समाचार

    Showing 25,661-25,670 of 26,780 items.
  • २४ रुसी कूटनीतिज्ञलाई देश छोड्न आदेश

    काठमाडौँ / अमेरिकी सरकारले २४ रुसी कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको छ ।अमेरिकाकालागि रुसी राजदूत एन्टोली एन्टोनोभले सेप्टम्बर ३ तारिख अगावै अमेरिका छोड्नु भनेर २४ जनाको सूची पठाएको बताएका छन् । रुसी कूटनीतिज्ञहरुको प्रवेशाज्ञा सेप्टेम्बर ३ सम्ममा सकिने भएकोले उनीहरुलाई सो समयसम्म अमेरिका छोडिसक्न भनिएको राजदूत एन्टोलीले बताएका छन् । उनका अनुसार हाल अमेरिकाले प्रवेशाज्ञामा कडाइ गरेकाले ती २४ जनाको स्थानमा तत्कालै अरु कूटनीतिज्ञ अमेरिका नआउने बताएका छन् ।

    • प्रकाशित मितिः साउन १९, २०७८
    • 73 पटक पढिएको
  • विदेशीनेको संख्या बढ्यो

    काठमाडौँ / सन् २०२१ को जुलाई महिनामा २१ हजार ८ सय ७७ जना नेपाली बाहिरिएका छन् । पछिल्लो समय कोरोना महामारीका कारण नेपाल भित्रनेभन्दा बाहिरिने नागरिक सङ्ख्यामा वृद्धि हुन थालेको हो।अध्यागमन विभागका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत जुलाई महिनामा नेपालीसहित कूल २५ हजार ३४ जना नेपालबाट बाहिरिएका छन् । नेपालबाट गत जुन महिनामा नेपाली तथा विदेशी नागरिक बाहिरिनेको संख्या १३ हजार २ सय ५६ रहेको थियो ।त्यसैगरी, विभागका अनुसार २५ हजार २ सय ५ नेपाली नागरिक स्वदेश फर्किएका छन् । तीमध्ये २१ हजार ५ सय ९ पुरुष, तीन हजार ६ सय ९३ महिला र तीन अन्य नागरिक रहेका छन् । सो अवधिमा नेपाली र विदे

    • प्रकाशित मितिः साउन १९, २०७८
    • 78 पटक पढिएको
  • सबै नागरिकले खोप पाउने मनाङ पहिलो जिल्ला

    काठमाडौँ / मनाङ १८ वर्षभन्दा माथिका सबै नागरिकलाई कोभिड-१९ विरुद्धको खोप लगाउने पहिलो जिल्ला बनेको छ ।जिल्लामा स्वास्थ्य कार्यालय मनाङले खोप लगाउने योग्य नागरिक ४ हजार ५०० रहेको अनुमान गरेकामा चार हजार १९८ जना नागरिकले कोरोना खोप लगाएका छन् । गत माघ १४ गतेदेखि खोप अभियान शुरु भएको यो जिल्लामा कोरोना विरूद्धको खोप लगाएका मध्ये चार हजार ३३ जनाले पूर्ण खोप लगाईसकेको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिएका छन् ।खोप लगाएका मध्ये कोभिशिल्डको पूर्ण खोप लगाउने नागरिक दुई हजार ९६, जोनसन एण्ड जोनसनको पूर्ण खोप लगाउने नागरिक दुई हजार २७ र भेरोसेलको पूर्णखोप लगाउने ७५ जना र

    • प्रकाशित मितिः साउन १९, २०७८
    • 104 पटक पढिएको
  • लागूऔषध सहित ३ जना पक्राउ

     झापा /  झापाको बिभिन्न स्थानबाट लागूऔषध सहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरादह नगरपालिका १ का २० वर्षीय सुरेश ताजपुरिया , मेचीनगर नगरपालिका १ का २१ वर्षीय सुलन देवान र सोही स्थानका २० वर्षीय मिङमा तामाङ रहेका छन् ।गौरीगन्ज गाउपालिका ६ जनता चौकबाट इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट  परिचालन भएको प्रहरी टोलीले ताजपुरियालाई प्रतिबन्धित औषधी ट्रामाजेक १५० क्याप्सुल, नाइट्रोभेट २६ क्याप्सुल र कोरेक्श १ बोतल सहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।त्यसैगरी, 

    • प्रकाशित मितिः साउन १९, २०७८
    • 202 पटक पढिएको
  • ठुलो परिमाणमा लागूऔषध सहित एक पक्राउ

    लहान  / सिराहाको लहान नगरपालिकाबाट प्रहरीले ठुलो परिमाणमा लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको नवराजपुर गाउपालिका –५ का २६ वर्षीय प्रभु नारायण सिंह राजपुत रहेका छन् ।  भारतीय नाका भएर लहान आउँदै गरेका २६ प १८९ नं. को मोटरसाइकलमा सबार राजपुतलाई चेकजाँचका क्रममा प्रहरीले लागूऔषध सहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । पक्राउ परेका राजपुतका साथबाट प्रहरीले नाइट्रोभेट १० लेखिएको ४ हजार ७ सय ४० वटा ट्याबलेट, डाईजेपाम लेखिएको १ सय ९४ एम्पुल, फेनारगन लेखिएको १ सय ९४ एम्पुल, नाम लेवल नभएको १ सय ९४ एम्पुल, डाईलेक्स डिसी (१०० एक एल) बर

    • प्रकाशित मितिः साउन १८, २०७८
    • 94 पटक पढिएको
  • गोरु काटेको आरोपमा दुई जना पक्राउ

    सुनसरी / गोरु काटेको आरोपमा सुनसरीको बराहक्षेत्र नगरपालिकाबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३२ वर्षीय तिलबहादुर दाहाल र ३३ वर्षीय विजयकुमार राई रहेका छन् ।शनिबार राति बराहक्षेत्र- ७ बुद्धचोकमा गोरु काटेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट परिचालन गरिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।स्थानीय चन्द्रबहादुर तामाङको घर पछाडि मासु काटिरहेको अवस्थामा फेला परेका उनीहरुमाथि पशुपंक्षीसम्बन्धी कसुर मुद्धामा पक्राउ गरिएको र घटना बारे थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जानकारी दिएको छ  ।  

    • प्रकाशित मितिः साउन १८, २०७८
    • 91 पटक पढिएको
  • ब्राउन सुगर सहित दुई पक्राउ

    बिर्तामोड / झापाको बिर्तामोडबाट ब्राउन सुगर सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हल्दीबारी गाउपालिका –१ का २० वर्षीय सुवास न्यौपाने र बिर्तामोड नगरपालिका –१० का २४ वर्षीय समिर राई रहेका छन् ।  उनीहरूलाई सोमबार दिउसो १ बजे लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । मे८प ७३९२ नम्बरको मोटरसाइकलमा सवार न्यौपानेको साथबाट प्रहरीले १२ ग्राम ब्राउन सुगर बरामद गरेको छ ।

    • प्रकाशित मितिः साउन १८, २०७८
    • 209 पटक पढिएको
  • एसिड प्रहारका अभियुक्त पक्राउ

    सुनसरी / काठमाडौंको गौशालाबाट एसिड प्रहारका अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको वराहक्षेत्र नगरपालिका–३ बस्ने ३० वर्षीय रोमनराम धामी रहेका छन् ।रोमनराम साउन २२ गते राति श्यामकुमारी धामीलाई एसिड प्रहार गरि फरार भएको सुनसरीका प्रहरी उपरिक्षक सञ्जयसिंह थापाले जानकारी दिएका छन् । चुरोटको विषयमा विवाद हुँदा छिमेकीकोमा पुगेकी श्रीमतीलाई रोमनरामले लखेटेर एसिड हान्ने गर्दा एसिड छिमेकी श्यामकुमारीलाई लागेको थियो ।घटनाक्रममा छुट्याउन खोज्दा २१ वर्षका सुमनराज धामी र १९ वर्षीय सुजनराज धामी समेत एसिडको छिटा लागेर घाइते भएका छन् । गम्भिर घाइते भएकी श्यामकुमारीको

    • प्रकाशित मितिः साउन १८, २०७८
    • 98 पटक पढिएको
  • लागूऔषध गाँजा सहित दुई जना पक्राउ

    मोरङ / उदयपुरको बेलका नगरपालिका ८ कोठूबाट प्रहरीले लागूऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा भोजपुर हतुवागढी गाउँपालिका ८ का २६ वर्षीय नविन्द्र राई र २३ वर्षीय हेमराज राई रहेको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जानकारी दिएको छ ।इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र अस्थाई प्रहरी पोष्ट कोठूबाट परिचालन भएको प्रहरी टोलीले को१ज ४५९ नम्बरको बलेरोको चेकजाँच गर्ने क्रममा हुडमा २ वटा कपडाको झोलामा ४ केजी २०० ग्राम लागूऔषध गाँजा भेटिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिएका छन् । भेटिएको गाँजाबारे सोधपुछ गर्दा उक्त गाँजा नविन्

    • प्रकाशित मितिः साउन १८, २०७८
    • 76 पटक पढिएको
  • ब्राउन सुगर सहित एक जना पक्राउ

    मोरङ / विराटनगर महानगरपालिका २ दुर्गा चौकबाट ब्राउन सुगर सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे -६ बस्ने २३ वर्षीय निरज गोडी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट परिचालन भएको प्रहरी टोलीले उनलाई आइतबार बेलुका साढे ४ बजे ब्राउन सुगर ८ ग्राम सहित नियन्त्रणमा लिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिएका छन् । पक्राउ परेका गोडीलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    • प्रकाशित मितिः साउन १८, २०७८
    • 96 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.