्ला अदालतले २०६३ साल भदौ २५ गते ठगी मुद्दामा तीन वर्ष चार महिना १२ दिन कैदसहित रू ८ लाख ५ हजार जरिवानाको फैसला सुनाएपछि  विदुरराज गिरी फरार भएका थिए  । फैसला कार्यान्वयनको सिलसिलामा  शुक्रवार उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार चौँरीदेउराली गाउँपालिका वडा नं ६ स्थायी घर भएका ६८ वर्षीय गिरीलाई खोजतलास गर्दा काठमाडौँ जिल्लाको बालाजुमा  फेला पारी नियन्त्रणमा लिएर शुक्रवार धुलिखेल जिल्ला अदालतमा पेश गरिएको थियो ।

    • प्रकाशित मितिः असोज २, २०७८
    • 95 पटक पढिएको
  • काष्ठमण्डप पुनः निर्माणको काम ९६ प्रतिशत काम सकियो

    काठमाडौँ / ऐतिहासिक काष्ठमाण्डपको पुनःनिर्माण आगामी दशैँअघि नै सक्ने लक्ष्यका साथ काम अघि बढाइएको छ । अहिले  ९६ प्रतिशत काम सम्पन्न भएको छ । अब चार प्रतिशत काम मात्र बाँकी छ । काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यका अनुसार थोरै काम मात्र बाँकी रहेकाले दशैँसम्म सक्ने लक्ष्य छ । “यसबीचमा केही अवरोध नआए ढुक्कसँग दशैँअघि काम सम्पन्न हुने थियो”, अध्यक्ष शाक्यले भने, “अन्य निर्माण सम्पन्न गरी अहिले छानो छाउने काम भइरहेको छ ।” विसं २०७२ को वैशाख १२ गते आएको भूकम्पले काष्ठमण्डप पूर्णरुपमा क्षति भएको थियो । सातौँ शताब्दीमा निर्माण गरिएको यस सम्पदाको पुनःनिर्माणका लागि काठमाड

    • प्रकाशित मितिः असोज २, २०७८
    • 104 पटक पढिएको
  • चार स्थानीय तहमा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना

    बिर्तामाेड / खोटाङमा मध्यपहाडी राजमार्गले छोएको चार स्थानीय तहमा ग्रमीण उद्यम तथा आर्थिक विकास आयोजना संचालनको तयारी थालिएको छ । प्रदेश नं. १ सरकारको आर्थिक करिडोर अन्र्तगत हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तथा रावाबेँसी गाउँपालिका र साकेला गाउँपालिकामा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना सञ्चालनको तयारी गरिएको हो । आयोजनाअन्तर्गत अनाज बीउ, फलफूल, तरकारी, मसला, कुखुरा, दूध, मासु, माछा, चिया, कफी, मह, जडीबुटी र वन पैदावार उत्पादनका क्षेत्रमा संलग्न उत्पादकको प्रोत्साहन तथा सहयोगका कार्यक्रम सञ्चालन गरिने कृषि तथा पशुपन्छी विकास मन्त्रालय, ग्रामीण उद्यम तथा

    • प्रकाशित मितिः असोज २, २०७८
    • 96 पटक पढिएको
  • मेचीनगर क्षेत्रमा नदीजन्य पदार्थ उत्खननमा रोक

    काँकडभिट्टा / मेचीनगर नगरपालिकाले नदीजन्य पदार्थ उत्खननमा पुनः रोक लगाएको छ । नगरपालिकाले आज सूचना नै जारी गरेर उत्खननमा पुनः रोक लगाएको हो । विगतका वर्षमा नगरपालिकाले असार, साउन र भदौ महिनामा मात्र सो कार्यमा रोक लगाउँदै आएकोनगरपालिका क्षेत्र भएर बग्ने मेची, हडिया, निन्दा र टिमाई नदीको नदीजन्य पदार्थ ठेक्का लाग्ने प्रक्रियामा रहेकाले अर्को सूचना जारी नभएसम्म वडा कार्यालयलाई उत्खनन गर्न नगराउन जानकारी दिएको प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले बताए ।उनले नदीजन्य पदार्थ उत्खनन नभए नभएबारे अनुगमन गर्न १५ वटै वडा कार्यालयसहित इलाका प्रहरी कार्यालय काँकडभिट्टा र धुलाबारीलाई समेत आग्रह गरेको बताए ।

    • प्रकाशित मितिः असोज १, २०७८
    • 183 पटक पढिएको
  • घुस अस्वीकार गर्ने २४ ट्राफिक प्रहरी सम्मानित

    काठमाडौं / महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियमानुसार ट्राफिक कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकहरूको प्रलोभनमा नपरी आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रहरी निरीक्षक सहित २४ जना ट्राफिक प्रहरीलाई एक कार्यक्रमका बीच पुरस्कृत एव सम्मान गरेको छ । प्रहरी सङ्गठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरशः पालना गर्ने र ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूको प्रलोभनमा नपरी काम गर्ने ट्राफिकलाई सम्मान गर्दै त्यस्ता चालकहरुलाई कानुन अनुसार मुद्दा चलाइएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए ।नगद पुरस्कृत तथा प्रशंसापत्र सहित सम्मानित हुनेहरू प्रहरी निरीक्षक रबिन्द्र कुमार

    • प्रकाशित मितिः असोज १, २०७८
    • 107 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.