समाचार

    Showing 25,521-25,530 of 26,780 items.
  • ठगी गरेको आरोपमा दुई पक्राउ

    सुर्खेत / ‘पत्रकार हुँ’ भन्दै ठगी गरेको आरोपमा सुर्खेत प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धर्मेन्द्र शाही र राजेन्द्र बिक रहेका छन्। पक्राउ परेका शाही र विकले आफ्नो कम्पनीमा सेयर खुलेको र त्यसमा लगानी गरे फाइदा हुने भनेर ठगी गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । घर्तीले पक्राउ परेका दुवै जनामाथि ठगी मुद्दा चलिरहेको बताएका छन् । 

    • प्रकाशित मितिः भदौ ८, २०७८
    • 105 पटक पढिएको
  • मौसममा सुधार हुन अझै केही दिन लाग्ने

    काठमाडौँ / मनसुनी वायुका कारण मौसममा सुधार हुन अझै केही दिन लाग्ने भएको छ । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मनसुनी गतिविधि अझै सक्रिय रहेको हो ।  “अहिलेको अवस्थालाई हेर्दा मौसममा सुधार हुने देखिएको छैन् । बुधबारदेखि मनसुन थप सक्रिय हुने सम्भावना छ ।” जल तथा मौसम विज्ञान विभागका  वरिष्ठ मौसमविद् बरुण पौडेलले बताए ।  शुक्रबारसम्म देशका धेरैजसो स्थानमा बदली रहनाका साथै हल्कादेखि मध्यम खालको वर्षा हुने र केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ । त्यस अवधिमा दिउँसोभन्दा राति र बिहान पानी धेरै पर्ने बताइएको छ । हाल देशभर सामान्य बदली रही प्रदेश नं १, गण

    • प्रकाशित मितिः भदौ ८, २०७८
    • 94 पटक पढिएको
  • गैँडा तस्करीमा संलग्न रहेको अभियोगमा पक्राउ

    चितवन / चितवन राष्ट्रिय निकुञ्जले गैँडा मारी खाग तस्करी गरेको आरोपमा विभिन्न व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ । गत भदौ ३१ गते बाँदरझुला पोस्टको मर्दीघोल क्षेत्रमा भेटिएको गैँडाको खाग तस्करी गरेको आरोपमा अनुसन्धानका क्रममा ती व्यक्ति पक्राउ परेका हुन् ।निकुञ्जले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका –३ पाँचपाण्डवका ३५ वर्षीय नवीन पौडेल भन्ने मेखबहादुर नेपाली, जाजरकोटको शिवालय गाउँकार्यपालिका –२ डुङ्ग्रा बस्ने २७ वर्षीय वीरबहादुर बस्नेत, जिल्ला चितवन खैरहनी नगरपालिका –६ रिजालटोल २५ वर्षीय आरोष उप्रेती रहेका छन् । चितवनकै भतरपुर महानगरपालिका–२८ स्यालबास बस्ने

    • प्रकाशित मितिः भदौ ८, २०७८
    • 77 पटक पढिएको
  • लागूऔषध सहित एक भारतीय नागरिक पक्राउ

    धरान / सुनसरीको बराहक्षेत्रबाट लागूऔषध सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सुपौल थाना बिरपुर बनेलपट्टी –५ का २५ वर्षीय रुद्रनारायण कुमार यादव रहेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले यादवलाई सोमबार बेलुका ६ बजे बराहक्षेत्र नगरपालिका –८ शुक्रबारेबाट पक्राउ गरेको हो । पक्राउ परेका यादवको साथबाट प्रहरीले ५२ ग्राम ब्राउन सुगर बरामद गरेको छ ।

    • प्रकाशित मितिः भदौ ८, २०७८
    • 100 पटक पढिएको
  • आर्थिक लेनदेनको कारण विक परीवारले आत्महत्या गरेकोे अनुमान

     बिर्तामोड / एका बिहानै झापाको कनकाई नगरपालिका १ मा नाबालिका सहित एकै परिवारका तीन जना मृत भेटिएको खबर आएपछि इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यसहितको टोली घटनास्थल पुग्यो।घटनास्थलमा रहेका आचार्यलाई घटनाबारे विवरण माग्दा ‘घटना अत्यन्तै हृदयविदारक छ’ भन्ने जवाफ आयो।उनले थप स्पष्ट पार्दै भने, ‘बुवा (आमा र सानी छोरी सबै झुन्डिएको अवस्थामा छन्। छोरीलाई आमाले बोकेकी छिन्।’ कतिपय स्थानीयबासीले ८ महिनाकी नाबालिक छोरीले झुन्डिनसक्ने अवस्था नरहेकाले उनको हत्यापछि बुवा (आमाले आत्महत्या गरेको आशंका गरेका छन्।त्यसरी एउटा परिवारले नै कसरी यहाँसम्मको

    • प्रकाशित मितिः भदौ ७, २०७८
    • 190 पटक पढिएको
  • छोराले अगुल्टो प्रहार गर्दा बुबाको मृत्यु

    रोल्पा / रोल्पाको त्रिवेणी गाउँपालिकामा छोराले अगुल्टो प्रहार गर्दा बुबाको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका–४ चालढुङ खोलाका टेकबहादुर नेपालीले ६० वर्षीया लक्ष्मीमनको हत्या गरेको प्रहरीले जनाएको छ । आफ्नै छोराबाट आज लक्ष्मीमनको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । इलाका प्रहरी कार्यालय होलेरी र प्रहरी चौकी बुढा गाउँको टोली घटनास्थल पुग्दा लक्ष्मीमनको हत्या गरी खाटमा सुताएको अवस्थामा शव फेला परेको प्रहरी प्रमुख नरेशराज सुवेदीले जानकारी दिएका छन् । छोराको कुटपिटबाट मृत्युु भएका लक्ष्मीमनको मृत्युको कारण परिवारले ढाकछोप गरी लुकाउन खोजे पनि प्रहरीको प्रारम्भिक अनुसन्धानबाट छो

    • प्रकाशित मितिः भदौ ७, २०७८
    • 95 पटक पढिएको
  • पत्रकारको मोटरसाइकलमा लागूऔषध राख्ने दुई पक्राउ

    रौतहट / पत्रकारको मोटरसाइकलमा लागूऔषध राख्ने दुई जनालाई  रौतहट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धिरज यादव र जितेस कुमार यादव रहेका छन् । रौतहट प्रहरीले साउन ३२ गते रौतहट एक्सप्रेसका सञ्चालक तथा पत्रकार मोहम्मद मोजिबुल्लाहलाई लागूऔषध नाइट्राभेट सहित पक्राउ गरेको थियो ।प्रहरीले हालै सार्वजनिक एक सीसी टीभी फुटेजमा लागूऔषध राखिदिएर पक्राउ गराइएको देखिएपछि अनुसन्धान थालेको थियो । पक्राउ परेका यादवद्धयले मोटरसाइकलमा लागूऔषध ट्याबलेट राख्दै गरेको सीसीटीभी फुटेजमा देखिन्छ  पत्रकार मोजिबुल्लाहलाई फसाउन नेपाल पत्रकार महासंघ रौतहटका सह–सचिव सञ्जय शहनी, जिल्ला प्रहरीक

    • प्रकाशित मितिः भदौ ७, २०७८
    • 160 पटक पढिएको
  • एक साता मनसुन सक्रिय रहनेः यी स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौँ / मनसुनी वायु सक्रिय रहेका कारण हाल देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।    मनसुनको सामान्य प्रभावसँगै न्यून चापीय रेखा नेपाल भन्दा केही दक्षिणतिर रहेकाले अहिले प्रदेश नं १ वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार मनसुनी वायुको सक्रियताले गएराति देखिनै देशका पहाडी भेगमा वर्षा हुनुको साथै हाल तराई क्षेत्रमा वर्षा भइरहेको छ । उक्त क्षेत्रमा आज दिनभर वर्षा हुनेछ ।मनसुन एक सातासम्म सक्रिय रहन

    • प्रकाशित मितिः भदौ ७, २०७८
    • 128 पटक पढिएको
  • म्याग्दीमा बाढीले एक घर बगायो, ४५ घर जोखिममा

    म्याग्दी / म्याग्दीको बेनी नगरपालिका –३ भकिम्लीको दूधे खोलामा आज बिहान बाढीले एक घर बगाएको छ । बाढीका कारण ४५ घर जोखिममा परेका छन् । भकिम्लीको चिनाखेत, तोराखेत र लरेनीको सिमानामा पहिरो खसेर दूधे खोलामा आएको बाढीले कटान गरेर घर, सडक र खानेपानीको पाइप बगाउनाका साथै जोखिम बनाएको हो । वडा नं ३ भकिम्लीका वडा सदस्य गेमप्रसाद घर्तीले बाढीले बगाएर दिपा पुनको घर पूर्ण क्षति भएको जानकारी दिए । “नारायण पुन र तिलाराम थापाका घर उच्च जोखिममा छन्”, उनले भने “दूधे खोलाको दायाँबायाँ किनारमा रहेका ४५ घरधुरी भएको बस्ती नै बाढीको जोखिममा परेको छ ।” नारायणको गोठमा बाँधेको दुहुना भैँसी भाग्ने क्रममा बाढील

    • प्रकाशित मितिः भदौ ७, २०७८
    • 86 पटक पढिएको
  • झापामा ८ महिने शिशु सहित एकै परिवारका तीन जना मृत फेला

    बिर्तामोड / झापाको दुर्गापुरमा ८ महिने शिशु सहित एकै परिवारका तीन सदस्य झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।कन्काई नगरपालिका –१ सिर्जना चौतारी बस्ने ३४ वर्षीय रविन बिक, उनकी पत्नी २९ वर्षीया मीना बस्नेत बिक र ८ महिनाकी छोरी रुविना बिक घरभित्रै झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । मृतक रविनको भने कोरोना पोजेटिभ भएको रिपोट भेटिएको तर कसकसलाई कोरोना संक्रमण भएको भन्ने नखुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) राकेश थापाले जानकारी दिए । मृतक रविनले वैदेशिक रोजगारीको एजेन्ट काम गर्दै आएको र बैदेशीक रोजगारमा जाने थुप्रै व्यक्तिहरूको पैसा हिनामिना गरेकाे&nbs

    • प्रकाशित मितिः भदौ ७, २०७८
    • 267 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.