समाचार

    Showing 25,771-25,780 of 26,780 items.
  • कारागारमा राति सुत्न पालो पर्खिनुपर्ने

    कञ्चनपुर / कञ्चनपुर कारागारमा क्षमता भन्दाबढी कैदीबन्दीलाई राखिँदा व्यवस्थापनमा चुनौती देखिएको छ । ९५ पुरुष  र २० महिला  कैदी  राख्ने क्षमता भएको कारागारमा हाल २२ महिला  र ३८८ पुरुषलाई राखिए पछि समस्या आएको हो ।पछिल्लो समय बस्नका लागि समस्या भएको छ । कैदी बस्ने भवनमा ठाउँ नभएपछि ग्यालरी, टिनसेट र खाली ठाउँमा त्रिपाल टाँगेर बस्ने व्यवस्था गरिएको छ। राति सुत्नका लागिसमेत कैदीले पालो मिलाउँदै आएका छन् । सुत्नका लागि व्यवस्था गरिएको ठाउँबाट वर्षाको पानीको भल बग्ने भएकाले कैदीले अनिदो मै रात काट्नुपर्ने अवस्था  छ ।  कारागारभित्र रहेका भवनमा छ  शौचालय र आठ

    • प्रकाशित मितिः साउन ११, २०७८
    • 68 पटक पढिएको
  • छोराको कुटाइबाट घाईते भएका बृद्धको मृत्यु

    इलाम / इलामको देउमाई नगरपालिका –२ पुङफुङका ८५ वर्षीय टेक बहादुर मुखियाको आफ्नै छोराको कुटाईबाट मृत्यु भएको छ । श्रावण ७ गते आफ्नै छोरा ३४ वर्षीय गिर्जमान मुखियाले घरयासी विवादका कारण बुबा टेक बहादुरलाई कुटपिट गरि घाईते बनाएका थिए । घाईते टेक बहादुरको बिर्तासिटी अस्पताल बिर्तामोडबाट उपचार हुन नसकी घर फिर्ता ल्याउने क्रममा हिजो राती ९ बजे मृत्यु भएको हो । कुटपिट गर्ने गिर्जमानलाई जिल्ला प्रहरी कार्यालय इलामले पक्राउ गरि अनुसन्धान तथा कानुनी कारबाही प्रकृया अगाडि बढाएको छ ।

    • प्रकाशित मितिः साउन ११, २०७८
    • 66 पटक पढिएको
  • प्रधानमन्त्रीसँग मेलम्चीका बाढी प्रभावितको माग

    काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवासँग मेलम्ची बाढी प्रभावितले मेलम्ची वरपरका क्षेत्रमा तत्काल तटबन्धको व्यवस्था मिलाउन माग गरेका छन् ।मेलम्चीका बाढी प्रभावित सागरकुमार श्रेष्ठको नेतृत्वमा आएको टोलीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटेर मेलम्ची बाढी प्रभावित क्षेत्रमा थप क्षति हुन नदिन तत्काल तटबन्धको व्यवस्था गर्न माग गरेका हुन् ।बाढी प्रभावितले नदिलाई पुरानै धारमा कायम गर्नुपर्ने, बाढीमा पुरिएका घर र खेत जोगाउन माटो व्यवस्थापन, स्काभेटरमार्फत जमिनको सतह मिलाउने प्रबन्ध गर्नुपर्ने, बाढीले घरबारविहीन भएका र रोजीरोटी गुमाएका, व्यवसायमा

    • प्रकाशित मितिः साउन ११, २०७८
    • 85 पटक पढिएको
  • वर्षेनी डुबानमा कपन

    काठमाडौँ / ढलको उचित व्यवस्थापन नहुँदा कपनका मिलनचोक, गोपीकृष्ण हल, सरस्वतीनगर लगायत क्षेत्र वर्षेनी डुबानमा पर्दै आएका छन् । वर्षासँगै आएको बाढीले यस क्षेत्रका अधिकांश सडकमा पानी जम्ने गरेको छ ।सडकको किनारबाट पानी पटाउने व्यवस्था नहुनु र  ढल व्यवस्थापनमा धेरै त्रुटि भएका कारण यो क्षेत्र जलमग्न बन्ने गरेको हो । चाबहिलको गोपीकृष्ण हल नजिकैको ढल फुटेर सडकबाट पानीको भेल निस्कने गरेको छ । कालोपत्र गरिएको सडक पनि ढलको पानीले उप्काएकाले  त्यहाँ ठूलाठूला खाल्डा बनेका छन् । मिलनचोकमा पानी परेपछि सडक र पसलको पेटीबाटै खोलो नै बग्ने गरेकाले स्थानीयवासी सडक पार गर्नसमेत सक्दैनन् । स

    • प्रकाशित मितिः साउन ११, २०७८
    • 58 पटक पढिएको
  • गर्भ बसेपछि......

    बलेवा / “विगत तीन वर्षदेखि श्रीमान् विदेशमा छन् । देवर सधैँ घरमा आइरहन्थे । मदिराले लठ्ठ भएकाले बेला के–के भयो के के”, आफ्नै पेटमा हुर्किरहेको चार महिनाको गर्भपतन गरी टालोमा बेरेर घर छेउको बारीमा गाडेपछि उनले जेठानीसँग भनेकी थिइन् “लुकाउन पर्ने भएकाले लुकाएकी हुँ ।”बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीकी २६ वर्षीया महिलाले गर्भपतन गराएर गाडेको बच्चाको विषयमा खोजी भयो । प्रहरीले सोधपुछ गर्ने क्रममा बाबुको विषयमा बताएपछि उनले जेठानीसँग भनेकोजस्तै आफ्नै देवर नाता लाग्ने व्यक्ति पक्राउ परेका छन् । देवर भाउजूको अवैध सम्बन्धबाट गर्भ रहेकाले समाजमा मुख देखाउन कठिन हुने भन्दै उनले गर्भपतन गरा

    • प्रकाशित मितिः साउन ११, २०७८
    • 66 पटक पढिएको
  • भेटियो ओढारमा २२ नाल भरुवा बन्दुक

    गलकोट / बागलुङमा लुकाइराखेको अवस्थामा प्रहरीले २२ नाल भरुवा बन्दुक फेला पारेको छ । आइतबार दिउँसो प्रहरीचौकी बुङ्गादोभान बागलुङबाट परिचालन भएको प्रहरीको गस्ती टोलीले २२ नाल भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिएका छन् ।जिल्लाको तमानखोला गाउँपालिका–४ लाममेलास्थित घट्टेखोला नजिकै रहेको ओढारमा एकनाले भरुवा बन्दुक १२ थान र तमानखोला–३ मार्के खोलाको ओढारमा एकनाले १० थान बन्दुक फेला परेको हवारीले जानकारी दिएका छन् । प्रहरीले भरुवा बन्दुकसहित स्थानीयवासीलाई विभिन्न समयमा पक्राउ गर्दै आएपछि स्थानीयवासीले डराएर ओढार

    • प्रकाशित मितिः साउन ११, २०७८
    • 64 पटक पढिएको
  • ढुङ्गा खानी र क्रसर उद्योगको उत्खननले बस्ती जोखिममा

    बनेपा / घर नजिकै सञ्चालन गरिएको खानीले तलबाट मेशिन लगाएर खनेको कारण पहिरो नजिकै आइपुगेपछि जानुका भुजेलको परिवार त्यहाँबाट अलि तल बेँसीमा बस्न थालेको छ । उनकै घर छेउमा रहेको अन्य दुई घर नजिकै सञ्चालन भएको ‘रुशी खोला खानी’ले खनेको पहिरोमा परेर यही असारमा परेको वर्षाका कारण बगाइसकेको छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ खारखोलामा रहेको भुजेल गाउँको बस्तीमा रहेको समुदायको वर्षौंदेखिको पीडा हो यो ।पहिरो गएर आफ्नो घर पनि जोखिममा परेपछि खानीवालालाई बेच्न बाध्य हुने अवस्थामा पुगेकाले बैनासमेत गरिसकेको उनले बताएका छन् । “अब घर मात्रै बाँकी छ, कमाएर खाने बारीमा छरेको मकै सबै पहिरोले बगाइसकेक

    • प्रकाशित मितिः साउन ११, २०७८
    • 95 पटक पढिएको
  • एनआरएनए कोरियाका क्षेत्रीय अध्यक्ष भुजेलको निधन

    काठमाडौँ / एनआरएन दक्षिण कोरियाका क्षेत्रीय अध्यक्ष मदन भुजेलको हृदयाघातका कारण मृत्यु भएको छ । चुङ्नाम क्षेत्रका अध्यक्ष भुजेल शनिबार साँझ साथीहरूसँग फुटबल खेलेर केहीबेर आराम गर्ने क्रममा बेहोस भई ढलेका थिए। बेहोस भएपछि उनलाई तत्काल अस्पताल लगिएको थियो ।उपचाररत उनलाई आइतबार बिहान अस्पतालले मृत घोषणा गरेको हो । उनी हालै सम्पन्न एनआरएनए कोरियाको क्षेत्रीय अधिवेशनबाट चुङ्नाम क्षेत्रीय समितिको अध्यक्षमा निर्वाचित भएका थिए । उनी प्रवासी नेपाली सङ्घ दक्षिण कोरियाका केन्द्रीय सदस्यसमेत थिए । उनको निधनलाई एनआरएनए कोरियाले आधिकारिकरुपमा पुष्टि गर्नुका साथै शोक वक्तव्यसमेत जारी गरेको छ । उनको नि

    • प्रकाशित मितिः साउन ११, २०७८
    • 79 पटक पढिएको
  • तीन दिन अधिकांश स्थानमा वर्षा हुने

    काठमाडौँ / मनसुनी वायुको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा वर्षा हुने भएको छ । आजदेखि विस्तारै न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिक आउने देखिएकाले धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुनाका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिएका छन् ।उनका अनुसार सो प्रणालीका कारण आज सुदूपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा, मङ्गलबार राति प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १ र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको बताइएको छ । बुधबा

    • प्रकाशित मितिः साउन ११, २०७८
    • 152 पटक पढिएको
  • इजरायलमा नेपाली कामदारको माग

    बिर्तामोड / कोरोनाको कहर कायम रहेकै समएमा इजरायलले एक हजार नेपाली कामदार माग गरेको छ । इजरायलबाट सुसारे (केयरगिभर) का रूपमा एक हजार नेपाली दक्ष श्रमिकको माग भएको वैदेशिक रोजगार विभागले  जनाएको छ । विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले इजरायल र नेपाल सरकारबीच भएको सम्झौताअनुसार इजरायलबाट एक हजार केयरगिभरका लागि माग आइसकेकाले अबको एक र डेढ हप्ताभित्र विज्ञापन खुल्ने जानकारी दिए ।मागअनुसार विज्ञापन गर्न इजरायलसँग अन्तिम स्वीकृतिको अनुमतिको माग गरिएको र स्वीकृति प्राप्त हुनासाथ विज्ञापन गरिने उनले स्पष्ट पारे । ‘नेपाल कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेकाले तत्कालै विज्ञापन खुलाउने अनुम

    • प्रकाशित मितिः साउन ११, २०७८
    • 187 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.