समाचार

    Showing 25,671-25,680 of 26,780 items.
  • म्याद गुज्रेका सामान भएको गोदाममा प्रहरीको छापा

    काठमाण्डौ / देशकै ठूला चेन डिपार्टमेन्टल स्टोरहरू भाटभटेनी , बिगमार्ट र सेल्स बेरीका लेवल समेत भएका म्याद गुज्रिएका सामाग्री भण्डारण गरेको गोदाममा प्रहरीले छापा मारेको छ । प्रहरीले आइतबार काठमाण्डौको सानो भर्याङमा रहेको एक गोदाममा छापा मार्ने क्रममा म्याद गुज्रिएका सामाग्री भेला गरी बिक्री गर्ने गरेको समेत खुलेको छ । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखा र वाणिज्य विभागको टोलीले म्याद गुज्रिएका कस्मेटिक सामाग्रीको गोदाममा छापा मारी म्याद गुज्रिएका सामानमा नयाँ मिति राखेर बिक्री वितरणमा संलग्न अभिनास अग्रवाल र महावीर गुज्जरलाई पक्राउ गरिएको अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्ण क

    • प्रकाशित मितिः साउन १७, २०७८
    • 82 पटक पढिएको
  • करछलीमा संलग्न भन्सार कर्मचारीमाथि भएन कारवाही

    विराटनगर / भन्सार कार्यालय भन्सार कर्मचारीका लागि कमाउने अखडा अर्थात मालदार कार्यालयका रुपमा चिनिने गरेको छ । गत वैशाख यता विराटनगर स्थित भन्सार कार्यालय पटक पटक कर छलीका घटनामा जोडिन थालेको छ । भन्सार एजेन्ट र कर्मचारीको मिलेमतोमा हुने गरेको भन्सार छलीमा संलग्न कर्मचारीमाथि कारवाही नहुँदा पूर्वका उद्योगी व्यवसायीले समेत मौका छोपेर सोही नाकाबाट सामान आयात तथा निर्यात गर्ने गरेका छन् । प्रदेश एककै ठुलो भन्सार कार्यालय मानिएको विराटनगर भन्सार कार्यालयबाट हुने करछलीको घटनामा संलग्न गिरोहले पनि कारवाहीमा सरकारले देखाएको उदासिनताको फाइदा उठाउँदै सोही नाकाबाट हुने कामलाई जारी राखेको छ ।&nb

    • प्रकाशित मितिः साउन १७, २०७८
    • 102 पटक पढिएको
  • टेलिकममा आन्दोलन जारी

    काठमाडौँ / सेवासुविधा र वृत्तिविकासको माग गर्दै नेपाल टेलिकमका कर्मचारीले विगत १२ दिनदेखि भद्रकालीस्थित केन्द्रीय कार्यालयको मूल ढोका अगाडि धर्ना दिँदै आएका छन् ।     साविकको कर्मचारी विनियमावली २०६१ मा रहेको तह १० मा आठ वर्ष र तह ११ मा पाँच वर्षको सेवा अवधि पूरा भएपछि स्वतःअवकाश हुने (क्यापिङ) सम्बन्धी व्यवस्था यथावत् राख्नुपर्ने लगायत ३२ सूत्रीय माग राखेर उनीहरू आन्दोलनमा उत्रिएका हुन् । नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल टेलिकम वकर्स युनियन र नेपाल टेलिकम युनियन कर्मचारी युनियनको अगुवाइमा शुरु भएको आन्दोलनमा सञ्चालक समितिको २०७० साल साउन ६ गतेको निर्णय

    • प्रकाशित मितिः साउन १७, २०७८
    • 72 पटक पढिएको
  • ताप्लेजुङका विशेष लिम्बुको समुह काठमाण्डौबाट पक्राउ

    काठमाण्डौ / मोटरसाइकल चोरीमा संलग्न ताप्लेजुङका विशेष लिम्बु सहितको समुहलाई प्रहरीले काठमाण्डौबाट पक्राउ गरेकोे छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौँले चोरिको मोटरसाइकल सहित लिम्बुको गिरोहमा संलग्न तिन जनालाई पक्राउ गरेको हो ।सादा पोषाकमा खटिएका ट्राफिक प्रहरीले लिम्बुसहित चोरीमा संलग्न रामेछापका  दीपेन्द्र भुजेल र धनुषाका विकल थापालाई पक्राउ गरेको हो । उनीहरुलाई भक्तपुरबाट पक्राउ गरिएको महाशाखाले जनाएको छ ।भक्तपुरका वासुदेव खड्काको घर क्षेत्रबाट २०७६ सालदेखि  हराएको मोटरसाइकल नम्वर परिवर्तन गरी राखिएको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । काठमाण्डौको पशुपति क्षेत्रबाट ह

    • प्रकाशित मितिः साउन १७, २०७८
    • 109 पटक पढिएको
  • कर्णालीमा डुंगा पल्टिंदा तीन बेपत्ता, दुई घाइते

    कैलाली / कैलालीको मोहन्याल गाउँपालिका –३ स्थित कर्णाली नदीमा डुंगा पल्टिँदा तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा रागाँमलेखाकी २० वर्षीया उर्मिला सलामी मगर, १० दिनको बच्चा र २० वर्षीया पार्वती थापा रहेका छन् । डुङ्गामा १० जना सवार थिए । सबै जना काठको डुङ्गामा रागाँ मलेखाबाट बच्चालाई खोप लगाउन चौकुने गाउँपालिका –४ मा रहेको स्वास्थ्यचौकी जाँदै थिए । सबार पाँच जना पौडी खेलेर बाहिर निस्किएका छन् भने दुई जना घाइते भएको कैलाली प्रहरीले जनाएको छ । घाइते हुनेमा सोही ठाउँकी १९ वर्षीया धनसरा सलामी मगर, एक महिने छोरा कर्ण सलामी रहेका छन् । घटनास्थलमा प्रहरी टोली पुगेर बेपत्ताको खोजी भइरहेको

    • प्रकाशित मितिः साउन १७, २०७८
    • 84 पटक पढिएको
  • कोरोना खोपको व्यापक दुरुपयोग

    बिर्तामोड / कोरोना विरुद्ध जारी खोप अभियानमा खोपको व्यापक दुरुपयोग हुन थालेको छ  । संघीय राजधानी काठमाण्डौ , चितवन र नेपालगन्ज सहितका ठाउँमा सरकारी अधिकारी र जनप्रतिनिधिको मिलेमतोमा आफू निकटलाई मापदण्ड विपरीत खोप दिइएको भनेर आलोचना भईरहेका बेला प्रदेश एकमा पनि खोप दुरुपयोग भएका विषय सार्वजनिक भएका छन् ।कोरोना नियन्त्रण, उपचार र खोपका कारण सरकारको आलोचना भईरहेका बेला उपलब्ध भएका खोप समेत दुरुपयोग हुन थालेको छ । प्रदेश एकमा प्रदेश सरकारकै अधिकारी र स्थानीय सरकारका प्रतिनिधिको संलग्नतामा खोपको दुरुपयोग भएको

    • प्रकाशित मितिः साउन १७, २०७८
    • 380 पटक पढिएको
  • मेलम्चीको बाढीले फेरि ठुलो क्षति

    मेलम्ची / सिन्धुपाल्चोकको मेलम्ची नदिमा आएको बाढीले तटीय क्षेत्र प्रभावित बनेको छ । यसअघिको बाढीको क्षति भुल्न नसकेका स्थानीय थप भयवित र त्रसित बनेका छन् ।शनिबार राति आएको बाढीले रेडियो मेलम्चीको भवन , झोलुङ्गे पुल र सर्वसाधारणको घरमा क्षति पुर्याएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । शनिवार रातीको बाढीले रेडियो मेलम्चीको भवन नै बगाएको छ ।बाढीले पुर्याएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी नै छ । मेलम्चीमा बाढीको सम्भावना कायम रहेकाले तटीय क्षेत्रमा बसोवास गर्नेलाई सचेत रहन प्रशासनले आग्रह गरेको छ ।यसअघि गत असार १ गते आएको बाढीले हेलम्बु, किउल र मेलम्ची बजारलाई बगरमा परिणत गरे

    • प्रकाशित मितिः साउन १७, २०७८
    • 191 पटक पढिएको
  • अब प्रहरीमा थप तीन नयाँ दर्जा

    बिर्तामोड / बढुवाका कारण तल्लो दर्जाका प्रहरीले वर्षौ कुर्नुपर्ने समस्या हल गर्नका लागि प्रहरीको वर्तमान नेतृत्वले थप तिन नयाँ दर्जा थप्नका लागि गृहकार्य अघि बढाएको छ ।प्रहरी प्रधान कार्यालयले तल्लो तहमा देखिएको बढुवाको समस्या हल गर्नका लागि तयार पारेको तिन नयाँ दर्जा थपको प्रस्तावमा गृहमन्त्रालयले सहमति जनाएसँगै यो प्रकृया अघि बढेको छ । दर्जा थपको प्रस्तावमा जवान र हवल्दारको बीचमा सहायक हवल्दार, हवल्दार र असईको बीचमा वरिष्ठ हवल्दार अनि सई र इन्स्पेक्टरको बीचमा वरिष्ठ सई भनेर ३ वटा दर्जा थप्ने तयारी भएको प्रहरी उच्च स्रोतले जानकारी गराएको छ । सबैभन्दा तल्लो पद परिचरको हकमा भने सेवासु

    • प्रकाशित मितिः साउन १७, २०७८
    • 240 पटक पढिएको
  • संक्रमण नियन्त्रणका लागि झापामा आज देखि निषेधाज्ञा थप कडा

    बिर्तामोड / कोरोना संक्रमण उच्च विन्दुमा पुगेपछि झापामा खुकुलो बनाइएको निषेधाज्ञालाई आजबाट थप कडा बनाइएको छ । शनिबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले संक्रमण उच्च बनेको निष्कर्ष निकाल्दै निषेधाज्ञालाई कडा बनाउने निर्णय गरेको थियो ।स्थानीय प्रशासनले निषेधाज्ञा कडा बनाउने निर्णय गरेको भएपनि झापाका सडकमा भने सवारीसाधनको आउजाउ बिहानैबाट बाक्लो रहेको छ । कार्यालय , पसल र संघ–संस्था पुर्णतया बन्द गरेका छन् । स्थानीय प्रशासनले संक्रमण उच्च विन्दुमा पुगेको जनाउँदै सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिरबाट ननिस्कन समेत आग्रह गरेको छ ।सङ्क्रमण उच्च विन्दुमा पुगेपछि स्थानीय प्रशासनले शनिबार

    • प्रकाशित मितिः साउन १७, २०७८
    • 199 पटक पढिएको
  • धरानको वडा कार्यालयमा मध्यरातमा चोरी

    धरान / धरान उपमहानगरपालिकाको वडा नम्बर १६ को कार्यालयमा गए राती चोरी भएको छ । पिपिई लगाएर आएको व्यक्तिले ताला फोडेर कार्यालयका सामान चोरी गरेको प्रहरीले जानकारी गराएको छ ।  कार्यालयमा रहेको सिसिटिभी फुटेजमा पिपिई लगाएका एक व्यक्ति गेट फुटाएर कार्यालय हातमा प्रवेश गरेको पाइएको सो वडाका वडा अध्यक्ष दिलकुमार गिरीले जानकारी गराएका छन् । उनका अनुसार चोरीमा संलग्नले वडा सचिव टिकाराम निरौलाको कोठाबाट कम्प्युटर सेट र प्रिन्टर अनि स्वास्थ्य शाखामा रहेका कम्प्युटर थान एक लगेको देखिन्छ ।चोरीमा संलग्नले सभा हलमा रहेको ज्येष्ठ नागरिक समाजको दराज फुटाउनुका साथै टेबल पंखा भाँचिदिएको दृष्य सिसि

    • प्रकाशित मितिः साउन १७, २०७८
    • 503 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.